राष्ट्रिय
-
२०७६ भाद्र १०, मंगलबार
प्रदर्शनकारीलाई छाडियो
कार्यक्रम प्रस्तोता रवि लामिछानेसहितका तीन जनाको पक्राउको विरोधमा भएको प्रदर्शनका क्रममा पक्राउ परेकाहरुलाई आज छाडिएको छ । सो क्रममा सोमबारसम्म ४८ जना पक्राउ परेका थिए । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका लामिछानेसहित तीनै जना सोमबार धरौटीमा रिहा भएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार आज बिहानदेखि आफन्तको जिम्मामा...
-
२०७६ भाद्र १०, मंगलबार
आलेख ः कारागारमा सिसिटिभीदेखि विद्युतीय हाजिरीसम्म
देशभरका कारागारहरुलाई व्यवस्थित बनाउने योजनामा सरकार छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को कारागार सुधार कार्ययोजनाअन्तर्गत सबै कारागारमा सिसिटिभी क्यामरा जडान गरिएको छ । कारागार व्यवस्थापन विभागका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा कारागारको सुरक्षाका लागि देशभरका ७४ वटै कारागारमा सिसिटिभी क्यामरा जडान गरिएको हो । यस्तै, चालु आर्थिक वर्षमा सबै कारागारमा रहेका कैदीबन्दीका लागि विद्युतीय हाजिरको समेत...
-
२०७६ भाद्र १०, मंगलबार
न्यून दृष्टियुक्त व्यक्ति सगरमाथा चढ्ने
न्यून दृष्टियुक्त व्यक्तिलाई दैनिक जीवन यापन गर्न कत्ति असहज होला रु यो सहजै अनुमान गर्न सकिन्छ । अझ लामो दूरी र ठूलठूला पहाड चढ्ने कुरा त अधिकांश मानिसहरुका लागि कल्पना बाहिरको कुरा हो । तर न्यून दृष्टियुक्त भएर पनि अमिट केसी विश्वकै सर्वोच्च शिखर सगरमाथा चढ्ने सपना देखि रहनुभएको छ । दुई वर्ष पहिले सगरमाथाको आठ हजार मिटर उचाई पुगेर फर्किएका बागलुङ जैमिनी नगरपालिका–४ सर्कुवाका न्यून दृिष्टयुक्त...
-
२०७६ भाद्र १०, मंगलबार
एक वर्षपछि पुग्यो चामल
नेपाल खाद्य संस्थान सिमकोटमा पुग्नुपर्ने पाँच हजार ५०० क्विन्टल चालम केरुङ नाकाबाट झण्डै एक वर्ष लागेको छ । काठमाडाँै, केरुङ, हिल्ला हँुदै याल्वाङ वितरण केन्द्र र सिमकोट डिपोका लागि आर्थिक वर्ष २०७५÷७६ मा आइपुग्नुपर्ने पाँच हजार ५०० क्विन्टल चामल स्थलमार्गबाट हुम्ला पुग्न एक वर्ष लागेको छ । काठमाडौँ, केरुङ हुँदै हिल्सादेखि सिमकोट पुग्न गाडीमा छ दिन लाग्ने भएता पनि सिमकोट डिपोका लागि चार हजार र...
-
२०७६ भाद्र १०, मंगलबार
ललितपुरमा निःशुल्क सङ्गीत प्रशिक्षण
पाटन दरबार परिसरमा रहेको मङ्गलटोल सुधार सङ्घले निःशुल्क सङ्गीत तालीम प्रदान गरिरहेको छ । समाजमा बढ्दै गएको विकृति तथा धूमपान र मद्यपानको कुलत हटाउन सो तालीमको व्यवस्था गरिएको हो । मोबाइल प्रयोगका कारण पारिवारिक धन्दा र मोहभन्दा पनि सामाजिक सञ्जालमा ध्यानाकर्षण बढ्दै गएसँगै माया र स्नेह कमी हुँदै गएको महसुस गरी सङ्गीत प्रशिक्षण कार्यक्रम अघि बढाइएको सङ्घका सङ्गीत व्यवस्थापक रुपेन्द्र पुरीले...
-
२०७६ भाद्र १०, मंगलबार
हङकङबासीले बनाइदिए शौचालय
हङकङमा बसोबास गर्दै आएका यहाँका मानिसले सदरमुकाम फुङलिङमा सार्वजनिक शौचालय निर्माण गरिदिएका छन् । हङकङमा बसेर विभिन्न पेशा व्यावसाय गर्दै आएका उनीहरुले फुङलिङको तोक्मेडाँडास्थित हटियाबजार लाग्ने क्षेत्रमा शौचालय निर्माण गरिदिएका हुन् । रु २८ लाखको लागतमा निर्माण गरिएको उक्त शौचालय फुङलिङ नगरपालिकालाई हस्तान्तरण गरिएको छ । ताप्लेजुङ समाज हङकङको अगुवाइमा शौचालय निर्माणका लागि बजेट सङ्कलन गरिएको...
-
२०७६ भाद्र १०, मंगलबार
विद्यालयमा हडताल गरे पचार हजार जरिवाना
कुनै पनि पक्षले आफ्नो निहित स्वार्थका लागि कलिला विद्यार्थीलाई मारमा पारेर विद्यालय बन्द गरेमा अब रु पचास हजारसम्म जरिवाना हुनेभएको छ । बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ७ को उपदफा ८ ले त्यसरी विद्यालय बन्द गराउने व्यक्ति वा संस्थालाई कानूनी कारवाहीको व्यवस्था गरेको छ । ऐन जारीपछि पनि विभिन्न समयमा विद्यालयमा बन्द हडताल भएपनि हालसम्म कुनै उजुरी नपरेकाले कारवाही हुन सकेको छैन । उक्त उपदफामा “कसैले...
-
२०७६ भाद्र १०, मंगलबार
डिपबोरिङबाट पानी
वर्षौदेखि खानेपानीको अभाव रहेको भेरी नगरपालिका–१३ कुदुमा खानेपानीको समस्या समाधान भएको छ । डिपबोरिङबाट १५२ मिटर तल जमीनबाट भूमिगत पानी निकालेपछि यहाँका करीब ४६५ घरधुरीले खानेपानीको समस्याबाट मुक्ति पाएका हुन् । नगरपालिकाको रु ४५ लाख रकम खर्च गरेर जमीनमुनिबाट पानी निकालिएको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताउनुभयो । विद्युत्बाट पानी निकाल्ने काम हुने अपरेटर राजेश बिसीले बताउनुभयो । पच्चीस मिनेटमा...
-
२०७६ भाद्र १०, मंगलबार
नेपाल एयरलाइन्सको उडान बन्द हँुदा यात्रु मर्कामा
विसं २०६३ असार १३ गते मुगुको रारा विमानस्थलमा सफल परीक्षण उडान गरेर नेपालगञ्जदेखि नेपाल एयरलाइन्सको ट्वीनअटर विमानले हप्तामा नियमित दुुई उडान गर्दै आएको भए पनि गत वैशाखदेखि बिनाजानकारी उडान बन्द गर्दा यात्रु मर्कामा परेका छन् । गत वैशाख २६ गतेदेखि एयरलाइन्सले कुनै जानकारी नदिई यात्रुलाई दिँदै आएको सेवा बन्द गरेको छ । नेपाल एयरलाइन्सले हालसम्म जानकारीबिना नेपालगञ्ज–रारा उडान सेवा बन्द गर्दा यात्रु...
-
२०७६ भाद्र १०, मंगलबार
केराखेतीमा थोपा सिँचाइ
व्यावसायिक केराखेतीको लगात खर्च घटाई बढी आम्दानी लिन बेलौरी नगरपालिका–८ कलकत्ताका करमसिंह रानाले केराबारीमा थोपा सिँचाइ प्रणाली जडान गर्नुभएको छ । खेतमा रोपिएका केराका बोटसम्म सहजरूपमा सिँचाइ र मल पु¥याउन थोपा सिँचाइ प्रणाली जडान गरिएको हो । “बोरिङबाट सिँचाइ गर्दा अधिक पानीको प्रयोग हँुदा चाहिनेभन्दा बढी पानी खर्च हुन्थ्यो”, रानाले भन्नुभयो, “एक बिघामा रोपिएको केराखेतीमा थोपा सिँचाइ जडान गरेपछि...
-
२०७६ भाद्र १०, मंगलबार
पारिश्रमिकको रकम सामाजिक संस्थालाई
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा बुवालुङका वडाध्यक्ष लीलाकुमार चौहानले राज्यबाट आफूले पाएको तलबभत्तावापतको रकम सामाजिक सङ्घसंस्थालाई प्रदान गर्नुभएको छ । तत्कालीन नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष चौहानले आफूले पाएको रु एक लाख २० हजारमा रु एक लाख १० हजार थपेर सामाजिक सङ्घसंस्थालाई प्रदान गर्नुभएको हो । वडामा गठन भएका १३ आमा समूहलाई रु १०÷१० हजारका दरले रु एक लाख ३० हजार, उत्कृष्ट टोल...
-
२०७६ भाद्र १०, मंगलबार
सम्पदाबारे जानकारी दिन पदयात्रा
ललितपुर उद्योग वाञ्जिय सङ्घले आगामी असोज २६ गते पदयात्रा गर्ने भएको छ । सो क्षेत्रका एक महानगरपालिका र दुई नगरपालिकाभित्र सङ्घले पदयात्रा आयोजना गरी पर्यटन वर्ष २०२० का लागि प्रचार–प्रसारमा जोड दिने भएको हो । ‘हाम्रो सम्पदा, हामी आफैँ बनाऔँ’ भन्ने नारालाई अघि सार्दै सङ्घले जिल्लाका सम्पदा क्षेत्रबारे जानकारी गराउन र यस क्षेत्रमा बढीभन्दा बढी स्वदेशीलगायत विदेशी पर्यटक भित्र्याउन लागिपरेका अध्यक्ष...


