राष्ट्रिय
-
२०७६ भाद्र ११, बुधबार
कृषि र पशुपालनबाट स्वदेशमै मनग्य कमाइ
पाँच वर्ष साउदीको चर्को घाममा पसिना बगाउँदा पनि गाउँ फर्किदा रित्तो हात भएपछि म्याग्दीको बेनी नगरपालिका–४ वास्कुनाका तिलक गुरुङको विदेशप्रति मोह भङ्ग भयो । रु दुई लाख ऋण खोजेर १५ वर्ष अघि साउदी गएका गुरुङ पाँच वर्षसम्म काम गर्दा पनि ऋणसमेत तिर्न नसक्ने अवस्था आएपछि उल्टो ऋणको बारी बोकेर गाउँमा फर्किनुभयो । कमाउन गएको व्यक्ति रित्तो हात गाउँमा फर्केपछि धेरैले उहाँको कुरा काट्न थाले । सरसापट र...
-
२०७६ भाद्र ११, बुधबार
सुदूरपश्चिम प्रदेशमा नमुना कृषि कार्यक्रम
सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहमा नमूनाका रुपमा व्यावसायिक कृषि तथा पशुपक्षी विकास कार्यक्रम सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रमबमोजिम ‘मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रम’ अन्तर्गत पहिलोपटक नमूनाका रुपमा सो कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो । प्रत्येक स्थानीय तहका एक वडा अथवा गाउँ छनोट गरी कार्यक्रम...
-
२०७६ भाद्र ११, बुधबार
सिमेन्ट उत्पादनका लागि चुनढुङ्गा उत्खननको क्रम बढ्दो
नेपालमा सिमेन्ट कारखाना सञ्चालनका लागि चाहिने चुनढुङ्गा उत्खननको क्रम बढ्दो छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पूरा गर्न पछिल्लो समय सिमेन्ट कारखाना खोल्न आवश्यक पर्ने कच्चा पदार्थ खोस्रने क्रम बढेको हो । खानी तथा भूगर्भ विभाग खनीज सम्पदा महाशाखाका अनुसार आर्थिक वर्ष २०७५÷०७६ मा मात्र सिमेन्ट कारखाना सञ्चालनका लागि छ कम्पनीले चुनढुङ्गा उत्खनन गर्न नयाँ खानी भाडामा लिएका छन् । चुनढुङ्गा लिने...
-
२०७६ भाद्र ११, बुधबार
जलवायु परिवर्तनको असर कम गर्न पोखरी संरक्षण
जलवायु परिवर्तनको असर कम गर्न पोखरी संरक्षण कार्य शुरु गरिएको छ । गाउँमा पानीका मुहान सुक्दै जान थालेपछि सिद्धकुमाख गाउँपालिका–३ का स्थानीयवासीले पुराना पोखरीको संरक्षणका लागि अभियान थालेका हुन् । जलवायु परिवर्तनका कारण गाउँमा पानीका मुहान सुक्दै जान थालेकाले मुहान संरक्षण गर्नका लागि अभियान चलाएको स्थानीयवासीले बताएका छन् । अहिले स्थानीयवासीले गाउँ तथा सामुदायिक वनका अग्ला स्थानमा पानी संरक्षणका...
-
२०७६ भाद्र ११, बुधबार
संविधान दिवसमा घरघर र हातहातमा फहरिनेछ राष्ट्रिय झण्डा
राष्ट्र, राष्ट्रियता, लोकतान्त्रिक आन्दोलन र संविधानप्रति नयाँ पुस्तामा समेत जागरण पैदा गर्न आसन्न संविधान दिवस तथा राष्ट्रिय दिवसमा हात हात र घरघरमा राष्ट्रिय झण्डा फहराइने भएको छ । नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानको जगमा जनताका प्र्रतिनिधिले बनाएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीसहितको संविधान जारी भएको दिन मनाइने राष्ट्रिय उत्सव दिवसलाई मौलिक बनाउन राष्ट्रिय झण्डालाई विशेष...
-
२०७६ भाद्र ११, बुधबार
भाइरल ज्वरोका बिरामी बढे
भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा उपचारका लागि पुग्नेमध्ये अधिकांशमा भाइरल ज्वरोको सङ्क्रमण देखापरेको छ । उपचारका लागि पुग्नेमध्ये ७० प्रतिशत बढी बिरामीमा भाइरल ज्वरोको सङ्क्रमण देखापरेको हो । साउनको दोस्रो हप्तादेखि भाइरल ज्वरोका बिरामी अस्पतालमा उपचारका लागि पुग्ने क्रम शुरु भएको बताइएको छ । अस्पतालका सूचना अधिकारी केशव अवस्थीले भन्नुभयो, “हालसम्म भाइरलका बिरामी आउने क्रम रोकिएको छैन ।”...
-
२०७६ भाद्र ११, बुधबार
जङ्गली तरकारी बेचेर जीवनयापन
कहिले विषादी तरकारीको हल्लाले गर्दा उपभोक्ता जङ्गली साग अर्गानिक हुने भन्दै त्यस्ता तरकारी बजारमा किन्ने गर्छन् । कुनै विषादी एवं रासायनिक मलखाद नपरेको जङ्गली सागको बिक्री बजारमा पाइने अन्य साग र तरकारीको तुलनामा बढी स्वास्थ्य लाभ हुने भएको हुनाले आफू बढी जङ्गली तरकारी किन्ने गरेको गुलरिया वडा नम्बर ६ को निसा बुढा कुमालले बताउनुभयो । गुलरिया नगरपालिका–९ का दलित महिला जङ्गली तरकारी बेचेर घरखर्च...
-
२०७६ भाद्र ११, बुधबार
थारू समुदायमा छैन ‘छुवाछूत र छाउप्रथा’
पश्चिम नेपालका जिल्लामा छाउपडी प्रथा अहिले पनि कायमै छ । यद्यपि विभिन्न समयमा छाउपडीमुक्त गाउँ घोषणा भइरहेका पनि छन् । छाउगोठ भत्काउँदै छाउपडीमुक्त गाउँ घोषणा भएलगत्तै पुनः छाउगोठ बन्ने क्रम पनि रोकिएको पाइँदैन । योसँगै महीनावारी भएर छाउगोठमा सुतेका महिलाले मृत्युवरण गरेका समाचार आउने क्रम पनि उस्तै छ । छाउगोठमा सुतेका बेला बलात्कृत हुनु, सर्पले डस्नुजस्ता घटना भइरहेका छन् । खासगरी महीनावारी भएका...
-
२०७६ भाद्र ११, बुधबार
परिवर्तनलाई आत्मसात् गर्न नसक्ने तत्वहरु देशका लागि चुनौती–मुख्यमन्त्री शाही
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले देशको परिवर्तनलाई आत्मसात् गर्न नसक्ने तत्वहरू चुनौतीका रुपमा देखापरेको बताउनुभएको छ । रफत सञ्चार क्लबले आज याहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले हाल असहज अवस्था सिर्जना गरी देशको बिकास र समृद्धि रोक्दै राष्ट्रियतामाथि चुनौती खडा गर्न लागिपरेका तत्वको सामना गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री शाहीले डेढ वर्षसम्म पनि...
-
२०७६ भाद्र ११, बुधबार
तरकारी बाली सुकेपछि किसान चिन्तित
सुनसरीको देवानगञ्ज गाउँपालिका–१ का प्रभु मेहताले पाँच कठ्ठामा भाण्टाखेती गर्नुभएको थियो । करीब रु १५ हजारको लागतमा उहाँले लगाउनुभएको भाण्टा एक्कासी सुकेपछि अहिले उहाँ चिन्तित हुनुभएको छ । घरपरिवारको खर्च चलाउनका लागि मुख्य स्रोतका रुपमा रहेको तरकारी खेती केही दिन अगाडि वर्षासँगै आएको बाढीले सखाप बनाएपछि अहिले उहाँलाई घरपरिवार कसरी चलाउने भन्ने चिन्ताले सताएको छ । उहाँजस्तै वडा नं ५ का भोलाप्रसाद...
-
२०७६ भाद्र ११, बुधबार
प्रधानमन्त्रीको उपचार जारी
प्रधानमन्त्री केपी शर्मा ओलीको प्लाज्मा फेरेसिस प्रक्रियाबाट उपचार जारी रहेको छ । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालले आज ट्विट गर्दै सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा उहाँको उपचार प्रक्रिया जारी रहेको जानकारी दिनुभएको छ । सल्लाहकार रिमालले ट्विटमा प्रधानमन्त्रीका निजी चिकित्सक प्रा डा दिव्यासिंह शाहले उहाँको सो उपचार प्रक्रिया अर्को सातासम्ममा पूरा हुुने जानकारी...
-
२०७६ भाद्र ११, बुधबार
उभिएको आकारमा मूर्ति बनाउन सुझाव
महर्षि वेदव्यासको १०८ फिटको मूर्ति उभिएको आकारमा बनाउन उपयुक्त रहेको सुझाव दिइएको छ । वेदव्यासको मूर्तिको आकार कस्तो बनाउने भन्ने विषयमा विवाद भइरहेको अवस्थामा व्यास क्षेत्र शिवपाञ्चायन विकास कोष तनहुँले आयोजना गरेको विद्वत परामर्श सभाका वक्ताले धार्मिकशास्त्रअनुसार उभिएको आकारमा वेदव्यासको मूर्ति बनाउन उपयुक्त हुने सुझाव दिनुभएको हो । विद्वत परामर्श सभामा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवं...


