relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ श्रावण ८, बुधबार

    लोकसेवाको विज्ञापनबारे सरकारको स्पष्ट दृष्टिकोण माग

    लोकसेवा आयोगको पछिल्लो विज्ञापनको विषयलाई लिएर गरिएको आन्दोलनका बारेमा सांसदहरुले राष्ट्रियसभाको आजको बैठकमा सरकारको स्पष्ट धारणा माग गर्नुभएको छ । आयोगले गत जेठ १५ गते स्थानीय तहका लागि विभिन्न सेवा र समूह छुट्याएर प्राविधिक र अप्राविधिक पदमा जम्मा नौ हजार १६१ जनाको खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्तिको विज्ञापन गरेपछि संविधान, कानून तथा सामाजिक न्यायको सिद्धान्तको प्रतिकूल सो विज्ञापन भएको भन्दै...

  • २०७६ श्रावण ८, बुधबार

    मार्तडी–कोल्टी सडक खुलेन

    बाजुरा जिल्लाको पूर्वी उत्तरी भेग जोड्ने मार्तडी–कोल्टी सडक अविरल वर्षाका कारण अवरुद्ध भएको दुई साता बित्दा पनि खुलेको छैन । लगातारको वर्षाका कारण उक्त सडकसहित विभिन्न ग्रामीण सडक अवरुद्ध बनेका छन् । मार्तडीबाट कोल्टीसम्म दैनिकरूपमा सञ्चालन हँुदै आएका सवारीसाधन ठप्प भएका छन् । मार्तडी–कोल्टी सडक अवरुद्ध बनेपछि उत्तरी भेगका स्थानीयवासी पैदलयात्रा गर्न बाध्य छन् । दैनिकरूपमा पानी पर्न थालेपछि...

  • २०७६ श्रावण ८, बुधबार

    बाढीपहिरो, डुबानको पूर्वतयारी गर्न सांसदको माग

    पूर्वतयारी नगर्दा बाढीपहिरोले धेरै क्षति भएको बताउँदै सांसदहरुले व्यवस्थित रुपमा पूर्वसूचना प्रणाली विकास गरी क्षति कम गरिनुपर्नेमा जोड दिनुभएको छ । सङ्घीय संसद् राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले विकास निर्माणका काम प्राविधिक अध्ययन बिना गर्ने गरिएकाले पनि बाढीपहिरोले बढी क्षति हुने गरेको सांसदहरुको भनाइ थियो । सांसद दिलकुमारी रावल थापा ९पार्वती०ले असार २६ गतेपछिको अविरल वर्षाले आएको...

  • २०७६ श्रावण ८, बुधबार

    कमलमा जोन र पकेट विस्तार हुने

    झापाको कमल गाउँपालिकाले कृषि क्षेत्रको व्यावसायिक विकासका लागि विभिन्न कृषि उपजको जोन र पकेट विस्तार गर्ने भएको छ । कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर गाउँपालिकाले चालू आर्थिक वर्षदेखि ‘अध्यक्ष कृषि पकेट कार्यक्रम’ सञ्चालन गर्न लागेको हो । उक्त कार्यक्रममार्फत कृषिमा आधुनिकीकरण गरिने गाउँपालिकाले जनाएको छ । ‘कृषिको विकास कमल गाउँपालिका निकास’ भन्ने नाराका साथ कृषि क्षेत्रलाई पहिलो...

  • २०७६ श्रावण ८, बुधबार

    मनसुन पुनः सक्रिय, देशभर भारी वर्षाको सम्भावना

    केही दिनदेखि कमजोर रहेको मनसुन आजबाट पुन ः सक्रिय भएको छ । मनसुनी न्यूनचापीय रेखा तराईमा अवस्थित रहेकाले आज देशभर भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनचापीय रेखा नेपाल प्रवेश गरेको र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय हावाको प्रभावले आज देशको धेरैजसो स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसमविद् विभुतै पोखरेलले बताउनुभयो । “मनसुनी...

  • २०७६ श्रावण ८, बुधबार

    दलित १२ परिवारको निःशुल्क स्वास्थ्य बीमा

    कास्कीको माछापुच्छ«े गाउँपालिका–३ घाचोकस्थित परियारटोलका १२ दलित घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गरिएको छ । लायन्स क्लब अफ पोखरा मिडटाउन र वाराही टाउनले संयुक्तरूपमा सो टोलका गरीब तथा विपन्न अवस्थाका उनीहरुको स्वास्थ्य उपचारमा सहयोग पु¥याउने उद्देश्यले एक वर्षको बीमा गराएका हुन् । गण्डकी प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले स्थानीय सुरेश परियारलाई बीमाकार्ड हस्तान्तरण गर्दै ‘सुखी नेपाल समृद्ध...

  • २०७६ श्रावण ८, बुधबार

    ‘बाढी, पहिरोको दीर्घकालीन समाधान खोज्नुपर्छ’

    सांसद्ले समस्या आएपछि मात्र समाधान खोज्नेभन्दा पनि बाढी, पहिरो र डुबानजस्ता विपत् व्यावस्थापसम्वन्धी दीर्घकालीन समाधान खोज्नुपर्ने माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा मुलुकको विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिको विवरण लिने र राहतका कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा प्रस्तुत भएको “जरुरी सार्वजनिक महत्वको प्रस्ताव” माथिको छलफलमा भाग लिँदै सांसदले विपत्...

  • २०७६ श्रावण ८, बुधबार

    राजश्वमा उल्लेखनीय वृद्धि

    आन्तरिक राजश्व कार्यालय विराटनगरले गएको आर्थिक वर्षमा कूल रु सात अर्ब १३ करोड ७८ लाख २४ हजार राजश्व सङ्कलन गरेको जनाएको छ । कार्यालयले सो अवधिमा कूल रु छ अर्ब ४१ करोड ८१ लाख १३ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । आर्थिक वर्ष २०७४र७५ मा कूल रु पाँच अर्ब २१ करोड ४२ लाख तीन हजार राजश्व सङ्कलन भएको थियो । तुलनात्मक रूपमा अघिल्लो आर्थिक वर्षभन्दा गएको आर्थिक वर्षमा रु एक अर्ब ९२ करोड ३६ लाख...

  • २०७६ श्रावण ८, बुधबार

    केरूङ पास लिने १० हजार नाघे

    नेपाल चीन सीमाको केरूङसम्म जान पाइने सीमा परिचयपत्र लिने रसुवाली दश हजार नाघेका छन् । अध्यागमन कार्यालय रसुवाका अनुसार हालसम्म परिचयपत्र लिनेको सङ्ख्या १० हजार ६३० पुगेको छ । यस्तोे परिचयपत्र लिनेमा जिल्लाका उत्तरगया, कालिका, नौकुण्ड, गोसाइँकुण्ड र आकाछोदिङ्मो गाउँपालिकामा स्थायी बसोबास गरिआएका र सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोकलगायत विभिन्न जिल्लाबाट बसाइँ सरिआएका नागरिक रहेको बताइएको छ ।...

  • २०७६ श्रावण ८, बुधबार

    नगरबस सञ्चालन गर्दै उपमहानगरपालिका

    नेपालगञ्ज उपमहानगरपालिकाले महिलामैत्री लिकाबस सञ्चालनको तयारी गरेको छ । करीब रु साढे तीन करोडमा साता बस खरीद गरी सञ्चालनका लागि कार्यविधि निर्माणकार्य भइरहेको उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले जानकारी दिनुभयो । उहाँका अनुसार, उपमहानगरपालिकाले ई–बिडिङमार्फत साना तीन बस रु एक करोड २९ लाख ७४ हजार ७०० र ठूला चार बस रु दुई करोड १५ लाख ७६ हजारमा खरीद गरेको हो । खरीद गरिएका बस एक...

  • २०७६ श्रावण ८, बुधबार

    सरकारी धर्मशाला व्यक्तिको कब्जामा

    जिल्लामा भएको सयौँ सरकारी धर्मशाला पछिल्लो समय केही व्यक्तिले आफ्नो व्यक्तिगत प्रयोजनमा प्रयोग गरिरहेको पाइएको छ । यसरी सरकारी धर्मशाला वर्षौंदेखि व्यक्तिले प्रयोग गरिरहेको भए पनि सम्बन्धित निकायले कुनै पहल नचालेको स्थानीयको आरोप छ । त्यस्तै कतिपय धर्मशालाको उचित संरक्षण नहुँदा वर्षेनी भत्किने तथा जीर्ण बन्दै गएकोप्रति स्थानीयले दुखेसो पोख्ने गरेका छन् । यसै सिलसिलामा जिल्लाको दिपायल सिलगढी...

  • २०७६ श्रावण ८, बुधबार

    कान्जिहाउस बनाउँदै रत्ननगर

    रत्ननगर नगरपालिकाले छाडा चौपाया राख्नका लागि कान्जिहाउस निर्माण अन्तिम चरणमा पु¥याएको छ । रत्ननगर नगरपालिका–१६ भूतियाखोलाको छेउमा कान्जिहाउस निर्माण गरिएको हो । नगरपालिका प्रमुख नारायण वनका अनुसार साउन मसान्तसम्ममा पहिलो चरणको काम सकेर छाडा चौपाया राख्न शुरु गरिनेछ । झण्डै एक बिघा जमीनलाई तारबार गरी त्यसभित्र टहरा, टौवा, पानीको व्यवस्था, हेरालु बस्ने ठाउँ निर्माण गरिँदैछ । मुख्यरूपमा दूध दिन...

Pages