राष्ट्रिय
-
२०७६ श्रावण ९, बिहिबार
पाठेघरपीडितका लागि उपयोगी किटब्याग
नेपालका अधिकांश महिला पाठेघरसम्बन्धी रोगबाट पीडित भएपछि बेलायत सरकारको सहयोगमा फ्रिडम किटब्याग संस्थाले दोलखामा महिलालाई निःशुल्क किटब्याग बाँडेको छ । पन्ध्रदेखि ४९ वर्षभित्रका आमा, दिदीबहिनीमा योनी चिलाउने, पाठेघरको मुख दुख्ने, पाठेघर खस्ने र पाठेघरको क्यान्सर हुनेजस्ता समस्याबाट धेरै नै प्रताडित भएकाले त्यसबाट जोगाउन फ्रिडम किटब्याग संस्थाले निःशुल्क किटब्याग बाँडेको हो । तीन वर्षअघिदेखिको...
-
२०७६ श्रावण ९, बिहिबार
लोकमार्गभरि हिलो र पहिरोको सास्ती
यहाँका दुई लोकमार्गमा वर्षायाम शुरु भएदेखि नै हिलो र पहिरोको सास्ती बढेको छ । मध्यपहाडी ९पुष्पलाल० लोकमार्ग धवलागिरिवासीको ‘लाइफलाइन’ सडक हो तर यतिबेला यही सडक धवलागिरिका चार जिल्लावासीका लागि धराप बनेको छ । त्यस्तै अर्को राष्ट्रिय गौरवको योजना कालीगण्डकी लोकमार्गमा पनि उस्तै अवस्था छ । गत १४ महीनायता पर्वतको मालढुङ्गादेखि कास्कीको विन्ध्यवासिनीसम्मको करीब ६५ किलोमिटर दूरीको यो सडक स्तरोन्नतिको...
-
२०७६ श्रावण ९, बिहिबार
‘स्टिङ अपरेसन’ बढाउँदै अख्तियार
सुदूरपश्चिम प्रदेशमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘स्टिङ अपरेसन’ लाई सक्रियाताका साथ अघि बढाएको छ । भीमदत्तनगरस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिममा पहिलोपटक आर्थिक वर्ष २०७२÷७३ मा भीमदत्तनगरस्थित यातायात व्यवस्था कार्यालयबाट स्टिङ अपरेसन थालेको थियो । गत आर्थिक वर्षमा मात्रै सुदूरपश्चिममा सात स्टिङ अपरेसन गरेको अख्तियार कार्यालयले जनाएको छ । पहिलोपटकको स्टिङ अपरेसनमा...
-
२०७६ श्रावण ९, बिहिबार
अध्ययन तथा भम्रणमा जाने नेपालीलाई कडाई
पढ्न तथा विदेश भ्रमणमा जादा नेपालको ठुलो रकम विदेशमा गइरहेको भन्दै नेपाल राष्ट्र बैंकले यसलाइ अब कडाइ गर्नुपर्छ भनेका छन् । बुधबार सार्वजनिक गरेको मौद्रिक नीतिमा बैंकले यस्तो व्यवस्था गर्न लागिएको उल्लेख गरेको छ । अध्ययन, सामूहिक भ्रमण लगायतमा हुने विदेशी विनिमय खर्चलाई नियमन गर्न आवश्यक नीतिगत व्यवस्था गरिनेछु मौद्रिक नीतिमा उल्लेख गरिएको छ। नागरिकलाई अध्ययन गर्न कति खर्च लाग्ने तथा कहाँ भ्रमणमा...
-
२०७६ श्रावण ९, बिहिबार
सात हजार लाभग्राहीलाई सूचीबाट हटाइने
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय काभ्रेपलाञ्चोकले जिल्लामा रहेका सात हजार भूकम्प लाभग्राहीलाई सूचीबाट हटाउने तयारी गरेको छ । भूकम्प गएको चार वर्ष बितिसक्दासमेत लाभग्राहीको सूचीमा परेर सम्झौता गर्न नआएका कारण त्यस्ता लाभग्राहीलाई सूचीबाट नै हटाउने तयारी गरिएको हो । काभ्रेपलाञ्चोक जिल्लामा त्यसरी लाभग्राहीको सूचीमा परेर...
-
२०७६ श्रावण ९, बिहिबार
चोरी सिकार शून्य
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जासुसी क्यामेरा जडान गरिएपछि चोरी सिकार शून्य भएको छ । निकुञ्जका चोरी सिकार हुनसक्ने सम्भावित दुई दर्जन बढी ठाउँमा क्यामेरा राखिएका छन् । “गत वर्ष क्यामेराकै सहायताले चोरी सिकारमा संलग्न तीन जनालाई समात्न सकेका थियौँ”, निकुञ्जका सहायक संरक्षण अधिकृत शैलेन्द्र चौधरीले भन्नुभयो, “क्यामेराको प्रभावकारिताका कारण यस वर्ष चोरी सिकारका मुद्दा शून्यमा झरेका छन्...
-
२०७६ श्रावण ८, बुधबार
मार्तडी–कोल्टी सडक खुलेन
बाजुरा जिल्लाको पूर्वी उत्तरी भेग जोड्ने मार्तडी–कोल्टी सडक अविरल वर्षाका कारण अवरुद्ध भएको दुई साता बित्दा पनि खुलेको छैन । लगातारको वर्षाका कारण उक्त सडकसहित विभिन्न ग्रामीण सडक अवरुद्ध बनेका छन् । मार्तडीबाट कोल्टीसम्म दैनिकरूपमा सञ्चालन हँुदै आएका सवारीसाधन ठप्प भएका छन् । मार्तडी–कोल्टी सडक अवरुद्ध बनेपछि उत्तरी भेगका स्थानीयवासी पैदलयात्रा गर्न बाध्य छन् । दैनिकरूपमा पानी पर्न थालेपछि...
-
२०७६ श्रावण ८, बुधबार
बाढीपहिरो, डुबानको पूर्वतयारी गर्न सांसदको माग
पूर्वतयारी नगर्दा बाढीपहिरोले धेरै क्षति भएको बताउँदै सांसदहरुले व्यवस्थित रुपमा पूर्वसूचना प्रणाली विकास गरी क्षति कम गरिनुपर्नेमा जोड दिनुभएको छ । सङ्घीय संसद् राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले विकास निर्माणका काम प्राविधिक अध्ययन बिना गर्ने गरिएकाले पनि बाढीपहिरोले बढी क्षति हुने गरेको सांसदहरुको भनाइ थियो । सांसद दिलकुमारी रावल थापा ९पार्वती०ले असार २६ गतेपछिको अविरल वर्षाले आएको...
-
२०७६ श्रावण ८, बुधबार
कमलमा जोन र पकेट विस्तार हुने
झापाको कमल गाउँपालिकाले कृषि क्षेत्रको व्यावसायिक विकासका लागि विभिन्न कृषि उपजको जोन र पकेट विस्तार गर्ने भएको छ । कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर गाउँपालिकाले चालू आर्थिक वर्षदेखि ‘अध्यक्ष कृषि पकेट कार्यक्रम’ सञ्चालन गर्न लागेको हो । उक्त कार्यक्रममार्फत कृषिमा आधुनिकीकरण गरिने गाउँपालिकाले जनाएको छ । ‘कृषिको विकास कमल गाउँपालिका निकास’ भन्ने नाराका साथ कृषि क्षेत्रलाई पहिलो...
-
२०७६ श्रावण ८, बुधबार
मनसुन पुनः सक्रिय, देशभर भारी वर्षाको सम्भावना
केही दिनदेखि कमजोर रहेको मनसुन आजबाट पुन ः सक्रिय भएको छ । मनसुनी न्यूनचापीय रेखा तराईमा अवस्थित रहेकाले आज देशभर भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनचापीय रेखा नेपाल प्रवेश गरेको र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय हावाको प्रभावले आज देशको धेरैजसो स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसमविद् विभुतै पोखरेलले बताउनुभयो । “मनसुनी...
-
२०७६ श्रावण ८, बुधबार
दलित १२ परिवारको निःशुल्क स्वास्थ्य बीमा
कास्कीको माछापुच्छ«े गाउँपालिका–३ घाचोकस्थित परियारटोलका १२ दलित घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गरिएको छ । लायन्स क्लब अफ पोखरा मिडटाउन र वाराही टाउनले संयुक्तरूपमा सो टोलका गरीब तथा विपन्न अवस्थाका उनीहरुको स्वास्थ्य उपचारमा सहयोग पु¥याउने उद्देश्यले एक वर्षको बीमा गराएका हुन् । गण्डकी प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले स्थानीय सुरेश परियारलाई बीमाकार्ड हस्तान्तरण गर्दै ‘सुखी नेपाल समृद्ध...
-
२०७६ श्रावण ८, बुधबार
‘बाढी, पहिरोको दीर्घकालीन समाधान खोज्नुपर्छ’
सांसद्ले समस्या आएपछि मात्र समाधान खोज्नेभन्दा पनि बाढी, पहिरो र डुबानजस्ता विपत् व्यावस्थापसम्वन्धी दीर्घकालीन समाधान खोज्नुपर्ने माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा मुलुकको विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिको विवरण लिने र राहतका कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा प्रस्तुत भएको “जरुरी सार्वजनिक महत्वको प्रस्ताव” माथिको छलफलमा भाग लिँदै सांसदले विपत्...


