relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ श्रावण १, बुधबार

    बाढीको कारण त्रियुगा नदीको पुल भत्कन थाल्यो

    पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कदमाहा हुँदै उदयपुर जिल्लाको सदरमुकाम गाईघाट जोड्ने गाईघाट– कदमाहा सडकखण्डअन्तर्गत गाईघाटको त्रियुगा नदीको पक्की पुलको पूर्वी भाग केही दिनअघि आएको निरन्तर वर्षा र बाढीका कारण अहिले भत्कन थालेको छ । चार दिन लगातारको वर्षा तथा बाढीका कारण त्रियुगा पुलको पूर्वीभागको छेउको पिलर र पिलरसँगै निर्माण भएका पर्खाल भत्कन थालेपछि पुल उच्च जोखिममा पर्न थालेको ट्राफिक...

  • २०७६ श्रावण १, बुधबार

    बोधिचित्त, फलफूलखेती प्रवद्र्धनमा जोड

    तामाङ समुदाय तथा चीनमा सामाजिक सांस्कृतिक एवं धार्मिक महत्व बोकेको बोधिचित्त बुद्धचित्त माला उत्पादनलाई तेमाल गाउँपालिकाले नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रममा उच्च प्राथमिकतामा राखेको छ । सुनभन्दा महँगो मानिने बोधिचित्त माला उत्पादन दक्षिण एशियामै काभ्रेपलाञ्चोकको तेमाल क्षेत्रमा हुने गरेको अध्ययनले समेत देखाएको छ । तेमालको पहिचान तथा आर्थिक स्रोतको रुपमा बोधिचित्त माला उत्पादनलाई नयाँ आर्थिक...

  • २०७६ श्रावण १, बुधबार

    युवालाई स्वरोजगार बनाउन बिनाधितो ऋण

    तानसेन नगरपालिकाले युवालाई स्वरोजगार बनाउन बिनाधितो ऋण प्रदान गर्न थालेको छ । नगरपालिकाले वडा नं। ८ का श्रवणकुमार लम्साललाई पाँच लाखको सहुलियत कर्जा प्रदान गर्न ‘अफर लेटर’ प्रदान गरेको हो । लम्सालले नेपाल बैंकबाट रु पाँच नगद पाउनेछन् । नगरपालिकाप्रमुख अशोककुमार शाही र नेपाल बैंक पाल्पाका प्रबन्धक सुरज घिमिरेले संयुक्त हस्ताक्षर गरिएको ‘अफर लेटर’ पाएपछि किसानले सहुलियत ब्याजदरमा कर्जा पाउन थालेका...

  • २०७६ श्रावण १, बुधबार

    महानगरबाट व्यवसाय करको आठ प्रतिशत निजी क्षेत्रलाई

    व्यवसाय कर सङ्कलनमा सहयोग पु¥याएका उद्योग वाणिज्य सङ्घ चितवन र उद्योग सङ्घ चितवनलाई भरतपुर महानगरपालिकाले उठेको करको हिस्सा प्रदान गरेको छ । महानगरपालिकाले उद्योग वाणिज्य सङ्घलाई सङ्कलित रकमको पाँच प्रतिशत र उद्योग सङ्घलाई तीन प्रतिशत उपलब्ध गराएको हो । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ को असार २२ गते सम्म व्यवसाय कर रु चार करोड ७६ लाख ६९ हजार ४१६ राजश्व सङ्कलन गरेको थियो । सोमध्येबाट...

  • २०७६ श्रावण १, बुधबार

    पर्यटक लोभ्याउँदै ‘रिमिघा लेक’

    प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको ‘रिमिघा लेक’मा पुगेपछि प्रकृतिसँग नरमाउने सायद कमै होलान् । यसको सुन्दरताले यहाँ पुग्ने जोकोहीको पनि मन लोभ्याइरहेको हुन्छ । हिमाल र पहाडको मनोरम दृश्य अवलोकन गर्न पाइने र प्राकृतिक सुन्दरताले भरिपूर्ण रिमिघा लेक पछिल्लो समय पर्यटकीय गन्तव्यस्थलका रुपमा चिनिन थालेको छ । लेकको फेदीसम्म पुग्ने सडक स्तरोन्नति गरेपछि अहिले यहाँ रमाउन आउने पर्यटकको सङ्ख्या बढ्दो छ...

  • २०७६ श्रावण १, बुधबार

    छरुवा धान खेतीप्रति आकर्षण

    कञ्चनपुरको बेलौरी नगरपालिका–६ हात्तीबोझाका किसान असारेराम बडायक छरुवा धान खेतीबाट बढी प्रतिफल हासिल हुन थालेपछि यसतर्फ आकर्षित हुनुभएको छ । खेतलाई हिल्याएर रोपाइँ गरी लगाइएको धान खेतीभन्दा छरुवा विधिबाट लगाइएको धान खेतीको उत्पादन १५ देखि २० प्रतिशत बढी हुन थालेको छ । गत वर्ष एक बिघा जग्गामा छरुवा विधिबाट हिर्दिनाथ धान खेती गरेका उहाँले ५६ बोरा धान उत्पादन गर्नुभएको थियो । “त्यही जग्गामा रोपाइँ...

  • २०७६ श्रावण १, बुधबार

    विकासका लागि सहकार्यमा मुख्यमन्त्री पौडेलको जोड

    प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विकासका लागि तीन वटै सरकारका बीचमा सहकार्य हुन आवश्यक रहेको बताउनु भएको छ । सरसफाइ तथा हरियाली प्रवद्र्धन कार्यक्रमको आज यहाँ शुभारम्भ गर्नुहुँदै उहाँले भौतिक विकास मात्र नभएर सामाजिक रुपान्तरणलाई पनि विकासको सूत्र बनाउन आवश्यक रहेको विचार व्यक्त गर्नुभयो । विकासलाई समृद्धिसँग जोड्नुपर्नेमा उहाँले जोड दिनुभयो । समाज परिवर्तन गराउनका लागि सरसफाइ तथा...

  • २०७६ श्रावण १, बुधबार

    सेवानिवृत्तलाई दोहोरो सुविधा दिनुहुन्नः समिति

    सांसद्ले निजामती सेवाबाट निवृत्त कर्मचारीले राष्ट्रको ढुकुटीबाट दोहोरो आर्थिक सुविधा लिन नपाउने कानूनी व्यवस्था गर्न सुझाव दिनुभएको छ । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि भइरहेको छलफलमा उहाँहरुले सेवानिवृत्तिपछि राजनीतिक नियुक्ति पाउने व्यक्तिले दोहोरो आर्थिक सुविधा लिन नपाउने कुरा कानूनमै उल्लेख...

  • २०७६ श्रावण १, बुधबार

    दाङमा पेट्रोलियम पदार्थ अभाव

    दाङमा पेट्रोलियम पदार्थ अभाव भएको छ । गत असार २६ गतेदेखि ढुवानी व्यवसायीले पेट्रोलियम पदार्थ ढुवानी नगर्दा जिल्लामा पेट्रोल तथा डिजेल अभाव भएको नेपाल आयल निगम तुलसीपुर वितरण केन्द्रले जनाएको छ । उक्त केन्द्रका सूचना अधिकारी सूर्यप्रसाद आचार्यका अनुसार आइतबार, सोमबार मङ्गलबार नौ–नौ हजार लिटर पेट्रोल आए पनि त्यो एकै छिनमा सकिएको थियो । जिल्लामा दैनिक ३२ हजार लिटर पेट्रोल खपत हुने भए पनि नौ– नौ...

  • २०७६ आषाढ ३१, मंगलबार

    नौ हजार ५६९ भूकम्प प्रभावितको पुनः जाँच गरियो

    जिल्लामा नौ हजार ५६९ भूकम्प प्रभावितको छुट तथा पुनः जाँच गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ भवन चितवनले दिएको जानकारीअनुसार कार्यालयमा आएका १० हजार निवेदनको पुनः जाँच गरी नौ हजार ५६९ जनाको लाभग्राहीका लागि सिफारिस गरिएको हो । केन्द्रले छानबिन गरी लाभग्राही भए नभएको टुङ्गो लगाउने छ । कार्यालयका इञ्जिनीयर सुवास न्यौपानेका अनुसार केन्द्रबाट पठाइएका पाँच हजार र...

  • २०७६ आषाढ ३१, मंगलबार

    गाउँमा विकास सँगै रोजगारी

    मंगला गाउँपालिका–३ बरंजाका मोहनलाल सापकोटा दैनिकजसो पदमार्ग निर्माणमा खटिनुहुन्छ । बरंजाको बाहुनपँधेरादेखि पर्यटकीय स्थल मालिका मन्दिर जाने पदमार्ग निर्माणका लागि बजेट आएपछि सापकोटा मात्रै होइन गाउँका तीन दर्जनभन्दा बढीले रोजगारी पाएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत भित्रिएको रु ५ लाख बजेटमध्येबाट पदमार्ग निर्माणको योजना अघि बढाइएको हो । मुलुक सङ्घीय संरचनामा रुपान्तरण भएसँगै विकास...

  • २०७६ आषाढ ३१, मंगलबार

    टेलिकमको ‘फाइवर टु दि होम’ सेवा शुभारम्भ

    नेपाल टेलिकम बागलुङले आफ्नो सेवालाई गुणस्तरीय तथा द्रुतगतिको इन्टरनेट सेवा प्रदान गर्नका लागि पूर्णतः फाइवर तारयुक्त बनाएको छ । बागलुङ बजारमा नमूनाको रुपमा कपर ९तामाको तार० को प्रयोग हटाई पूर्णतः फाइवर तारको प्रयोग गरी ‘फाइवर टु दि होम’ सेवा शुभारम्भ गरिएकोे नेपाल टेलिकम बागलुङले जनाएको छ । टेलिकमले एक वर्ष लगाएर प्रमुख लाइनको रुपमा जमीनमुनि र शाखा लाइनको रुपमा पोलको प्रयोग गरेर सेवाग्राहीको...

Pages