राष्ट्रिय
-
२०७६ श्रावण १९, आइतबार
बौद्ध सङ्ग्रहालय स्थापना हुँदै
महामानव गौतमबुद्धको अस्तुधातु रहेको प्राचीन रामग्राम स्तूप प्रवद्र्धनका लागि बौद्ध सङ्ग्रहालय स्थापना गरिने भएको छ । पश्चिम नवलपरासीको रामग्राम–७ स्थित रामग्राम स्तूप क्षेत्रमा प्रदेश ५ सरकारले स्थापना गर्ने उक्त सङ्ग्रहालयका लागि प्रक्रिया पनि शुरु गरिएको छ । प्रदेश सरकारले चालू आव को बजेटमा उक्त स्तूपमा बुद्धकालीन सङ्ग्रहालय स्थापना गर्ने घोषणा गर्नाका साथै रु एक करोड विनियोजन गरेको छ । अहिले...
-
२०७६ श्रावण १९, आइतबार
डल्फिन अवलोकनमा रमाउँदै पर्यटक
कैलालीको डल्फिन चरन क्षेत्रमा डुङ्गामा बोटिङ जलयात्रा सहित डल्फिनले गर्ने गतिविधिको दृश्यावलोकन गरेर पर्यटक रमाउन थालेका छन् । जिल्लाको दक्षिणपूर्वी क्षेत्रका काँडा, कन्द्रा, पथरैया र मोहना नदीको दोभान क्षेत्रमा यति बेला सहजरुपमा डल्फिन उफ्रिएको दृश्य त्यहाँ पुग्ने जो कोहीले सजिलै देख्न सकिन्छ । दोभान नजिक रहेको ढुङ्गाना गाउँका केही युवा विद्यालयको वर्षे बिदाको मौकामा डल्फिन अवलोकन गर्न आउने...
-
२०७६ श्रावण १९, आइतबार
एकै परिवारमा सात जनामा डेङ्गुको सङ्क्रमण
सुनसरी सदरमुकाम इनरुवा– ४ का एकै परिवारका सात जनामा डेङ्गुको सङ्क्रमण भेटिएको छ । केही साताअघि देखापरेको डेङ्गु नियन्त्रणमा आएको बताइए पनि पछिल्लो पटक स्थानीय एक परिवारका सात जनामा डेङ्गुको सङ्क्रमण फेला परेको इनरुवा नगरपालिकाले जनाएको छ । वडा नं ४ मा निवासी सन्तोष गुप्ताको परिवारमा सातै जनामा सो रोग फेला परेको अस्पतालले जनाएको छ । योसँगै इनरुवामा ११ डेङ्गु सङ्क्रमित बिरामी फेला परेको उक्त...
-
२०७६ श्रावण १९, आइतबार
कमसल बाँध बनाउने ठेकेदारलाई कारवाही गरिने
रु ५२ लाखको लागतमा मकवानपुर गढी गाउँपालिका–५ ज्यामिरेमा निर्माण गरिएको ‘क्रंक्रिट ड्याम’ गुणस्तरहीन भएको भन्दै स्थानीय जनप्रतिनिधिहरुले आपत्ति जनाएका छन् ।खैरनी खोलाको दोभानस्थित ज्यामिरे बस्ती जोगाउन बनाइएको बाँध ठेकेदारको लापरवाहीले एक हप्तासम्म पनि ‘सेट’ नभएको स्थानीय रामप्रसाद घिमिरेले बताउनुभयो । कम्पनीले मापदण्ड विपरीत बालुवाको मात्रा बढी हालेको र सिमेन्ट तथा छडको प्रयोग कम गरेको अनुगमनका...
-
२०७६ श्रावण १९, आइतबार
विद्यालय सञ्चालन गर्न महायज्ञ
पनौती नगरपालिका–५ धनेश्वरस्थित श्री धनेश्वर महादेव प्राथमिक विद्यालयले सञ्चालन गर्न स्रोत नभएको भन्दै स्रोत जुटाउनका लागि महायज्ञ गर्ने भएको छ । विद्यालयले शनिबार पत्रकार सम्मेलन गरी आगामी २० देखि २८ गतेसम्म विद्यालयको प्राङ्गणमा ‘स्वर्णिम श्रीमद्भागवत भक्ति सत्सङ्ग महायज्ञ’ सञ्चालन गर्न लागिएको जानकारी दिएको हो । विसं २०३८ मा स्थापना भएको सो विद्यालय २०७२ को भूकम्पपछि करीब बन्दजस्तै अवस्थामा...
-
२०७६ श्रावण १९, आइतबार
फल्न छाड्यो गुराँसेको स्याउ
एक समय दैलेख र सुर्खेत जिल्लाको सीमा क्षेत्र रानीमत्ता–गुरा“से स्याउका लागि प्रख्यात थियो । घर–घरमा स्याउका बगैंचा देखिन्थे । यात्रुहरु स्याउको स्वाद चाख्नकै लागि त्यहा“ विश्राम लिने गर्दथे । गुराँसेको स्याउले दैलेख, सुर्खेत र नेपालगञ्जसम्म बजार पाएको थियो । दैलख, जाजरकोट, कालीकोट र जुम्ला लगायतका जिल्लाबाट तराई झर्ने मुख्य नाका भएकाले यहाँ स्याउको स्वाद नलिने कमै थिए । कोशेलीका रुपमा पनि...
-
२०७६ श्रावण १८, शनिबार
लेकसाइडको व्यवसाय विवाद अदालतमा
पर्यटकीय शहर पोखराको लेकसाइड २४ सैँ घण्टा खुलाउन रेष्टुराँ एन्ड बार एशोसिएशन अफ नेपाल रेबान पोखराले पहल थालिरहँदा होटल सङ्घ भने यसको विपक्षमा उभिएको छ । लेकसाइडका स्थानीय आमा समूह, सामुदायिक प्रहरी सेवा केन्द्रलगायत होटल व्यवसायीनै साँझको ९ बजेपछि सञ्चालन हुने डान्स बार, क्याबिन रेष्टुराँ, दोहोरी साँझ, गजल, स्पा, डिस्को क्लब बन्दनै गराउनुपर्ने आसयको मागसहित अदालत पुगे पछि यतिबेला पोखरामा यस...
-
२०७६ श्रावण १८, शनिबार
प्रम ओली स्वास्थ्य परीक्षण गर्न सिङ्गापुरमा
प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि आज सिङ्गापुर जानुहुने भएको छ । आज राति सिङ्गापुर जान लाग्नुभएको उहाँका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिनुभयो । प्रेस सल्लाहकार अर्यालका अनुसार प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण हुनेछ । भोलिदेखि नै उहाँको स्वास्थ्य परीक्षण शुरु हुनेछ । उहाँले एक हप्तासम्म अस्पतालमै रहेर...
-
२०७६ श्रावण १८, शनिबार
दहचोकलाई नमूना पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्छ अध्यक्ष तिमल्सिना
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दहचोकमा रहेको कालुपाण्डे समाधिस्थललाई नमूना पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्र दहचोकस्थित कालुपाण्डेको समाधिस्थलको आज निरीक्षण गर्दै उहाँले समाधिस्थलमा निर्माणाधीन भ्यूटावरलाई आधुनिक प्रविधि र उपकरणको व्यवस्था गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । “कालु पाण्डे समाधिस्थल...
-
२०७६ श्रावण १७, शुक्रबार
कार्यालय प्रमुखसँग नगरप्रमुखको कार्यसम्पादन सम्झौता
भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले कार्यालय प्रमुखसित विहीबार कार्यसम्पादन सम्झौता गर्नुभएको छ । नगरपालिका कार्यालयमा नगरप्रमुख विष्ट र निमित्त प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्टले कार्यसम्पादन सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । नगरपालिकाकाको कार्यसम्पादनलाई प्रभावकारी बनाउन हस्ताक्षर गरिएको सम्झौतापत्रमा प्रमुख प्रशासकीय अधिकृतका लागि १५ बुँदे काम, कर्तव्य, उत्तरदायित्व र...
-
२०७६ श्रावण १७, शुक्रबार
१४४ मजदूर हटाइयो,एकको मृत्यु
मकवानपुर जिल्लाको उद्योगहरुमा कार्यरत १४४ जना मजदूरलाई यस वर्ष जागिरबाट हटाइएको छ । साथै एक मजदूरको काम गर्दागर्दै करेण्ट लागेर मृत्यु भएको श्रम तथा रोजगार कार्यालय हेटौँडाले जनाएको छ । कार्यालयबाट आर्थिक वर्ष ७५÷७६ को प्राप्त विवरणअनुसार हेटौँडा औद्योगिक क्षेत्रमा रहेको युनिक शोप एण्ड केमिकल्स इण्डस्ट्रिज प्रालि तथा अन्य औद्योगिक प्रतिष्ठानबाट उक्त मजदूर हटाइएको बताइएको छ । सोही आर्थिक वर्षमा...
-
२०७६ श्रावण १७, शुक्रबार
विराटनगरमा ‘खारजी ग्रिनपार्क’ सञ्चालन
विराटनगर महानगरपालिका–४ स्थित निर्माण गरिएको ‘खारजी ग्रिनपार्क’ बिहीबारदेखि सञ्चालनमा आएको छ । महानगरपालिकाका प्रमुख भीम पराजुलीले नगरको प्रत्येक वडामा एक उद्यान निर्माणको अभियान शुरूआत भएको बताउनुभयो । उहाँले उद्यानको निर्माणबाट वडाको सौन्दर्य बढाउनुका साथै वडावासी युवतायुवतीका साथै ज्येष्ठ नागरिकलाई एकै स्थानमा भेला हुने थलो बन्ने धारणा व्यक्त गर्नुभयो । निःशुल्क वाइफाइजडित उक्त उद्यानको बीचमा...


