STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ भाद्र १७, मंगलबार

    सेनाको एयर बेस स्थापना

    नेपाली सेनाले पश्चिम क्षेत्रलाई लक्षित गरेर सुर्खेतमा एयर बेस स्थापना गरेको छ । काठमाडौँ उपत्यकाभित्र मात्रै सञ्चालन हुँदै आएको हवाई पारवहन क्षमतालाई विस्तार गर्ने क्रममा आजदेखि सुर्खेतबाट एयर बेस सेवा सञ्चालन गरिएको हो । प्रधानसेनापति पूर्णचन्द्र थापाले आज सुर्खेत एयरपोर्ट ब्यारेकमा एयर बेस सञ्चालन कार्यको शुभारम्भ गर्नुभयो । सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले बेसमा ह्याङ्गर निर्माण...

  • २०७६ भाद्र १७, मंगलबार

    तीन दिनदेखि वार्ता प्रयास जारी

    धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय प्राध्यापक सङ्घले उपकुलपति, रजिष्ट्रार र डिन कार्यालयमा गरेको अनिश्चितकालीन तालाबन्दी खोल्न विश्वविद्यालय हातामा आइतबारदेखि वार्ता शुरु गरिएको छ । तालाबन्दीपछि विश्वविद्यालयले साउन अन्तिम साता गठन गरेको वार्ता समितिले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले समेत त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयमा भएको तालाबन्दीलाई आन्दोलनरत पक्षका...

  • २०७६ भाद्र १७, मंगलबार

    स्वरुप फेर्दै तुलसीपुर बजार

    तुलसीपुर बजार अव्यवस्थित थियो, जनप्रतिनिधिले ल्याएको स्मार्टसिटीको नारालाई त्यही अव्यवस्थित बजारले गिज्याइरहेको थियो । आम मतदाताले अव्यवस्थित बजारलाई टेकेर स्मार्टसिटीको नारालाई व्यङ्ग्य गरिरहेका थिए । अहिले सो बजारमा सडक मिचेर बनाइएका भ¥याङ, होर्डिङबोर्ड, पर्खाल, सडकबीचमा राखेर गरिएका फुटपाथ, ठेला हटाइयो, त्यसपछि भने बजारको मुहार नै परिवर्तन भएको छ । बजारमा पहिलेजस्तो जहाँ पायो त्यही होर्डिङ...

  • २०७६ भाद्र १७, मंगलबार

    एक करोड कमका योजनामा डोजर प्रयोग बन्द

    वातावरणमा नराम्रो प्रभाव परेको भन्दै कुशे गाँउपालिकाले रु एक करोडमुनिका आयोजनामा डोजर÷स्काभेटर प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । साना आयोजनामा पनि डोजर प्रयोग गर्दा स्थानीय युवा बेरोजगार भई विदेश पलायन हुन थालेपछि गाउँपालिकाले डोजर प्रतिबन्ध लगाउने निर्णय गरेको हो । रु एक करोडभन्दा कम बजेटका आयोजनामा यसै आर्थिक वर्षदेखि डोजर प्रयोग गर्न नपाइने गरी कार्यपालिकाले निर्णय गरेको गाउँपालिका अध्यक्ष...

  • २०७६ भाद्र १७, मंगलबार

    पर्यटकको रोजाइमा शालग्राम सङ्ग्रहालय

    बागलुङमा निर्माणधीन अवस्थामा रहेको भूमिगत सङ्ग्राहलय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । कालीगण्डकी नदीमा मात्र पाइने शालग्राम लोप हुन थालेपछि संरक्षणका लागि भू–गर्भभित्र सुरुङ निर्माण गरी सङ्ग्रहालय निर्माण गर्न थालिएको थियो । सङ्ग्रहालय निर्माण अन्तिम चरणमा छ । निर्माणाधीन अवस्थामै रहेको सङ्ग्रालयको सुरुङ हेर्न तथा मन्दिर अवलोकनका लागि दैनिक २०० देखि ३०० पर्यटक आउन थालेका छन् । करिब ७६...

  • २०७६ भाद्र १६, सोमबार

    शिवालयमा भक्तजनको भीड

    महिलाको प्रमुख चाड तीजका अवसरमा आज यहाँका प्रमुख शिवालयमा भक्तजनको भीड लागेको छ । ब्रह्मा, विष्णु र महादेवको त्रिमूर्तिका रुपमा मानिने प्रसिद्ध दत्तात्रय मन्दिर, केदारनाथको शिर मानिएको सूर्यविनायक–८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिर, आशापुरी महादेव मन्दिर, चित्तपोलको कैलाशनाथ महादेव मन्दिर, सिरुटारको सोमलिङ्गेश्वर, गुप्तेश्वर महादेव, कटुञ्जेको सुवर्णेश्वर महादेव मन्दिर, गुण्डुको अनन्तलिङ्गेश्वर...

  • २०७६ भाद्र १६, सोमबार

    तीज र चौँठचन्द्र पर्व एकसाथ

    पतिको दीर्घायुका लागि हरितालिका तीज पर्व र तराईका मैथिल समुदायले आज चौँठचन्द्र पर्व मनाइरहेका छन् । तिथिको समयमा थपघट भएका कारण भाद्र शुक्ल तृतीया तिथिमा मनाइने हरितालिका तीज र भाद्रशुक्ल चतुर्थी तिथिमा मनाइने चौँठचन्द्र पर्व आज एकै दिनमा पर्न गएको हो । धार्मिक एवम् सांस्कृतिक पर्वका रुपमा स्थापित तीजका साथै चौँठचन्द्र पर्वको रौनक गण्डकी प्रदेशको राजधानी पोखरामा देखिएको छ । पोखरामा बस्दै आएका...

  • २०७६ भाद्र १६, सोमबार

    सुरक्षित गर्भपतन गराउने बढ्दै

    जिल्लामा वर्षेनी गर्भपतन गराउने महिला बढीरहेका छन् । जिल्ला अस्पताल डोटीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा भूषण मिश्रले दिनुभएको जानकारी अनुसार आर्थिक वर्ष ०७५÷०७६ मा डोटीमा एक हजार ८९ महिलाले गर्भपतन गराएका थिए । उहाँका अनुसार जिल्ला अस्पताललगायत सुरक्षित गर्भपतन गराउन सूचीकृत जिल्ला भरीका १८ स्वास्थ्य संस्थामा महिलाले उक्त सेवा लिएका हुन् । जिल्ला अस्पतालमा मात्रै गएको आर्थिक वर्षमा ३८३ जनाले...

  • २०७६ भाद्र १६, सोमबार

    पशुपतिमा व्यवस्थित तीज, २ बजेसम्म चार लाख भक्तजन

    पशुपतिनाथ मन्दिरमा यस वर्ष दर्शनार्थीले सहज रुपमा दर्शन गर्न सक्ने गरी व्यवस्थित गरिएको पाइएको छ । आज बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएको थियो । बिहान १५ मिनेटमै मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गर्न सकिन्थ्यो भने १० बजेपछि आधा घण्टासम्ममा दर्शन गर्न सकिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकालले बताउनुभयो । मूल मन्दिर प्रवेश गर्न पशुपति क्षेत्र जाने स्थानमा चार...

  • २०७६ भाद्र १६, सोमबार

    कीर्ते कागजात गरी तीन लाख दुरुपयोग गरेको आरोप

    जिल्लाको बूढीगङ्गा नगरपालिका–१० मा लक्षित कार्यक्रमअन्तर्गत तोकिएका वर्गका लागि आएको रकम कीर्ते कागजातका आधारमा दुरुपयोग भएको गुनासो बढेको छ । आव २०७५÷७६ को दलित, महिला, बालबालिका र युवा वर्गको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आएको रु तीन लाख महिला, दलित, बालबालिका र युवालाई नदिएर उनीहरुलाई कार्यक्रममा सहभागी भएको कीर्ते कागजात तयार पारेर वडापालिकाले नै खर्च गरेको वडास्तरीय दलित नेटवर्कका...

  • २०७६ भाद्र १६, सोमबार

    पशुपतिनाथमा दर्शनार्थीको भिड

    भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका ९तीज० पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि लाम लागेको छ । पशुपतिनाथ प्रवेश गर्न व्यवस्था गरिएका चार वटै लाम मूल सडकसम्म आइपुगेको छ । सबै लाममा महिला भक्तजन मात्र छन् । दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको छ । मन्दिरका चार ढोका आज...

  • २०७६ भाद्र १६, सोमबार

    प्राधिकरणका ज्ञवाली दक्षिण कोरियातर्फ

    शहरी क्षेत्रको पुनःनिर्माणका सम्बन्धमा प्रस्तुति दिन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली दक्षिण कोरिया प्रस्थान गर्नुभएको छ । विश्व पूर्वाधार सहयोग सम्मेलन ग्लोबल इन्फ्रास्ट्रक्चर कोअपरेशन कन्फरेन्स मा काठमाडौँ उपत्यकाभित्रका सम्पदा बस्तीको गुरुयोजना, कार्यान्वयन ढाँचा र वित्तीय आवश्यकतामा केन्द्रित भई उहाँले प्रस्तुति गर्नुहुने प्राधिकरणले जनाएको छ । सम्मेलन...

Pages