राष्ट्रिय
-
२०७६ भाद्र ३, मंगलबार
बिदाका दिनसमेत स्वास्थ्य संस्था खुला रहने
त्रिवेणी गाउँपालिकाले ३६५ दिन नै स्वास्थ्य संस्थाबाट सेवा प्रवाह गर्ने भएको छ । गाउँपालिकाभित्रका नागरिकले बिदाको दिनसमेत स्वास्थ्य सेवा प्राप्त गर्ने गरी स्वास्थ्य संस्था खुला राख्ने व्यवस्था गरिएको हो । गाउँपालिकाभित्रका चार स्वास्थ्यचौकी र दुई सामुदायिक स्वास्थ्य एकाइ खुला राखेर सेवा प्रवाह भइरहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाभित्रका नागरिकले बिदाका दिन पनि सहजरूपमा स्वास्थ्य सेवा...
-
२०७६ भाद्र ३, मंगलबार
‘साँफे–मार्तडी सडक’ खोल्नमै ठिक्क
कालोपत्र गरेको दुई वर्ष भइसक्दासमेत साँफे–मार्तडी सडकको अवस्थामा सुधार भएको छैन । सडक छेउछाउबाट पहिरो खस्ने क्रम नरोकिएपछि हरेक वर्षात्मा अवरुद्ध हुने गरेको छ । ५७ मध्ये ३० किलोमिटर पहिलो चरण र २७ किलोमिटर दोस्रो चरणमा सडक कालोपत्र गरिएको थियो । पहिला कालोपत्र गरिएको अछामको साँफेबगरदेखि बार्जुगाडसम्मको ३० किलोमिटर सडकमा धेरै समस्या नेखिए पनि बार्जुगाडदेखि मार्तडीसम्मको २७ किलोमिटर सडकमा बढी...
-
२०७६ भाद्र ३, मंगलबार
गाउँपालिकाले बनाइदियो वृद्ध दम्पतीको घर
रैनादेवी छहरा गाउँपालिकाको सहयोगमा वृद्ध दम्पतीको घर निर्माण गरिएको छ । वडा नं ४ डोकेडाँडाका ७५ वर्षीय डिलबहादुर कामीको घर भूकम्पका कारण भत्किएको थियो । आर्थिक स्थिति कमजोर रहेकाले भत्केको घर बन्न सकेको थिएन । आर्थिक अवस्था निकै कमजोर रहेकाले उहाँले आफ्नै लगानीमा घर बनाउन सन्ुभएको थिएन । विसं २०७२ को भूकम्पका कारण घर भत्केको थियो । भूकम्पको मापदण्डअनुसार काम गर्न सक्ने अवस्था नै छैन । साँझ–बिहान...
-
२०७६ भाद्र ३, मंगलबार
भजनको संरक्षणका लागि प्रयास
युवापुस्ताको मोह घट्दै जाँदा लोप हुने अवस्थामा रहेको लोकभजन जोगाउन बागलुङमा प्रयास थालिएको छ । पश्चिमा संस्कृति भित्रिँदा मौलिक संस्कृतिको रूपमा रहेको लोकभजन हराउन थालेपछि कालिका भगवती गुठी व्यवस्थापन समितिले भजनको संरक्षणका लागि प्रयास थालेको हो । गण्डकी प्रदेशकै उत्कृष्ट धार्मिक गन्तव्यका रूपमा परिचित बागलुङ कालिकाले लोकभजनको संरक्षण तथा पुस्ता हस्तान्तरणका लागि १५ दिने भजन प्रशिक्षण गरेको...
-
२०७६ भाद्र ३, मंगलबार
गृह मन्त्रालय र नेपाल प्रहरीबीच कार्यसम्पादन सम्झौता
गृह मन्त्रालय र नेपाल प्रहरीबीच कार्यसम्पादन सम्झौता–२०७६ मा हस्ताक्षर भएको छ । गृह मन्त्रालयमा सोमबार साँझ गृहमन्त्री रामबहादुर थापा ‘बादल’को उपस्थितिमा मन्त्रालयका सचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको हो । कार्यक्रममा गृहमन्त्री थापाले सम्झौताले नेपाल प्रहरीलाई आफ्नो काम, जिम्मेवारी र उद्देश्यप्रति बढी गम्भीर बनाउने उल्लेख गर्दै...
-
२०७६ भाद्र ३, मंगलबार
पचास पदका लागि रु ४० करोड खर्च
निर्वाचन आयोगले आगामी मङ्सिर १४ गतेका लागि तोकेको उपनिर्वाचनमा ५५० मतदान केन्द्र कायम हुने जानकारी दिएको छ । आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलका अनुसार प्रतिनिधिसभाको एक, प्रदेशसभाका तीन र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक र वडाध्यक्ष ४१ समेत गरी ५० पदका लागि हुने उक्त निर्वाचनमा करीब पाँच लाख मतदातालाई मतदान गर्ने अधिकार हुनेछ । गत साउन १६ गते १८ वर्ष उमेर पुगेका तत्...
-
२०७६ भाद्र ३, मंगलबार
रजस्वला नभएका कन्याको पूजा
रजस्वला नभएका कन्यालाई पुज्ने व्यक्ति निरोगी हुन्छन् र ‘मनले चिताएको’ पुग्ने मान्यता छ । यस मान्यताका साथ काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा रजस्वला नभएका कन्या विशेषगरी १० वर्षमुनिका लाई श्रीकृष्ण जन्माष्टमीका अवसरमा पुज्ने गरिन्छ । विशेषगरी जिल्लाको मुख्य शहर बनेपामा धुमधामका साथ कन्या पूजा आयोजना गरिन्छ । बनेपा नगरमा यो पूजाको इतिहास ११७ वर्ष पुरानो हो । बनेपामा वर्षमा दुईपटक कन्या पूजाको आयोजना...
-
२०७६ भाद्र ३, मंगलबार
विश्वनाथ र रामेश्वरम् ज्योर्तिलिङ्ग स्थापना गरिने
जिल्लामा विश्वनाथ र रामेश्वरम् ज्योर्तिलिङ्ग स्थापना गरिने भएको छ । मानसखण्ड पुराणमा उल्लेख भएअनुसार पाटन नगरपालिका–६ को चौखुडामा रामेश्वरम् र वडा नं ३ को वनारसीधाममा विश्वनाथ ज्योर्तिलिङ्ग स्थापना गर्न लागिएको हो । नेपालका प्रथम ऐतिहासिक जगत्गुरु बालसन्त मोहनशरण देवाचार्यले अध्ययन तथा अनुसन्धान गरेअनुसार ज्योर्तिलिङ्ग स्थापना गर्ने कार्य शुरु गरिएको रामेश्वरधाम संरक्षण समितिका संयोजक कमल बोहराले...
-
२०७६ भाद्र ३, मंगलबार
हात्ती प्रभावित क्षेत्रमा रबरखेती
पूर्वोत्तर झापाका सर्वसाधारणलाई अझै पनि जङ्गली हात्तीको त्रास छ । भारतबाट प्रवेश गर्ने हात्ती नियन्त्रण गर्न विश्व बैंकको सहयोगमा नेपाल सरकारले हात्ती प्रवेश गर्ने गौँडामा विद्युतीय तारबार गरे पनि जङ्गली हात्ती रोक्न सकिएको छैन । जङ्गली हात्तीकै कारण झापा बुद्धशान्ति गाउँपालिकाका सीताराम बाँस्तोलाले लामो समयसम्म सिजनमा लगाएको बाली भित्र्याउन पाउनु नै भएन । धानको सिजनमा धान, मकैको सिजनमा मकै...
-
२०७६ भाद्र ३, मंगलबार
भारतसँग दरो किसिमले संवाद गर्नु जरुरी छ ः प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सीमावर्ती क्षेत्रमा भारतद्वारा निर्मित बाँधले उत्पन्न हुँदै आएको समस्या समाधानका लागि भारतसँग दरो किसिमले संवाद गर्नु जरुरी भएको धारणा व्यक्त गर्नुभएको छ । जिल्ला विपद् व्यवस्थापन समितिद्वारा आज यहाँ आयोजित छलफलमा उहाँले बाँधका कारण उत्पन्न समस्या समाधानका लागि दुवै देश मिलेर जनताको हितमा कार्य गर्नु आवश्यक छ भन्नुभयो । बाँध...
-
२०७६ भाद्र ३, मंगलबार
गाँउपालिकाको विकासका लागि पञ्चवर्षीय योजना
यहाँका दुई गाउँपालिकाले योजनाबद्धरूपमा विकासका काम अगाडि बढाउन प्रथम पञ्चवर्षीय आवधिक योजना निर्माण गरेका छन् । लालझाडी र बेलडाँडी गाउँपालिकाले एनएलआर नामक संस्थाको सहयोगमा पञ्चवर्षीय आवधिक योजना निर्माणको काम गरेको हो । वार्षिक योजना प्रक्रियामा मार्गदर्शन गर्ने, क्षेत्रगत रणनीतिक योजना तथा महत्वपूर्ण विकास प्राथमिकता प्राप्त कार्यक्रम तर्जुमा गर्ने, आवश्यकताका आधारमा स्रोत वितरण र परिचालनको...
-
२०७६ भाद्र ३, मंगलबार
विश्वकै अग्लो मानववस्तीमा ‘डोल्पो महोत्सव’
विश्वको सर्वाधिक अग्लो स्थानमा अवस्थित मानववस्ती धो तरापमा ‘डोल्पो महोत्सव २०७६’ आयोजना गरिने भएको छ । डोल्पा जिल्लाको डोल्पो बुद्ध गाउँपालिकाको तरापस्थित क्रिष्टल माउन्टेन विद्यालय प्राङ्गणमा यही भदौ २४–२८ गतेसम्म सो महोत्सव आयोजना गरिने महोत्सव मूल आयोजक समितिका संयोजक ग्याल्पो थापा भोटेले सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभएको हो । उहाँले ‘दर्शन डोल्पोको, आर्जन शान्ति’ भन्ने मूल...


