राष्ट्रिय
-
२०७६ श्रावण २, बिहिबार
दूध उत्पादक कृषकलाई प्रोत्साहन रकम
डुम्रे दुग्ध उत्पादक सहकारी संस्था पाल्पाले दूध उत्पादन गर्ने कृषकलाई प्रोत्साहन रकम वितरण गरेको छ । उत्पादनमा आधारित कृषक प्रोत्साहन कार्यक्रमअन्तर्गत सहकारीमा दूध बिक्री गर्ने पाँच सय कृषकलाई प्रोत्साहन रकम वितरण गरेको हो । आर्थिक वर्ष २०७५÷०७६ मा सहकारीमा दूध बिक्री गर्ने कृषकलाई प्रतिलिटर एक रुपैयाँ ९२ पैसाका दरले रकम प्रदान गरिएको छ । दूध उत्पादनमा प्रोत्साहन गर्ने उद्देश्यले प्रदेश सरकारबाट...
-
२०७६ श्रावण २, बिहिबार
डिजिटल प्राविधिबाट काम शुरु
कुशे गाउँपालिकाले दर्ता, चलानी र अन्य अभिलेखका कामहरु सबै कम्प्यूटर प्रणालीबाट शुरु गरेको छ । कम्प्यूटर प्रणालीबाट कार्यालयका सबै कामहरु गरिने यो गाउँपालिकाका सम्भवतः जिल्लामै पहिलो हो । चालू आर्थिक वर्षको साउन १ गतेदेखि लागू भएको अनलाइन तथा डिजिटल प्रविधिको माध्यमबाट दर्ता चलानी तथा योजना व्यवस्थापनका सबै काम सफ्टवेयरमार्फत शुरु गरेको दर्ता चलानी शाखा तथा कृषि प्राविधिक धिरेन्द्र बस्नेतले...
-
२०७६ श्रावण २, बिहिबार
भन्सारले लक्ष्यअनुसार राजश्व सङ्कलन गर्न सकेन
कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले गत आर्थिक वर्षमा लक्ष्यअनुसार राजश्व सङ्कलन गर्न सकेन । आव ०७५÷७६ मा रु ४० करोड १२ लाख ६२ हजार राजश्व सङ्कलनको वार्षिक लक्ष्य लिएको भन्सारले रु ३६ करोड ६७ लाख राजश्व सङ्कलन गरेको छ । आर्थिक मसान्तको अन्तिमतिर भारतबाट तरकारी, चिनीलगायतका वस्तु कम भित्रिएकाले राजश्व सङ्कलनमा कमी आएको कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत भीमप्रसाद अधिकारीले बताउनुभयो...
-
२०७६ श्रावण २, बिहिबार
समयमा कार्यालयमा आउन मन्त्रीको निर्देशन
प्रदेश नं। ३ का सामजिक विकासमन्त्री युवराज दुलालले प्रदेश शिक्षा निर्देशनालयको आज अनुगमन तथा निरीक्षण गर्नुभएको छ । बिहान १०ः४० बजे प्रदेश शिक्षा निर्देशनालयमा पुग्नुहुँदा दुई जना कार्यालय सहयोगी मात्र भेटिएको उहाँले जानकारी दिनुभयो । मन्त्री दुलालका अनुसार १०ः४० बजेसम्म कार्यालय सहयोगीबाहेक प्रमुख, उपप्रमुखलगायत कोही पनि कर्मचारी कार्यालयमा आइपुगेका थिएनन् । अनुगमनका क्रममा अनुपस्थित रहेका नौ...
-
२०७६ श्रावण २, बिहिबार
कफी खेती शुरु
तनहुँको छिम्केश्वरीपछिको दोस्रो कर्णालीका रुपमा परिचित देवघाट गाउँपालिकाको बैदी ऋषिङथानमा कफी खेती थालिएको छ । समुन्द्री सतहबाट करीब एक हजार ६३० मिटर उचाइमा रहेको उक्त स्थानमा कफीको पकेट क्षेत्र बनाउने उद्देश्यअनुरुप कफी खेती थालिएको हो । घण्टाचुली पर्यटन क्षेत्र विकास समितिको सक्रियतामा देवघाट गाउँपालिकाको वडा नं १ र २ को सिमानामा पर्ने ऋषिङथानमा ५०० वटा कफीको बिरुवा लगाइएको छ । जिल्ला कफी...
-
२०७६ श्रावण २, बिहिबार
५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण
रूपन्देहीको सैनामैना नगरपालिकामा बुधबार विभिन्न कृषि उपकरण किसानलाई वितरण गरिएको छ । नगरपालिकाप्रमुख चित्रबहादुर कार्कीले नगरपालिकाको ५० प्रतिशत अनुदानमा किसानहरुलाई पाँच मिनी ट्रिलर, एक पावर ट्रिलर, एक रिपर र एक क्यूजल वितरण गर्नुभएको हो । सो अवसरमा नगरपालिकाप्रमुख कार्कीले किसानहरुलाई कृषि पेशामा प्रेरित गर्न अनुदानमा कृषि उपकरण वितरण भएको जानकारी दिनुभयो । “यहाँको कृषि क्षेत्रमा...
-
२०७६ श्रावण २, बिहिबार
जोखिमबाट फर्केका किशोरी तालीमबाट बने स्वरोजगार
कञ्चनपुरका जोखिमबाट फर्केका र पर्नसक्ने अवस्थाका २४ जना किशोरी व्यावसायिक तालीम लिएर स्वरोजगार भएका छन् । माइती नेपालले जोखिममा परेका किशोरीलाई व्यावसायिक तालीम दिई स्वरोजगार बनाएको हो । बेचबिखनको जोखिममा परेर फर्केका र जोखिममा पर्नसक्ने किशोरीलाई एडभान्स सिलाइकटाइ र होटेल मेनेजमेण्ट तालीम दिएर स्वरोजगार बनाइएको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताउनुभयो । “कञ्चनपुरका महाकाली,...
-
२०७६ श्रावण २, बिहिबार
प्रदेश प्रहरी कार्यालयलाई मोटरसाइकल
गण्डकी प्रदेश सरकारले प्रदेश प्रहरी कार्यालयलाई ७० लाख मूल्य बराबरका ३५ मोटरसाइकल हस्तान्तरण गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा बुधबार पोखरामा आयोजित एक कार्यक्रमका बीच प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश प्रहरी प्रमुख विनोद शर्मा घिमिरेलाई मोटरसाइकलको चाबी हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा मुख्यमन्त्री गुरुङले सुरक्षालाई सुदृढ तुल्याउन प्रदेश सरकारले...
-
२०७६ श्रावण २, बिहिबार
दाङमा १० हजार हेक्टर वन थप
अन्य जिल्लामा वन क्षेत्र मासिएको घटना सुन्नमा पाइन्छ तर पछिल्लो दुई दशकमा दाङको वन क्षेत्र बढेको छ । यो अवधिमा करीब १० हजार हेक्टर वन क्षेत्र बढेको जिल्ला वन कार्यालयले जनाएको छ । नदीले कटान गरिएको वन क्षेत्रमा वृक्षरोपण गरी स्थानीयवासीलाई सामुदायिक वनका रुपमा हस्तान्तरण गर्ने कार्यबाट जिल्लाको वन क्षेत्र बढेको डिभिजनल अधिकृत दीपक ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला वनले यस वर्षदेखि...
-
२०७६ श्रावण १, बुधबार
फोहर सङ्कलन गर्ने निजी संस्था दर्ता गर्दै महानगर
काठमाडौँ महानगरपालिकाले महानगरभित्र फोहर सङ्कलन गर्ने निजी संस्थाहरुलाई दर्ता गर्ने भएको छ । अहिलेसम्म निजी संस्थाले आफूखुशी फोहर सङ्कलन गर्दा एकातिर समन्वय नभएको र अर्कातिर राजश्व नआएको भन्दै महानगरले निजी संस्था दर्ता प्रक्रिया अघि बढाउन लागेको हो । अहिले निजी कम्पनीले दैनिक ८० देखि १०० टिपर फोहर सिसडोलमा विसर्जन गर्दै आएका छन् । उनीहरुले त्यसरी विसर्जन गरेको फोहरवापत काठमाडौँ महानगरपालिकालाई...
-
२०७६ श्रावण १, बुधबार
‘कतै बाढी त कतै खडेरी’
तराईका अधिकांश जिल्ला यतिखेर बाढीको डुबानमा छन् । ठाउँठाउँमा बाढीपहिरोको समस्या पनि उस्तै छ । नेपालको चेरापुञ्जीको रुपमा पनि चिन्ने गरिएको पोखरा र आसपासमा भने अझै पर्याप्त पानीको अभावमा कतिपय स्थानमा रोपाइँ नहुँदा खेत बाँझै छन् । कास्की जिल्लासहित समग्र गण्डकी प्रदेशमा पानी पर्याप्त नपर्दा साउन लागिसक्दा हालसम्म जम्मा ६५ प्रतिशत मात्र रोपाइँ भएको छ । मानो खाएर मुरी उब्जाउने विशेष समयका रुपमा...
-
२०७६ श्रावण १, बुधबार
सेनाले खोलेको सर्पदंश उपचार केन्द्रमा बिरामी चाप
नेपाली सेनाले सुदूरपश्चिमका दुई ठाउँमा स्थानीय नागरिकका लागि खोलेको सर्पदंश उपचार केन्द्रमा हिजोआज बिरामीको निकै घुइँचो लाग्न थालेको छ । सुदूरपश्चिम प्रदेशमा सरकारी सर्पदंश उपचार केन्द्र नभएपछि सेनाको सर्पदंश उपचार केन्द्रमा उपचार गराउन आउने सर्पदंशका बिरामीको घुइँचो लाग्न थालेको हो । सेनाको अस्पतालमा सर्पदंशका बिरामीका लागि आवश्यक पर्ने ‘एण्टीस्नेक भेनम’ पर्याप्त मात्रमा भएको र सो विषयमा दक्ष...


