relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ भाद्र १२, बिहिबार

    गाई पाल्दा ५० लाख स्वाहा १ दूध नबिकेपछि गोठ भत्काउँदै

    पशुपालन व्यवसायबाट धेरैले अर्थोपार्जन गर्दै आएका छन् । कतिपयले विदेशबाट फर्किएपछि त कतिपयले रोजगारीको अन्य विकल्प नभएपछि मात्र पशुपालन व्यवसायलाई अङ्गाल्ने गरेका छन् । व्यावसायिक पशुपालन गर्नेमध्ये अधिकांश कृषक सफल भएका छन् भने कतिपय कृषकले लगानीसमेत उठाउन नसकेर घाटा व्यहोरेका पनि पाइन्छ । झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गाका लीला चिमरिया, हरि कार्कीलगायतले पशुपालन व्यवसाय सञ्चालन गर्दा ठूलो...

  • २०७६ भाद्र १२, बिहिबार

    जुम्लामा स्याउ टिप्न भ्याइनभ्याइ

    कनकासुन्दरी गाउँपालिकाकी लिपु खत्रीलाई आफ्नो बगैँचामा फलेका स्याउ टिप्न भ्याइनभ्याइ भएको छ । चन्दननाथ–१० की माया देवकोटा पनि एक सातादेखि बारीमा स्याउ टिप्न व्यस्त देखिनुभएको छ । उहाँहरू दुवैको बारीमा करीब १५० स्याउका बोट छन् । उहाँहरू मात्र होइन, जिल्लाका किसानलाई अहिले स्याउ टिप्ने चटारो छ । भदौ लागेसँगै किसानलाई स्याउ टिप्न भ्याइनभ्याई भएको हो । अधिकांश किसान बिहान सबेरैदेखि राति अबेरसम्म...

  • २०७६ भाद्र १२, बिहिबार

    ‘हतारमा समाचार लेख्दा गलत सूचना’

    प्रहरी, वन्यजन्तु संरक्षणमा कार्यरत, पत्रकारलगायतले वातावरण र वन्यजन्तु अपराधसम्बन्धी घटना र विषय नबुझी समाचार लेखिने गरेको बताएका छन् । विश्व वन्यजन्तु कोष डब्लुडब्लुएफ, हरियो वन कार्यक्रम, सञ्चारिका समूह र नेचर मिडियाले संयुक्तरुपमा आयोजना गरेको ‘महिला पत्रकारका लागि वातावरण तथा वन्यजन्तु अपराध नियन्त्रणसम्बन्धी एक दिने तालीम’ मा वक्ताहरुले हतारमा समाचार लेख्दा गलत सूचना आउने हुँदा सत्य बुझेर...

  • २०७६ भाद्र १२, बिहिबार

    सीमा वार्ता असफल, प्रजिअको टोली रित्तो हात फिर्ता

    नेपाल–चीनबीच सीमाक्षेत्रमा हुने अपराध नियन्त्रण गर्नका लागि दुवै देशका सुरक्षा अधिकारीबीचको वार्ता बिनानिष्कर्ष टुङ्गिएको छ । चीनको बुराङ काउण्टीको ताक्लाकोटमा सीमा सुरक्षा वार्ताका लागि नेपाली टोली प्रमुख जिल्ला अधिकारी विनिता भटराईको संयोजकत्वमा गएको थियो । प्रमुख जिल्ला अधिकारी भट्टराईले ठोस निर्णय नभएकाले चीनको माथिल्लो निकायबाट र नेपाल सरकारबाट लिखितरूपमा निर्णय गर्ने अधिकारी नआएपछि लिखित...

  • २०७६ भाद्र १२, बिहिबार

    विद्यालयमा सेनिटरी प्याडसहितको एटिएम

    छाउपडी प्रथाविरुद्ध अभियान सञ्चालन गरिरहेको छविसपाथिभेरा गाउँपालिकाले विद्यालयमा महीनावारीका बेला छात्राको पढाइमा असर नपरोस् भनेर सेनिटरी प्याडसहितको एटिएमको व्यवस्था गरेको छ । छात्रालाई चाहिने सेनिटरी प्याडसहितको एटिएम कक्ष शुरु गर्ने बान्नीचौर मावि पहिलो स्कूल भएको छ । छविसपाथिभेरा गाउँपालिका उपप्रमुख राधिका जोशीले भन्नुभयो, “महीनावारी भएका कारणले स्कूल नआउने दिनको अन्त्य भएको छ ।” छाउपडी...

  • २०७६ भाद्र १२, बिहिबार

    लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्ड एक महीना बन्द हुने

    मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डमा सडक विस्तारका लागि एक महीना दैनिक आठ घण्टा सडक बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङमा बुधबार बसेको सरोकारवालाहरुको बैठकले बागलुङ नगरपालिका–३ खहरे क्षेत्रमा रहेको चट्टानसहितको पहरो कटानका लागि झण्डै एक महीना खहरे खण्डको बाटो बन्द गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीको अध्यक्षता तथा जिल्ला समन्वय समितिका...

  • २०७६ भाद्र ११, बुधबार

    नेपाल र सेन्ट लुसियाबीच कूटनीतिक सम्बन्ध

    नेपाल  र क्यारेबियन मुलुक सेन्ट लुसियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै विश्वका १६७ देशसँग नेपालको कूटनीतिक सम्बन्ध विस्तार भएको छ । कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्तपत्रमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र सोही विश्व संस्थाका लागि सेन्ट लुसियाका स्थायी प्रतिनिधि कसमस रिचर्डसनले आज न्यूयोर्कमा आयोजित एक संक्षिप्त समारोहमा हस्ताक्षर...

  • २०७६ भाद्र ११, बुधबार

    गाउँ–गाउँमा मेलमिलाप संयोजक

    घोराही उपमहानगरपालिकाको न्यायिक समितिमा २०७४÷७५मा २५७ उजुरी निवेदन दर्ता भए । त्यसमध्ये १०५ निवेदनको मेलमिलाप गरियो । प्रक्रियामा रहेका १५१ मध्ये १८ लाई चालू आर्थिक वर्षमा टुङ्गो लगाइयो । नगरको न्यायिक समितिको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्षभन्दा चालू आर्थिक वर्षको अन्तिमसम्म आइपुग्दा १९५ मात्रै विवादका उजुरी न्यायिक समितिमा दर्ता भए । त्यसमध्ये ७९ उजुरीको अन्तिम टुङ्गो लागिसकेको छ भने ११६...

  • २०७६ भाद्र ११, बुधबार

    ‘स्थानीय तहमा पार्टी एकीकरण छिट्टै’

    नेपाल कम्युनिष् पार्टी नेकपा का स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम इन्चार्ज भीम रावलले प्रदेशका सबै स्थानीय तहमा छिट्टै पार्टी विस्तार गरिने बताउनुभएको छ । नेकपाको सुदूरपश्चिम प्रदेश कार्यालयमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा उहाँले गाउँ÷नगर तथा जिल्लाका जनवर्गीय सङ्गठन एकीकरणकार्यलाई तीव्रता दिइने बताउनुभयो । केन्द्र, जिल्ला र प्रदेशमा पार्टी एकीकरणको काम सम्पन्न भइसकेको बताउँदै उहाँले अब...

  • २०७६ भाद्र ११, बुधबार

    पर्यटन विभाग मातहतका अभिलेख प्रदेशलाई

    पर्यटन विभागले सातै प्रदेशका पर्यटन व्यवसायको अभिलेख औपचारिक रुपमा हस्तान्तरण गरेको छ । मङ्गलबार एक कार्यक्रमको आयोजना गरी विभागले सबै प्रदेश मातहत रहेका २२ हजार ३६४ व्यवसाय हस्तान्तरण गरको हो । विभागका महानिर्देशक डण्डुराज घिमिरेले सम्बन्धित प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिवलाई अभिलेख हस्तान्तरण गर्नुभएको हो । विभागमा हँुदै आएको कार्य आगामी असोज १ गतेदेखि सम्बन्धित प्रदेश...

  • २०७६ भाद्र ११, बुधबार

    तीन पुल निर्माण सम्पन्न

    नारायणगढ मुग्लिन सडकखण्डका तीन नयाँ पुलमा सवारी गुड्न शुरु गरेका छन् । सँगै निर्माण थालिएको एउटा पुलको भने ३५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । नारायणगढ मुग्लिन सडक आयोजनाका प्रमुख इ रोहितकुमार विसुरालका अनुसार मौरी, खानीखोला र दासढुङ्गा पुलमा सवारी सञ्चालनमा आएका हुन् । ती पुलमा रङरोगन, साइन पोष्टलगायतका सजाउने र सुरक्षा सतर्कताका काम मात्र बाँकी रहेको उहाँले जानकारी दिनुभयो । निर्माणको चरण...

  • २०७६ भाद्र ११, बुधबार

    भाले बोकेर सुत्केरी भेट्न वडाध्यक्ष

    सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाले मातृ शिशु स्वास्थ्य र पोषणलाई नीति तथा कार्यक्रममा प्राथमिकतामा राखेपछि कार्यक्रम कार्यान्वयनको शुरुआत गरेको छ । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा उद्घोष गरिएअनुसार गाउँपालिकामा सुत्केरी महिलालाई लक्षित गर्दै पोषणयुक्त आहार वितरण शुरु गरिएको हो । सुत्केरी महिलाका घरमै पुगेर जनप्रतिनिधिले पोषणयुक्त आहार प्रदान गरेका हुन् । मङ्गलबार बलेफी गाउँपालिका–८ स्थित...

Pages