राष्ट्रिय
-
२०७६ भाद्र ५, बिहिबार
१२० जनालाई व्यावसायिक तालीम
लायन्स क्लब अफ काठमाडौँ टेम्पल पिस काभ्रे पनौतीको आयोजनामा १२० जनालाई व्यावसायिक तालीम प्रदान गरिने भएको छ । क्लबको आयोजनामा पनौती नगरपालिका र लायन्स क्लबका डिस्ट्रिक गभर्नर इन्दु लम्सालको सहयोगमा पनौती नगरपालिकाभरिका १२० जनालाई तालीम प्रदान गरिने भएको हो । विद्युत, प्लम्बिङ र कार्पेन्टरसम्बन्धी तीन महीने तालीम हुने क्लबका पूर्वअध्यक्ष भोला थापाले बताउनुभयो । “तालीमका लागि डिस्ट्रिक गभर्नरबाट ८०...
-
२०७६ भाद्र ५, बिहिबार
बजेट अभावले सञ्चालन हुन सकेन थारू सङ्ग्रहालय
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ स्थित पर्यटकीय क्षेत्र भम्केपानीमा निर्माण गरिएको थारू सङ्ग्रहालय भवन बजेट अभावले सञ्चालन हुन सकेको छैन । स्थानीय थारू जनजाति आदिवासी समुदायले बसोबास गर्ने परम्परागत शैलीको घर निर्माण गरिएको झण्डै तीन वर्ष बित्नै लागे पनि सङ्ग्रहालयमा राखिने वस्तुहरुका लागि आवश्यक रकमको व्यवस्था गर्न नसक्दा भवन उद्घाटन हुन नसकेको हो । आव ०७४÷७५ को नगरपालिकाको वडा कार्यालयको रु...
-
२०७६ भाद्र ५, बिहिबार
भूमिसम्बन्धी आठाँै संशोधन विधेयक टेबुल
राष्ट्रियसभामा आज ‘भूमिसम्बन्धी आठौँ संशोधन विधेयक, २०७५’ टेबुल गरिएको छ । राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयक टेबुल गर्नुभएको हो । हैजा नियन्त्रण गर्न माग राष्ट्रियसभाका सदस्य चक्रप्रसाद स्नेहीले डडेलधुरा जिल्लाको सानखोलालगायत अन्य चार गाउँपालिकामा फैलिएको हैजा नियन्त्रण गर्न केन्द्रीय सरकारसँग माग गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विशेष समय...
-
२०७६ भाद्र ५, बिहिबार
हेटौँडामा चार खानेपानी ट्याङ्की बन्ने
हेटौँडाको चार स्थानमा २० लाख लिटर क्षमताको खानेपानी ट्याङकी तथा दैनिक २५ लाख लिटर पानी निकाल्न मिल्ने डिप बोरिङ निर्माण हुने भएको छ । कूल १५ करोड ५५ लाखको लागतमा हेटौँडाका चार स्थानमा एकै साथ खानेपानीका लागि डिप बोरिङ र पानी सङ्कलनका लागि चार वटा ट्याङकी निर्माणको काम शुरु भएको हो । हेटौँडा–१० टिसिएन, –५ रुद्र्रेश्वर, –२ हरिकुञ्जरोड र –१५ भोर्लेमा खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको ७० प्रतिशत...
-
२०७६ भाद्र ५, बिहिबार
चारदशक पुगेपनि पीडितले पाएनन् लालपुर्जा
झण्डै चार दशक अघि गएको पहिरो सम्झदा ९२ वर्षिय धनराज गुरुङको मन अझै पनि चसक्क हुन्छ । विसं २०३३ जेठ २२ गते कास्कीको भगवतीटार माझठानामा बिहान ६ बजेतिर गएको पहिरोपछि भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा नपाउँदा उहाँलाई उक्त घट्नाले अझै पिरोलीरहेको छ । तत्कालीन समयमा सरकारले भगवतीटार ९माझठाना०का बाढीपीडितमध्येका २३२ परिवाररलाई कास्कीकै साबिक छिनेडाँडा गाउँ पञ्चायतको वडा नं २, ४ र ९ मा पुनर्वास गराएको...
-
२०७६ भाद्र ५, बिहिबार
चाड नजिकिएपछि खर्च जुटाउन भारततिर
मुलुक सङ्घीय प्रणालीमा गइसक्यो, स्थानीय र प्रदेश सरकार पनि बनिसक्यो तर, धेरै युवा अहिले पनि बेरोजगार छन् । रोजगारी र समृद्धि नारामै मात्र सीमित छ । केही पैसा कमाउन उनीहरु विदेशी भूमिमा पसिना बगाउन बाध्य छन् । ने पालगञ्ज नाकाबाट हिजोआज दिनहुँ भारत प्रवे श गनेर् ने पालीको लकोर् देख्न पाइन्छ । साविकको मध्यपश्चिम क्षेत्रका जाजरकोट, दै ले ख, रुकुम, रो ल्पा, कालीको ट, सल्यान, प्युठान र दाङ्गका...
-
२०७६ भाद्र ५, बिहिबार
मुख्यमन्त्रीद्वारा साइकल वितरण
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सामाजिक रुपान्तरणका लागि नारी सशक्तीकरण आवश्यक रहेको बताउनु भएको छ । मुख्यमन्त्री ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत धनुषाको बटेश्वर गाउँपालिकास्थित शिवशक्ति नमूना माविमा आज आयोजित साइकल वितरण कार्यक्रममा मुख्यमन्त्री राउतले समग्र विकासको मूल आधार नारी सशक्तीकरण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेशको समृद्धिका लागि सामाजिक रुपान्तरण र सामाजिक...
-
२०७६ भाद्र ५, बिहिबार
एचआइभी सङ्क्रमित आमाले सुरक्षित बच्चा जन्माउने क्रम बढ्दो
जिल्लामा एचआइभी सङ्क्रमित आमाहरुले सुरक्षित बच्चा जन्माउने क्रम बढ्दो रहेको छ । भरतपुर अस्पतालमा विगत १० वर्षमा ९० जना सङ्क्रमित आमाले बच्चा जन्माएका छन् । तीमध्ये पाँच जना बच्चामा सङ्क्रमण देखिए पनि ८६ जनामा भने सङ्क्रमण भेटिएको छैन । एक जना आमाले जुम्ल्याहा बच्चा जन्माएकी हुन् । भरतपुर अस्पतालमा रहेको एन्टीरेट्रो भाइरल थेरापी एआरटी केन्द्रका अनुसार हरेक वर्ष १२ देखि १५ जनाले सुरक्षित बच्चा...
-
२०७६ भाद्र ५, बिहिबार
राष्ट्रपतिसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट
राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको भ्रमणमा रहनुभएका भारतका बाह्य मामिलामन्त्री सुव्रमण्यम जयशङ्करले आज राष्ट्रपति कार्यालय शीतल निवासमा शिष्टाचार भेट गर्नुभयो । त्यस अवसरमा नेपाल–भारत सम्बन्धका साथै पारस्परिकहित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । भेटमा भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव हरि पौडेल र...
-
२०७६ भाद्र ५, बिहिबार
सोलुखुम्बुमा चार रेक्टरको भूकम्प
सोलुखुम्बुको गोली आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान ७ बजेर ७ मिनेटको समयमा चार रेक्टर स्केलको भूकम्प गएको खानी तथा भू–गर्भ विभाग भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख लोकविजय अधिकारीले परकम्पन नभई यो भूकम्प नै भएको बताउनुभयो । सात दिनअघि म्याग्दीको लोलाङनजिक केन्द्रविन्दु भएर ४ दशमलव ७ रेक्टरको भूकम्प गएको थियो ।
-
२०७६ भाद्र ५, बिहिबार
प्रधानमन्त्री ओली सिङ्गापुर प्रस्थान
प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरस्थित न्यासनल युनिभर्सिटी अस्पतालमा स्वास्थ्य परीक्षणका लागि आज अपराह्न त्यसतर्फ प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्रीका साथमा उहाँका धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा दिब्यासिंह शाह, स्वकीय सचिव राजेश ब्रजाचार्यलगायत सहभागी हुुनुहुन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उहाँलाई बिदाइ गर्न...
-
२०७६ भाद्र ५, बिहिबार
कुलेखानी तेस्रोबाट १४ मेगावाट विद्युत् उत्पादन हुने
कुलेखानी जलविद्युत् तेस्रो आयोजनाले आगामी दशैँअघिबाटै १४ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिने भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–१ सानोटारस्थित निर्माणाधीन सो आयोजनाबाट १४ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिने भएको हो । उत्पादन गरिएको सो जलविद्युत् काठमाडौँस्थित केन्द्रीय विद्युत् प्रसारण लाइनमा जोड्ने कार्य सम्पन्न भइसकेको आयोजनाले जनाइएको छ । सानोटार विद्युत्गृहमा अहिले बाँकी रहेको...


