राष्ट्रिय
-
२०७६ श्रावण ३, शुक्रबार
जोखिम बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिने
पर्वत जिल्लामा बाढी र पहिरोको उच्च जोखिममा रहेका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिने भएको छ । जिल्ला विपद् व्यवस्थापन समिति पर्वतको बैठकले जोखिममा रहेका व्यक्ति र बस्तीहरुलाई स्थानीय तहले सुरक्षित स्थानमा स्थानान्तरण गर्ने निर्णय गरिएको हो । नदी किनारका बस्ती, पहिरोको जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण नगर्दासम्म सधैँ जोखिममा रहने भएकाले जोखिम पहिचान भएका बस्ती र...
-
२०७६ श्रावण ३, शुक्रबार
कूल रु ४७ अर्बभन्दा बढी राजश्व सङ्कलन
आर्थिक वर्ष २०७५÷७६ मा कूल रु ४७ अर्ब २४ करोड ३४ लाख राजश्व सङ्कलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालय विराटनगरले जनाएको छ । सङ्घअन्तर्गत रहेका सो कार्यालयमा अघिल्लो आवमा रु ४० अर्ब ४० करोड ४० लाख राजश्व सङ्कलन भएको थियो । तुलनात्मकरुपमा अघिल्लो आर्थिक वर्षभन्दा १७ प्रतिशत राजस्व बढी सङ्कलन भएको कार्यालय प्रमुख किशोर बरालले जानकारी दिनुभयो । गएको आवमा कूल रु ३० अर्ब ८४ करोड ७५ लाख वार्षिक बजेटमा...
-
२०७६ श्रावण ३, शुक्रबार
मेची भन्सारको राजश्व लक्ष्यभन्दा कम
मेची भन्सार कार्यालय झापाले गत आव २०७५÷७६ मा लक्ष्यको तुलनामा १५ प्रतिशतले राजश्व सङ्कलनमा कमी भएको जनाएको छ । भारतको कोलकाताबाट आयात हुने कोइला, क्लिङ्कर गत चैतबाट ठप्प भएको र बङ्लादेशबाट आउने जुससमेत राजश्व वृद्धि भएको भन्दै व्यापारीहरुले ल्याउन बन्द गरेपछि राजश्व सङ्कलनमा कमी आएको प्रमुख भन्सार अधिकृत टेकनारायण अर्यालले बताउनुभयो । भन्सारले गत आवका लागि रु ११ अर्ब ८२ करोड ६१ लाख एक हजार राजश्व...
-
२०७६ श्रावण ३, शुक्रबार
बाढीबाट ८१ लाख मूल्यको बिरुवा नष्ट
अविरल वर्षाका कारण महोत्तरीमा आएको बाढीबाट रु ८१ लाख १४ हजार ८०० मूल्य बराबरको बिरुवा नष्ट भएको छ । डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख हेमन्तप्रसाद साहका अनुसार जिल्लामा बाढीले विभिन्न नर्सरीमा लगाइएका छ लाख ५२ हजार ९५० बिरुवा नष्ट भएको हो । रातु, विग्ही, मरहा, जङ्घा, अङ्कुशी नदीमा आएको बाढीले जलेश्वर नगरपालिका–९, बलवा, भङ्गहा नगरपालिका–४, जलेश्वर नगरपालिका–४ मा रहेका वन नर्सरीमा बिरुवा एकवर्षे...
-
२०७६ श्रावण ३, शुक्रबार
तरकारीको मूल्य अनियन्त्रित भएसँगै बिहानै कालीमाटी र बल्खुमा अनुगमन
सरकारले काठमाडौँ उपत्यकामा तरकारीको मूल्य अस्वभाविकरूपमा वृद्धि भएको जनगुनासो आएसँगै कालीमाटी र बल्खुस्थित तरकारी तथा फलफूल बजारको अनुगमन गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निरीक्षण अधिकृतको नेतृत्वमा आज बिहानै ४ बजेदेखि उक्त तरकारी बजारको अनुगमन गरिएको हो । अनुगमनका लागि दुई टोली खटिएको विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिनुभयो । राजधानीमा रहेका ठूला तरकारी बजारमा...
-
२०७६ श्रावण ३, शुक्रबार
पर्यटनको विकासबाटै प्रदेशको समृद्धि सम्भव ः मुख्यमन्त्री पोखरेल
प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पर्यटन क्षेत्रको विकासबाटै प्रदेशको समृद्धि सम्भव भएको बताउनुभएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रकाशन गरेको ‘पर्यटन गाइड’ पुस्तकको आज यहाँ विमोचन गर्दै उहाँले यो वर्ष पर्यटनलाई केन्द्रित गरेर पूर्वाधार निर्माणमा विशेष जोड दिने सरकारको योजना रहेको बताउनुभयो । “प्रदेशका महत्वपूर्ण गन्तव्यसम्म पुग्नका लागि सडक पूर्वाधारमा लगानी गर्दैछाँै...
-
२०७६ श्रावण २, बिहिबार
विज्ञापन खारेजी माग गर्दे लोकसेवा अगाडि प्रदर्शन
लोकसेवा आयोगले स्थानीय तहका लागि खोलेको विज्ञापन खारेजीको माग गर्दै आदिवासी जनजाति महासंघ लगायतका संघसंस्थाले आयोग कार्यालय अगाडि प्रदर्शन गरेका छन्। विज्ञापन समावेशी र समानुपातिक नभएको भन्दै लोकसेवा आयोगको अनामनगरस्थित केन्द्रीय कार्यालय अगाडि बिहीबार बिहान प्रदर्शन गरेका हुन् । आयोगले गत असारमा गरेको विज्ञापनको परीक्षा सुरु हुन एक दिनअगाडि त्यसको खारेजी माग गर्दै प्रदर्शन गरेका हुन् । आयोगले ५...
-
२०७६ श्रावण २, बिहिबार
राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता
प्रतिपक्षी दलका सांसदहरुले बाढी, पहिरो र डुबानबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतको कामकारवाही सम्बन्धमा जानकारी लिई आवश्यक निर्देश गर्नुपर्ने भन्दै राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउनुभएको छ । केही दिनअघिको अविरल वर्षाका कारण मुलुकभर ठूलो जनधनको क्षति भएको र अत्यावश्यक सेवा अवरुद्ध भएको अवस्थामा तीनै तहका सरकारलगायत विभिन्न राजनीतिक दल एवं सङ्घसंस्थाबाट भएका र हुने...
-
२०७६ श्रावण २, बिहिबार
जिल्लामै पहिलो स्तनपान कक्ष स्थापना
पश्चिम नवलपरासीस्थित सरकारी कार्यालयमा महिला सेवाग्राहीलाई लक्षित गरी पहिलो पटक स्तनपान कक्ष स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्लामै पहिलो पटक गोप्य स्तनपान कक्ष स्थापना गरी प्रयोगमा ल्याएको हो । कार्यालयमा सेवा लिन आउने महिला सेवाग्राहीहरुको समस्यालाई मध्यनजर गर्दै उक्त कक्ष स्थापना गरिएको हो । महिला सेवाग्राहीलाई सार्वजनिक रुपमै आफ्ना बालबच्चालाई स्तनपान गराउन असहजता हुने भएकाले...
-
२०७६ श्रावण २, बिहिबार
मूर्ति तोडफोड
राजमार्गमा स्थापना भएका बुद्धका मूर्ति अज्ञात समूहले तोडफोड गरी क्षति पु¥याएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गको बीच भागमा स्थापना गरिएका मूर्तिमध्ये नयाँमिलदेखि शङ्करनगर क्षेत्रका पाँच वटा मूर्ति गए राति अज्ञात समूहले तोडफोड गरेको नगरपालिकाले जनाएको छ । मूर्ति तोडफोड घटनाबारे नगरपालिकाका तर्फबाट जिल्ला सुरक्षा निकायलाई जानकारी गराइसकिएको नगरपालिकाका प्रवक्ता सुरेन्द्र...
-
२०७६ श्रावण २, बिहिबार
दूध उत्पादक कृषकलाई प्रोत्साहन रकम
डुम्रे दुग्ध उत्पादक सहकारी संस्था पाल्पाले दूध उत्पादन गर्ने कृषकलाई प्रोत्साहन रकम वितरण गरेको छ । उत्पादनमा आधारित कृषक प्रोत्साहन कार्यक्रमअन्तर्गत सहकारीमा दूध बिक्री गर्ने पाँच सय कृषकलाई प्रोत्साहन रकम वितरण गरेको हो । आर्थिक वर्ष २०७५÷०७६ मा सहकारीमा दूध बिक्री गर्ने कृषकलाई प्रतिलिटर एक रुपैयाँ ९२ पैसाका दरले रकम प्रदान गरिएको छ । दूध उत्पादनमा प्रोत्साहन गर्ने उद्देश्यले प्रदेश सरकारबाट...
-
२०७६ श्रावण २, बिहिबार
डिजिटल प्राविधिबाट काम शुरु
कुशे गाउँपालिकाले दर्ता, चलानी र अन्य अभिलेखका कामहरु सबै कम्प्यूटर प्रणालीबाट शुरु गरेको छ । कम्प्यूटर प्रणालीबाट कार्यालयका सबै कामहरु गरिने यो गाउँपालिकाका सम्भवतः जिल्लामै पहिलो हो । चालू आर्थिक वर्षको साउन १ गतेदेखि लागू भएको अनलाइन तथा डिजिटल प्रविधिको माध्यमबाट दर्ता चलानी तथा योजना व्यवस्थापनका सबै काम सफ्टवेयरमार्फत शुरु गरेको दर्ता चलानी शाखा तथा कृषि प्राविधिक धिरेन्द्र बस्नेतले...


