relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ श्रावण ३०, बिहिबार

    जलाशय एवम् शक्तिपीठमा जनै आमन्त्रण गरिदै

    श्रावण शुक्ल पूर्णिमा जनै पूर्णिमाका अवसरमा आज पोखरा र आसपासका जलाशय एवम् शक्तिपीठमा जनै आमन्त्रण गरिएको छ । वैदिक विधिद्वारा सप्तऋषिलाई तर्पण गरी आमन्त्रित गरिएका नयाँ जनै फेर्ने तथा रक्ष बन्धनको डोरो नाडीमा बाँध्ने संस्कृतिलाई निरन्तरता दिन जलाशय एवम् शक्तिपीठमा जनै आमन्त्रण गरिने प्रचलन छ । आजको दिन नयाँ जनै लगाउनका लागि तागाधारीले बिहानै उठी स्नान गरी गुरु पुरोहितद्वारा वैदिक मन्त्रोच्चारण...

  • २०७६ श्रावण ३०, बिहिबार

    पर्यटकको रोजाइमा भुलभुले दूधकुण्ड

    बाह्रै महीना एकनाशले बगिरहने सङ्लो पानी । पानीमा एकोहोरो कुदिरहन्छ हरियो रङको माछा । मुहानबाट पानी ओरालो बगिरहँदा माछा मुहानतर्फ कुदिरहेको हुन्छ । एकनासले मुहानतर्फ लाइन लागेर कुदिरहने माछाको रङले पानीको रङ पनि हरियो नै देखिन्छ । मुहानमा सात वटा सर्पमाथि किराँतेश्वरको सुतिरहेको मूर्ति छ । मूर्ति वरिपरि मान्छेको हातको औँलाभन्दा अलिक ठूलो माछा खेलिरहेको हुन्छ । माछा बस्ने कुर बस्ने ठाउँ छैन । बढेर...

  • २०७६ श्रावण ३०, बिहिबार

    टेलिभिजन पत्रकार लामिछानेसहित तीन जना पक्राउ

    प्रहरीले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई आज पक्राउ गरेको छ । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो । पक्राउ पर्नेमा टेलिभिजन कार्यक्रम प्रस्तोता लामिछानेसहित युवराज कँडेल र ओखलढुङ्गाकी अस्मिता कार्की छन् । जिल्ला प्रहरी कार्यालय चितवन...

  • २०७६ श्रावण ३०, बिहिबार

    प्रहरी महानिरीक्षकद्वारा विमानस्थलमा निरीक्षण

    प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक निरीक्षण गर्दै कार्यरत प्रहरी कर्मचारीले यात्रुहरुसँग सभ्य, शिष्ट र यात्रुमैत्री व्यवहार गर्नुपर्नेमा जोड दिनुभएको छ । विमानस्थलको निरीक्षणका क्रममा आज प्रहरी कर्मचारीहरुलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले प्रहरी कर्मचारीले व्यक्तिगत एवम् पेशागत आचरण र व्यवहारमा थप सुधार गरी आफ्नो जिम्मेवारीमा लगनशील,...

  • २०७६ श्रावण २९, बुधबार

    घट्दै छन् पानीका मुहान

    दश वर्षअघि जहाँतहीँ पाइने पानीका स्रोत अहिले कम हुँदै गएका छन् । जथाभावी सडक निर्माण र वनजङ्गल फँडानी कारण पानीका स्रोत सुक्ने क्रम जारी रहेको छ । विगतमा मूलबाट आउने पानीको मात्रा र अहिले आउने मात्र निकै ठूलो गिरावट आएको स्थानीयवासीको भनाइ छ । दश वर्ष पहिले घर नजिकै जङ्गल पाइथ्यो, अहिले जङ्गल पुग्न चार घण्टाभन्दा बढी हिँड्नु पर्छ । जङ्गल र पानीको अभावकै कारण खेतीयोग्य जमीनमा खेती गर्न सकिएको छैन...

  • २०७६ श्रावण २९, बुधबार

    अब काठमाडौँ महानगरभित्रका विद्यालयका रङ एकै

    काठमाडौँ महानगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयको रङ एकै प्रकारको गर्ने तयारी गरेको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयका भवनमा एकरुपता ल्याउन एकै किसिमको रङ प्रयोग गर्ने जानकारी गराउनुभयो । महानगरपालिकाभित्र पदस्थापन भएका माध्यमिक विद्यालय तहका स्थायी शिक्षकको शपथ ग्रहण कार्यक्रममा उहाँले नगरभित्रका विद्यालयको आफ्नै पहिचान बनाउन एकै...

  • २०७६ श्रावण २९, बुधबार

    पर्यटन वर्ष २०२० को प्रचार–प्रसारका लागि साइकलयात्रा

    सरकारले घोषणा गरेको ‘पर्यटन वर्ष २०२०’ को प्रचार–प्रसारका लागि देशभरिका सबै जिल्ला पुग्ने योजनासहित साइकलयात्रामा निस्केका खोटाङका कर्णबहादुर श्रेष्ठ गोरखा आइपुग्नुभएको छ । सबै जिल्लामा रहेका ऐतिहासिकस्थलको प्रचार–प्रसार गर्न साइकलयात्रामा निस्कनुभएका श्रेष्ठ ३६औँ जिल्लाका रूपमा साइकल चढेर मङ्गलबार गोरखा आइपुग्नुभएको हो । साइकलयात्री श्रेष्ठलाई गोरखा उद्योग वाणिज्य सङ्घ गोरखाले स्वागत तथा सम्मान...

  • २०७६ श्रावण २९, बुधबार

    नेपाल र भारत आपसमा अन्तरनिर्भर ः परराष्ट्रमन्त्री ज्ञवाली

    परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–भारत सम्बन्ध अन्तरसम्बन्धित र अन्तरनिर्भर रहेको बताउनुभएको छ । भारतको ७३ आँै स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा रिपोर्टर्स क्लब नेपालद्वारा आज यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले समृद्घ भारत नेपालका लागि पनि अवसर हुने बताउनुभयो । मन्त्री ज्ञवालीले प्रजातन्त्रले जनतालाई केही दिन सक्दैन भन्ने भनाइ विपरीत भारतले आर्थिक विकासका क्षेत्रमा ठूलाठूला...

  • २०७६ श्रावण २९, बुधबार

    महायज्ञबाट बीस लाख सङ्कलन

    श्री धनेश्वर महादेव प्राथमिक विद्यालय सञ्चालनका लागि आयोजना गरिएको महायज्ञबाट रु २० लाख नगद सङ्कलन भएको महायज्ञ सञ्चालन समितिले जनाएको छ । यही २० गतेदेखि शुरु भएर मङ्गलबार समापन भएको ‘स्वर्णिम श्रीमद्भागवत भक्ति सत्सङ्ग महायज्ञ’मा नगद रु २० लाख सङ्कलन भएको र साट्न बाँकी चेक रु आठ लाख जति रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा महायज्ञ मूल समारोह समितिका संयोजक अनिरुद्ध थापाले बताउनुभयो । “...

  • २०७६ श्रावण २९, बुधबार

    लोपोन्मुख लायकू भैलः ३२ गतेदेखि सञ्चालन हुने, तयारी पुरा

    मध्यपुरको लोपोन्मुख लाय्कू भैलः लायकू भैरव नृत्य यो वर्ष साउन ३२ गतेदेखि शुरु हुने भएको छ । गाईजात्राको भोलिपल्टदेखि शुरु हुने लायकू भैरव नृत्यका लागि आवश्यक तयारी पूरा भएको लाय्कू भैलः नाच व्यवस्थापन समितिले जानकारी दिएको छ । रोकिएको ४७ वर्षपछि ०७२ सालमा पहिलोपटक लायकू भैलः भक्तपुरका टोलटोलमा देखाइएको थियो । त्यसपछि पनि लगातार दुई वर्ष भैरव नृत्य प्रदर्शन गरियो । तर ०७५ सालमा भक्तपुरका प्रजापति...

  • २०७६ श्रावण २९, बुधबार

    श्रमदानबाट काठेपुल निर्माण

    यही साउन १९ गते तिलानदीमा आएको बाढीले बगाएको हाँकु र लाम्रागाउँ जोड्ने पुल स्थानीयवासीले आफ्नै श्रमदानमा निर्माण गरेका छन् । तातोपानी गाउँपालिका–४ र ५ वडाका स्थानीयवासीले सयौँ वर्ष आयु भएको शक्तिशाली देवदार रुख प्रयोग गरेर काठेपुल बनाएका हुन् । पुल बगाउँदा असहज स्थिति सिर्जना भएपछि हाँकु र लाम्रागाउँका करीब पाँच हजार जनसङ्ख्याको आवतजावत गर्नका लागि तत्काल काठेपुल निर्माण गरिएको लाम्रागाउँ...

  • २०७६ श्रावण २९, बुधबार

    जनैपूर्णिमामा तीन स्थानीय तहमा बिदा

    सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका, हेलम्बु गाउँपालिका र बाह्रबिसे नगरपालिकाले जनैपूर्णिमाका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँ तथा नगरपालिकाले सूचना निकालेर बिहीबार रक्षाबन्धन र जनैपूर्णिमा परेकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यस्तै जनैपूर्णिमाका अवसरमा पाँचपोखरी थाङ्पालमा रहेका ऐतिहासिक तीर्थस्थल पाँचपोखरी र रैथानेश्वरीमा मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिइएको...

Pages