STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ श्रावण १२, आइतबार

    स्याउको ‘ग्रेडिङ’ गर्न ल्याइएको मेशिन अलपत्र

    जुम्लाका स्याउको बजार व्यवस्थापन गर्नका लागि ल्याइएको श्रेणीकरण ग्रेडिङ मेशिन अलपत्र छन् । स्याउ ग्रेडिङ गरी बजार प्रवद्र्धन गर्ने उद्देश्यका साथ स्थापना गरिएको उक्त मेशिन अलपत्र परेको हो । पछिल्लो समयमा यो मेशिनमा कृषकहरुले पनि स्याउ ग्रेडिङ नगर्दा मशिनको सबै पार्टपुर्जाहरु निकालेर अलपत्र अवस्थामा छ । मेशिन सञ्चालन गर्नैका लागि आएको जेनेरेटर र स्याउ ग्रेडिङ मेशिन राख्नलाई निर्माण गरिएको भवनसहित...

  • २०७६ श्रावण १२, आइतबार

    दमौलीमा मिनी प्याराफिट निर्माण हुँदै

    व्यास नगरपालिका– ३ स्थित बिपी वन बाटिकामा मिनी प्याराफिट निर्माण थालिएको छ । उक्त नगरपालिकाको रु ४० लाख र अखिल नेपाल फूटबल सङ्घ ९एन्फा०को रु १० लाख गरी रू ५० लाखको लागतमा उक्त प्याराफिट निर्माण गर्न लागिएको हो । नगरपालिका र एन्फाबीच भएको संझौतामा बमोजिम सो निर्माण कार्य अघि बढाइएको बिपी वनबाटिका खेल मैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष कुमार श्रेष्ठले जानकारी दिनुभयो । लम्बाइ १३५ मिटर र चौडाइ...

  • २०७६ श्रावण १२, आइतबार

    उहिले हुँदा खानेको कोदो अहिले हुने खानेको रोजाइमा

    वर्षौंसम्म्म नबिग्रने विशेषगरी पहाडी क्षेत्रमा उत्पादन हुने अन्न हो, कोदो । मानिसको शरीरमा आवश्यक पर्ने प्रोटिनको मात्रा अत्यधिक हुने कोदोको उत्पादन भने कृषिप्रतिको बढ्दो अनिच्छा र बसाइँसराइसँगै बर्सेनी घट्दै गएको छ । विशेषगरी पहाडी क्षेत्रमा साउनको पहिलो सातातिर मकै भाँचेपछि सर्वसाधारणले कोदो रोप्ने गर्दछन् । विगतमा कोदो रोपाइँका कारण चापाचाप हुने गाउँबस्तीका अधिकांश बारी यतिखेर बाँझै छन् ।...

  • २०७६ श्रावण १२, आइतबार

    धोबिया टोलवासीको पीडा  दशगजा क्षेत्रमा बस्नु दुर्भाग्य

    प्रत्येक वर्ष मनसुन सक्रिय भएपछि आउने वर्षा  बाढीबाट पश्चिमी पर्साको पकहामैनपुर गाउँपालिका–४ धोबिनीटोलका बासिन्दाको पीडा झन् बल्झिदै गएको छ । नेपाल–भारतबीच रहेको दशगजा क्षेत्रमा बसेका धोबियाटोलवासीको पीडा स्थानीय सरकारले समेत बुझ्न नसक्दा हालसम्म उनीहरुको घाउमा मलम लगाउन सकिएको छैन । सो दशगजा क्षेत्रमा रहेका करीब ११५ घरधुरीका मुस्लिम समुदायको बस्ती ४०५ नम्बरको पिलर नजिक दशगजा क्षेत्रमा बसेको...

  • २०७६ श्रावण १२, आइतबार

    मिथिलामा मधुश्रावणीको रौनक उत्कर्षमा

    महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले मधुश्रावणी पर्वको रौनक उत्कर्षमा छ । नवविवाहिता मिथिलानी मिथिलाका नारी ले १३ दिनसम्म मनाउने यो पर्व अहिले मध्य अवधि कट्दै गर्दा उत्कर्षमा देखिएको हो । गत सोमबार शुरु भएको यो पर्व अब आउने शनिबार सम्पन्न गरिनेछ । मिथिलाका प्रत्येकजसो बस्ती अहिले मधुश्रावणीको रङ्गमा मस्त देखिन्छन् । साउन कृष्ण पञ्चमीका दिन शुरु भएर साउन शुक्ल तृतीयाका दिन सम्पन्न गरिने यो पर्व...

  • २०७६ श्रावण १२, आइतबार

    पहाड र समथर भू–भागमा बस्नेबीच अन्तरघुलन गरिँदै

    राप्ती नगरपालिकाले आफ्नो नगरको पहाड र समथर भू–भागमा बसोबास गर्ने बासिन्दाबीचमा अन्तरघुलन गर्ने भएको छ । नगरपालिकाका चार वटा वडा पहाडमा पर्दछ भने नौ वटा वडा समथर भू–भागमा पर्दछ । तराईका जनताको तुलनामा पहाडमा बस्ने निकै पछाडि परेका छन् । नगरप्रमुख प्रभा बरालका अनुसार पहाडमा बसोबास गर्ने पछाडि परेकाले उनीहरुलाई तराईको संस्कृति, रहनसहनसँग निकट बनाउन र तराईकालाई पहाडको वस्तुस्थिति बुझाउन अभियानका...

  • २०७६ श्रावण ११, शनिबार

    फेरि थुप्रन थाल्यो राजधानीमा फोहर

    वाग्मती लगायत उपत्यकाका नदी र चक्रपथ सफाइ अभियान जारी रहे पनि विभिन्न स्थानमा अझै फोहर उठ्न सकेको छैन । वाग्मती सफाइ महाअभियानको ३२४ औँ हप्तामा बुद्धनगर पुल क्षेत्र मुनिको नदी किनारमा सफाइ गरी नौ मेट्रिक टन फोहर उठाए पनि तीन मेट्रिक टन फोहर मात्र व्यवस्थापन हुन सकेको अभियानकर्मी माला खरेलले बताउनुभयो । फोहर उठ्न नसकेपछि फेरि उपत्यकाका चोक चोकमा फोहर थुप्री प्रदुषण फैलन थालेको छ । सफाइमा २०...

  • २०७६ श्रावण ११, शनिबार

    मनसुनी गतिविधि कमजोर बन्दै

    मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भागबाट दक्षिण तिर सरेकाले अबका केही दिन नेपालमा मनसुनी गतिविधि कम सक्रिय रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखा कहिले तल कहिले माथि भइरहने भएकाले अहिले उक्त रेखा नेपालबाट दक्षिण तिर सरेकाले अबको तीन–चार दिन मनसुन कम सक्रिय हुने मौसमविद् मीनकुमार अर्यालले बताउनुभयो । “मनसुन सेप्टेम्बरको तेस्रो हप्तासम्म रहने भएकाले कहिले...

  • २०७६ श्रावण १०, शुक्रबार

    विपन्न १०० परिवारको घर बनाउँदै कालिका नगरपालिका

    पहाड देखि समथर भू–भागसम्म फैलिएको कालिका नगरपालिकाले विपन्न परिवारका लागि १०० घर निर्माण गरिदिने भएको छ । चालू आर्थिक वर्षमा घर निर्माणका लागि नगरपालिकाले रु एक करोड ५० लाख विनियोजन गरेको छ । नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठका अनुसार राम्रोसँग बस्ने घर नभएका विपन्न परिवार छनोट गरी घर निर्माण गरिँदैछ । वर्षात् सकिएसँगै असोजबाट घर निर्माणको प्रक्रिया अघि बढाइने उहाँले जानकारी दिनुभयो ।...

  • २०७६ श्रावण १०, शुक्रबार

    राष्ट्रिय चिन्हको अवमूल्यन हुनेगरी विज्ञापन गर्न नपाइने

    राष्ट्रिय झण्डा, राष्ट्रिय गान, चिन्ह, निशाना छाप र विभूतिको अवमूल्यन हुनेगरी विज्ञापन बनाइ प्रकाशन एवं प्रसारण गर्न नपाइने भएको छ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको बैठकमा जारी विज्ञापन (नियमन गर्ने) विधेयक, २०७५ माथिको दफावार छलफलका क्रममा सांसदहरुले यसअघि व्यवस्था गरिएको राष्ट्रिय गान, चिन्ह, निशाना छाप र विभूतिको प्रयोग गरेर विज्ञापन बनाउने विषयलाई भने हटाउनुपर्नेमा जोड दिनुभयो...

  • २०७६ श्रावण १०, शुक्रबार

    नमोबुद्धद्वारा इँटा उद्योग हटाउन निर्देशन

    नमोबुद्ध नगरपालिकाले आफ्नो क्षेत्रमा सञ्चालन हुँदै आएका इँटा उद्योग तत्काल हटाउन निर्देशन दिएको छ । नपाले गत बुधबार भकुण्डे क्षेत्रमा अवस्थित आठ इँटा उद्योग सञ्चालकलाई नपा र उद्योगीबीच विगतमा भएको सहमति कार्यान्वयन गर्न पत्रमार्फत निर्देशन दिएको हो । गत माघ महीनामा जिल्ला समन्वय समितिका पदाधिकारी, नपा पदाधिकारी र इँटा उद्योगीबीच असार मसान्तभित्र काभे्रपलाञ्चोकको नमोबुद्ध नपा क्षेत्रमा सञ्चालित आठ...

  • २०७६ श्रावण १०, शुक्रबार

    पुष्पलाललाई राष्ट्रिय विभूति घोषणा गर्न माग’

     नेकपा (माओवादी केन्द्र)ले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठलाई राष्ट्रिय विभूति घोषणा गर्न आग्रह गर्दै सरकारलाई मागपत्र बुझाएको छ । सो पार्टीका स्थायी समिति सदस्य आलोक रायमाझीले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढामार्फत प्रधानमन्त्रीसमक्ष सो मागपत्र बुझाउनुभएको हो । संस्थापक महासचिव श्रेष्ठको वैज्ञानिक योगदानको उच्च मूल्याङ्कन गरी...

Pages