राष्ट्रिय
-
२०७६ आषाढ ३०, सोमबार
सरकारको अनुदानलाई सेयरमा परिणत गर्न सकिँदैनः अध्यक्ष लक्ष्मीदास मानन्धर
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड दैनिक उपभोग्य वस्तुको आपूर्तिमा अब्बल संस्थानका रूपमा उभिएको छ । सु?का दिनमा नुनको मात्र कारोबार गर्ने संस्थानले अहिले दैनिक उपभोग्य खाद्यान्न, गेडागुडी, तेल, ग्यास, रासायनिक मल, चिनीलगायतको कारोबारसमेत गर्दै आएको छ । संस्थानमा सरकारको करिब २२ प्रतिशत र बाँकी निजी क्षेत्रका व्यवसायीको सेयर लगानी छ । बजारमा उपभोग्य वस्तुको अभाव वा मूल्य वृद्धि हुँदा सरकारी...
-
२०७६ आषाढ ३०, सोमबार
वर्षासँगै सुनसान बन्दै ‘होमस्टे’
वर्षा शुरु भएसँगै बागलुङका ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ‘होमस्टे’मा आउने पर्यटकको सङ्ख्या कम हुन थालेको छ । प्राकृतिक एवं धार्मिक सम्पदाहरुलाई लक्षित गरेर सञ्चालनमा ल्याइएको ‘होमस्टे’मा पर्यटकको सङ्ख्या घटेको हो । सडकको असुविधा र वर्षाका कारण ‘होमस्टे’मा आउने पर्यटकको सङ्ख्या कम हुँदै गएको गल्कोट नगरपालिका–१० पाण्डवखानीस्थित सिद्धथान सामुदायिक होमस्टे सञ्चालक खिमबहादुर पुनले बताउनुभयो । “...
-
२०७६ आषाढ ३०, सोमबार
कुलेखानीको जलाशय भरियो, आयोजना पूर्णक्षमतामा चलाइँदै
पछिल्ला दुई वर्षदेखि भरिन नसकेको मकवानपुरमा रहेको इन्द्रसरोवर असारमा नै भरिएको छ । जलाधार क्षेत्रमा अत्यधिक वर्षा भएपछि नेपाल विद्युत् प्राधिकरणको ‘पावर ब्याङ्क’ का रूपमा रहेको कुलेखानी जलाशय भरिएपछि सरकारले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । नेपाल विद्युत् प्राधिकरणले नियमितरूपमा विद्युत् उत्पादन गरेर वा अन्य जुनसुकै उपाय अवलम्बन गरेर भए पनि जलाशयको पानी घटाउने तयारी गरेको छ । सो...
-
२०७६ आषाढ ३०, सोमबार
ज्येष्ठ नागरिकको पालनपोषण गर्ने छोराबुहारी सम्मानित
दोलखाको तामाकोशी गाउँपालिकाले ज्येष्ठ नागरिकलाई विशेष हेरचाह गरी पालनपोषण गर्ने २१ जोडी असल छोरा बुहारीलाई सम्मान गरेको छ । गाउँपालिकाले ७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई माया ममतापूर्वक पालनपोषनमा ध्यान दिने २१ जोडी छोरा, बुहारी तथा छोरीलाई एक कार्यक्रमको आयोजना गरी आइतबार सम्मान गरेको हो । आथिक वर्ष ७५÷७६ अन्तर्गत विनियोजित लक्षित वर्गतर्फको ज्येष्ठ नागरिक सम्मान तथा असल छोरा, बुहारी र छोरी...
-
२०७६ आषाढ ३०, सोमबार
अपाङ्गतामैत्री संरचना र व्यवहारका लागि प्रतिबद्धता
अपाङ्गतामैत्री संरचना र व्यवहारका लागि सकारात्मक भूमिका खेल्ने पोखरा महानगर र अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधिले सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् । स्वावलम्बन जीवन पद्धति केन्द्र पोखरा र अपाङ्गता महिला सशक्तीकरण केन्द्र कास्कीको आयोजना एवं गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय र टेवा नेपालको सहयोगमा जनप्रतिनिधिसँग अपाङ्गता अधिकार तथा राष्ट्रिय अन्तरराष्ट्रिय नीतिनियम र कानूनसम्बन्धी दुईदिने...
-
२०७६ आषाढ ३०, सोमबार
इलाम दरबारमा अरनिको सङ्ग्रहालय
आदिकवि भानुभक्त चार्यको २०६ आँै जन्मजयन्तीको अवसरमा इलाममा एक कार्यक्रमका बीच प्रदेशसभा सदस्य धीरेन्द्र शर्माले अरनिको सांस्कृतिक सङ्ग्रहालयको आइतबार उद्घाटन गर्नुभयो । यसअघि जिल्ला प्रशासन कार्यालय रहेको इलाम दरबार कार्यालयको नयाँ भवन बनेपछि खाली रहेको थियो । इलाम नगरपालिका साहित्य, कला तथा सङ्गीत प्रतिष्ठानको पहलमा सङ्ग्रहालय पुनः स्थापित गरिएको हो । यसअघि इलामको माईस्थान मन्दिर हातामा उक्त...
-
२०७६ आषाढ ३०, सोमबार
लोपोन्मुख बोटे जातिका लागि एकीकृत बस्ती निर्माण हुँदै
लोपोन्मुख एवं सिमान्तकृत जातिका रुपमा रहेको बोटे समुदायका लागि मकवानपुरको मनहरी गाउँपालिकाका– ७ मा एकीकृत बस्ती निर्माण कार्य शुरु भएको छ । रमौली प्रतापपुरबाट बस्ती हस्तान्तरण गरी ल्याइएका बोटे समुदायका लागि मनहरी गाउँपालिकाबाट एकीकृत बस्ती निर्माण शुरु भएको हो । सरकारले उपलब्ध गराएको १० कट्ठा जमीनमा बस्दै आएका १४ घर बोटेका लागि व्यवस्थित बसोबास निर्माण भइरहेको छ । त्यसका लागि मनहरी गाउँपालिकाको...
-
२०७६ आषाढ ३०, सोमबार
सार्वजनिक सवारी साधनमा अनिवार्य टिकट
काठमाडौँ महानगरपालिकाभित्र तपाई सार्वजनिक सवारी साधनमा यात्रा गर्दै हुनुहुन्छ भने टिकट माग्न नभुल्नुहोला । महानगरपालिकाले ‘काठमाडौँ महानगरपालिका सवारी तथा यातायात व्यवस्थापन ऐन–२०७५’ मा सार्वजनिक यातायातमा यात्रा गर्दा अनिवार्य टिकट लिनुपर्ने व्यवस्था गरेकोले यात्रुले अनिवार्य टिकट लिनुपर्ने भएको हो । ऐनको दफा ४ मा सार्वजनिक यातायात साधनमा चढ्नुभन्दा पहिले वा चढेलगत्तै यात्रीसँग तोकिएको भाडा लिइ...
-
२०७६ आषाढ ३०, सोमबार
दलित घरवास अनुसन्धानको केन्द्र बन्दै
तनहुँको व्यासनगरपालिका–१४स्थित आँपस्वाँरामा सञ्चालित दलित घरवास होमस्टे आन्तरिक एवं बाह्य पर्यटकको अनुसन्धानको केन्द्र बन्दै गएको छ । नेपालकै पहिलो दाबी गरिएको उक्त होमस्टेमा अनुसन्धानको लागि जापान, अमेरिका, जर्मनी, चीनलगायतबाट बाह्य र काठमाडाँै, पोखरा, चितवनलगायतका जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेको आँपस्वाँरा सामुदायिक दलित होमस्टेका अध्यक्ष रेशम विश्वकर्माले बताउनुभयो । उहाँका अनुसार दलित...
-
२०७६ आषाढ ३०, सोमबार
बाढी, पहिरो, डुबानको विपद्मा सहयोग गर्न सभामुखको अपिल
सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाका सदस्यलाई प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा पुगी पीडितको उद्धार, राहत र सहयोगमा समन्वय तथा सहकार्य गर्न आग्रह गर्नुभएको छ । सभामुख महराले आज जारी गर्नुभएको प्रेस वक्तव्यमा भनिएको छ, ‘प्रतिनिधिसभाका सदस्यलाई प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा पुगी पीडितको उद्धार, राहत र सहयोगमा समन्वय तथा सहकार्य गर्न म विशेष आग्रह गर्दछु ।” प्रेस वक्तव्यमा उहाँले आ...
-
२०७६ आषाढ ३०, सोमबार
ओढारमा बस्दै आएका वृद्धले पाउने भए घर
गत एक महीनादेखि ओढारमा बस्दै आएका म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङका हीराबहादुर पुर्जा अब घरमा बस्न पाउने भएका छन् । ओढारको तलपट्टी बर्खे भेलले उर्लेको खोला, बीचमा खेत र खेतको माथिल्लो पट्टी एउटा सानो ओढार । त्यही ओढारमा विगत एक महीनादेखि अत्यन्त टिठ लाग्दो अवस्थामा बस्दै आएका पुर्जालाई रघुगङ्गा गाउँपालिकाले घर बनाइदिन शुरु गरेको छ । यही असार २३ गते राससमा प्रकाशित ‘६५ वर्षीय वृद्धको...
-
२०७६ आषाढ २९, आइतबार
उधारोमा मागेर औषधि वितरण
कञ्चनपुर भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालले विगत केही महीनायता लक्षित वर्गलाई वितरण गर्नुपर्ने औषधि उधारोमा मागेर वितरण गरिरहेको छ । लक्षित वर्गले प्रदान गरिने निःशुल्क औषधिको अभाव भएपछि अस्पतालले उधारोमा ल्याएर विगत तीन महीनादेखि प्रदान गर्दै आएको हो । अस्पतालभित्र रहेको सामाजिक सेवा केन्द्र इकाइमार्फत गरीब, असहाय, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, महिला स्वास्थ्य स्वयंमसेविका, शहीद...


