राष्ट्रिय
-
२०७६ भाद्र ८, आइतबार
महासङ्घमा सिसीटिभी जडान
अज्ञात समूहले नवनिर्मित भवनमा शृङ्खलाबद्ध आक्रमण गरेपछि नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाले क्लोज सर्किट टेलिभिजन सिसीटिभी जडान गरेको छ । घटनाको विषयमा सुरक्षा संयन्त्रलाई जानकारी गराएलगत्तै महासङ्घले आक्रमणकारीको पहिचानका लागि सिसीटिभी जडान गरेको हो । भवनमा अज्ञात समूहले गरेको तोडफोड घटनाको तत्काल अनुसन्धान अघि बढाउन जिल्ला प्रहरी कार्यालयमा निवेदन दिइएको र आन्तरिकरूपमा आक्रमणकारी पहिचानका लागि...
-
२०७६ भाद्र ६, शुक्रबार
जग्गा हिनामिनासम्बन्धि उजुरी प्रशासन कार्यालयमा दिन सकिने
सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले जग्गा हिनामिनासम्बन्धी उजुरी तथा सूचना जिल्ला प्रशासन कार्यालयमा पनि दिन सकिने व्यवस्था गर्न लागेको छ । काठमाडाँैसम्म आएर उजुरी गर्न तथा सूचना दिन सर्वसाधारणलाई असुविधा हुन सक्ने महसुस गरेर आयोगले केही दिनभित्रै सूचनामार्फत जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सक्ने व्यवस्था गर्न लागेको आयोगका अध्यक्ष मोहनरमण भट्टराईले जानकारी दिनुभयो...
-
२०७६ भाद्र ६, शुक्रबार
अठार हजारभन्दा बढी पर्यटकद्वारा कोशीटप्पुको अवलोकन
अर्नाका लागि प्रसिद्ध पर्यटकीय क्षेत्रका रुपमा रहेका कोशीटप्पु वन्यजन्तु आरक्षमा एक वर्षमा १८ हजार ७७३ जना पर्यटकले अवलोकन गरेका छन् । सुनसरीको कोशी गाउँपालिकास्थित पश्चिमकुशाहामा रहेको कोशी टप्पुमा आर्थिक वर्ष २०७५÷७६ मा सो सङ्ख्यामा पर्यटकले अवलोकन गरेको आरक्षका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताउनुभयो । गत आर्थिक वर्षमा आरक्षमा १८ हजार ३८५ नेपाली, ३६ सार्क मुलुकका र ३५२ विदेशी गरी कूल १८...
-
२०७६ भाद्र ६, शुक्रबार
बीमा सेवा लिने बढे
स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि पाल्पा रामपुरको कालीगण्डकी आँखा उपचार केन्द्रमा बिरामी बढी आउन थालेका छन् । बिरामीको सेवालाई मध्यनजर गर्दै तीन महीनाअघि देखि स्वास्थ्य बीमा सेवा शुरु भएपछि बिरामी पछिल्लो समय बढेको पाइएको छ । दैनिक २०÷२२ जना आँखा उपचारका लागि आउने गरेकामा बीमा कार्यक्रम शुरु गरेपछि हाल ६० को हाराहारीमा बिरामी आउन थालेको आँखा उपचार केन्द्रका अध्यक्ष हुतराज पोखरेलले बताउनुभयो । “...
-
२०७६ भाद्र ६, शुक्रबार
कृष्ण मन्दिरमा भक्तजनको भीड
भाद्र कृष्ण अष्टमीका दिन आज बिहानैदेखि देशभरका कृष्ण मन्दिरमा भक्तजनको भीड लागेको छ । ‘श्रीकृष्णजन्माष्टमी’ का अवसरमा आज देशभरि भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउन लागिएको हो । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमी अर्थात् आजैको मध्यरातमा भएकाले यस दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भन्ने गरिएको छ । यस...
-
२०७६ भाद्र ६, शुक्रबार
पत्रकार पुडासैनीका विषयमा ध्यानाकर्षण
भरतपुर महानगरपालिकाले पत्रकार शालिकराम पुडासैनीको मृत्युका सम्बन्धमा भइरहेको उत्पन्न असहज परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महानगरपालिकाले विज्ञप्ति जारी गरी प्रमुखप्रति कपोलकल्पित, मनगढन्ते, अनर्गल तथा भ्रामक विचार सम्प्रेषण गर्ने, अपशब्द प्रयोग एवं गालीगलौज गरी व्यक्तिको वैयक्तिक स्वतन्त्रतामाथि मानमर्दन गर्ने र अराजक परिस्थिति सिर्जना गर्ने प्रवृत्ति देखिनु दुःखद भएको जनाएको छ...
-
२०७६ भाद्र ६, शुक्रबार
केही स्थानमा भारी वर्षाको सम्भावना
आज देशभर आंशिकदेखि सामान्य बदली रही देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा औसत स्थानभन्दा केही उत्तरतर्फ सरेकाले मध्य र पूर्वीका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले बताउनुभयो । “बाँकी स्थानमा सामान्यतया हल्कादेखि मध्यम...
-
२०७६ भाद्र ६, शुक्रबार
गैरसैनिकलाई ‘कम्ब्याक्ट’ पोशाक निषेध
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले गैरसैनिकलाई ‘कम्ब्याक्ट’ पोशाक निषेध गरेको छ । कार्यालयले गैरसैनिकलाई कम्ब्याक्ट पोशाक लगाउन निषेध गरिएकाले यसलाई कडाइका साथ लागू गर्न स्थानीय तहका प्रमुख प्रशाकीय अधिकृतलाई निर्देशनसमेत दिएको छ । नेपाली सेनाका सकल दर्जाले लगाउने कम्ब्याक्ट पोशाक स्थानीय बजारमा सहजरूपमा बिक्री वितरण हुने हुँदा गैरसैनिकले ‘फेशन’का रूपमा प्रयोग गरेकाले यसलाई निषेध गरिएको...
-
२०७६ भाद्र ६, शुक्रबार
गौरा पर्वले धार्मिक सहिष्णुता र सद्भावलाई बलियो बनाउने उपराष्ट्रपतिको विश्वास
उपराट्रपति नन्दबहादुर पुनले गौरा पर्वले धार्मिक सहिष्णुता र सद्भावलाई अझ बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ । सुदूरपश्चिम प्रदेशलगायत अन्य क्षेत्रमा मनाइने गौरा पर्वको अवसरमा आज शुभकामना दिँदै उहाँले गौरा पर्व, देउडा संस्कृति सुदूरपश्चिम प्रदेशको मात्रै नभई नेपाल राष्ट्रकै पहिचान भएको बताउनुभएको छ । “सुन्दर सुदूरपश्चिम प्रदेशलाई गौरा पर्व र सो अवसरमा नाचिने देउडामा गाइने पौराणिक कथा,...
-
२०७६ भाद्र ६, शुक्रबार
एक वर्षमा चार हजार पत्रकारले लिए ‘प्रेस पास’
एक वर्षमा देशभरका चार हजार ८० पत्रकारले ‘प्रेस पास’ लिएका छन् । सूचना तथा प्रसारण विभागका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा देशभरका विभिन्न स्थानबाट उक्त सङ्ख्यामा पत्रकारले ‘प्रेस पास’ लिएका हुन् । प्रेस पास लिएकामध्ये एक हजार २०७ नयाँ, दुई हजार ७६० नवीकरण, १० स्वतन्त्र, १९ विदेशी, ७५ अध्यक्ष तथा प्रकाशक र ९ अन्य रहेका छन् । नयाँ आर्थिक वर्ष शुरु भएसँगै नयाँ ‘प्रेस पास’ दिने तथा नवीकरण गरिने भएकाले...
-
२०७६ भाद्र ६, शुक्रबार
मौरी पर्यटनको प्रवद्र्वन गरिने
जिल्लामा आउने पर्यटकलाई मौरी देखाइने र यसको उत्पादन चखाइने भएको छ । मौरीपालनमा अग्रणी मानिएको यो जिल्ला पर्यटकीय दृष्टिले मुलुककै तेस्रो हो । भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै मौरीपालन विकास कार्यक्रम भण्डाराले मौरी पर्यटन कार्यक्रम शुरु गर्न लागेको हो । प्रदेश सरकारसँग समन्वय गरी कार्यक्रम शुरु गर्न लागिएको हो । कार्यालयका प्रमुख शिव रिजालका अनुसार पर्यटकीय क्षेत्र लक्षित गरी कार्यक्रम...
-
२०७६ भाद्र ६, शुक्रबार
मातृ तथा नवजात शिशु मृत्युदर घटाउने सरकारको ध्येय उपप्रधानमन्त्री यादव
उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सुत्केरी हुन नसकी अकालमा कुनै आमा तथा नवजात शिशुको मृत्यु हुन नदिन सरकारले उच्च प्राथमिता दिएको बताउनुभएको छ । “स्वास्थ्य सबै संयन्त्रको पहिलो प्राथमिकता मातृ तथा नवशिशु मृत्युदरमा उल्लेखनीय सुधार ल्याउने भन्ने छ, आमा सुरक्षा कार्यक्रम सबै आमालाई प्रसूति सेवाको पहुँचको सुनिश्चितता सरकारले गरेको छ”, उहाँले भन्नुभयो । सेवाको गुणस्तरीय...


