राष्ट्रिय
-
२०७६ श्रावण २७, सोमबार
मेरो स्वास्थ्य सामान्य छ ः प्रम ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य सामान्य रहेको बताउनुभएको छ । आज उहाँले ट्वीट गर्दै स्वास्थ्य परीक्षणमा संलग्न सबै चिकित्सकप्रति आभारका साथ आफ्नो स्वास्थ्य स्थितिप्रति चासो राखी चिन्ता व्यक्त गर्ने तथा स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिनुभएको छु । प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षण गरी सिंगापुरबाट आजै स्वदेश फर्किनुभएको हो । उहाँले सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी...
-
२०७६ श्रावण २७, सोमबार
अनाधिकृत रुपमा पार्किङ गर्ने ३९ हजार सवारीसाधन कारवाहीमा
ट्राफिक प्रहरले अनाधिकृत रुपमा फुटपाथ तथा सडकमा पार्किङ गर्ने ३८ हजार ८८६ सवारीसाधनलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७५÷०७६ मा जथाभावी रुपमा फुटपाथमा पार्किङ गर्ने उक्त सवारीसाधनलाई कारवाही गरेको हो । महाशाखाले आव २०७४÷०७५ मा ३३ हजार ७०३ सवारीसाधनलाई कारवाही गरेको थियो । महाशाखाले उपत्यकाको पुतलीसडक, दरबारमार्ग, लाजिम्पाट, न्यूरोड, बानेश्वर, कोटेश्वर, सातदोवाटो...
-
२०७६ श्रावण २७, सोमबार
धार्मिक सहिष्णुतामा आधारित इन्द्रेणी जस्तै सुन्दर छ मुख्यमन्त्री पौडेल
प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सबै जाति र संस्कृतिका चाडपर्वहरुप्रति सरकारले उत्तिकै सम्मान गर्ने बताउनुभएको छ । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर इद ९इदुल जोहा० का अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री पौडेलले सभ्यता, संस्कृति र कलामा सयौँ वर्षअगाडि देखि नै यस प्रदेशले प्रसिद्धि पाएको तथा यस प्रदेशमा अनगिन्ती प्राकृतिक, सांस्कृतिक र पुरातात्त्विक सम्पदाहरु रहेको बताउनुभयो ।...
-
२०७६ श्रावण २७, सोमबार
पशुपतिलगायत शिवालयमा भक्तजनको भीड
साउन महीनाको अन्तिम सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । साउन महीना र सोमबार भगवान् शिवको महीना एवं बार भएकाले प्रत्येक वर्ष यस समयमा भक्तजनको घुइँचो शिवालयमा हुने गरेको छ । साउनको अन्तिम सोमबार भएकाले पशुपतिनाथ मन्दिरमा तीजको जस्तै भीड लागेको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो । पशुपतिनाथ...
-
२०७६ श्रावण २७, सोमबार
तीन हजार ९०० चल्ला नष्ट
चितवनमा प्रक्रिया पूरा नगरी बिक्रीका लागि लैजाँदै गरिएका कुखुराका चल्ला नष्ट गरिएको छ । पशु क्वारेन्टाइन चेकपोष्ट रामनगर चितवनले आइतबार भरतपुरबाट सो चल्ला नियन्त्रणमा लिएर सरोकारवालाको रोहवरमा नष्ट गरेको हो । काठमाडौँबाट काँकडभित्ता जाँदै गरेको ना५ख ७९३७ नंको गाडीमा विराटनगर, दमक र झापा लैजान लागिएको चल्ला नियन्त्रणमा लिइएको पशु क्वारेन्टाइन चेकपोष्ट रामनगरका प्रमुख रामकिशोर शाहले बताउनुभयो ।...
-
२०७६ श्रावण २७, सोमबार
पेट्रोल पम्पमा सिलबन्दी
पर्सा जिल्लास्थित गुणस्तर तथा नापतौल कार्यालयले कम परिमाणमा पेटा«ेलीयम पदार्थ विक्री गर्दै आएको हेटाँैडास्थित शिवम् फ्युल सेन्टरमा सिलबन्दी गरेको छ । लामो समयदेखि उक्त फ्युल सेन्टरले उपकरणको सिल काटेर कम तेल बिक्री गरी उपभोक्ता ठग्दै आइरहेकाले छापा मारी सिलबन्दी गरिएको हो । सो फ्युल सेन्टरलाई आवश्यक कारबाहीका लागि तीन दिनभित्र कार्यालयमा हाजिर हुन पत्राचार गरिनाका साथै ठगी मुद्दा चलाइएको कार्यालय...
-
२०७६ श्रावण २६, आइतबार
उपकुलपति, रजिस्ट्रार र डीनको कार्यालयमा तालाबन्दी
धुलिखेलस्थित काठमाडाँै विश्वविद्यालय प्राध्यापक सङ्घले उपकुलपति, रजिस्ट्रार र डीनका दुई वटा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको छ । विश्वविद्यालय प्रशासनसँग यसअघि पटकपटक गरिएका सम्झौताको कार्यान्वयन नभएको जनाउँदै आज सङ्घले उपकुलपति र रजिस्ट्रार तथा गत विहीबार स्कूल अफ साइन्स र स्कूल अफ इञ्जिनीयरिङका डीनका कार्यालयका मूल ढोकामा तालाबन्दी गरेको हो । सङ्घका पदाधिकारीले उपकुलपति र रजिस्ट्रार...
-
२०७६ श्रावण २६, आइतबार
‘यस्ता समस्या यहाँ, अहिले नउठाए कहाँ र कहिले उठाउने ’
मुलुक सङ्घीयतामा प्रवेश गरिसकेको अवस्था प्रदेशको अधिकार कटौती र स्थानीय संस्कृति एवं परम्परा विपरीतका कानून निर्माण गर्न नहुने तर्क गरिएको छ । प्रतिनिधिसभा राज्य व्यवस्था समितिको आजको बैठकमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्बन्धमा भएको छलफलमा सांसद छक्कबहादुर लामाले हुम्ला र डोल्पालगायतका जिल्लामा बहुपति प्रथा अझै कायम रहेको हुँदा नागरिकता र राष्ट्रिय...
-
२०७६ श्रावण २६, आइतबार
तीन सय जोडी गोसाइँकुण्डमा
पुत्रदा एकादशी पर्वका अवसरमा आज हजाराँै भक्तजनले गोसाइँकुण्डमा डुबुल्की लगाई भगवान् शिवको पूजाआजा गरेका छन् । तीर्थ गएका हजारौंँ यात्रुमध्ये २१ औँ शताब्दीमा पनि ‘पुत्र’ प्राप्तिको वरदान माग्न करीब तीनसयको हाराहारीमा श्रीमान्÷श्रीमतीको जोडीले गोसाइँकुण्डमा स्नानपश्चात् पुत्र पैदा होस् भनी कामनाका साथ भगवान् शिवको विशेष पूजा आराधना गरेको कुण्डको छेउमा होटल सञ्चालन गर्ने व्यवसायीले बताए । छोराको...
-
२०७६ श्रावण २६, आइतबार
नेकपाको पहिलो बैठकले ग¥यो जिम्मेवारी बाँडफाँड
नेपाल कम्युनिस्ट पार्टी नेकपा इलामको पहिलो सचिवालय बैठकले नै उल्लेखनीय काम गरेको छ । बैठकले पार्टी एकीकरणपछि पनि रिक्त रहेका विभाग र सल्लाहकार कमिटी गठन गरेको छ । नेकपाका २३ विभाग र निर्वाचन क्षेत्रको जिम्मेवारी बाँडफाँड गरिएको छ । इलामका दुई क्षेत्रमध्ये क्षेत्र नं– १ को पूर्व एमालेका टेकबहादुर राई प्रमुख हुनुभएको छ भने पूर्व माओवादीका राजकुमार राई उपप्रमुख तोकिनुभएको छ । यस्तै क्षेत्र नं–२ मा...
-
२०७६ श्रावण २६, आइतबार
राजधानी सर्दैन ः मुख्यमन्त्री पौडेल
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश ३ को राजधानी हेटौँडा नै उपयुक्त हुने बताउनुभएको छ । जिल्ला समन्वय समिति मकवानपुरको चौथो जिल्ला सभामा उहाँले आफूले प्रदेशको राजधानी हेटौँडाबाट अन्यत्र सार्न लागेको भन्ने कुरा निराधार भएको बताउनुभयो । मुख्यमन्त्री पौडेलले स्थायी राजधानी तोक्ने विषय आफूले मात्र चाहेर नहुने विषय भएको बताउनुभयो । राजधानी प्रदेशसभाको दुई तिहाई बहुमतले मात्र तोक्न सक्ने...
-
२०७६ श्रावण २६, आइतबार
बकर इदको शुभकामना ः मुख्यमन्त्री पोखरेल
मुख्यमन्त्री शङ्कर पोखरेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै जातजाति र समुदायको उत्थान र विकासका लागि ढोका खोलेको बताउनुभएको छ । इस्लाम धर्मावलम्बीहरुको महान् पर्व इदउल अजाहा बकर इद पर्वका अवसरमा दिनुभएको शुभकामना सन्देशमा विभिन्न जाति र समुदायका पर्व र उत्सवले हाम्रो मुलुक रङ्गिएको र कुनै जाति विशेषले मनाउने पर्व र उत्सव सबैका साझा पर्व बन्दै जानु विविधतायुक्त समाजका लागि सुखद...


