STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ श्रावण २२, बुधबार

    ब्रेथलाइजर मेसिन बिग्रिँदा ट्राफिक प्रहरी हैरान

    जिल्ला ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनका लागि पर्याप्त प्रविधि र सामग्री नहुँदा समस्या भइरहेको जनाएको छ । डोटीमा ट्राफिक प्रहरीका लागि भएको एकमात्र ब्रेथलाइजर मेसिन बिग्रेको छ । यही कारण मादक पदार्थ सेवन गरी सवारी चलाउने र प्रहरीबीच विवाद हुने गरेको छ । बिग्रेका मेसिन मर्मतका लागि क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरीया पठाएको लामो समय भइसक्दा नपठाउँदा डोटी ट्राफिक प्रहरीलाई जाँचमा समस्या...

  • २०७६ श्रावण २२, बुधबार

    कामलाई पारदर्शी, राम्रो र उन्नतशील बनाउनु पर्छ– मन्त्री कुसियत

    प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गएको आर्थिक वर्षमा ८० प्रतिशत प्रगति हासिल गरेको छ । मन्त्रालयले सङ्घीय सरकारबाट स्वीकृत बजेट रु एक अर्ब २९ करोड ४७ लाख ३५ हजारमा रु एक अर्ब चार करोड नौ लाख ६० हजार खर्च गरी ८०।४० प्रतिशत प्रगति गरेको छ भने प्रदेश सरकारबाट स्वीकृत बजेट रु एक अर्ब ४५ करोड ५० लाख ५५ हजारमा रु ९८ करोड २८ लाख ६६ हजार खर्च गरी ६७।५४ प्रतिशत प्रगति गरेको छ ।...

  • २०७६ श्रावण २२, बुधबार

    चिया क्षेत्रको समस्या समाधानका लागि सरकार प्रतिबद्धः मन्त्री खनाल

    कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले झापा र इलामका चिया किसानलगायत सरोकारवालासँग छलफल गरेको छ । चियाखेती शुरु भएको करीब १५० वर्ष बिते पनि अझै पनि चियाबाट राम्रो लाभ लिन सकिएको छैन । कहिले श्रमिकले तोकिएको गुनासो त कहिले हरियोपत्ती नबिकेको पीडा सधैँ समस्यै समस्याबाट गुज्रिरहेको समयमा मन्त्रीले नै अवलोकन गर्दा केही समस्या समाधान हुने सरोकारवालाको बुझाइ छ । “अन्य खेतीलाई जस्तो चियालाई...

  • २०७६ श्रावण २२, बुधबार

    उपत्यकाकै सबैभन्दा लामो झोलुङ्गे पुलको शिलान्यास

    सूर्यविनायक नगरपालिकामा उपत्यकाकै लामो झोलुङ्गे पुल निर्माण हुने भएको छ । डोलिडारको रु एक करोडको लगानीमा आगामी सात महीनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सूर्यविनायक नगरपालिका–९ नंखेल र वडा नं १० चित्तपोल जोड्ने उपत्यकाकै सबैभन्दा लामो झोलुङ्गे पुल निर्माण हुने भएको हो । पुलको लम्बाइ २२५ मिटर रहेको छ । यस क्षेत्रबाट सिङ्गो उपत्यका तथा करीब २२ वटा हिमाल हेर्न सकिने भएकाले देशकै उत्कृष्ट...

  • २०७६ श्रावण २२, बुधबार

    वायु सेवा निगम सुधार्न कार्यदल गठन

    सरकारले राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्स को व्यवस्थापन सुधारका लागि ‘नेपाल वायु सेवा निगम सुधार सुझाव कार्यदल’ गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मन्त्रिस्तरको आजको निर्णयअनुरूप पूर्व पर्यटनसचिव सुशील घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलका सदस्यमा लेखा विज्ञ चार्टर एकाउण्टेण्ट सुबोधकुमार कर्ण, व्यवस्थापन विज्ञ डिमप्रसाद...

  • २०७६ श्रावण २२, बुधबार

    डेङ्गुको उपचारमा ध्यान दिन सरकारको ध्यानाकर्षण

    प्रतिनिधिसभाको शून्य समयमा सुनसरी धरान उपमहानगरपालिकामा घरैपिच्छे डेङ्गुका बिरामी देखिएको हुँदा उपचार गर्न सरकारको ध्यानाकर्षण गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा मीना सुब्बाले घरैपिच्छे डेङ्गुको बिरामी देखिँदा दुई महिलाको मृत्यु भइसकेको र चार हजारमा रोेग देखिएकोले सो रोग तत्काल नियन्त्रणमा ल्याउन स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । सांसदहरु राजेन्द्रकुमार राई र रानी मण्डलले तराईमा...

  • २०७६ श्रावण २२, बुधबार

    अन्नपूर्ण आधार शिविरका क्षतिग्रस्त संरचना पूर्ववत् अवस्थामा

    अन्नपूर्ण आधार शिविरमा अघिल्लो वर्ष फागुन १३ गते आएको हिमआँधीका कारण क्षतिग्रस्त संरचनालाई पूर्ववत् अवस्थामा ल्याइएको छ । हिमआँधीसहितको प्राकृतिक विपद्बाट क्षतिग्रस्त संरचना स्थानीय पर्यटन व्यवसायीले झण्डै पाँच महीनाको प्रयासपछि पूर्ववत् अवस्थामा ल्याएको हो । गत फागुन दोस्रो सातापछि पनि पटकपटक हिमपात परेका कारण स्थानीयवासीले अपेक्षाकृत पुनर्निर्माण कार्यलाई चाँडो गर्न नसकेको पर्यटन व्यवसायी एवं...

  • २०७६ श्रावण २२, बुधबार

    प्रधानमन्त्री स्तब्ध, समवेदना व्यक्त

    प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका वरिष्ठ नेता तथा पूर्वविदेशमन्त्री शुष्मा स्वराजको असामयिक निधन भएको खबरले आफू स्तब्ध भएको बताउनुभएको छ । सिङ्गापुरमा स्वास्थ्योपचार गराइरहनुभएका प्रधानमन्त्री ओलीले ट्विट गर्दै भारत सरकार र त्यहाँका जनताका साथै शोकाकुल परिवारजनमा गहिरो सहानुभूति एवं समवेदना व्यक्त गर्नुभएको छ । यसैगरी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पनि भारतका पूर्वबाह्य मामिलामन्त्री...

  • २०७६ श्रावण २२, बुधबार

    गोसाइँकुण्ड जाने दुई पदमार्ग सञ्चालनमा

    गोसाइँकुण्डमा जनैपूर्णिमाका अवसरमा लाग्ने मेलामा सहभागी हुन नुवाकोट हुँदै जाने अर्को पदमार्ग पनि व्यवस्थित गरी सञ्चालनमा ल्याइएको छ । काठमाडौँको सुन्दरीजल र नुवाकोटको समुन्द्रटार हुँदै जाने सो पदमार्ग सुधार गरिएको हो । साथै रसुवाको धुञ्चे हुँदै जाने मुख्य पदमार्ग पनि यथावत छ । हिन्दू र बौद्ध धर्मालम्वीको अस्थाको केन्द्रको रूपमा रहेको गोसाइँकुण्डसम्म पुग्न पर्यटकीय पदमार्ग तथा प्राकृतिक...

  • २०७६ श्रावण २२, बुधबार

    ‘बिआरआई समृद्धिको वाहक’

    चीनले अघि सारेको अर्बौं अमेरिकी डलर लगानी हुने महत्वाकाङ्क्षी परियोजना बिआरआई समृद्धिको वाहक भएको र त्यसमा जोडिने देश प्रगतिको पथतर्फ उन्मुुख हुने अभिमत सार्वजनिक भएको छ । एकसय ३५ राष्ट्र र ३० वटा अन्तर्राष्ट्रिय सङ्घसंस्थाले आबद्धताका निम्ति समझदारीपत्रमा हस्ताक्षर गरेर साझेदारीका निम्ति प्रतिबद्धता व्यक्त गरेको बिआरआई शान्ति र विकासको वाहक पनि भएको चिनियाँ अधिकारीहरू बताउँछन् । प्रतिस्पर्धा...

  • २०७६ श्रावण २२, बुधबार

    लिलामी नहुँदा भन्सारमै थन्किए सवारी साधन

    सरकारी निकायको बेवास्ताका कारण नेपालगञ्ज भन्सार कार्यालयमा लाखौँ मूल्यका सवारी साधन लिलाम नहुँदा थन्किएका छन् । मूल्याङ्कन गर्न ढिलाइ भएका कारण बरामद भएका सवारी सधानको लिलाम प्रक्रिया शुरु गर्न नसकिएको भन्सार कार्यालयले जनाएको छ । लिलामी हुन नसक्दा सवारी साधन जीर्ण अवस्थामा थन्किएका छन् । सुरक्षाकर्मीले करीब पाँच वर्षअघिदेखि नियन्त्रणमा लिएका चोरीका सवारी साधन अझै लिलाम बिक्री हुन सकेका छैनन् ।...

  • २०७६ श्रावण २२, बुधबार

    आलेख ः गाउँघरमा सिलोक गाउन छाडे

    ‘इज्जत थाम्न भनेर धेरै गहना मागेर ल्याइकन । भोलिपल्ट फुकाल्नुपर्दछ नी उहाँ देखि बोक्नु किन ।। चार दिनलाई भनेर मागन गई पाइन्छ यहीँ पनि । भोलिपल्ट थाहा हुनेछ गहना कस्का रहेछन् भनी ।।’ यी पङ्क्ति नेपाली समाजमा बिहेबारीका क्रममा गाउने सिलोक श्लोक हुन् । यसको आफ्नै लय हुन्छ । जेनतेन छोरीलाई अर्काको घर पठाउन मन बाँधेर बिदाइ गर्न लागेका बाबुआमा र आफन्तलाई यस्ता सिलोकले धुरुधुरु रुवाइदिन्छ । बेहुली...

Pages