राष्ट्रिय
-
२०७६ भाद्र २, सोमबार
घर टहरा भत्काएको विरोधमा नगरकोट बन्द
चाँगुनारायण नगरपालिका र जिल्ला वन कार्यालयले नगरकोटका घर टहरा भत्काएको विरोधमा आज स्थानीय साना तथा मझौला व्यवसायी समूहले नगरकोट बन्द गराएका छन् । व्यवसायीहरूले कुसुम सामुदायिक वन अतिक्रमण गरी सडकको दायाँबायाँ अवैधरुपमा घर, टहरा निर्माण गरी होटल तथा रेस्टुराँ व्यवससाय सञ्चालन गर्र्दै आएकाले नगरपालिकाले आइतबार डोजर लगाएर १०० भन्दाबढी घर टहरा भत्काएको थियो । साना व्यवसायीलाई कुनै विकल्प नदिइ घर,...
-
२०७६ भाद्र १, आइतबार
मिर्गौला बिक्री गर्ने रुद्राक्ष खेतीतर्फ
पाँचखाल नगरपालिका–८ होक्सेकी ३७ वर्षिया एक महिलाले गत असार महीना आफ्नो पाखोबारीमा १५ रुद्राक्षको बिरुवा रोप्नुभयो । अहिले उहाँको समय ती बिरुवा रेखदेखमा पाखोबारीमै बित्ने गरेको छ । घर व्यवहार टार्न पैसा नहुँदा दलालमार्फत भारत गएर चार वर्षअघि आफ्नो एउटा मिर्गौला बिक्री गर्नुभएकी नाम बनाउन नचाहने ती महिलाले आम्दानीका लागि रुद्राक्षखेती गर्नुुभएको हो । उहाँ भन्नुहुन्छ, “जीवनमै एकपटक ठूलो गल्ती गरियो...
-
२०७६ भाद्र १, आइतबार
नेपाल हिन्दी प्रतिष्ठानको नयाँ कार्यसमिति
नेपाल हिन्दी प्रतिष्ठानको आज यहाँ सम्पन्न सातौ साधारणसभाले राजेश्वर नेपालीको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ । समितिको उपाध्यक्षमा डा आशा सिन्हा, महासचिवमा रामस्वार्थ ठाकुर गान्धी, सचिवमा चन्द्रशेखरराज चमन र कोषाध्यक्षमा श्रीचन साह चयन हुनुभएको छ । त्यस्तै सदस्यमा रामहृदय प्रसाद, अवध किशोर, मनोजकुमार प्रमेश, प्रकाशचन्द्र साह, नगेन्द्रप्रसाद चौधरी र सरोजकुमार यादव हुनुहुन्छ ।
-
२०७६ भाद्र १, आइतबार
अनुसन्धान ब्यूरोको टोली चितवनमा
पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धानमा सहयोग पु¥याउन काठमाडौँबाट प्रहरीको विशेष अनुुसन्धान टोली चितवन आएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको टोली आज आइपुगेको हो । अनुसन्धानमा थप सहयोग पु¥याउनका लागि ब्यूरोको टोली चितवन आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो । उहाँले काठमाडौँबाट आएको चार जनाको टोलीले जिल्लाको अनुसन्धान...
-
२०७६ भाद्र १, आइतबार
‘नयाँ फौजदारी संहितामा प्रहरी अभ्यस्त हुँदै’
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मुलुकमा जारी भएको नयाँ फौजदारी संहितामा प्रहरी अभ्यस्त हुँदै गएको बताउनुभएको छ । फौजदारी संहिता लागू भएको एक वर्ष पुगेको सन्दर्भमा प्रहरी प्रधान कार्यालय कार्य एवम् अपराध अनुसन्धान विभागद्वारा आज आयोजित ‘संहिता कार्यान्वयनको प्रभावकारिता’ विषयक गोष्ठीमा उहाँले नागरिकले अनाहकमा दुःख नपाऊन्, निर्दोष नफसून् र पीडक कानूनको दायरामा आऊन् भन्ने अभिप्रायका साथ...
-
२०७६ श्रावण ३२, शनिबार
बौद्ध पर्व मतयाःको साँस्कृतिक महत्व
विमला शाक्य ललितपुरमा मनाइने विभिन्न जात्रा पर्वमध्ये मतयाः दीपयात्रा बौद्धहरुले मान्ने एक महत्वपूर्ण जात्रा हो । मतयाः लाई न्येकू जात्रा, श्रृंगभेरी जात्रा आदि विभिन्न नामले संज्ञा दिएतापनि यो पर्व मुख्यतया ललितपुरमा मनाईने बौद्ध पर्व हो जुन हरेक वर्ष भाद्र कृृष्ण दुतियाको दिन सम्पन्न हुन्छ । यस पर्वलाई ललितपुरका विभिन्न १० वटा टोलले संचालन गर्दै आएका छन् । सौगल, नकबहिल, मंगलबजार, चक्रबहिल,...
-
२०७६ श्रावण ३२, शनिबार
बरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन
बरिष्ठ अभिनेत्री तथा नाट्यकर्मी सुभद्रा अधिकारीको ७३ वर्षको उमेरमा निधन भएको छ । काठमाडौंको असनमा वि।स। २००३ सालमा गायिका नूरा देवीको कोखबाट उनको जन्म भएको थियो । आमा नूराले उनलाई बेहोसी अवस्थामा जन्म दिएकी थिइन् । उनी जन्मँदा पाँच दिन अगाडि गाइजात्रा थियो । दुःखद संयोग १ उनको निधन गाइजात्राको एकदिन पछि भएको छ । २०२१ सालमा कृष्णप्रसाद अधिकारीसँग प्रेम विवाह गरेकी उनको पहिलो नाट्य अभिनय ‘कची मचा’...
-
२०७६ श्रावण ३२, शनिबार
सबैको साझा बन्दै नेवार समुदायको रोपाइँजात्रा
अटिनअटी मान्छेको भीड । गुञ्जिरहेको थियो असारे गीत र ढोल÷झ्याम्टाको आवाज । कुहिरोले ढपक्कै ढाकिएको थियो कार्यक्रमस्थल । पानी पर्नै लागेको मौसममा एकैचालमा नृत्य गरिरहेका थिए कलाकार । हातमा सिरु वा फूलको पात लिएर रोपाइँको नक्कल गरेको हेर्न सबैको आँखा तानिएको थियो कार्यक्रमस्थलमा । एकै किसिमको पहिरन (हाकुपाटसी)मा सजिएका कलाकारको नृत्यले दर्शकका लागि झनै रौनकता थपिएको थियो । बीचबीचमा लाखे तथा...
-
२०७६ श्रावण ३१, शुक्रबार
प्रधानमन्त्रीको स्वास्थ्य सामान्य ः भेटघाट र बैठक शुरु
प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यमा सुधार आएपछि बिहानदेखि नियमित भेटघाट र महत्वपूर्ण काममा सक्रिय हुनुभएको छ । प्रधानमन्त्री ओलीले आज बिहान प्रम निवास बालुवाटारमा झापा क्षेत्र नं ५ का अगुवा कार्यकर्तासँग भेटघाट गर्नुभएको थियो । अहिले नेपाल कम्युनिष्ट पार्टी नेकपा को सचिवालयका बैठकमा सहभागी हुनुहुन्छ । गत साता सिङ्गापुरमा नियमित स्वास्थ्य परीक्षण गराई स्वदेश फर्कनुभएका प्रधानमन्त्री ओली...
-
२०७६ श्रावण ३१, शुक्रबार
होमस्टे गएका पाहुनालाई उपहार
बर्दियाको डल्ला गाउँको होमस्टे घरबास मा बसेर फर्कने पाहुनाको हात खाली हुँदैन । होमस्टेमा बसेवापत होमस्टे सञ्चालकले पाहुनाको सम्मानस्वरुप मायाको चिनोको रुपमा हस्तकला विभिन्न सामान प्रदान गर्दै आएका छन् । स्थानीय स्रोत र साधनको प्रयोग गरी निर्माण गरिएको सामान चरा, ढकिया दिएर बिदाइ गर्ने गरिन्छ । होमस्टेमा बस्न आउने पर्यटकले कुस, कपडा, बेतबाँस र बाँसबाट बनाइएका मुडा, स्टुल, टोकरीलगायतका हस्तकलाका...
-
२०७६ श्रावण ३१, शुक्रबार
पेट्रोल पम्पमा शिलबन्दी
पेट्रोल पम्पको शिल काटेर पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको आरोपमा हेटौँडास्थित शिवम् फ्युल सेन्टर पेट्रोलपम्प लाई आज शिलबन्दी गरी बिक्री वितरणमा रोक लगाएको गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जले जनाएको छ । हेटौँडास्थित सो पेट्रोलपम्पले पम्पको मेसिनभित्र एसेम्बलीको शिल काटेर कानूनविपरीत पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको पाइएकाले कारवाही गरिएको कार्यालयका प्रमुख शशिभुषण यादवले...
-
२०७६ श्रावण ३१, शुक्रबार
कार्ययोजना र क्षमताका आधारमा उपकुलपति नियुक्त गर्न सुझाव
विद्याललयहरुको उपकुलपति चयन स्पष्ट कार्ययोजना, प्राज्ञिक क्षमता र पारदर्शिताका आधारमा हुनुपर्ने सुझाव दिइएको छ । ‘विश्वविद्यालयको राजनीतिक भागवण्डा कहिलेसम्म रु’ विषयमा शिक्षा पत्रकार समूहले आज आयोजना गरेको कार्यक्रममा राजनीतिकर्मी, शिक्षाविद् र विद्यार्थीले विश्वविद्यालयहरुमा राजनीतिक दलीय हस्तक्षेप अन्त्य गर्न आग्रह गरेका हुन् । पूर्वशिक्षामन्त्री एवं नेकपाका नेता डा गङ्गालाल तुलाधरले...


