राष्ट्रिय
-
२०७६ श्रावण २२, बुधबार
प्रधानमन्त्री स्तब्ध, समवेदना व्यक्त
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका वरिष्ठ नेता तथा पूर्वविदेशमन्त्री शुष्मा स्वराजको असामयिक निधन भएको खबरले आफू स्तब्ध भएको बताउनुभएको छ । सिङ्गापुरमा स्वास्थ्योपचार गराइरहनुभएका प्रधानमन्त्री ओलीले ट्विट गर्दै भारत सरकार र त्यहाँका जनताका साथै शोकाकुल परिवारजनमा गहिरो सहानुभूति एवं समवेदना व्यक्त गर्नुभएको छ । यसैगरी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पनि भारतका पूर्वबाह्य मामिलामन्त्री...
-
२०७६ श्रावण २२, बुधबार
गोसाइँकुण्ड जाने दुई पदमार्ग सञ्चालनमा
गोसाइँकुण्डमा जनैपूर्णिमाका अवसरमा लाग्ने मेलामा सहभागी हुन नुवाकोट हुँदै जाने अर्को पदमार्ग पनि व्यवस्थित गरी सञ्चालनमा ल्याइएको छ । काठमाडौँको सुन्दरीजल र नुवाकोटको समुन्द्रटार हुँदै जाने सो पदमार्ग सुधार गरिएको हो । साथै रसुवाको धुञ्चे हुँदै जाने मुख्य पदमार्ग पनि यथावत छ । हिन्दू र बौद्ध धर्मालम्वीको अस्थाको केन्द्रको रूपमा रहेको गोसाइँकुण्डसम्म पुग्न पर्यटकीय पदमार्ग तथा प्राकृतिक...
-
२०७६ श्रावण २२, बुधबार
‘बिआरआई समृद्धिको वाहक’
चीनले अघि सारेको अर्बौं अमेरिकी डलर लगानी हुने महत्वाकाङ्क्षी परियोजना बिआरआई समृद्धिको वाहक भएको र त्यसमा जोडिने देश प्रगतिको पथतर्फ उन्मुुख हुने अभिमत सार्वजनिक भएको छ । एकसय ३५ राष्ट्र र ३० वटा अन्तर्राष्ट्रिय सङ्घसंस्थाले आबद्धताका निम्ति समझदारीपत्रमा हस्ताक्षर गरेर साझेदारीका निम्ति प्रतिबद्धता व्यक्त गरेको बिआरआई शान्ति र विकासको वाहक पनि भएको चिनियाँ अधिकारीहरू बताउँछन् । प्रतिस्पर्धा...
-
२०७६ श्रावण २२, बुधबार
लिलामी नहुँदा भन्सारमै थन्किए सवारी साधन
सरकारी निकायको बेवास्ताका कारण नेपालगञ्ज भन्सार कार्यालयमा लाखौँ मूल्यका सवारी साधन लिलाम नहुँदा थन्किएका छन् । मूल्याङ्कन गर्न ढिलाइ भएका कारण बरामद भएका सवारी सधानको लिलाम प्रक्रिया शुरु गर्न नसकिएको भन्सार कार्यालयले जनाएको छ । लिलामी हुन नसक्दा सवारी साधन जीर्ण अवस्थामा थन्किएका छन् । सुरक्षाकर्मीले करीब पाँच वर्षअघिदेखि नियन्त्रणमा लिएका चोरीका सवारी साधन अझै लिलाम बिक्री हुन सकेका छैनन् ।...
-
२०७६ श्रावण २२, बुधबार
आलेख ः गाउँघरमा सिलोक गाउन छाडे
‘इज्जत थाम्न भनेर धेरै गहना मागेर ल्याइकन । भोलिपल्ट फुकाल्नुपर्दछ नी उहाँ देखि बोक्नु किन ।। चार दिनलाई भनेर मागन गई पाइन्छ यहीँ पनि । भोलिपल्ट थाहा हुनेछ गहना कस्का रहेछन् भनी ।।’ यी पङ्क्ति नेपाली समाजमा बिहेबारीका क्रममा गाउने सिलोक श्लोक हुन् । यसको आफ्नै लय हुन्छ । जेनतेन छोरीलाई अर्काको घर पठाउन मन बाँधेर बिदाइ गर्न लागेका बाबुआमा र आफन्तलाई यस्ता सिलोकले धुरुधुरु रुवाइदिन्छ । बेहुली...
-
२०७६ श्रावण २२, बुधबार
बोटे बस्तीमा घरबास सञ्चालन गरिने
मकवानपुरको मनहरी गाउँपालिका रमौली प्रतापपुरमा निर्माण गरिएको एकीकृत बोटे बस्तीलाई होमस्टे घरबास का रुपमा विकास गरिने भएको छ । मनहरी गाउँपालिकाको पहलमा प्रदेश सरकारको रु ५० लाख र गाउँपालिकाको रु २० लाख लगानी गरेर निर्माणाधीन बोटे बस्तीलाई गाउँपालिकाले नै होमस्टे निर्माण गरेर आर्थिक अवस्था सुधारका लागि काम गरिने जनाएको छ । रमौलीमा बोटे समुदायका लागि १४ वटा घर निर्माणाधीन रहेकोे गाउँपालिकाका अध्यक्ष...
-
२०७६ श्रावण २२, बुधबार
विपद् पूर्वानुमान गर्न सेन्सर जडान
विपद् व्यवस्थापनका लागि बाँकेको कोहलपुर र बैजनाथमा सेन्सर जडान गरिएको छ । विपद्सम्बन्धी पूर्वजानकारी दिन बाँकेका आठ स्थानीय तहमध्ये दुई स्थानीय तहमा अत्याधुनिक सेन्सर जडान गरिएको हो । स्थानीय तहसँगको समन्वयमा ताइवानी संस्था नेशनल साइन्स एण्ड टेक्नोलोजी सेन्टर फर डिजास्टर रिडक्सन ९एनसिडीआर०को आर्थिक सहयोगमा कोहलपुर र बैजनाथका १२ स्थानमा सेन्सर जडान गरिएको हो । जडान गरिएका सेन्सरलाई नियन्त्रण...
-
२०७६ श्रावण २२, बुधबार
अभिलेखालयमै पुग्दैनन् २५ वर्ष पुराना सरकारी अभिलेख
अभिलेख संरक्षण ऐन २०४६ मा सबै सरकारी कार्यालयले २५ वर्ष पुराना अभिलेख संरक्षणका लागि राष्ट्रिय अभिलेखालयमा बुझाउनुपर्ने व्यवस्था गरे पनि कार्यान्वयन भने हुन सकेको छैन । कानून बनेको ३० वर्षमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण, कानून, न्याय तथा संसदीय मामिला र रक्षा मन्त्रालयले मात्र अभिलेख शाखा स्थापना गरी २५ वर्ष पुराना अभिलेख अभिलेखालयमा पठाएका छन् । बाँकी मन्त्रालय तथा विभागले उक्त...
-
२०७६ श्रावण २२, बुधबार
पहिरोले लघुजलविद्युत् आयोजना बन्द
सुतीखोला लघु जलविद्युत आयोजना तिनाउको विद्युत् पावरहाउसमा ल्याइएको कुलोमा पहिरो खसेपछि विद्युत् आपूर्ति बन्द भएको छ । अविरल वर्षाले गर्दा कुलोमाथिबाट विभिन्न ठाउँमा पहिरो खसेर कुलो पुरिएको र विभिन्न भागमा भत्किएकाले एक महीनादेखि यहाँका स्थानीयवासी अन्धकारमा बस्न बाध्य छन् । विद्युत् आपूर्ति बन्द भएपछि जिल्लाको तिनाउ गाउँपालिका कोलडाँडाका २४५ घरधुरीका स्थानीय समस्यामा परेको सुतीखोला...
-
२०७६ श्रावण २२, बुधबार
‘सुकुम्बासी समस्या समाधानका लागि प्रभावकारी कदम चालिने’
पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले अव्यवस्थित वसोबासलाई व्यवस्थित गर्न सरकारले प्रभावकारी कदम चाल्ने बताउनुभएको छ । बुटवल उपमहानगरपालिका–२ को भवन उद्घाटन तथा ज्येष्ठ नागरिक मिलन केन्द्र शिलान्यास समारोहलाई आज यहाँ सम्बोधन गर्दै महासचिव पौडेलले छिट्टै उच्चस्तरीय आयोग गठन गरेर सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेको समस्या समाधान गर्ने बताउनुभयो । उहाँले...
-
२०७६ श्रावण २२, बुधबार
खानेपानी उपभोक्तालाई दुई करोड ऋण
पाँचखाल नगरपालिका कार्यालयको जमानीमा स्थानीय खानेपानी उपभोक्तालाई रु दुई करोडको ऋणी बनाइएको छ । आर्थिक अवस्था कमजोर भएका पाँचखालका करीब २० प्रतिशत परिवारलाई सहकारीमा ऋणी बनाएर नगरमा सुनकोशी पाँचखाल बृहत खानेपानी परियोजना सञ्चालन गर्न लागिएको हो । पाँचखालका उपभोक्ताले परियोजनाको बैंक खातामा रु १८ हजारका दरले जम्मा गर्नुपर्ने नियम छ । कूल उपभोक्ता परिवार सङ्ख्यामध्ये करीब एक हजार ४०० परिवारले उक्त...
-
२०७६ श्रावण २२, बुधबार
भूमिको प्रयोग प्राथमिकतामा
सरकारले भू–उपयोग ऐनमा भूमिको अधिकतम प्रयोगलाई प्राथमिकतामा राखेको छ । ऐनमा भूमिको वर्गीकरण, नापनक्सा, भूमि व्यवस्थापन, चक्लाबन्दीलगायत विषयलाई महत्व दिइएको छ । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले देशमा अधिकांश जमीन बाँझो भइरहेकाले त्यसलाई खेतीयोग्य बनाउन भूमि बैंकको अवधारणा ल्याइएको बताउनुभयो । खेती नभएका जमीनलाई...


