राष्ट्रिय
-
२०७६ भाद्र ९, सोमबार
भारतीय पक्षीजन्य वस्तु भित्रिने क्रम बढ्दो
नेपालगञ्ज नाका हुँदै अवैधरुपमा भारतीय पक्षीजन्य वस्तु भित्रिने क्रम बढेको पाइएको छ । भारतबाट तस्करी गरी ल्याइएका बोइलर चल्ला र कुखुरा दैनिकजसो सुरक्षाकर्मीले नियन्त्रणमा लिने गरेको छ । चालू आर्थिक वर्षको दुई महीना नपुग्दै ठूलो सङ्ख्यामा पक्षीजन्य वस्तु नियन्त्रणमा लिइ नष्ट गरिएको पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्जका पशुचिकित्सक रामलोचन शाहले जानकारी दिनुभयो । उहाँका अनुसार यस आर्थिक वर्षको साउन...
-
२०७६ भाद्र ९, सोमबार
किशोरी कुप्रथाविरुद्ध उभिए
जुम्लाको सिञ्जा गाउँपालिकाका किशोरी जिल्लामा रहेको कु–प्रथाको विरुद्धमा उभिएका छन् । गाउँपालिकाभित्र रहेका विभिन्न कुप्रथालाई न्यूनीकरण गर्ने उनीहरुले आवाज उठाउन थालेका छन् । आफूले भोगेका भोगाइलाई प्रतिभाका माध्यमबाट प्रस्तुत गर्न थालेका हुन् । गाउँपालिका २५ जना किशोरीले महिलाले भोगेका समस्या, कलाका माध्यमबाट प्रस्तुत गरेका छन् । महिलालाई महिनावारी भएका बेला भोग्नुपर्ने समस्या अनि घरपरिवारबाट...
-
२०७६ भाद्र ९, सोमबार
उमेरै नपुगी बच्चा जन्माउनेको सङ्ख्या बढ्दो
चौरपाटी गाउँपालिकामा २० वर्ष उमेर नपुग्दै गर्भवती हुनेको सङ्ख्या धेरै रहेको पाइएको छ । आर्थिक वर्ष २०७५र०७६ को तथ्याङ्कअनुसार गाउँपालिकामा २३।४६ प्रतिशत २० वर्ष उमेर नपुग्दै गर्भवती हुने गरेको देखिएको हो । एक वर्षको अवधिमा वडा नं १ मा रहेको चौरमाण्डौ प्राथमिक स्वास्थ्य केन्द्रमा १६७ गर्भवती मध्ये ४१ जना उमेर नपुग्दै गर्भवती भएको तथ्याङ्क फेला परेको हो । यस्तै वडा नं २ र ३ स्थित सोकट स्वास्थ्य...
-
२०७६ भाद्र ८, आइतबार
प्राचीन काली मन्दिर रङ्गेलीको पहिचान
मोरङको रङ्गेली नगरपालिकास्थित काली मन्दिरमा भक्तजन एवं श्रद्धालुहरु आफ्नो मनोकाङ्क्षा पूरा हुने कामनामा साथ दर्शन गर्न आउने गरेका छन् । सबै क्षेत्रबाट पूजाका लागि पुगिने यो मन्दिर विराटनगर महानगरपालिकादेखि करीब ४० किमी पूर्वमा पर्छ । हुलाकी राजमार्गसँग जोडिने रङ्गेलीबजारमा अवस्थित यो मन्दिरले स्थानीयवासीलाई पहिचान गराउन मद्दत गरिरहेको छ । मन्दिर तीन कठ्ठा १० धुर जग्गामा पेगोडा शैलीको कलात्मक एवं...
-
२०७६ भाद्र ८, आइतबार
आलेखः प्लाष्टिकको विकल्प निगालो
आफैंले उत्सर्जन गरेको फोहरको व्यवस्थापन गर्न नसक्दा उत्पन्न हुने समस्याको विषयमा जानकारी पाएपछि ताराखोला गाउँपालिका–५ करिमेलाका स्थानीयवासीले सरसफाइका लागि नयाँ विधि प्रयोगमा ल्याएका छन् । गाउँमा प्रयोग हुँदै आएको प्लाष्टिकका सामानको विस्थापन गर्दै स्थानीय उत्पादनको प्रयोगमा करिमेलावासीले चासो देखाएका हुन् । करिमेलाका ८२ घरपरिवारले फोहर व्यवस्थापनका लागि प्रयोग गर्दैआएको फोहर फाल्ने भाँडाको रुप...
-
२०७६ भाद्र ८, आइतबार
रु दुई करोडमा हाइमास्ट जडान गरिँदै
बाँकेको कोहलपुर नगर क्षेत्रलाई उज्यालो शहरका रुपमा विकसित गर्न कोहलपुर नगरपालिकाले १५ हाइमास्ट लाइट उच्च क्षमतायुक्त जडान गर्दैछ । विभिन्न दातृ निकायको रु दुई करोड सहयोगमा हाइमास्ट जडान गर्न लागिएको नगरपालिकाका प्रमुख लुटबहादुर रावत बताउनुभयो । उहाँका अनुसार शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राई र नगरपालिकाबीच भएको छलफलमा मन्त्री राईले नगरपालिकाको उज्यालो अभियानलाई सफल बनाउन ‘हाइमास्ट लाइट’ जडान...
-
२०७६ भाद्र ८, आइतबार
रोजगारदताले मन खुम्च्याउन जरुरी छैन मन्त्री विष्ट
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सूचीकृत हुन रोजगारदताले मन खुम्च्याउन जरुरी नभएको बताउनुभएको छ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र जेटियुसिसीले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले सानो रकमको योगदानबाट रोजगारदाता सधैँ चिन्तामुक्त हुने बताउनुभयो । “सानो रकम योगदान गर्दा रोजगारदाताले ठूलो जोखिम व्यहोर्नु पर्दैन”, मन्त्री विष्टले...
-
२०७६ भाद्र ८, आइतबार
भगवती रथयात्रा सम्पन्न
पाल्पाको तानसेनमा शनिबार ऐतिहासिक रणउजिरेश्वरी भगवतीको रथयात्रा निकालिएको छ । नेपाल–अङ्ग्रेज युद्धमा नेपाली फौजले विजयी हासिल गरेको सम्झनामा प्रत्येक वर्ष रथयात्रा गर्ने चलनअनुसार भगवतीको जात्रा निकालिएको हो । श्री ७ रणउजिरेश्वरी भगवतीको २०१औँ विजयोत्सवका रुपमा पाल्पामा रथयात्रा गरी तानसेन बजार परिक्रममा गरिएको हो । विसं १८७६ मा बुटवलको जितगढी किल्लामा नेपाली फौजले अङ्ग्रेजलाई पराजित गर्न सफल...
-
२०७६ भाद्र ८, आइतबार
वनको जमीन वितरण गरिने छैन ः मन्त्री अर्याल
राष्ट्रियसभाको बैठकले “भूमिसम्बन्धी आठौँ संशोधन विधेयक, २०७५ ” माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा सभाका अध्यक्षले सो विधेयक निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो । यसअघि सहकारी तथा गरीबी निवारणमन्त्री पद्याकुमारी अर्यालले बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयक प्रस्तुत गर्नुभएको थियो । विधेयकमाथिको छलफलमा उठेका जिज्ञासामा...
-
२०७६ भाद्र ८, आइतबार
घरमै धारा जडान भएपछि गृहिणी खुशी
तनहुँको व्यास नगरपालिका–४ वेदव्यास टोलको माथिल्लो भेगका फूलमाया विकलाई सधँै खानेपानीको पिरलो हुन्थ्यो । बिहान उठ्नेबित्तिकै खानेपानी जोहोका लागि उहाँले समय खर्च गर्नुपथ्र्यो । अब भने उहाँलाई खानेपानीको जोहो गर्ने चिन्ता हटेको छ । घरमै धारा जडानपछि खानेपानी खोज्दै अन्यत्र धाउनुपर्ने बाध्यताबाट मुक्त भएपछि उहाँमा छुट्टै खुशी छ । “घरमा धारा नहुँदा सोही वडाको बागभञ्ज्याङ नजिक रहेको कुवामा पानी लिनु...
-
२०७६ भाद्र ८, आइतबार
तेमालबाट शुरु भयो विद्युतीय चुल्होको यात्रा
चालु आवको अन्त्यसम्म नेपालको केन्द्रीय विद्युत् प्रसारण प्रणालीमा एक हजार ३०० मेगावाट क्षमता बराबरको विद्युत् थप हुने प्रक्षेपण सरकारले गरेको छ । आर्थिक वर्ष २०७५÷७६ मा प्रणालीमा कूल एक हजार ३२५ मेगावाट विद्युत् थप भएको जनाएको सरकारले चालु आवको अन्तयसम्म करीब सोही क्षमतामा विद्युत् थप हुने भएपछि विद्युत् उपभोग बढाउन नयाँ उपायको खोजी गरिरहेको छ । सकेसम्म खाना पकाउने एलपी ग्यासको विस्थापन मात्रै...
-
२०७६ भाद्र ८, आइतबार
डिपिआरको काम गर्ने मजदुरले ज्याला पाएनन्
नलगाड हाइडो«ेपावर कम्पनीको विस्तृत योजना प्रतिवेदन ९डिपिआर०को काम गर्न खटिएका मजदुरले ज्याला पाएका छैनन् । बाँधस्थल बारेकोट गाउँपालिका–८ अधेरीखोला र विद्युत्गृहस्थल नलगाड नगरपालिका–७ मा काम गर्ने मजदुरले काम गरेको रकम नपाएका हुन् । निर्माण कम्पनीले रु सात लाखभन्दा बढी रकम मजदुरलाई भुक्तानी दिन बाँकी रहेको उनीहरुले बताएका छन् । दुई महीनादेखि रकम नभएको खाली चेक दिएर ढाँटीरहेको मजदुर नलगाड नगरपालिका...


