STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ श्रावण २८, मंगलबार

    विविधतायुक्त सांस्कृतिक चाडपर्वले राष्ट्रिय एकता मुख्यमन्त्री गुरुङ

    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गुरुङ समुदायको सांस्कृतिक एवं परम्परागत पर्व ट्होटेंको उपलक्ष्यमा शुभकामना व्यक्त गर्नुभएको छ । सोमबार साँझ शुभकामना सन्देश प्रकाशित गरी उहाँले ट्होटेंको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका गुरुङ समुदायलगायत सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, आपसी सद्भाव, एकता, भ्रातृत्व एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना...

  • २०७६ श्रावण २८, मंगलबार

    ‘सतीदेवीको शव बोक्दै’ कुमाले

    एक्काइसौँ शताब्दीका एक शिव हुनुहुन्छ जो मृत सतीदेवीलाई काँधमा बोकेर हिँड्नुहुन्छ । एकातर्फ दुःख छ भने अर्कातर्फ आक्रोश छ । देब्रे काँधमा बोकिएको सतीदेवीको लच्किएको शरीर कम्मरसम्म झरेको छ । जीवनको उत्तराद्र्धमा छोराछोरीहरुको प्रशस्त हेरविचार पाए पनि आफ्नी सतीदेवी लक्ष्मीमाया नहुँदा कालु कुमाले आफूलाई एकाङ्गी ठान्नुहुन्छ । आफूले आफैँलाई सान्त्वना दिनका लागि उहाँले आफैँलाई मूर्तीकरण गर्नुभयो र...

  • २०७६ श्रावण २८, मंगलबार

    आरक्ष चरण क्षेत्रमा एन्थ्रेक्स देखिएपछि घरपालुवा चौपायालाई भ्याक्सिन

    कोशीटप्पु वन्यजन्तु आरक्ष चरण क्षेत्रमा एन्थ्रेक्सको जीवाणु फेला परेपछि कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रको बस्तीमा पालिएका घरपालुवा चौपायामा पशु सेवा विज्ञ केन्द्र सुनसरीले भ्याक्सिन लगाउने भएको छ । सङ्क्रमण फैलन नदिन रोगका कारण पशु मरेको क्षेत्र आसपासको तीन किलोमिटर परिधिमा चुन छिटिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जानकारी दिनुभयो । जीवाणु अन्यत्र नजाओस् भनेर चुन छर्किएपछि आसपासको...

  • २०७६ श्रावण २८, मंगलबार

    टोलटोलमा रञ्जना लिपि प्रशिक्षण

    लोपोन्मुख रञ्जना लिपिको संरक्षण, सम्वद्र्धनका साथै जनचेतना अभिवृद्धिका लागि मध्यपुरथिमिका टोलटोलमा सो लिपिको प्रशिक्षण भइरहेको छ । रञ्जना लिपिलाई जनमानसमा पु¥याउने हेतुले रञ्जना लिपि क्यालिग्राफी समूह गठन गरी नगरका विभिन्न टोलमा प्रत्येक महीनाको एक पटक लिपि लेख्ने प्रशिक्षण कक्षा सञ्चालन भइरहेको हो । समूहका संयोजक एवं लिपिका प्रशिक्षक विक्की बज्राचार्यका अनुसार लोपोन्मुख रञ्जना लिपिलाई...

  • २०७६ श्रावण २७, सोमबार

    पेट्रोल पम्पमा सिलबन्दी

    पर्सा जिल्लास्थित गुणस्तर तथा नापतौल कार्यालयले कम परिमाणमा पेटा«ेलीयम पदार्थ विक्री गर्दै आएको हेटाँैडास्थित शिवम् फ्युल सेन्टरमा सिलबन्दी गरेको छ । लामो समयदेखि उक्त फ्युल सेन्टरले उपकरणको सिल काटेर कम तेल बिक्री गरी उपभोक्ता ठग्दै आइरहेकाले छापा मारी सिलबन्दी गरिएको हो । सो फ्युल सेन्टरलाई आवश्यक कारबाहीका लागि तीन दिनभित्र कार्यालयमा हाजिर हुन पत्राचार गरिनाका साथै ठगी मुद्दा चलाइएको कार्यालय...

  • २०७६ श्रावण २७, सोमबार

    प्रम ओली स्वास्थ्य परीक्षण गरी स्वदेश फिर्ता

    प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षण गरी आज अपराह्न स्वदेश फर्किनुभएको छ । प्रधानमन्त्री ओलीले सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गराउनुभएको थियो । उहाँ स्वास्थ्य परीक्षण गर्न यही साउन १८ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उहाँलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना,...

  • २०७६ श्रावण २७, सोमबार

    नागरिकका वैयक्तिक गोपनीयता कायम होस्

    प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफल सकिएको छ । समितिको आजको बैठकले उक्त विधेयमाथिको सांसदले दिएका सुझावलाई समेटेर परिमार्जन गरी ल्याउन गृह मन्त्रालयका पदाधिकारीलाई निर्देशन दिएको छ । समितिका सभापति शशी श्रेष्ठले बैठकको अन्त्यमा विधेयकमाथिको दफावार छलफल सकिएकाले विधेयकको प्रतिवेदनमाथि सांसदले...

  • २०७६ श्रावण २७, सोमबार

    सीमापारिका पशुचौपायाको व्यवस्थापनमा समस्या

    सीमापारिबाट दैनिक ४०÷५० वटा पशुचौपाया सीमावारि भित्रिने गरेका छन् । त्यसरी भित्रिएका पशुचौपायाका कारण सीमावारिका बासिन्दाले हैरानी व्यहोर्नुपरिरहेको छ । भारतको उत्तरप्रदेशमा गौहत्यामा रोक लगाइएका कारण त्यहाँ छाडा छाडिएका पशुचौपाया नेपाल भित्रिन थालेपछि नेपालगञ्ज उपमहानगरका लागि चुनौती बनेको हो । नेपाल प्रहरीको सहयोगमा सडक तथा बजार क्षेत्रबाट छाडा चौपायालाई नियन्त्रणमा लिई काञ्जी हाउसमा राख्ने...

  • २०७६ श्रावण २७, सोमबार

    ‘विदेशमा हण्डरपछि स्वदेशमै उद्यम’

    सशस्त्र द्वन्दको अन्तसँगै मुलुक सङक्रमणकालबाट गुज्रदै धेरै नेपाली युवाको लागि वैदेशिक रोजगारी आकर्षण मात्र नभई बाध्यता पनि थियो । त्यही बाध्यताले विदेश पु¥यायो गोरखाका पुरुषोत्तम घिमिरेलाई । आफ्नो आम्दानी शून्य, म्यानपावरको महङ्गो शुल्क र चर्को व्याजमा रु एक लाख १० हजार ऋण खोजेर घिमिरे २०६८ सालमा कतार उड्नुभयो । “कतार गएर कमाउँला, बचाउँला र रमाउँला भनेको सोचेजस्तो केही भएन”, विगत सम्झदै उहाँले...

  • २०७६ श्रावण २७, सोमबार

    युवालाई उत्पादन, श्रम र रोजगारसँग जोड्नुपर्छ ः उपप्रम पोखरेल

    उपप्रधानमन्त्री ईश्वर पोखरेलले जीवनोपयोगी शिक्षा दिएर युवालाई मुलुकको विकासका लागि लगाउनुपर्ने बताउनु भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवा तथा खेलकूद मन्त्रालय र राष्ट्रिय युवा परिषद्ले आज यहाँ आयोजना गरेको ‘राष्ट्रिय युवा प्रतिभा सम्मान तथा युवा उद्यमशीलता सम्मेलन’ मा उहाँले युवालाई व्यावहारिक शिक्षा दिनुपर्नेमा जोड दिनुभयो । विश्वभर आज ‘शिक्षामा रुपान्तरण’ र नेपालमा ‘शिक्षामा...

  • २०७६ श्रावण २७, सोमबार

    जेनेभा महासन्धि पारित भएको ७० वर्ष

    विश्वको बदलिँदो भूराजनीतिक अवस्था र साइबर आक्रमणले जेनेभा महासन्धिको सान्दर्भिकता बढ्दै गएकामा जोड दिइएको छ । युद्धका बेला मानवीय पीडालाई न्यूनीकरण गर्न र युद्धलाई नियमन गर्न महासन्धिले महत्वपूर्ण काम गर्दै आए पनि महासन्धिको पूर्ण कार्यान्वयमा चुनौती थपिएको यहाँ आयोजित कार्यक्रममा सहभागी विज्ञहरूले बताउनुभयो । महासन्धि पारित भएको ७०औँ वार्षिकोत्सवका अवसरमा रेडक्रसको अन्तर्राष्ट्रिय समिति...

  • २०७६ श्रावण २७, सोमबार

    नेपालभाषा एकेडेमीको तीनदिने पुस्तक प्रदर्शनी सम्पन्न

    नेपालभाषा एकेडेमीको आयोजनामा तमकःद्यः उग्रगण्डी जाउलाखेलमा शुक्रबारदेखि सुरु भएको तीन दिने पुस्तक प्रदर्शनी आइतबार सम्पन्न भयो । सो अवसरका नेपालभाषा चलचित्र बारे विचार गोष्ठी भएको थियो । कार्यक्रममा वरिष्ठ सिने पत्रकार विजयरत्न असंबरेले ‘नेपालभाषा चलचित्र हिजो र आज’ विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । वहाँले प्रस्तुत गर्नु भएको सो कार्यपत्रमा नेपालभाषा चलचित्रको विकासक्रम, कथानक,...

Pages