STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ श्रावण १५, बुधबार

    पुल निर्माण हुन नसकेपछि डुङ्गा सञ्चालन

    उदयपुर जिल्लाको चौदण्डी नगरपालिका–५ को सिवाइ सुन्दरपुरस्थित त्रियुगा नदीमा १० वर्षअघि निर्माण शुरु भएको त्रियुगाको पक्की पुल अझैसम्म पनि निर्माण सम्पन्न हुन नसकेपछि अहिले बर्षायाममा स्थानीयवासीले नदी आवतजावत गर्न डुङ्गा सञ्चालन गर्न बाध्य भएका छन् । १० वर्षअघि नै सुन्दरपुरस्थित त्रियुगा नदीमा निर्माण शुरु गरेको पक्की पुल निर्माणकार्य महालक्ष्मी लोकप्रिय जेभी निर्माण कम्पनीले ठेक्का लिएको भए पनि...

  • २०७६ श्रावण १५, बुधबार

    मन्त्री साहद्वारा डुङ्गा उपलब्ध

    प्रदेश नं २ का भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले सप्तरीको दक्षिणी भेगमा पर्ने तिलाठी कोइलाडी गाउँपालिकामा तीन थानमा डुङ्गा उपलब्ध गराउनु भएको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा प्रत्येक वर्ष बाढी आएको बेला आवागमनमा समस्या रहेकाले स्थानीयवासीको आग्रहमा मन्त्री साहले डुङ्गा उपलब्ध गराउनुभएको हो । मन्त्री साहले बाढी प्रभावित क्षेत्रमा पुगेर तिलाठी कोइलाडी गाउँपालिका...

  • २०७६ श्रावण १५, बुधबार

    प्रत्येक दुर्गम क्षेत्र अबको तीन वर्षभित्र सुगम बन्नेछन् ः सांसद बस्नेत

    सूर्यविनायक नगरपालिका–९ नंखेलमा निर्माण भएको ट्रस पुल सञ्चालनमा ल्याइएको छ । सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले उद्घाटन गर्नुभएको सो पुल उहाँकै पहलमा निर्माण गरिएको हो । सांसद बस्नेतले भक्तपुरका प्रत्येक दुर्गम क्षेत्रलाई अबका तीन वर्षभित्र सुगम बनाइने घोषणा गर्दै अरनिको राजमार्गबाट १५० मिटरभित्र रहेर पनि दुर्गम नंखेल अब सुगममा परिणत हुने बताउनुभयो । उहाँले भन्नुभयो, “भक्तपुरको सडकदेखि...

  • २०७६ श्रावण १५, बुधबार

    गोर्खा ब्रुअरीलाई सात दिनभित्र कर बुझाउन पत्र

    सर्वोच्च अदालतको फैसलासँगै आन्तरिक राजश्व कार्यालय भरतपुरले गोर्खा ब्रुअरीलाई अन्तिम अन्तःशुल्क निर्धारण आदेश जारी गरेको छ । कार्यालयले दुई आर्थिक वर्षको तिर्न बाँकी रहेको रु ८७ करोड १४ लाख ९७ हजार ५७८ सात दिनभित्र दाखिला गर्न आदेश जारी गरेको हो । कार्यालयका प्रमुख शुभप्रसाद रिजालका अनुसार आव २०७३÷७४ को रु ५३ करोड २१ लाख ५७ हजार ६१५ र आर्थिक वर्ष २०७४÷०७५ को रु ३३ करोड ९३ लाख ३९ हजार ९६३...

  • २०७६ श्रावण १५, बुधबार

    भौतिक पूर्वाधार मन्त्रालयको प्रगति ७७ प्रतिशत

    सुदुरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक वर्ष २०७५÷७६ मा रु सात अर्ब ७१ करोड रुपैयाँ खर्च गरेको छ । यो मन्त्रालयअन्तर्गत विनियोजित कूल बजेटको ७७ प्रतिशत रहेको हो । गत आर्थिक वर्षमा सो मन्त्रालयका लागि रु १० अर्ब चार करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । सो अवधिमा मन्त्रालयअन्तर्गतको खानेपानी तथा सरसफाइ डिभिजनतर्फ ९४ प्रतिशत, जलस्रोत कार्यालयको ८७ प्रतिशत, यातायात पूर्वाधार...

  • २०७६ श्रावण १५, बुधबार

    बाँके निकुञ्जमा बाघको सङ्ख्या २१ पुग्यो

    यस आर्थिक वर्षमा २०७६÷७७ मा बाँके राष्ट्रि«य निकुञ्जमा बाघको सङ्ख्या २१ पुगेको छ । चार वर्षअघि २०७१ सालमा बाघको सङ्ख्या चार वटा मात्र रहेको थियो । वन्यजन्तु संरक्षण मञ्चका पूर्वमहानिर्देशक श्याम वजिमयले कार्यक्रममा नेपालमा पहिले १९८ वटा बाघको सङ्ख्या रहेको थियो अहिले बाघको सङ्ख्या बढेर २३५ बाघ नेपालमा भएको बताउनुभयो । विसं २०६७ मा स्थापना भएको निकुञ्जमा पर्यटक स्वदेशी तथा विदेशी गरी गत आव २०७५÷७६...

  • २०७६ श्रावण १५, बुधबार

    प्रधानमन्त्रीसँग मन्त्रीहरुद्वारा कार्यान्वयन सम्झौता, भ्रष्टाचार अन्त्य गर्न सूत्र नै बनाऊँ प्रम ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र आफ्ना मातहतका व्यक्तिलाई स्वच्छ, पारदर्शी र गतिशील बनाउन मन्त्रीहरुलाई आह्वान गर्नुभएको छ । प्रधानमन्त्री कार्यालयमा आज आयोजित आर्थिक वर्ष २०७६÷७७ को वार्षिक कार्ययोजना प्रस्तुति तथा कार्यान्वयन सम्झौता हस्ताक्षर कार्यक्रममा आज प्रधानमन्त्री ओलीले सो आह्वान गर्नुभएको हो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “भ्रष्टाचार अन्त्य गर्न र सदाचारलाई अवलम्बन गर्नका लागि...

  • २०७६ श्रावण १५, बुधबार

    भृकुटीको जग्गा उद्योगबाहेकलाई बिक्री गर्न नपाइने

    गैँडाकोटमा रहेको भृकुटी पल्प एण्ड पेपर नेपाल लिमिटेडको नाममा रहेको जमीन उद्योगबाहेकका प्रयोजनका लागि बिक्री वितरण गर्न नपाइने उद्योग विभागले जनाएको छ । सरकारसँग जे प्रयोजनका लागि निजी क्षेत्रले खरीद गरेको हो सो बाहेकका क्षेत्रमा प्रयोग गर्न नपाउने भएको हो । विभागका महानिर्देशक विनोदप्रकाश सिंहले जनताको जमीन सरकारले अधिग्रहण गरेर उद्योग स्थापना गरेको जनाउँदै पछि निजी क्षेत्रलाई बिक्री गरेको भए...

  • २०७६ श्रावण १४, मंगलबार

    खोरेतको औषधि अभाव, दिनप्रतिदिन पशुवस्तु मर्न थाले

    एक महीनादेखि हुम्लाका तीन गाउँपालिकामा पशुवस्तुमा खोरेत रोग फैलिएको छ । पशुवस्तुमा खोरेत, जिब्रेन रोग लागेर मर्न थालेका छन् तर भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र यस सम्बन्धमा अनभिज्ञ रहेको छ । जिल्लाको सर्केगाड गाउँपालिकाको राहदेव र खार्पुनाथ गाउँपालिकाको वडा नं १ र ५ मा रहेको लेकमा खर्कमा वर्षा लागेसँगै पाटनमा चरिचराउ गर्न लगिएका दुई दर्जनभन्दा बढी पशुवस्तुमा खोरेत, जिब्रेन रोग लागेपछि पशु...

  • २०७६ श्रावण १४, मंगलबार

    गौतमबुद्ध विमानस्थल सञ्चालनमा जर्मनीको चासो

    रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि जर्मनीको म्युनिख इन्टरनेश्नल एयरपोर्टले चासो देखाएको छ । विमानस्थल सञ्चालनको इच्छा जनाउँदै जर्मनीको म्युनिख एयरपोर्टले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० लाई पत्र पठाएको हो । जर्मन सरकारको स्वामित्वको उक्त कम्पनीले विमानस्थल सञ्चालनका लागि मन्त्रालय र...

  • २०७६ श्रावण १४, मंगलबार

    छ वन समूह पुरस्कृत

    डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोकले आर्थिक वर्ष २०७५÷७६ मा उत्कृष्ट काम गरेको आधारमा तीन सामुदायिक वन र तीन कबुलियती वन समूहलाई पुरस्कृत गरेको छ । कार्यालयले आव २०७५÷७६ मा जिल्लाभरिकै वन समूहमध्येबाट सामुदायिक वन उपभोक्ता समूहबाट काम गरेको मूल्याङ्कनको आधारमा उत्कृष्ट तीन समूहलाई नगदसहित सम्मान गरिएको हो । मूल्याङ्कनको आधारमा छनोट भई उत्कृष्ट हुने वन समूहमध्ये पनौती नगरपालिका वडा नं १ रयालेका...

  • २०७६ श्रावण १४, मंगलबार

    कार्यवाहक राजदूत युजोद्वारा बिदाइ

    नेपालका लागि जापानी कार्यवाहक राजदूत युजो योशिओकाले जापान सरकारको छात्रवृत्तिमा स्नातकोत्तर गर्न जापान जान लागेका नेपाल सरकारका २० जना अधिकारीलाई आज यहाँ बिदाइ गर्नुभयो । जापान सरकारद्वारा मानव स्रोत विकास कार्यक्रमअन्तर्गत सन् २००० मा स्थापित यस छात्रवृत्ति कार्यक्रममा नेपाललाई पनि सन् २०१६ देखि समावेश गरिएको हो । यसअन्तर्गत हरेक वर्ष नेपाल सरकारका राजपत्राङ्कित श्रेणीका २० जना अधिकृत जापान जाने...

Pages