relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ आषाढ ३१, मंगलबार

    आज साउने सङ्क्रान्ति

    सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर साउने सङ्क्रान्तिका रुपमा मनाइँदैछ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ । माघ १ गते शुरु हुने उत्तरायण र साउन १ गते शुरु हुने दक्षिणायन शुरु हुने दिनलाई विशेष रुपमा मनाइन्छ । अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महीनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलोमैलोले लाग्ने...

  • २०७६ आषाढ ३१, मंगलबार

    रुसको रोस्तोभमा आतंकवादी आक्रमणको प्रयास

    रुसको संघीय सुरक्षा सेवाले मुलुकको दक्षिणी रोस्तोभ क्षेत्रमा इस्लामिक आतंकवादी संगठन आइएस ले तयार पारेको आक्रमणको प्रयासलाई बिफल बनाइएको जनाएको छ । आइएसले प्रहरीमाथि आक्रमणको योजना बनाएको दाबी गरिएको छ । उक्त कार्यमा तीन जना रुसी नागरिक नै संलग्न रहेको संघीय सुरक्षा सेवाले बताएको छ । सुरक्षा सेवाले जारी गरेको वक्तव्यमा उक्त आक्रमणकारी समूहका नेता सुरक्षा कारबाहीमा मारिएको जनाएको छ । अरु दुई...

  • २०७६ आषाढ ३१, मंगलबार

    पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने तयारी छ ः अध्यक्ष दाहाल

    नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका क्रममा बाँकी रहेका काम आजै सम्पन्न गर्ने तयारी भइरहेको बताउनुभएको छ । ललितपुर पार्टी कमिटीको पूर्ण बैठकलाई आज सम्बोधन गर्दै उहाँले असार मसान्तभित्र एकताको सबै काम सम्पन्न गर्ने सार्वजनिक घोषणाअनुसार नै पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओली र आफूबीच छलफल जारी रहेको र सबै काम आजै टुङ्गो लगाउने तयारी गरिएको बताउनुभयो...

  • २०७६ आषाढ ३१, मंगलबार

    प्रभावित क्षेत्रमा सर्वदलीय राहतको खाँचो

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले बाढी प्रभावित क्षेत्रमा सर्वदलीय राहतको खाँचो औँल्याउनुभएको छ । धनुषा र सिरहा जिल्लाका बाढी प्रभावित क्षेत्रको निरीक्षणपछि आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो । दुवै जिल्लाका लागि उपलब्ध सामग्री र जनशक्तिले भइरहेको राहत र उद्धार कार्य प्रशंसनीय भए पनि डुबानका क्षेत्रमा उच्च प्राविधिक जनशक्तिको आवश्यकता रहेको...

  • २०७६ आषाढ ३१, मंगलबार

    दोलखामा पर्यटनका लागि चिडियाखाना बन्ने

    पर्यटकीय जिल्ला दोलखाको भीमेश्वर नगरपालिका–६ स्थित खोरथली सामुदायिक वन क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि चिडियाखाना निर्माण गरिने भएको छ । दोलखालाई पर्यटन गन्तव्यका रूपमा विकास गर्न चिडियाखाना निर्माण गर्न नगरले योजना बनाएको हो । पारिस्थितिक पद्धतिलाई संरक्षण, जीवजन्तुको प्रजनन तथा वंशाणु स्रोत संरक्षण र वातावरणीय सन्तुलन हुने गरी निर्माण हुने चिडियाखाना ९६ रोपनी क्षेत्रफलमा बन्नेछ ।...

  • २०७६ आषाढ ३१, मंगलबार

    कृषि प्रदर्शनी मञ्च

    रामपुरमा कृषि प्रदर्शनीमञ्च निर्माण गरिएको छ । कृषिजन्य सामग्री सङ्कलन तथा प्रदर्शनी गर्ने उद्देश्यले रामपुर नगरपालिका–१० हेक्लाङ्गफाँटको थोत्रिबारीमा रु छ लाखमा सो मञ्च बनाएको उपभोक्ता समितिका अध्यक्ष प्रकाशमणि तिमिल्सिनाले बताउनुभयो । “कृषि मेला, प्रदर्शनी, सभालगायतका कार्यक्रम, कृषक भेला बस्न समस्या परेपछि मञ्च बनाएका हौँ, अब कृषि मेला, प्रदर्शनी र उत्पादित सामग्री सङ्कलन तथा बेच्नसमेत सजिलो...

  • २०७६ आषाढ ३१, मंगलबार

    सामाजिक सुरक्षा योजना कार्यान्वयन गर्न आनाकानी

    रुपन्देहीका उद्योगी व्यवसायीले सरकारले साउन महीनादेखि लागू गर्न खोजेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयन गर्न आनाकानी गरेका छन् । रुपन्देही जिल्लाका व्यावसायिक सङ्घसंस्थाको समूह सञ्जालले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी सरकारले पूर्वाधार तयारीबिना उद्योगी व्यवसायी एवं रोजगारदाताको वास्तविकता नबुझी सामाजिक सुरक्षा योजना ल्याएको भन्दै कार्यान्वयनमा समस्या हुने बताए । उद्योगीले योगदानमा...

  • २०७६ आषाढ ३१, मंगलबार

    बाढी पूर्वसूचना प्रणाली व्यवस्थित बन्दै

    पश्चिम नवलपरासीमा बाढी पूर्वसूचना प्रणाली व्यवस्थित बन्दै गएपछि बाढी पूर्वानुमानको सूचना प्राप्तिमा सहज भएको छ । जिल्ला प्रशासन कार्यालयस्थित विपद् व्यवस्थापन कक्षमा जिल्ला आपत्कालीन परिचालन सूचना केन्द्र स्थापना गरी जलमापन यन्त्र जडान गरिएपछि बाढी पूर्वानुमानको सूचना प्राप्तिमा सहज भएको हो । प्रदेश नं ५ को आन्तरिक तथा कानून मन्त्रालयको सहयोगमा स्थापना गरिएको उक्त सूचना केन्द्रबाट नारायणी नदीको...

  • २०७६ आषाढ ३१, मंगलबार

    विपत्तिमा सावधानी अपनाउन मुख्यमन्त्री गुरुङको आग्रह

    गण्डक प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्राकृतिक विपत्तिमा सावधानी अपनाउन आम नेपाली दाजुभाइ तथा दिदीबहिनीमा आग्रह गर्नुभएको छ । सोमबार साँझ एक प्रेस वक्तव्य प्रकाशित गर्दै उहाँले वर्षायाममा जुनसुकै समयमा पनि प्राकृतिक विपत्ति आउनसक्ने सम्भावनालाई ध्यान दिँदै आवश्यक पूर्व तयारीमा जुट्न र सावधानी अपनाउन सर्वसाधारणमा आग्रह गर्नुभएको हो । देशका विभिन्न भागमा परेको अविरल वर्षाका कारण सिर्जित...

  • २०७६ आषाढ ३१, मंगलबार

    वन समूह पुरस्कृत

    डिभिजिन वन कार्यालय तनहुँले जिल्लाका छ वटा वन समूहलाई मङ्गलबार पुरस्कृत गरेको छ । वन क्षेत्रको विकासमा सफल भएका सामुदायिकका तीन र कबुलियतीका तीन वन समूहलाई नगदसहित पुरस्कृत गरिएको हो । जिल्लामा सामुदायिकतर्फ ६१३ र कबुलियतीतर्फ ४८५ वटा वन समूहमा आबद्ध रहेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । पुरस्कृत हुनेमा सामुदायिक वनतर्फ म्याग्दे गाउँपालिका–२ स्थित उमाचोक प्रथम, व्यासनगरपालिका –११ स्थित...

  • २०७६ आषाढ ३१, मंगलबार

    प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्षद्वारा राजीनामा

    प्रदेश नं ३ का नति तथा योजना आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले व्यक्तिगत कारण देखाई पदबाट राजीनामा दिनुभएको छ । आज रासससँग कुरा गर्दै डा देवकोटाले आफूले कुनै पनि असन्तुष्टिका कारण वा आयोजनामा मत बाझिएर राजीनामा नदिएको बताउनुभयो । मुख्यमन्त्री पौडेलले आफूलाई विश्वास गरेर सुम्पनुभएको जिम्मेवारी इमान्दारीपूर्वक पालना गरेको, आफू नियुक्त भएर आएको ४५ दिनमा नै प्रदेश प्रोफाइल तयार पारेको, समयमै...

  • २०७६ आषाढ ३१, मंगलबार

    दलित समुदायका लागि १९२ आवास घर बन्दै

    दाङमा जनता आवासका १९२ घर निर्माण हुने भएका छन् । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका अधिकृत शेरबहादुर केसीका अनुसार जनता आवास कार्यक्रमअन्र्तगत जिल्लाका दश स्थानीय तहमा ती घर बन्ने भएका हुन् । तुलसीपुर उपमहानगरपालिकामा ५० र घोराही उपमहानगरपालिकामा ३२, बबई र राजपुर गाउँपालिकामा १७÷१७, गढवा, राप्ती, बङगलाचुली, दङ्गीशरणमा १५÷१५, शान्तिनगर गाउँपालिकामा १० र लमही नगरपालिकामा छ आवास घर निर्माण...

Pages