राष्ट्रिय
-
२०७६ श्रावण २१, मंगलबार
महायज्ञमा एकैदिन २९ लाख बराबरको दान सङ्कलन
पनौती नगरपालिका–धनेश्वरस्थित धनेश्वर महादेव प्राथमिक विद्यालयको भौतिक पूर्वाधार विकास गर्ने उद्देश्यका साथ आयोजना गरिएको ‘स्वर्णिम श्रीमद्भागवत भक्ति सत्सङ्ग महायज्ञ’ को पहिलो दिनमा रु २९ लाख बराबरको दानसङ्कलन भएको छ । पशुपति अन्नपूर्ण आश्रमका अध्यक्ष डा जगदीश वैद्यले महायज्ञका अवसरमा विद्यालयको प्रगतिको कामना गर्दै विद्यालयको भौतिक पूर्वाधार विकासका लागि २७ लाख रकम सहयोग गर्ने घोषणा गर्नुभयो ।...
-
२०७६ श्रावण २१, मंगलबार
किरिया बिदालाई ‘मृत्यु संस्कार बिदा’ का रुपमा राख्ने सहमति
प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती सेवाका कर्मचारीलाई दिँदै आएको किरिया बिदालाई मृत्यु संस्कार बिदाका रुपमा राख्ने सहमति भएको छ । सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा बनेको विधेयकमाथि दफावार छलफलका क्रममा समितिको आजको बैठकमा सांसदहरुले किरिया भन्ने शब्द कुनै एक धर्मसँग मात्र जोडिने भएकाले त्यसको सट्टा मृत्यु संस्कार राख्न सुझाव दिनुभएको थियो ।...
-
२०७६ श्रावण २१, मंगलबार
प्रम ओलीलाई शङ्कराचार्यबाट निमन्त्रणा
भारत, उडिसा, जगन्नाथ पुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्दले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जगन्नाथ पुरी भ्रमणका लागि निमन्त्रणा दिनुभएको छ । सनातन संस्कृति समाजका संरक्षक संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोलाको नेतृत्वमा गएको नेपाली प्रतिनिधिमण्डलमार्फत मठका शङ्कराचार्यले सो निम्ता दिनुभएको हो । यसअघि गत गुरुपूर्णिमाका अवसरमा निम्तो दिइए पनि प्रधानमन्त्री ओली त्यहाँ पुग्न सक्नुभएको...
-
२०७६ श्रावण २१, मंगलबार
टरिगाउँ विमानस्थलमा दैनिक दुईवटा जहाज चल्ने
दाङ तुलसीपर उपमहानगरपालिका–१२ स्थित टरिगाउँ विमानस्थलमा अब दैनिक दुईवटा जहाजले उडान भर्ने भएको छ । यसअघि एउटा जहाजले मात्रै उडान भर्दैै आएको उक्त विमानस्थलमा नेपाल एयरलाइन्सले अब दैनिक दुईवटा उडान भर्ने भएको हो । एयरलाइन्सका उपनिर्देशक पुष्पकुमार श्रेष्ठका अनुसार भोलि साउन २२ गते बुधबारदेखि टरिगाउँ विमानस्थलमा दाङ–काठमाडौँका लागि नियमित दुई वटा विमानले अवतरण गर्ने भएका छन् । यात्रुहरुको माग...
-
२०७६ श्रावण २१, मंगलबार
मापदण्ड मिचेर बनाइएका घरटहरा हटाउन शुरु
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मध्यपहाडी लोकमार्गमा पर्ने सडकखण्डको दायाँ र बायाँ मापदण्ड मिचेर बनाइएका घरटहरा हटाउन शुरु गरेकोे छ । मापदण्ड मिचेर बनाइएका घरटहरा हटाउन पटक–पटक पत्रचार गर्दासमेत स्थानीयवासीले अटेर गरेपछि सोमबारबाट नगरपालिकाको स्काभेटर प्रयोग गरेर हटाउन शुरु गरिएको हो । पहिलो दिन चार वटा हटाइएको र अन्य चारलाई २४ घण्टाभित्रमा हटाउन कागजी सहमति गराइएको छ । पहिलो दिन दिक्तेलको...
-
२०७६ श्रावण २१, मंगलबार
कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन
आगामी शैक्षिक सत्रदेखि कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन हुने भएको छ । समय परिस्थितिअनुसार प्रत्येक पाँच÷पाँच वर्षमा पाठ्यक्रम परिमार्जन गर्ने नियमानुसार पाठ्यक्रम परिमार्जन गर्न थालिएको पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेश भट्टराईले जानकारी दिनुभयो । नयाँ पाठ्यक्रम अनुसार अब कक्षा ११ र १२ मा थप दुई विषय पढ्नु पर्ने हुन्छ । उहाँका अनुसार जीवन उपयोगी सीप र सामाजिक अध्ययन ५०–५०...
-
२०७६ श्रावण २०, सोमबार
बागलुङलाई ‘सडक मानवरहित’ बनाइने
बागलुङलाई सहयोगापेक्षी सडक मानवरहित बनाउन अभियान शुरु भएको छ । मानवसेवा आश्रमसहित स्थानीय तह, प्रशासन, सामाजिक सङ्घसंस्थालगायतले अभियानमा हातेमालो गरेका छन् । जीवन निर्वाहका लागि सडकमा आश्रित हुनुपर्ने अवस्थाको अन्त्य गरिने मानवसेवा आश्रम बागलुङका संयोजक सुमिरा लामाले बताउनुभयो । “आउँदो वर्षभित्र बागलुङलाई सडक मानवरहित बनाउने लक्ष्य छ”, उहाँले भन्नुभयो, “बेसहारा बनी सडकमा पुगेका व्यक्तिको उद्धार...
-
२०७६ श्रावण २०, सोमबार
सार्वजनिक शौचालयमा किराना पसल
जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लामा आम नागरिकका लागि निर्माण गरिएको सार्वजनिक शौचालयमा एक महिलाले आफ्नो निजी किराना पसल सञ्चालन गर्नुभएको छ । दिपायलकी स्थानीय खन्टी केसी नामक महिलाले उक्त सार्वजनिक शौचालयमा वर्षौंदेखि आफ्नो निजी किराना पसल सञ्चालन गर्नुभएको छ । सार्वजनिक शौचालयमा किराना पसल खोल्दै शौचालय निजी बनाएपछि अहिले बटुवा तथा स्थानीयलाई शौच गर्नलाई निकै सास्ती भएको पिपल्लाका...
-
२०७६ श्रावण २०, सोमबार
बेपत्ता दिदीबहिनी भारतको पूर्णियामा फेला
यही साउन १४ गतेदेखि बेपत्ता भएका झापा बिर्तामोड–४ का दुई किशोरी भारतको पूर्णियामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाका अनुसार इन्टरपोलसँगको सहकार्यमा बेपत्ता भएकी १६ वर्षीया पूजा र १४ वर्षीया पुजन साह भारतमा फेला परेका हुन् । स्थानीय ग्लोरी अङ्ग्रेजी बोर्डिङ स्कूलमा अध्ययनरत उनीहरु गत साउन १४ गते विद्यालय हिँडेका थिए । विद्यालयबाट घर नफर्केपछि उनीहरुको...
-
२०७६ श्रावण २०, सोमबार
‘भ्रमण वर्ष’ लक्षित तेमाल हाइकिङ
तेमालमा ‘भ्रमण वर्ष–२०२०’ लक्षित हाइकिङ कार्यक्रम शुरु गरिएको छ । सङ्घीय सांसद नवीना लामाको नेतृत्वमा ऐतिहासिक क्षेत्र तेमालमा भ्रमण वर्ष लक्षित पर्यटन प्रवद्र्धन कार्यक्रम हाइकिङ अभियानको शुरुआत गरिएको हो । तामाङ समुदायको ऐतिहासिकस्थल काभ्रेपलाञ्चोकको तेमालमा ‘तेमाल विकासका लागि युवा अभियान’ नाराका साथ सांसद लामाले हाइकिङ अभियानको शुरु गर्नुभएको हो । “तेमाल क्षेत्रको पर्यटन विकासमा युवालाई...
-
२०७६ श्रावण २०, सोमबार
एघार निर्माण कम्पनीबाट दुई करोड बढी हर्जाना असुल
डिभिजन सडक कार्यालय कञ्चनपुरले तोकिएको समयमा निर्माणकार्य पूरा नगर्ने निर्माण कम्पनीलाई कारवाहीको दायरामा ल्याएको छ । गत आर्थिक वर्षमा मात्रै कार्यालयले काम लिने तर समयमा पूरा नगर्ने ११ वटा निर्माण कम्पनीलाई कारवाही गरेको डिभिजन सडक कार्यालयका सूचना अधिकृत लक्ष्मीदत्त जोशीले जानकारी दिनुभयो । “सम्झौतामै समयमा काम नसक्ने निर्माण पक्षलाई पूर्व निर्धारित क्षतिपूर्ति उल्लेख हुन्छ ।” सूचना अधिकृत...
-
२०७६ श्रावण २०, सोमबार
जीर्ण अवस्थाको मन्दिरको पुनःनिर्माण
पाँचथरको सदरमुकाम फिदिम नगरपालिका– १ मा जीर्ण अवस्थामा अवस्थित शिवालय मन्दिरको पुनःनिर्माण गरिएको छ । फिदिम नगरपालिकाको रु आठ लाख र विभिन्न सङ्घ संस्था, व्यक्तिको सहयोग गरी रु २४ लाख २५ हजारको लागतमा मन्दिरको पुनःनिर्माण गरिएको मन्दिर निर्माण तथा संरक्षण समितिका अध्यक्ष मित्रप्रसाद काफ्लेले बताउनुभयो । सदरमुकाम फिदिमको मुटुमा अवस्थित उक्त शिवालय मन्दिर मर्मतसम्भार र संरक्षणको अवस्थामा भत्किन...


