राष्ट्रिय
-
२०७६ श्रावण ६, सोमबार
हलेसी मन्दिर परिसरको पदमार्ग गुणस्तरहीन बन्दै
हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल खोटाङको हलेसी मन्दिर परिसरमा निर्माणाधीन पदमार्ग गुणस्तरहीन बन्दै गएको छ । उपभोक्ता समितिमार्फत निर्माणको काम थालिएको मन्दिरको उत्तर–पश्चिम भेगमा निर्माणाधीन पदमार्ग गुणस्तरहीन बन्दै गएको हो । पर्यटन मन्त्रालयमार्फत प्रदेश नं १ सरकारले विनियोजन गरेको रु ३० लाख बजेटबाट निर्माण शुरु गरिएको पदमार्ग निर्माण सम्पन्न नहुँदै भासिएको छ । छेउपट्टि फलामे रेलिङ...
-
२०७६ श्रावण ६, सोमबार
विकासनिर्माणमा कामपा बेखबर
काठमाडौँका तीन स्थानमा निर्माण भएका सडक केही समयमै उप्केको भनी महानगरपालिकामा उजुरी प¥यो । काठमाडौँ महानगरपालिकाका तीन फरकफरक वडामा भएका सडक निर्माणमा समस्या के थियो भन्ने बुझ्दा ती तीनै ठाउँमा कामपाले सडक निर्माण नगरेको पाइएको थियो । सङ्घीय सरकारले सडक निर्माण गरेको भए पनि कामपाभित्रको सडक भएकाले स्थानीयवासीले महानगरमा नै गुनासो गर्न आएका थिए । कामपाले गत आवमा महाराजगञ्ज, चाबहिललगायत स्थानमा...
-
२०७६ श्रावण ६, सोमबार
वालिङ नगरपालिकामा स्तनपान कक्ष सञ्चालन
स्मार्ट सिटीको अवधारणा ल्याएको वालिङ नगरपालिकाले कार्यालयभित्र स्तनपान कक्ष सञ्चालन गरेको छ । नगरपालिकामा विभिन्न कामका लागि आउने सेवाग्राही महिला तथा महिला कर्मचारीलाई लक्ष गरी कार्यालयभित्र सो कक्ष सञ्चालन गरिएको हो ।कार्यालयमा सेवा लिन आउने महिला सेवाग्राहीले सार्वजनिक स्थलमा शिशुलाई स्तनपान गराउन लाज मान्ने गरेकाले उक्त कार्यालयले स्तनपान कक्ष निर्माण गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत...
-
२०७६ श्रावण ६, सोमबार
सूर्यमुखी खेतीबाट राम्रो उत्पादन भएपछि कृषक उत्साहित
पाल्पामा सूर्यमुखी खेतीबाट राम्रो उत्पादन लिन थालेपछि कृषक उत्साहित भएका छन् । निस्दी गाउँपालिका वडा नं ४ मित्याल मुढाबासका किसानले परम्परागतरुपमा लगाउँदै आएको मकै खेती छाडेर उक्त खेती गरेकामा पहिलोपटक राम्रो उत्पादन भएको हो । उक्त गाउँपालिकाको कृषि शाखाको अनुदान र कृषकको मेहनतमा बुढावासका करीब ४५ कृषकले १७२ रोपनी भिरालो जग्गामा सूर्यमुखी लगाएको कृषक पदम खाम्चाले बताउनुभयो । उहाँले सूर्यमुखीलाई...
-
२०७६ श्रावण ६, सोमबार
मनसुनी न्यूनचापीय रेखा पुनः हुँदा भारी वर्षाको सम्भावना
मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिण भू–भागमा अवस्थित रहेकाले आगामी तीन दिन देशभर मध्यमदेखि भारी वर्षा हुनसक्ने जनाइएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङले यो समयमा मनसुनी ‘ट्रफ’ कहीले तल कहिले माथि भइरहने जानकारी दिँदै न्यून चापीय रेखा जहाँ रहन्छ त्यहाँ भारी वर्षा हुने बताउनुभयो । केही दिनअघि दक्षिण सरेको न्यूनचापीय रेखा सोमबार पुनः नेपाल प्रवेश गरेको र बुधबारसरम्म...
-
२०७६ श्रावण ६, सोमबार
पोखरा लेकसाइड २४सै घण्टा खुला गर्न माग
पोखराको लेकसाइडमा पर्यटकको चाहनालाई ध्यानमा राख्दै २४सै घण्टा खुला गरी सरकारले शान्ति सुरक्षाको प्रत्याभूत गरे व्यवसाय सञ्चालन गर्न सकिने व्यवसायीले बताएका छन् । नेपाल भ्रमण वर्ष सन् २०२० सफल पार्न सरकारले देशका प्रमुख तीन पर्यटकीय गन्तव्य काठमाडौँको ठमेल, चितवनको सौराहा र पोखराको लेकसाइडलाई चौबिसै घण्टा खुल्ला गर्ने गरी तयारी अगाडि बढाएको छ । सो विषयमा जिल्ला प्रशासन कार्यालय कास्कीले...
-
२०७६ श्रावण ५, आइतबार
बाढीपीडितलाई राहत वितरण
उदयपुर जिल्लाको सबैभन्दा बढी बाढीपीडित क्षेत्र बन्न पुगेको बेलका नगरपालिका वडा नं १ र २ का पीडित परिवारका लागि बेलका नगरपालिका र जिल्लाका विभिन्न गैरसकारी सङ्घसंस्थाले राहत वितरण शुरु गरेका छन् । शनिबार उदयपुर प्रदेश नं १ का प्रदेशसभा सदस्य, नेपाल रेडक्रस र बेलका नगरपालिकाका प्रतिनिधिको उपस्थितिमा तपेस्वरी तथा आम्वासी क्षेत्रका दुई दर्जन बाढीपीडित घरपरिवारका लागि राहत वितरणकार्य सम्पन्न भएको छ ।...
-
२०७६ श्रावण ५, आइतबार
विदेशिएका युवा पशुपालनमा आकर्षितः दूधको मूल्यवृद्धि नहुँदा निरुत्साहित
वैदेशिक रोजगारबाट फर्केपछि माथागढी गाउँपालिका–२ रुप्सेका कृष्णप्रसाद भट्टराईले गाउँमै बसेर पशुपालन व्यवसाय शुरु गर्ने योजना बनाउनुभयो । छिमेकीले दूध बिक्री गरी मनग्य आम्दानी गरेको देखेपछि उहाँले पनि वैदेशिक रोजगारी छाडेर २०७० सालमा उन्नत जातको एउटा गाईबाट व्यवसाय शुरु गर्नुभयो । पछि विस्तारै क्रमिक रुपमा गाईको सङ्ख्या बढाउँदै जानुभयो । गाईपालन व्यवसाय उहाँका लागि आम्दानीको भरपर्दो आधार बन्यो ।...
-
२०७६ श्रावण ५, आइतबार
इजलासकक्ष नहुँदा न्याय सम्पादनमा समस्या
बाँकेमा स्थानीय तहमा न्यायिक समितिको लागि इजलासकक्षको व्यवस्था नहुँदा न्याय सम्पादनमा समस्या देखिएको छ । बाँकेको आठ स्थानीय तहमध्ये सात स्थानीय तहमा न्याय सम्पादनका लागि छुट्टै इजलासकक्ष नहुँदा न्याय सम्पादनमा कठिनाइ हुने गरेको बाँकेका न्यायिक समितिका संयोजकको गुनासो छ । जिल्लाको एकमात्र नेपालगञ्ज उपमहानगरपालिकामा इजलासको व्यवस्था रहेको छ भने बाँकी सात स्थानीय तहमा न्याय सम्पादनका लागि इजलास...
-
२०७६ श्रावण ५, आइतबार
उपराष्ट्रपति पुन स्वागत समारोहमा
उपराष्ट्रपति नन्दबहादुर पुन इजिप्टको स्वतन्त्रता दिवसका अवसरमा आज अपराह्न ललितपुुरमा आयोजित स्वागत समारोहमा सहभागी हुनुुभयो । नेपालका लागि इजिप्टका राजदूत इमन मोस्तफले आयोजना गर्नुभएको उक्त समारोहमा प्रधानसेनापति पूूर्णचन्द्र थापा, राजधानीस्थित कूूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका वरिष्ठ अधिकृत, उद्योगपति, व्यापारी तथा वरिष्ठ सञ्चारकर्मीको उपस्थिति थियो । राष्ट्रिय दिवसकै सन्दर्भ...
-
२०७६ श्रावण ५, आइतबार
सात हजार ८०० घरधुरीको पुनः जाँच सर्र्वेक्षण
तनहुँ जिल्लाका सात हजार ८३५ घरधुरीको छुट तथा पुनः जाँच सर्वेक्षण गरिएको छ । भूकम्पपीडितको लाभग्राहीमा नपरेका सर्वसाधारणको गुनासोको आधारमा तनहुँ जिल्लामा वैशाख १९ गतेदेखि शुरु भएको छुट तथा पुनः जाँच सर्वेक्षणमा १० स्थानीय तहका सात हजार ८३५ घरधुरीको सर्वेक्षण सकिएको जिल्ला आयोजना कार्यान्वयन एकाइ ९अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार० तनहुँले जनाएको छ । जिल्लाका १० स्थानीय तहका नौ हजार ७९२...
-
२०७६ श्रावण ५, आइतबार
महीनामा एक पटक कलेजो प्रत्यारोपण गरिने
भुवन विश्वविद्यालय, शिक्षण अस्पतालले पहिलो चरणमा महीनामा एकपटक कलेजो प्रत्यारोपण गर्ने लक्ष्य लिएको छ । अस्पतालका प्रा डा रमेशसिंह भण्डारीको नेतृत्वमा गत जेठ १७ मा पहिलो र यही साउन ३ गते दोस्रो कलेजो प्रत्यारोपण कार्य सम्पन्न भएको थियो । “कलेजो उपचार तथा प्रत्योपणका लागि विदेश जाने बाध्यतालाई अन्त्य गर्ने लक्ष्य रहेको छ ”, अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्काले भन्नुभयो ।...


