STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ भाद्र १५, आइतबार

    उपसमिति प्रतिवेदन पेश

    प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत गठित मेडिकल कलेजहरुको शुल्क विवादलगायत विविध विषयमा अध्ययन गर्न गठित उपसमितिले आफ्नो प्रतिवेदन तयार गरेको छ । समितिको विसं २०७५ चैत २६ गतेको बैठकद्वारा समितिका सदस्य सुरेशकुमार राईको संयोजकत्वमा गठित सो उपसमितिका सदस्यमा उमेश श्रेष्ठ, एकबाल मियाँ, खगराज अधिकारी, चित्रलेखा यादव, जीवनराम श्रेष्ठ, मनकुमारी जिसी, सन्तकुमार थारू र योगेशकुमार भट्टराई...

  • २०७६ भाद्र १५, आइतबार

    तीज व्रत महिला, पुरुष दुवैले गर्नुपर्ने शास्त्रीय मत

    शास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरि तालिका तीज को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा केटीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय बचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुभयो । भाद्र शुक्ल तृतीयाका...

  • २०७६ भाद्र १५, आइतबार

    स्वास्थ्य शिविरबाट ८०० लाभान्वित

    तनहँुको व्यास नगरपालिका–११ शेरामा शनिबार आयोजित स्वास्थ्य शिविरबाट ८०० सर्वसाधारण लाभान्वित भएका छन् । समुदायबाट सञ्चालित तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको आयोजना र काठमाडौँस्थित ओम अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित शिविरबाट मुटु, मधुमेह, हाडजोर्नी, नाक, कान, घाँटी, बालबालिका र महिलासम्बन्धी रोगको उपचार सेवाबाट ८०० सर्वसाधारण लाभान्वित भएका हुन् । सामाजिक...

  • २०७६ भाद्र १५, आइतबार

    महिला मुक्ति र स्वतन्त्रताको भावना मुखरित गर्ने पर्व तीज प्रधानमन्त्री भदौ १६ गते प्रचारप्रसार गर्ने

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली महिलाको महान् पर्व हरितालिका तीज महिला मुक्ति र स्वतन्त्रताको भावना मुखरित गर्ने पर्व रहेको बताउनुभएको छ । उहाँले हरितालिका ९तीज०को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गनुभएको छ । नेपाली महिलाले विगतमा कष्टकर सामन्ती संस्कार र कैयन कुचलनको बोलवाला रहेका बेला वा समानताको मान्यता...

  • २०७६ भाद्र १५, आइतबार

    सहाराविहीनलाई घर निर्माण

    विर्तामोड नगरपालिका–२ निवासी सहाराविहीन बन्नुभएकी ५५ वर्षीया दृष्टिविहीन धामो राजवंशीले घर पाउनुभएको छ । सहारा नेपाल सहकारी संस्थाको प्राविधिक सहयोगमा विर्तामोड नगरपालिकाले राजवंशीलाई घर निर्माण गरिदिएको हो । विर्तामोड नगरपालिकाले रु ५० हजार र नगरपालिकाको वडा नं २ ले रु एक लाख प्रदान गरेपछि स्थानीयवासीको समेत जनश्रमदानमा राजवंशीको घर निर्माण भएको हो । आफैँमा दृष्टिविहीन त्यसमाथि कसैको पनि सहारा...

  • २०७६ भाद्र १५, आइतबार

    नामकरण र स्थायी राजधानी तोक्ने विषयमा अन्योल

    प्रदेश नं २ को नामकरण र स्थायी राजधानी तोक्ने विषयमा अन्योल बढ़Þदै गएको छ । सो विषयमा प्रदेशसभा सचिवालयमा भदौ ५ गते दर्ता गरिएको राजनैतिक दल र दलको प्रस्तावमा असहमति राख्ने सदस्यले फरकफरक प्रस्ताव दर्ता गराए पछि यसबारे अन्योलता बढ्दै गएको हो । प्रावधानअनुसार प्रदेशको नामकरण र राजधानीको टुङ्गो लगाउन दुई तिहाई मत चाहिन्छ । फरक फरक प्रस्ताव दर्ताले दुई तिहाई मतको सम्भावना नदेखिएका कारण यो विषय...

  • २०७६ भाद्र १५, आइतबार

    रामपुरमा ‘कपडा बैंक’ ः गरीब, विपन्नलाई सित्तैमा कपडा

    गरीब तथा विपन्न वर्गलाई लक्षित गरेर पाल्पाको रामपुरमा ‘कपडा बैंक’ सञ्चालनमा आएको छ । रामपुर युवा क्लबले आर्थिक अवस्था नाजुक भएका व्यक्ति स्वयं उपस्थित भएर आफूलाई चाहिएका कपडा सित्तैमा रोजेर लगाउन मिल्ने गरी ‘कपडा बैंक’ सञ्चालनमा ल्याइएको हो । कपडा बैंकमा महिला र पुरुषले लगाउने विभिन्न कपडा जस्तै सारी, चोलो, पेटिकोट, कुर्था सुरुवाल, सल, टिसर्ट, पेन्ट, सर्ट, हाफपेन्टलगायतका तयारी कपडा राखिएको छ...

  • २०७६ भाद्र १४, शनिबार

    तनहुँमा नौ जनामा डेङ्गु

    जिल्लामा नौ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जिल्लाका नौ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको हो । गत साउन २४ गते एक जनामा डेङ्गु देखा परेको तनहुँमा यही भदौ ११ गतेसम्म डेङ्गुका बिरामी नौ जना पुगेका छन् । व्यास नगरपालिका र म्याग्दे गाउँपालिकाका व्यक्तिमा डेङ्गुको सङ्क्रमण देखा परेको दमौली अस्पतालले जनाएको छ । गत साउनसम्म दमौली अस्पतालमा डेङ्गुको...

  • २०७६ भाद्र १४, शनिबार

    समृद्ध समाजवादको आधारशिला निर्माण गर्दै सरकार, नेपाली जनतामा खुशी ल्याउँछौं स् सञ्चार तथा सूचना प्रविधिमन्त्री

    सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी नेकपाको नेतृत्वको सरकारले अगाडि बढाएका कार्यक्रमले नतिजा दिन थालेको बताउनुभएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को समाजवादी नारामा जनताका विविध कार्यक्रम अगाडि बढाएको बताउँदै उहाँले तराई, पहाड र हिमालका जनतामा खुशीको सञ्चार प्रवाह हुन थालेको उल्लेख गर्नुभयो । राजनीतिक संक्रमण अन्त्य भएको र जनताको बलिदानबाट प्राप्त...

  • २०७६ भाद्र १४, शनिबार

    मानसिक रोगीको आश्रयस्थल बन्दै सहारा घर

    कैलालीको बर्दगोरिया –२ मा रहेको सहारा घर सडक जीवन बिताइरहेका मानसिक रोगीहरुको आश्रयस्थल बन्दै गएको छ । देख्दै घिन लाग्ने सडकमा फालेका फोहर चिज टिपेर खाने, जिग्रिङ्ग्र कपाल पालेका, फोहोरी मान्छे सोच्दै घिन लाग्छ जो कोहीलाई तर सहारा घरले यस्तै मानसिक रोगीहरुलाई आश्रय दिइरहेको छ । स्थानीयवासी बलबहादुर विष्टले आफ्नै निजी पहलमा सञ्चालन गर्नुभएको सहारा घरमा अहिले ४४ जना मानसिक रोगी आश्रय लिइरहेका छन्...

  • २०७६ भाद्र १४, शनिबार

    पूर्वमन्त्री नेपालीको निधन

    महोत्तरीबाट पूर्व युवा तथा खेलकूदमन्त्री रहनुभएका गणेश तिवारी नेपालीको शुक्रबार साँझ निधन भएको छ । जिल्लाको जलेश्वर नगरपालिका–२ स्थित आफ्नै घरमा शुक्रबार ७६ वर्षको उमेरमा निधन भएको उहाँका छोरा बजरंग नेपालीले बताउनुभयो । विसं २०६४ को संविधानसभा निर्वाचनमा तत्कालीन तराई मेधश लोकतान्त्रिक पार्टीबाट महोत्तरीको क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित भएर उहाँ तत्कालीन प्रधानमन्त्री माधव नेपालको...

  • २०७६ भाद्र १४, शनिबार

    मुक्तिनाथमा बढ्दै लगानी

    झण्डै चार दशक अघि २०३८ सालमा तनहुँको शुक्लागण्डकी नगरपालिका–९ ढोरफिर्दीकी उमादेवी भट्टराई मुक्तिनाथको दर्शनका क्रममा त्यहाँस्थित रानीपौवामा बस्नुभयो । “हामी दशैँको बेला पारी गएका थियौँ”, आफ्नो अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “ठाउँ ठाउँबाट आएका तीर्थयात्रीले रानीपौवा खचाखच भरिन्थ्यो ।” उक्त समयमा तीर्थयात्री अधिकांशले खाने कुराका साथै ओढ्ने ओच्छ्याउने सामग्री आफैँ लिएर जाने गरेका जानकारी दिँदै...

Pages