STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्षद्वारा राजीनामा

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ ३१, मंगलबार

प्रदेश नं ३ का नति तथा योजना आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले व्यक्तिगत कारण देखाई पदबाट राजीनामा दिनुभएको छ । आज रासससँग कुरा गर्दै डा देवकोटाले आफूले कुनै पनि असन्तुष्टिका कारण वा आयोजनामा मत बाझिएर राजीनामा नदिएको बताउनुभयो । मुख्यमन्त्री पौडेलले आफूलाई विश्वास गरेर सुम्पनुभएको जिम्मेवारी इमान्दारीपूर्वक पालना गरेको, आफू नियुक्त भएर आएको ४५ दिनमा नै प्रदेश प्रोफाइल तयार पारेको, समयमै आधारपत्र तयार पारेको, लगानी सम्मेलन सफलतापूर्वक सम्पन्न गरेको तथा प्रदेश सरकारलाई पाँच वर्षसम्म आवश्यक पर्ने विभिन्न योजनाहरु निर्माण गरेको उहाँको भनाइ छ । पदमा रहँदा मुख्यमन्त्री तथा प्रदेश सरकारको सधैँ साथ सहयोग गरेको भए पनि बाहिर बसेर अध्ययन बढाउनुपर्ने कारण राजीनामा दिएको उहाँले बताउनुभयो । मुख्यमन्त्रीलगायतले राजीनामा फिर्ता गर्न अनुरोध गर्नुभए पनि आफ्नो व्यक्तिगत कारण राजीनामा फिर्ता नलिएको उहाँको धारणा छ ।
Categorized in राष्ट्रिय