relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ श्रावण १५, बुधबार

    काठमाडौँका सडकमा अब शौचालय खोज्दै भौतारिनु नपर्ने

    काठमाडौँको सडकमा हिँड्दा शौच लाग्दा शौचालय नभेटेर भौंतारिनुभएको त छैन रु अथवा शौचालय खोज्ने क्रममा हतारमै पनि बाध्य भएर चिया÷खाजा खाने निहुँमा होटल रेष्टुराँ पस्नुभएको त छैन रु यदि त्यसो हो भने अब त्यसको समाधान ल्याएको छ काठमाडौँ महानगरपालिकाले । कामपाको योजनानुसार महानगरभित्रका ५० होटल, रेष्टुराँ र क्याफेसँगको सहकार्यमा ती स्थानमा अब शौचकै लागि खाजा नखाई नै शौचालय प्रयोग गर्न पाउनु हुनेछ । ती...

  • २०७६ श्रावण १५, बुधबार

    ८५ प्रतिशत धान रोपाइँ सम्पन्न

    सप्तरीमा सिँचाइको उचित व्यवस्था नभए पनि यस वर्ष समयमा वर्षा भएका कारण साउनको दोस्रो सतासम्ममा यहाँ ८५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । जिल्लाको अधिकांश स्थानमा खेतीयोग्य जमीन भए पनि सिँचाइको अभाव र समयमा वर्षा नहुँदा र वर्षा भए पनि बाढीले अधिकांश ठाउँमा बालुवा र लेदो, खस्रो माटो जमीनमा भरेपछि यहाँका जमीन बाँझो रहेको पाइन्थ्यो । सप्तरीमा सिञ्चित ४० हजार र असिञ्चित ३० हजार गरी कूल ७० हजार हेक्टर...

  • २०७६ श्रावण १५, बुधबार

    अझै अन्योलमा कुलेखानी तेस्रो

    मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको परीक्षण उत्पादन अझै अन्योलमा रहेको छ । विगत ११ वर्षदेखि निर्माणाधीन रहेको आयोजनाको असार मसान्तबाट परीक्षण उत्पादन शुरु हुने भनिए पनि निर्माणको ठेक्का पाएको चीनको जेजियाङ जियालिङ कम्पनीले आवश्यक प्राविधिक समयमै नल्याउँदा परीक्षण उत्पादन अन्योलमा परेको हो । आयोजना प्रमुख सुवास मिश्रको अनुसार असार दोस्रो साता नै...

  • २०७६ श्रावण १५, बुधबार

    अभिभावकमा शैक्षिक जागरण बढ्दै

    ठूलीभेरी नगरपालिका–२ कुम्ली डोल्पाका दिलमाया विक सधैँ घरको काममा व्यस्त रहने गरेकामा आजभोलि केही समय निकालेर विद्यालयमा आइ नियमित छलफल गरिरहनुभएको छ । उहाँले आफ्ना छोराछोरीको पढाइ कस्तो छ र कुन विषयमा कमजोर छ भनी नियमित शिक्षकसँग छलफल, अन्तरक्रिया गरिरहनुहुन्छ । घर, आँगन र पानी पँधेरोमा मात्र दिन बिताउने यहाँका अधिकांश महिला दिलमायाको क्रियाशीलता देखेर आज दङ्ग मात्र छैनन्, सल्लाह, सुझावसमेत माग्न...

  • २०७६ श्रावण १५, बुधबार

    विपद् उद्धार सामग्री हस्तान्तरण

    जिल्लामा हुनसक्ने विपद्का घटनाहरुको जोखिम न्यूनीकरण तथा उद्धारका लागि आवश्यक सामग्री जिल्ला प्रशासन कार्यालयलाई प्रदान गरिएको छ । टिडीएचको आर्थिक सहयोगमा स्थानीय संस्था सामुदायिक विकास केन्द्र नेपालले जिल्ला दैवी प्रकोप उद्धार समितिलाई हस्तान्तरण गरेको हो । संमितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेललाई संस्थाका अध्यक्ष नारायण नेपालले हस्तान्तरण गर्नुभएको हो । बुधबार जिल्ला प्रशासन...

  • २०७६ श्रावण १५, बुधबार

    आकाशे पुल निर्माण गरिँदै

    रत्ननगर नगरपालिकाले पूर्वपश्चिम राजमार्गका दुई ठाउँमा आकाशे पुल निर्माण गर्ने भएको छ । नगरपालिकाको मुख्य बजार क्षेत्र पर्ने सौराहाचोक र टाँडीचोकमा आकाशे पुल निर्माण गर्न लागिएको हो । नगरपालिकाका प्रमुख नारायण वनका अनुसार यसै आर्थिक वर्षबाट काम शुरु गर्न नगरपालिकाले रु एक करोड ४० लाख बजेट विनियोजन गरेको छ । थप बजेटका लागि प्रदेश सरकार र सङ्घीय सरकारका सांसदहरुसँग अनुरोध गरिएको उहाँले बताउनुभयो ।...

  • २०७६ श्रावण १५, बुधबार

    पहिरोपीडित परिवारले नयाँ घर पाए

    बस्ती माथिबाट आएको पहिरोका कारण घरवारविहीन बनेका यहाँका २२ घरपरिवारले एक वर्षपछि नयाँ घर पाएका छन् । उत्तरी पर्वतको जलजला गाउँपालिकाका वडा नं ४, ७ र ८ का २२ परिवारलाई नयाँ घर हस्तान्तरण गरिएको हो । विसं २०७५ साउन १ गतेको बाढी पहिरोपीडितलाई असल छिमेकी नेपाल, पोखरेली ख्रिष्टियन समुदाय, सिजिके र आइएनफए संस्थाको सहयोगमा निर्माण भएका घर हस्तान्तरण गरिएको हो । जलजला गाउँपालिका–८ बेरनेटामा मा १७, वडा...

  • २०७६ श्रावण १५, बुधबार

    पुल निर्माण हुन नसकेपछि डुङ्गा सञ्चालन

    उदयपुर जिल्लाको चौदण्डी नगरपालिका–५ को सिवाइ सुन्दरपुरस्थित त्रियुगा नदीमा १० वर्षअघि निर्माण शुरु भएको त्रियुगाको पक्की पुल अझैसम्म पनि निर्माण सम्पन्न हुन नसकेपछि अहिले बर्षायाममा स्थानीयवासीले नदी आवतजावत गर्न डुङ्गा सञ्चालन गर्न बाध्य भएका छन् । १० वर्षअघि नै सुन्दरपुरस्थित त्रियुगा नदीमा निर्माण शुरु गरेको पक्की पुल निर्माणकार्य महालक्ष्मी लोकप्रिय जेभी निर्माण कम्पनीले ठेक्का लिएको भए पनि...

  • २०७६ श्रावण १४, मंगलबार

    घण्टाकर्ण अर्थात् गठामङ्गल

    साउन कृष्ण चतुर्दर्शीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व आज मनाइँदैछ । चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व सांस्कृतिक परम्पराअनुसार विशेषगरी नेवार समुदायले मनाउँछन् । परापूर्वकालदेखि मनाउँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाई दोबाटो र...

  • २०७६ श्रावण १४, मंगलबार

    अध्यक्ष दाहाल युएई प्रस्थान

    पारिवारिक भ्रमणका क्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज संयुक्त अरब इमिरेट्स युएई प्रस्थान गर्नुभएको छ । अध्यक्ष दाहाल आज बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । भ्रमण नितान्त पारिवारिक भएकाले कुनै पनि राजनीतिक भेटघाट भने नहुने बताइएको छ । भ्रमण टोलीमा उहाँकी पत्नी सीता दाहाल, दुई छोरी रेणु र गङ्गा पनि रहनुभएको छ । अध्यक्ष दाहाल यही साउन...

  • २०७६ श्रावण १४, मंगलबार

    चौयाया संरक्षणका लागि जिम्मा लगाइयो

    तुलसीपुर बजामा धेरै समयदेखि अवरोध पु¥याउँदै आएका छाडा गाई तथा गोरुलाई आज संरक्षणका लागि तुलसीपुर उपमहानगरपालिका–१३ स्थित तुलसी गौशालाई जिम्मा लगाइएको छ । ‘क्लिन तुलसीपुर ग्रिन तुलसीपुर’ अभियानअन्तर्गत आज १५३ औँ हप्ताको सरसफाइ तथा वृक्षरोपण कार्यक्रमपछि छाडा गाई तथा गोरु संरक्षणका लागि उक्त उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले सो गौशालाका सञ्चालक मोहन भण्डारीलाई जिम्मा लगाउनुभएको हो । गाई...

  • २०७६ श्रावण १४, मंगलबार

    विद्यार्थी टिकाउन दिवा खाजा

    पाल्पाको रम्भा गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि निःशुल्क दिवा खाजा कार्यक्रम सञ्चालन गरेको छ । सामुदायिक विद्यालयमा विद्यार्थी भित्र्याउने र टिकाउने उद्देश्यका साथ गाउँपालिकाले दिवा खाजा कार्यक्रम ल्याएको हो । दिवा खाजाको व्यवस्था गरिएपछि नियमितरुपमा विद्यार्थी विद्यालय आउन थालेका छन् । बालविकास कक्षादेखि ५ कक्षासम्म अध्ययनरत एक हजार ९०० विद्यार्थीलाई निःशुुल्क दिवा...

Pages