relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ श्रावण ९, बिहिबार

    पाठेघरपीडितका लागि उपयोगी किटब्याग

    नेपालका अधिकांश महिला पाठेघरसम्बन्धी रोगबाट पीडित भएपछि बेलायत सरकारको सहयोगमा फ्रिडम किटब्याग संस्थाले दोलखामा महिलालाई निःशुल्क किटब्याग बाँडेको छ । पन्ध्रदेखि ४९ वर्षभित्रका आमा, दिदीबहिनीमा योनी चिलाउने, पाठेघरको मुख दुख्ने, पाठेघर खस्ने र पाठेघरको क्यान्सर हुनेजस्ता समस्याबाट धेरै नै प्रताडित भएकाले त्यसबाट जोगाउन फ्रिडम किटब्याग संस्थाले निःशुल्क किटब्याग बाँडेको हो । तीन वर्षअघिदेखिको...

  • २०७६ श्रावण ९, बिहिबार

    लोकमार्गभरि हिलो र पहिरोको सास्ती

    यहाँका दुई लोकमार्गमा वर्षायाम शुरु भएदेखि नै हिलो र पहिरोको सास्ती बढेको छ । मध्यपहाडी ९पुष्पलाल० लोकमार्ग धवलागिरिवासीको ‘लाइफलाइन’ सडक हो तर यतिबेला यही सडक धवलागिरिका चार जिल्लावासीका लागि धराप बनेको छ । त्यस्तै अर्को राष्ट्रिय गौरवको योजना कालीगण्डकी लोकमार्गमा पनि उस्तै अवस्था छ । गत १४ महीनायता पर्वतको मालढुङ्गादेखि कास्कीको विन्ध्यवासिनीसम्मको करीब ६५ किलोमिटर दूरीको यो सडक स्तरोन्नतिको...

  • २०७६ श्रावण ९, बिहिबार

    ‘स्टिङ अपरेसन’ बढाउँदै अख्तियार

    सुदूरपश्चिम प्रदेशमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘स्टिङ अपरेसन’ लाई सक्रियाताका साथ अघि बढाएको छ । भीमदत्तनगरस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिममा पहिलोपटक आर्थिक वर्ष २०७२÷७३ मा भीमदत्तनगरस्थित यातायात व्यवस्था कार्यालयबाट स्टिङ अपरेसन थालेको थियो । गत आर्थिक वर्षमा मात्रै सुदूरपश्चिममा सात स्टिङ अपरेसन गरेको अख्तियार कार्यालयले जनाएको छ । पहिलोपटकको स्टिङ अपरेसनमा...

  • २०७६ श्रावण ९, बिहिबार

    अध्ययन तथा भम्रणमा जाने नेपालीलाई कडाई

    पढ्न तथा विदेश भ्रमणमा जादा नेपालको ठुलो रकम विदेशमा गइरहेको भन्दै नेपाल राष्ट्र बैंकले यसलाइ अब कडाइ गर्नुपर्छ भनेका छन् । बुधबार सार्वजनिक गरेको मौद्रिक नीतिमा बैंकले यस्तो व्यवस्था गर्न लागिएको उल्लेख गरेको छ । अध्ययन, सामूहिक भ्रमण लगायतमा हुने विदेशी विनिमय खर्चलाई नियमन गर्न आवश्यक नीतिगत व्यवस्था गरिनेछु मौद्रिक नीतिमा उल्लेख गरिएको छ। नागरिकलाई अध्ययन गर्न कति खर्च लाग्ने तथा कहाँ भ्रमणमा...

  • २०७६ श्रावण ९, बिहिबार

    सात हजार लाभग्राहीलाई सूचीबाट हटाइने

    राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय काभ्रेपलाञ्चोकले जिल्लामा रहेका सात हजार भूकम्प लाभग्राहीलाई सूचीबाट हटाउने तयारी गरेको छ । भूकम्प गएको चार वर्ष बितिसक्दासमेत लाभग्राहीको सूचीमा परेर सम्झौता गर्न नआएका कारण त्यस्ता लाभग्राहीलाई सूचीबाट नै हटाउने तयारी गरिएको हो । काभ्रेपलाञ्चोक जिल्लामा त्यसरी लाभग्राहीको सूचीमा परेर...

  • २०७६ श्रावण ९, बिहिबार

    चोरी सिकार शून्य

    कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जासुसी क्यामेरा जडान गरिएपछि चोरी सिकार शून्य भएको छ । निकुञ्जका चोरी सिकार हुनसक्ने सम्भावित दुई दर्जन बढी ठाउँमा क्यामेरा राखिएका छन् । “गत वर्ष क्यामेराकै सहायताले चोरी सिकारमा संलग्न तीन जनालाई समात्न सकेका थियौँ”, निकुञ्जका सहायक संरक्षण अधिकृत शैलेन्द्र चौधरीले भन्नुभयो, “क्यामेराको प्रभावकारिताका कारण यस वर्ष चोरी सिकारका मुद्दा शून्यमा झरेका छन्...

  • २०७६ श्रावण ९, बिहिबार

    अझै आइपुगेन ‘मास प्रिन्टर’

    ‘स्मार्ट चालक अनुमतिपत्र’ वितरणमा रहेको ढिलाइ हटाउन सरकारले खरीद प्रक्रिया अघि बढाएको ‘मास प्रिन्टर’ अझै आइपुगेको छैन । सरकारले ‘ग्लोबल टेण्डर’मार्फत गत वर्ष नै सो उपकरण खरीद प्रक्रिया अघि बढाएको हो । सम्झौता अवधि गत आइतबार सकिएको छ । तोकिएको अवधिमा प्रिन्टर नआएपछि ठेकेदार कम्पनीलाई नियमितरुपमा घच्घचाइरहेको यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बताउनुभयो । विभागले मद्रास...

  • २०७६ श्रावण ९, बिहिबार

    आयआर्जनका लागि बिरुवा वितरण

    वातावरण संरक्षण एवं स्थानीय बासिन्दाको थप आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यका साथ पोखरा महानगरपालिका–२४ स्थित बडरे क्षेत्रमा निःशुल्क बिरुवा वितरण गरिएको छ । लायन्स क्लब अफ पोखरा लेकसाइडद्वारा तरकारी, फलफूल तथा घाँसलगायत विभिन्न जातका एक हजार २५० वटा बिरुवा वितरण गरिएको हो । सो अवसरमा एभोकाडो, कागती, कफी, लप्सी, तेजपत्ता, निमारो, बकाइनो, अम्बा, कुरिलो, चाँप, कपुर, शीतल, चिनीलगायतका रु ५५...

  • २०७६ श्रावण ९, बिहिबार

    तनाव कम गर्न योग शिविर

    नेपाली काँग्रेस चितवनले आफ्ना नेता तथा कार्यकर्ताहरुको तनाव व्यवस्थापनका लागि दुईदिने राजयोग शिविर आज सम्पन्न गरेको छ । पछिल्लो समय मानसिक तनावका कारण समाजमा हुने सामाजिक घटनाहरुलाई न्यूनीकरण गर्दै आफूलाई असल नेताका रुपमा उभ्याउन सहज हुने भन्दै यो शिविर सञ्चालन गरिएको हो । काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले तनावले कसैलाई पनि फाइदा नहुने भएकाले तनावको व्यवस्थापन गर्दै सिङ्गो पार्टीसँगै...

  • २०७६ श्रावण ९, बिहिबार

    बैंकको सुन ठगीका आरोपीसँग २५ लाख धरौटी माग

    सिटिजन्स बैंक लिमिटेड नेपालगञ्ज शाखामा भएको नक्कली तथा कम तौलको सुन धितो काण्डमा बैंकका प्रबन्धकसहित सात जनासँग जनही रु २५ लाख धरौटी माग गरिएको छ ।उच्च अदालत तलसीपुर–नेपालगञ्जले सात जनाउपर जनही रु २५ लाखका दरले धरौटी माग गरेको हो । बैंकमा सुन धितो राखेर रकम निकाल्ने चार तथा बैंकका प्रबन्धक विवेक स्वाँर, सहायक प्रबन्धक शङ्कर जोशी, खजाञ्ची ज्योति सुनार, सुन धितो राख्ने ईश्वर सुनार, रमेश सुनार, दीपक...

  • २०७६ श्रावण ९, बिहिबार

    तरकारीको मूल्यवृद्धि, उपभोक्ता मारमा

    पछिल्लो दुई हप्तायता यहाँ तरकारीको मूल्य आकाशिएपछि उपभोक्ता मारमा परेका छन् । तरकारीमा भएको मूल्यवृद्धिसँगै विपन्न परिवारलाई साँझ बिहान के तरकारी खाने भन्ने चिन्ता बढेको छ । दुई हप्ताअघिसम्म प्रतिकिलो रु ८० पर्ने भिन्डी अहिले रु १०० पुगेको छ भने सिमी रु ६० बाट ९० पुगेको छ । यस्तै मूल्य बढेर नयाँ आलु रु ५५, पुरानो आलु रु ३५, प्याज रु ६०, लौका रु ७०, तानेबोडी रु १४०, काउली रु १२०, भेडेखुर्सानी रु...

  • २०७६ श्रावण ९, बिहिबार

    वीरेन्द्रनगरलाई ‘साइकल सिटी’ बनाइने

    वीरेन्द्रनगरलाई वातावरणमैत्री बनाउन तथा कार्बन उत्सर्जनमा कमी ल्याउन कर्णाली प्रदेश सरकारले साइकललाई प्रोत्साहित गरको छ । वीरेन्द्रनगरलाई ‘साइकल सिटी’ का रुपमा विकास गराउने ध्येयका साथ सरकारको नीति, बजेट तथा कार्यक्रममा साइकललाई प्रोत्साहन गर्ने उल्लेख छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १० थान साइकल खरीद गरेको हो । गत वर्ष पाँच वटा र यस वर्षको १० वटा गरी १५ थान साइकल सरकारले...

Pages