relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ भाद्र १६, सोमबार

    तीज प्रतियोगिताको उपाधि सगरमाथालाई

    नेपालगञ्जमा भएको यस वर्षको नाचौँ तीज प्रतियोगिताको उपाधि सगरमाथा डान्स क्लब खजुरा बाँके समूहले प्राप्त गरेको छ । उपाधिसँगै क्लबले रु ५० हजार नगदसहित विभिन्न थरिका पुरस्कारसमेत प्राप्त गरेको छ । प्रतियोगिताको आइतबार नेपालगञ्जमा भएको ग्राण्ड फिनालेमा कञ्चनजङ्घा क्लब बाँके दोस्रो र बाँकेकै बनक्रिउ रेजिना समूह तेस्रो भएको छ । दोस्रो र तेस्रो हुने समूहले क्रमशः नगद रु २५ हजार र रु १० हजारसहित...

  • २०७६ भाद्र १६, सोमबार

    माथिल्लो तामाकोशी तोकिएको समयमै पूरा हुने

    माथिल्लो तामाकोशी जलविद्युत् आयोजना तोकिएको समयमा नै पूरा गर्ने गरी निर्माण कार्य अगाडि बढाइएको छ । आयोजनाको सबैभन्दा अप्ठ्यारो मानिएको ठाडो सुरुङमा पाइप राख्ने कामलाई योजनाबद्ध रुपमा अगाडि बढाइएको आयोजनाका प्रवक्ता डा गणेशप्रसाद न्यौपानेले जानकारी दिनुभयो । लामो समयको प्रयासपछि अत्यन्तै जटिल र चुनौतीपूर्ण मानिएको तल्लो ठाडो सुरुङमा गत असार १ गते र माथिल्लोमा असार ९ गतेबाट पेनस्टक पाइप जडान शुरु...

  • २०७६ भाद्र १६, सोमबार

    निःशुल्क हुन सकेन सरकारी शिक्षा

    सरकारले शिक्षालाई नैसर्गिक अधिकारका रुपमा लिएको छ । सरकारी विद्यालयका कुनै पनि बालबालिकाबाट शुल्क लिन नपाउने भनी नेपालको संविधानमै उल्लेख छ । तर त्यो कार्यान्वयन भने हुनसकेको छैन । अहिले विभिन्न बहानामा शुल्क लिने गरिएको छ । दाङको दङ्गीशरण गाउँपालिका–६ स्थित मावि श्रीगाउँका प्रधानाध्यापक हर्कबहादुर बुढाथोकीले अहिले विद्यालयले परीक्षा शुल्क लिने गरेको बताउनुभयो । “हामीले परीक्षा शुल्कसहित प्रत्येक...

  • २०७६ भाद्र १६, सोमबार

    ऋषिपञ्चमी

    भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर स्नान गरी सोमबारको हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्र लगायत धार्मिक कृत्य गरी सवा सात बजेपछि नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् । हरितालिका तीजको व्रत एवं पूजा आजा...

  • २०७६ भाद्र १६, सोमबार

    पत्रकार र कर्मचारी सम्मानित

    नेपाल निजामती कर्मचारी सङ्गठन झापाका पूर्वअध्यक्ष स्व प्रमोद तामाङको स्मृतिमा स्थापित पुरस्कारबाट शनिबार झापामा एक पत्रकारसहित तीन पुरस्कृत भएका छन् । सङ्गठनले स्थापना गरेको प्रमोद तामाङ स्मृति सुशासन पत्रकारिता पुरस्कारबाट रेडियो भिजनका प्रबन्ध निर्देशक गणेश पोखरेल पुरस्कृत हुनुभएको छ भने प्रमोद तामाङ स्मृति उत्कृष्ट राष्ट्रसेवक पुरस्कारबाट विर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपति...

  • २०७६ भाद्र १६, सोमबार

    चाडपर्वले राष्ट्रिय एकता सुदृढ ः मुख्यमन्त्री गुरुङ

    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालीको पर्व हरितालिका तीजको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आइतबार साँझ शुभकामना सन्देश प्रकाशन गरी उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको हो । नेपालमा विभिन्न जातजाति तथा समुदायले मनाउने मौलिक चाडपर्वले सामाजिक सद्भाव एवं...

  • २०७६ भाद्र १६, सोमबार

    विद्यालय भवन निर्माण

    विद्यालय सुधार कार्यक्रमअन्तर्गत यहाँको कालिका हिमालय माविको हातामा थप चार भवनको निर्माण कार्य सम्पन्न भएको छ । उक्त विद्यालयका थप भवन राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय कार्यान्वयन एकाइ शिक्षा मार्फत जापानिज फण्ड फर पोभर्टी रिडक्सनको आर्थिक सहयोग एवं एशियाली विकास बैंकको प्राविधिक सहयोगमा रु १० करोड ३७ लाख ९७ हजारको लागतमा निर्माण भएको हो । प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज...

  • २०७६ भाद्र १५, आइतबार

    तामा र स्लेट खानी उत्खनन र संरक्षणको पर्खाइमा

    हिमाली जिल्ला म्याग्दी विभिन्न ठाउँमा रहेका तामा र स्लेट खानी संरक्षण र उत्खननको पर्खाइमा रहेको छ । पश्चिम र उत्तरी म्याग्दीका विभिन्न ठाउँमा रहेका खानीहरु वर्षौंदेखि अलपत्र अवस्थामा रहेका छन् । तामा, स्लेट घर छाउने ढुङ्गा, शिलाजित, खरी, चुनढुङ्गाका खानी वर्षौंदेखि उत्खनन हुन नसकेका अवस्थामा छन् भने संरक्षण हुन नसकेपछि पुरिँदै गएका छन् । खानीहरूको सम्भाव्यता अध्ययन गर्न सम्बन्धित निकायले चासो...

  • २०७६ भाद्र १५, आइतबार

    गैसस सम्मेलनमा प्राविधिक शिक्षा प्रवद्र्धनमा जोड

    जर्मनीमा आयोजित २१औँ गैरसरकारी संस्थाको सम्मेलनले नेपालको आर्थिक समृद्धिका लागि प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रवद्र्धन आवश्यक भएकाले यसमा सहयोग गर्न जर्मनीस्थित विभिन्न गैरसरकारी संस्थाहरुले चासो देखाएका छन् । जर्मन नेपाल मैत्री सङ्घको आयोजनामा भएको सो सम्मेलनमा नेपालको समृद्धिका लागि प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रवद्र्धन गर्नु आवश्यक भएको भन्दै यसका लागि बाह्य लगानी, प्रविधि र ज्ञान...

  • २०७६ भाद्र १५, आइतबार

    गाउँगाउँमा विकासको मूल फुटेको छ मन्त्री विश्वकर्मा

    युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले तीनै तहका सरकारबीच विकास निर्माणका कार्यमा आपसी सहकार्य र समन्वय भइरहेको बताउनुभएको छ । पोखरा महानगरपालिका–१९ घार्मीमा लामाचौर स्वास्थ्य चौकी भवनको शिलान्यास कार्यक्रममा आज उहाँले देशमा सडक, खानेपानी, विद्यालय, स्वास्थ्यचौकीलगायत विकासका पूर्वाधारले प्राथमिकता पाएको बताउनुभयो । जनप्रतिनिधि निर्वाचित भएर आएसँगै सङ्घ, प्रदेश र स्थानीय सरकार बीचको...

  • २०७६ भाद्र १५, आइतबार

    जापानमा राष्ट्रिय ध्वजा फहराउँदा

    चालिस हजार फिट भन्दामाथि उचाइको आकासमा चन्द्र र सूर्य ध्वजासहितको विमान एसियाकै विकसित मुलुक जापानको भूमिमा अवतरण गर्दा नेपाली मन उमङ्गले तरङ्गित भयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको नेपाल वायुसेवा निगमको ए–३३०–२०० वाइड बडी जहाज साढे छ घण्टाको उडानपछि जापानको ओसाकास्थित कान्साई इन्टरनेशनल एयरपोर्टमा अवतरण गर्दा गडगडाहट ताली बज्यो । जम्मा १४९ यात्रु लिएर जापान ओर्लिएको नेपाली जहाजले...

  • २०७६ भाद्र १५, आइतबार

    पशुपतिमा तीजको तयारी पूरा 

    यस वर्षको हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मन्दिर प्रवेश गर्ने भक्तजनका लागि चार वटा दर्शन मार्गको व्यवस्था गरिएको जानकारी दिइयो । पहिलो लाम गुह्येश्वरी–गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तर ढोकाबाट, दोस्रो लाम...

Pages