राष्ट्रिय
-
२०७६ भाद्र १३, शुक्रबार
बगर बन्दै धुर्सेनी बस्ती
रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–११, मङ्गरा गाउँबाट दिनहुँ झर्ने पहिराका कारण धुर्सेनी बस्ती बगरमा परिणत हुन थालेको छ । यस वर्ष वर्षा शुरु भएसँगै अविरलरुपमा झर्ने पहिराले यहाँको बस्ती र उत्पादनयोग्य खेतबारी बगरजस्तै देखिन थालेका हुन् । गाउँमाथिबाट खस्ने पहिराले स्थानीयका अधिकांश खेतमा ठूलो क्षति पुगेको र बस्ती नै बगर बन्ने खतरामा रहेको स्थानीयवासी चन्द्र विकको भनाइ छ । उहाँका अनुसार मङ्गरा र...
-
२०७६ भाद्र १३, शुक्रबार
छ हजार मेट्रिक टन स्याउ उत्पादन
जुम्लाको पातारासी गाउँपालिकाकी चैती विष्टलाई आफ्नो बगैँचामा फलेका स्याउ टिप्न भ्याइनभ्याइ भएको छ । चन्दननाथ १० कि माया देवकोटा पनि एक सातादेखि बारीमा स्याउ टिप्न व्यस्त देखिनुभएको छ । उहाँहरू दुवैको स्याउ बारीमा करीब १५० स्याउका बोट छन् । उहाँहरू मात्र होइन, जिल्लाका किसानलाई अहिले स्याउ टिप्ने चटारो छ । भदौ लागेसँगै किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ भएको छ । अधिकांश किसान बिहानैदेखि राति अबेरसम्म...
-
२०७६ भाद्र १३, शुक्रबार
कृषि उद्यमतर्फ आकर्षण
जिल्लामा कृषि उद्यमतर्फ आकर्षण बढ्दै गएको छ । आर्थिक वर्ष २०७५÷२०७६ मा घरेलु तथा साना उद्योग कार्यालय विराटनगरमा दर्ता भएका उद्योगमा धेरै कृषि तथा वनजन्य रहेका छन् । एक वर्षको अवधिमा एक हजार ३४७ नयाँ उद्योग थपिएका छन् । यसमध्ये ५४० कृषि तथा वनजन्य उद्योग दर्ता भएका हुन् । कृषि तथा वनजन्य उद्योगतर्फ महिलाको सङ्ख्या पनि उल्लेख्य रहेको छ । अहिले व्यावसायिक उत्पादनको उद्देश्य राखेर कृषि तथा वनजन्य...
-
२०७६ भाद्र १३, शुक्रबार
एक घर, एक उत्पादन’मा जोड
शुक्लागण्डकी नगरपालिका–१२ ले स्थानीयलाई स्वरोजगार बनाउन ‘एक घर, एक उत्पादन’लाई प्राथामिकता दिएको छ । वडाले एक घर, एक उत्पादनअन्तर्गत मौरीपालन र टनेल खेतीलाई प्राथमिकता दिएको हो । सो वडाले एक घर, एक उत्पादन कार्यक्रमलाई प्राथमिकता दिएर स्थानीयवासीलाई स्वरोजगारतर्फ उन्मुख बनाउने लक्ष्य रहेको वडा कार्यालयले जनाएको छ । मौरीपालक कृषकलाई ५० प्रतिशत अनुदानमा मौरीका घार उपलब्ध गराउन लागिएको वडाध्यक्ष...
-
२०७६ भाद्र १३, शुक्रबार
अनुज्ञापत्रबिना नै उद्योग सञ्चालन
झापामा सञ्चालित केही उद्योग अनुज्ञापत्र बिना नै सञ्चालनमा रहेका पाइएको छ । खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालयसहित राष्ट्रिय उपभोक्ता मञ्च, बिर्तामोड नगरपालिकाका जनप्रतिनिधिले बिर्तामोडमा सञ्चालित पानी र पाउरोटी उद्योगको अनुगमन गर्दा यस्तो पाइएको हो । अनुगमनका क्रममा दीपिका पाउरोटी उद्योग र सान्त्वना पानी उद्योगले अनुज्ञापत्र नलिएको पाइएपछि तत्काल अनुज्ञापत्र लिन निर्देशन दिइएको छ ।...
-
२०७६ भाद्र १३, शुक्रबार
चार खानीलाई उत्खननको अनुमति
खानी तथा भूगर्भ विभागले चार खानीलाई उत्खननका लागि अनुमति दिएको छ । विभागले चालू आर्थिक वर्षको डेढ महीनामा स्वर्गद्वारी माइन्स एण्ड मिनिलर्स प्रालिलाई चुनढुङ्गा, बालकुमारी प्रालिलाई क्वार्जजाइट, पाल्पा कोल प्रालिलाई पत्थर तथा कोइला र गुँरास स्टोन उद्योग प्रालिलाई क्वार्जजाइट उत्खननका लागि अनुमति दिएको हो । विभागका खनिज सम्पदा महाशाखाका प्रमुख रामप्रसाद घिमिरेले खनिज उत्खननका लागि आएका निवेदनलाई...
-
२०७६ भाद्र १३, शुक्रबार
गोकर्णेश्वरमा बिहानैदेखि भक्तजनको घुइँचो
भाद्र कृष्ण औँशीका दिन आज बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत पितृप्रति तर्पण, पिण्डदान र श्राद्ध गर्ने भक्तजनको भीड लागेको छ । बिहीबार बेलुकीदेखि नै मन्दिर क्षेत्रमा भक्तजनको आवागमन शुरु भए पनि बिहान ३ः०० बजेदेखि मन्दिरका चारै ढोका खुला गरिएको पुजारी जगदीशचन्द्र भट्टले जानकारी दिनुभयो । विगत वर्षभन्दा यसपटक गोकर्णेश्वरमा व्यवस्थित रुपमा मन्दिरमा...
-
२०७६ भाद्र १३, शुक्रबार
अन्धाअन्धी स्थानमा भक्तजनको घुइँचो
कुशे औँशीअर्थात् बुबाको मुख हेर्ने दिनमा आज बिहानैदेखि महोत्तरीको लोहारपट्टि नगरपालिकाको बगडा गाउँमा अवस्थित प्रसिद्ध ऐतिहासिक अन्धाअन्धी स्थानमा भक्तजनको घुइँचो लागेको छ । बुबाआमालाई आफ्ना सर्वस्व मान्ने र बुबाआमाकै सेवालाई महान धर्म मान्नेको आस्थाको केन्द्र मानिएको सो स्थानमा आज बुबाको मुख हेर्ने दिनमा भक्तजनको घुइँचो लागेको स्थानीय बताउँछन् । जिल्लाको उत्तरपूर्व कुनामा धनुषा जिल्लासँग जोडिएर...
-
२०७६ भाद्र १३, शुक्रबार
भवन र रङमा एकरुपता
रत्ननगर नगरपालिकाले सौराहामा भवन निर्माण मापदण्ड लागू गरी भवन र त्यसमा लगाउने रङमा एकरुपता ल्याउने भएको छ । सौराहाको पर्यटन विकासका लागि नगरपालिकाले रचनात्मक कामको शुरुआत गरेको भन्दै व्यवसायीले त्यसको स्वागत गरेका छन् । सौराहाको प्राकृतिक सौन्दर्यतालाई जोगाउन नगरपालिकाले व्यवसायीसँग सहकार्य गरी भवन निर्माण र रङमा एकरुपता लयाउन लागेको हो । छ महीनाअघि लागू गरिएको मापदण्डमा साढे दुई तल्लाभन्दा माथि...
-
२०७६ भाद्र १३, शुक्रबार
सङ्क्रमित बालबालिकाको शिक्षामा समस्या
कैलालीका एचआइभी सङ्क्रमित बालबालिकालाई शिक्षा आर्जनमा समस्या हुने गरेको छ । सङ्क्रमित बालबालिकालाई अध्ययनका लागि आवश्यक विद्यालय पोशाक, कापी, किताब जुटाउन नै समस्या हुने गरेको उनीहरुको गुनासो छ । जोशीपुरका सङ्क्रमित एक बालकले विद्यालयमा शुल्क तिर्नु नपरे पनि आवश्यक कापी किताब जुटाउनै मुस्लिक रहेको बताउनुभयो । “मेरो बुबाआमा छैनन्, बूढा बाजेबज्जैको साथमा बसेको छु, खान लाउनकै समस्या छ, कसरी कापी...
-
२०७६ भाद्र १३, शुक्रबार
चार पुल सञ्चालनमा
दाङमा सडकबीचका चार पुल सञ्चालनमा आएका छन् । तुलसीपुर–लमही सडकखण्डअन्तर्गतको कटुवा खोला, हापुर खोला, सेवार खोला तथा गढवाको पर्नहवा पुल सञ्चालनमा आएका सडक डिभिजन कार्यालयका सूचना अधिकारी क्षितिज पोखरेलले बताउनुभयो । पुल निर्माण कार्य पूरा भएपछि ती पुलमा गाडी आवतजावत गराउन थालिएको हो । यसअघि पुल सञ्चालनमा नआउँदा यात्रुलाई सास्ती भएको थियो । तर अहिले सहज भएको छ । “लामो समयदेखि पुल निर्माण नहुँदा...
-
२०७६ भाद्र १३, शुक्रबार
पोल गाडेको दुई वर्षपछि बिजुली
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं ११ र १२ भमिखोरीमा पोल गाडेको दुई वर्षपछि बल्ल बत्ती बाल्न शुरु भएको छ । सामुदायिक विद्युतीकरणमार्फत साविक भिमखोरी गाविसमा २०७० सालबाट बत्ती बाल्ने कामको प्रक्रिया शुरु गरिएको थियो । स्थानीयवासीको सक्रियामा नयाँ किरण विद्युत् सहकारी संस्था लि गठन गरी थालनी गरेको कामले २०७४ सालबाट पोल गाड्ने र तार टाँग्ने काम शुरु गरिएको थियो । “हामीले धेरै प्रयत्नका साथ शुरु...


