relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ श्रावण १३, सोमबार

    आज विश्व बाघ दिवस ः दोब्बर सङ्ख्या पु¥याउने लक्ष्य नजिक

    वन तथा वातावरण मन्त्रालयले यस वर्षको विश्व बाघ दिवसको केन्द्रीय कार्यक्रम आज बाघ पाइने स्थानमा नै मनाउने योजनाअनुसार बाँके राष्ट्रिय निकुञ्जअन्तर्गतको कोहलपुरमा विभिन्न कार्यक्रम गरी मनाउँदै छ । सरोकारवाला सबैको सहभागितामा विभिन्न कार्यक्रम गर्न लागिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । यसबाहेक विभागले फिल्डस्तरको कार्यक्रम बाघ...

  • २०७६ श्रावण १३, सोमबार

    शक्ति अस्थायी र सत्य स्थायी हुन्छ ः प्रम ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले शक्ति अस्थायी हुने तर सत्य स्थायी र अपराजेय हुने बताउनुभएको छ । ग्लोबल हिन्दू फेडरेसनका अध्यक्ष प्रदीपकुमार कुक्रेजाको नेतृत्वमा आएको ३० सदस्यीय प्रतिनिधि मण्डलसँग प्रधानमन्त्री निवास बालुवाटारमा कुरा गर्दै आज उहाँले वैदिक सभ्यता र परम्पराका बारेमा चर्चा गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । प्राच्य सभ्यता र मौलिक संस्कृतिको सकारात्मक पक्ष एवं गौरवमय विगतका बारेमा...

  • २०७६ श्रावण १२, आइतबार

    पहाड र समथर भू–भागमा बस्नेबीच अन्तरघुलन गरिँदै

    राप्ती नगरपालिकाले आफ्नो नगरको पहाड र समथर भू–भागमा बसोबास गर्ने बासिन्दाबीचमा अन्तरघुलन गर्ने भएको छ । नगरपालिकाका चार वटा वडा पहाडमा पर्दछ भने नौ वटा वडा समथर भू–भागमा पर्दछ । तराईका जनताको तुलनामा पहाडमा बस्ने निकै पछाडि परेका छन् । नगरप्रमुख प्रभा बरालका अनुसार पहाडमा बसोबास गर्ने पछाडि परेकाले उनीहरुलाई तराईको संस्कृति, रहनसहनसँग निकट बनाउन र तराईकालाई पहाडको वस्तुस्थिति बुझाउन अभियानका...

  • २०७६ श्रावण १२, आइतबार

    महिला उद्यमीलाई राज्यले विशेष प्राथमिकता दिनुपर्ने

    गण्डकी प्रदेशका महिला उद्यमीले महिलामैत्री व्यवसायी नीति ल्याउनुपर्ने आवश्यकतामाथि जोड दिएको छ । पोखरा उद्योग वाणिज्य सङ्घको महिला उद्यमी विकास उपसमितिले आयोजना गरेको गण्डकी प्रदेशका महिला उद्यमीहरुको बृहत् भेलामा सहभागी महिला उद्यमीले व्यवसाय विस्तार र नयाँ सम्भावना खोजीका विषयमा केन्द्रित विषय विज्ञ बीचको छलफलमा उनीहरुले सो कुरा बताएका हुन् । भेलामा औद्योगिक व्यवसाय ऐन, सामाजिक सुरक्षा कोष तथा...

  • २०७६ श्रावण १२, आइतबार

    सरकारले ऐतिहासिक अवसर चुकाउनु हुँदैन ः यादव

    राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका संयोजक राजकिशोर यादव देशलाई आर्थिकरुपमा समृद्ध बनाई जनताको लामो समयदेखिको आकाँक्षा पूरा गर्ने ऐतिहासिक अवसरमा वर्तमान सरकारसँग रहेकाले सरकार त्यसअनुरुप अगाडि बढ्नुपर्ने सल्लाह दिनुभएको छ । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले भन्नुभयो, “जनताले गरेको आशाअनुरुप यो सरकारले परिवर्तनकारी काम गर्न सकेन ।” यादवले देशको आर्थिक अवस्था कमजोर रहेको,...

  • २०७६ श्रावण १२, आइतबार

    पोर्चुगलमा नेपाली पाठशाला कखरा सिक्दै नेपाली बालबालिका

    पोर्चुगाली भाषा बोल्न र लेख्न सक्ने सदीक्षा गौतम यतिबेला कखरा सिक्न तल्लीन छिन् । लण्डनमा जन्मेकी र पोर्चुगलमा हुर्केकी सदीक्षा भर्खरै सात वर्षकी भइन् । विदेशमै जन्मेकी र विदेशी भूमिमै हुर्केकी सदीक्षाले नेपाली भाषा बोल्न सक्ने भए पनि लेख्न भने सक्दिनन् तर पोर्चुगाली भाषा बोल्न मात्र होइन खरर लेख्न पनि सक्छिन् । सदीक्षालाई नेपाली अक्षर कदेखि ज्ञसम्म लेख्नसमेत मुस्किल पर्छ । नेपाली बोल्न सक्ने...

  • २०७६ श्रावण १२, आइतबार

    नवनियुक्त मुख्यन्यायाधिवक्ता थपलियाबाट सपथ

    प्रदेश नं ३ का नवनियुक्त मुख्यन्यायाधिवक्ता ओमप्रकाश थपलियाले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । प्रदेश प्रमुख अनुराधा कोइराला तथा मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा प्रदेश प्रमुख कार्यालयको सभाकक्षमा आज आयोजित कार्यक्रममा पाटन उच्च अदालतका मुख्य न्यायाधीश कुमार चुडालले शपथ दिलाउनुभएको थियो । यसअघिका मुख्यन्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले राजीनामा दिनुभएकाले थपलियालाई यही साउन ८ गते सो...

  • २०७६ श्रावण १२, आइतबार

    एकल महिलाको उपचार खर्च गाउँपालिकाले व्यहोर्ने

    ओखलढुङ्गाको सुनकोशी गाउँपालिकाले एकल महिलाको उपचार खर्च व्यहोर्ने भएको छ । सुनकोशी गाउँपालिकाको चालू आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममा एकल महिलालाई उपचार खर्च दिने उल्लेख गरिएको छ । ५० वर्ष उमेर पुग्दासम्म विवाह नगरेका र विवाह गरेका तर ३५ वर्ष नपुग्दै श्रीमान् गुमाएर एकल बनेका महिलालाई औषधि उपचारका लागि सहयोग गर्ने नीति लिइएको गाउँपालिका अध्यक्ष रुद्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।...

  • २०७६ श्रावण १२, आइतबार

    मंगलबजारमा निशुल्क आयुर्वेद उपचार

    ललितपुर महानगरपालिका डा नं १६ को आयोजनामा शनिबार निःशुल्क आयुर्वेद स्वास्थ्य उपचार शिविर सम्पन्न भएको छ । रचना आयुर्वेद तथा हाडजोर्नी नशा उपचार केन्द्रसंगको सहकार्य मा वडा नं १६ द्वारा आयोजना गरेको सो शिविरमा विभिन्न रोग हरुको निःशुल्क जाँच र उपचार भएको थिषो। सुगर, ब्लड प्रेसर जाँच र फिजियोथेरापी पनि निःशुल्क नै गरिएको थियो । करिब दुई सय जनाले स्वास्थ्य परिक्षन गराएको सो आयुर्वेद स्वास्थ्य...

  • २०७६ श्रावण १२, आइतबार

    निजी वनका नमूना किसान प्रसाईं

    चार बिघा क्षेत्रफलमध्ये अढाइ बिघा क्षेत्रफलमा निजी वन लगाएर जिल्लाकै उदाहरणीय कृषकका रुपमा परिचित हुनुहुन्छ झापा कनकाई नगरपालिका– ६ निवासी शान्तिराज प्रसाईं । विसं २०७० मा पाथीभरा निजी वनबाटिका तत्कालीन जिल्ला वन कार्यालय झापामा दर्ता गर्दै उहाँले निजी वन लगाउन शुरु गर्नुभयो । चार बिघा क्षेत्रफलमा निजी वन लगाउने सोच बनाउनुभएका उहाँले पहिलो चरणमा अढाइ बिघा क्षेत्रफलमा मात्रै निजी वन लगाउनुभयो ।...

  • २०७६ श्रावण १२, आइतबार

    इमाडोल–लामाटार सडक विस्तार सुस्त

    इमाडोलबाट सिद्धिपुर हुँदै लामाटारसम्मको सडक विस्तार र निर्माणको काम सुस्त छ । यस सडकमा निर्माणको काम शुरु भएको चार वर्षपछि अहिले झण्डै ६० प्रतिशतको हाराहारीमा मात्रै भौतिक प्रगति रहेको पाइन्छ । काठमाडौँ उपत्यकाका विस्तारका क्रममा रहेका अरु सडकमा जस्तै यो सडकमा जग्गा र घरको मुआब्जा विवादका कारण भौतिक प्रगति कम रहेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । काम गर्ने साइट खुला हुनुभन्दा...

  • २०७६ श्रावण १२, आइतबार

    पूर्वमन्त्री डा सिंहको सम्झना

    पूर्वमन्त्री डा नागेश्वरप्रसाद सिंहको मार्गलाई सबैले आत्मसात गरे मुलुक समृद्धि तर्फ लाग्ने शनिबार राजविराजमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताउनुभएको छ । नेपाल विश्व शान्ति समितिद्वारा स्व सिंहको ९३औँ जन्मजयन्तीका अवसरमा आयोजित स्मृतिसभाका वक्ताहरुले सो कुरा बताउनुभएको हो । शिक्षा, स्वास्थ्य र विकासलाई सबैको पहुँचसम्म पु¥याउन जीवनपर्यन्त प्रयत्नरत रहनुभएका विकासप्रेमी, शान्तिप्रेमी र...

Pages