STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पत्रिका बिक्रीको रकम एसिड पीडित सङ्गीतालाई

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण २३, बिहिबार

एसिड आक्रमणपीडित सङ्गीता मगरको अनुहारको सल्यक्रियाका लागि पर्यटन व्यवसायी महिला विष्णु गुरुङ ‘एकता’ले पत्रिका बिक्री गरेर सहयोग रकम सङ्कलन गर्न थाल्नुभएकोे छ । मगर २०७१ साल फागुन १० गते ट्युशन पढ्ने क्रममा एसिड आक्रमणमा पर्नुभएको थियो । सन् २०१२ मा क्यालिफोर्नियामा गठित नेपाली वुमन ग्लोबल नेटवर्कको संस्थापक अध्यक्ष तथा लेकसाइडस्थित होटल दिदीको सञ्चालक गुरुङले आफूद्वारा प्रकाशित तथा सम्पादित ‘साहसी महिला’ द्वैवार्षिक पत्रिका बिक्रीको रकम पीडित मगरको अनुहार शल्यक्रियाका लागि सङ्कलन गर्नुभएको हो । उहाँले भन्नुभयो, “समाजमा महिलामाथि विभिन्न खालका हिंसा भएका छन् । यो डरलाग्दो घटना हो । हिंसा न्यूनीकरणको अभियानसँगै पीडितको गुमेको आत्मविश्वास र हराएको सुन्दरता फर्काउन पहल थाल्नुपर्छ ।” ‘ज्ञान लिऊँ मद्दत दिऊँ’ भन्ने आह्वानका साथ उक्त पत्रिका किनेर सहयोग गर्न पनि उहाँले आग्रह गर्नुभयो । सो पत्रिका महिला पर्यटन व्यवसायी मञ्च ९ओटेफ०को वार्षिक साधारणसभामा गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले लोकार्पण गर्दै एसिड आक्रमण अपराधको चरमरुप भएकाले यस्ता सामाजिक अपराध न्यूनीकरणको पहलमा सबै जुट्नुपर्ने धारणा व्यक्त गर्नुभयोे । पवित्र सोचले काम गरे सबैको साथ र सहयोग पाइन्छ भन्दै उहाँले महिलाका कति कुराहरु लिपिबद्ध हुन नसक्दा कतिपय महिलाको इतिहास नै मेटिएकाले विभिन्न क्षेत्रका महिलाको योगदानलाई पुस्तक तथा यस्तै पत्रपत्रिकामा लिपिबद्ध गर्न जरुरी रहेको बताउनुभयोे । महिला पर्यटन व्यवसायी मञ्चका अध्यक्ष जमुना पराजुलीले कानून बनाएर मात्रै महिला हिंसा न्यूनीकरण नहुने भन्दै सचेत र बौद्धिकजगत्बाट समतामूलक सामाजिक न्यायका लागि आवाज बुलन्द गर्नुपर्ने बताउनुभयो । साठी पृष्ठको पत्रिकामा विभिन्न क्षेत्रमा कार्यरत महिलाको सङ्घर्ष एवं प्रेरणाका कथा समेटिएको छ । रु १०० मूल्य रहेको उक्त पत्रिकाको ९० थान बिक्रीबाट नौ हजार सङ्कलन हुनाका साथै सम्पादक गुरुङले आफ्नो जन्मदिनको अवसरमा रु २१ हजार थपेर पहिलो चरणमा ३० हजार सङ्गीता प्रतिष्ठानलाई प्रदान गरिने बताउनुभयो । ९तस्वीर उपलब्ध छ०
Categorized in राष्ट्रिय