relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ श्रावण २, बिहिबार

    डिजिटल प्राविधिबाट काम शुरु

    कुशे गाउँपालिकाले दर्ता, चलानी र अन्य अभिलेखका कामहरु सबै कम्प्यूटर प्रणालीबाट शुरु गरेको छ । कम्प्यूटर प्रणालीबाट कार्यालयका सबै कामहरु गरिने यो गाउँपालिकाका सम्भवतः जिल्लामै पहिलो हो । चालू आर्थिक वर्षको साउन १ गतेदेखि लागू भएको अनलाइन तथा डिजिटल प्रविधिको माध्यमबाट दर्ता चलानी तथा योजना व्यवस्थापनका सबै काम सफ्टवेयरमार्फत शुरु गरेको दर्ता चलानी शाखा तथा कृषि प्राविधिक धिरेन्द्र बस्नेतले...

  • २०७६ श्रावण २, बिहिबार

    भन्सारले लक्ष्यअनुसार राजश्व सङ्कलन गर्न सकेन

    कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले गत आर्थिक वर्षमा लक्ष्यअनुसार राजश्व सङ्कलन गर्न सकेन । आव ०७५÷७६ मा रु ४० करोड १२ लाख ६२ हजार राजश्व सङ्कलनको वार्षिक लक्ष्य लिएको भन्सारले रु ३६ करोड ६७ लाख राजश्व सङ्कलन गरेको छ । आर्थिक मसान्तको अन्तिमतिर भारतबाट तरकारी, चिनीलगायतका वस्तु कम भित्रिएकाले राजश्व सङ्कलनमा कमी आएको कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत भीमप्रसाद अधिकारीले बताउनुभयो...

  • २०७६ श्रावण २, बिहिबार

    समयमा कार्यालयमा आउन मन्त्रीको निर्देशन

    प्रदेश नं। ३ का सामजिक विकासमन्त्री युवराज दुलालले प्रदेश शिक्षा निर्देशनालयको आज अनुगमन तथा निरीक्षण गर्नुभएको छ । बिहान १०ः४० बजे प्रदेश शिक्षा निर्देशनालयमा पुग्नुहुँदा दुई जना कार्यालय सहयोगी मात्र भेटिएको उहाँले जानकारी दिनुभयो । मन्त्री दुलालका अनुसार १०ः४० बजेसम्म कार्यालय सहयोगीबाहेक प्रमुख, उपप्रमुखलगायत कोही पनि कर्मचारी कार्यालयमा आइपुगेका थिएनन् । अनुगमनका क्रममा अनुपस्थित रहेका नौ...

  • २०७६ श्रावण १, बुधबार

    हिंसापीडितका लागि सहारा बन्दै ओसिएमसी

    अस्पतालमा आधारित लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र ९ओसिएमसी० हिंसापीडित व्यक्तिका लागि सहारा बनेको छ । केन्द्रले प्रदान गर्ने निःशुल्क उपचार, कानूनी, मनोसामाजिक परामर्शजस्ता सेवाले लैङ्गिक हिंसा रोकथाम र नियन्त्रणमा सघाउ पुग्ने हुँदा हिंसापीडित व्यक्तिका लागि सहारा बनेको हो । पश्चिम नवलपरासीस्थित पृथ्वीचन्द्र अस्पताल परासीमा सञ्चालित सो केन्द्रबाट आव २०७५÷७६ मा ४०९ महिला र एक...

  • २०७६ श्रावण १, बुधबार

    भारी वर्षाको सम्भावना कम

    मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भू–भागबाट दक्षिणतर्फ सरेको छ । न्यूनचापीय रेखा (वर्षा गराउने वायु) दक्षिण सरेकाले अबका तीन–चार दिन भारी तथा अविरल वर्षाको सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो । उहाँका अनुसार यो अवस्थामा वर्षा नै नहुने भने होइन । सेप्टेम्बरको तेस्रो हप्तासम्म मनसुनको समय भएकाले हल्कादेखि मध्यम वर्षा भइरहने हुन्छ । अबका केही दिन...

  • २०७६ श्रावण १, बुधबार

    सम्पत्ति विवरण बुझाउन आग्रह

    राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक पदधारण गरेका व्यक्तिलाई सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ । केन्द्रका सूचना अधिकारी डालनाथ अर्यालले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० अनुसार सार्वजनिक पदधारण गरेको व्यक्तिलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन अनुरोध गरिएको बताउनुभयो । उहाँका अनुसार सार्वजनिक पदधारण गरेका पदाधिकारी, निजामती, कर्मचारी, शिक्षक तथा सुरक्षाकर्मीले आर्थिक वर्ष शुरु भएको ६०...

  • २०७६ श्रावण १, बुधबार

    दूध र मासुमा आत्मनिर्भर

    दूध र मासुमा तनहुँ जिल्ला आत्मनिर्भर बनेको छ । पशुपालनतर्फ कृषकहरुको आकर्षण बढेसँगै आवश्यक दूध र मासुजन्य पदार्थको उत्पादन हुँदा जिल्ला आत्मनिर्भर बनेको हो । जिल्लामा खपत भएको भन्दा बढी उत्पादित दूध र मासुजन्य पदार्थ जिल्ला बाहिर पनि निर्यात हुने गरेको छ । जिल्लामा वार्षिक २९ हजार ४१९ मेट्रिक टन दूधको माग रहेकामा ४९ हजार ५४३ मेट्रिक टन दूध उत्पादन भइरहेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ...

  • २०७६ श्रावण १, बुधबार

    फोहर सङ्कलन गर्ने निजी संस्था दर्ता गर्दै महानगर

    काठमाडौँ महानगरपालिकाले महानगरभित्र फोहर सङ्कलन गर्ने निजी संस्थाहरुलाई दर्ता गर्ने भएको छ । अहिलेसम्म निजी संस्थाले आफूखुशी फोहर सङ्कलन गर्दा एकातिर समन्वय नभएको र अर्कातिर राजश्व नआएको भन्दै महानगरले निजी संस्था दर्ता प्रक्रिया अघि बढाउन लागेको हो । अहिले निजी कम्पनीले दैनिक ८० देखि १०० टिपर फोहर सिसडोलमा विसर्जन गर्दै आएका छन् । उनीहरुले त्यसरी विसर्जन गरेको फोहरवापत काठमाडौँ महानगरपालिकालाई...

  • २०७६ श्रावण १, बुधबार

    ‘कतै बाढी त कतै खडेरी’

    तराईका अधिकांश जिल्ला यतिखेर बाढीको डुबानमा छन् । ठाउँठाउँमा बाढीपहिरोको समस्या पनि उस्तै छ । नेपालको चेरापुञ्जीको रुपमा पनि चिन्ने गरिएको पोखरा र आसपासमा भने अझै पर्याप्त पानीको अभावमा कतिपय स्थानमा रोपाइँ नहुँदा खेत बाँझै छन् । कास्की जिल्लासहित समग्र गण्डकी प्रदेशमा पानी पर्याप्त नपर्दा साउन लागिसक्दा हालसम्म जम्मा ६५ प्रतिशत मात्र रोपाइँ भएको छ । मानो खाएर मुरी उब्जाउने विशेष समयका रुपमा...

  • २०७६ श्रावण १, बुधबार

    सेनाले खोलेको सर्पदंश उपचार केन्द्रमा बिरामी चाप

    नेपाली सेनाले सुदूरपश्चिमका दुई ठाउँमा स्थानीय नागरिकका लागि खोलेको सर्पदंश उपचार केन्द्रमा हिजोआज बिरामीको निकै घुइँचो लाग्न थालेको छ । सुदूरपश्चिम प्रदेशमा सरकारी सर्पदंश उपचार केन्द्र नभएपछि सेनाको सर्पदंश उपचार केन्द्रमा उपचार गराउन आउने सर्पदंशका बिरामीको घुइँचो लाग्न थालेको हो । सेनाको अस्पतालमा सर्पदंशका बिरामीका लागि आवश्यक पर्ने ‘एण्टीस्नेक भेनम’ पर्याप्त मात्रमा भएको र सो विषयमा दक्ष...

  • २०७६ श्रावण १, बुधबार

    विमानस्थल ः चुनावमा प्राथमिकता, अहिले बेवास्ता

    दुई दशकअघि असुरक्षाको कारण देखाउँदै कञ्चनपुरको भीमदत्तनगरपालिका–१६ स्थित मझँगाँउ विमानस्थल बन्द गरियो । २०५६ सालमा बन्द भएको विमानस्थलको भौतिक संरचना जीर्ण भइसकेका छन् भने धावनमार्ग गौचरण बनेको छ । ०५६ यताका सबैखाले निर्वाचनमा विमानस्थल सञ्चालन गर्ने विषय प्राथमिकताका साथ उठ्यो तर निर्वाचन सकिएलगत्तै उक्त विषय ओझेलमा पर्न थालेको पनि दशक नाघिसक्यो । केही दिनअघि भीमदत्तनगरका स्थानीय नागरिक समाज र...

  • २०७६ श्रावण १, बुधबार

    केयूमा प्राविधिक शिक्षामा स्नातकोत्तर तह शुरु

    काठमाडौँ विश्वविद्यालय केयु को स्कूल अफ एजुकेसनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम टीइभीटी लक्षित स्नातकोत्तर तह कार्यक्रम ल्याएको छ । यो कार्यक्रम दक्षिण एशियामै पहिलो पटक काठमाडौँ विश्वविद्यालयले शुरु गरेको हो । देशमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमको विकास गर्न प्रत्येक स्थानीय तहमा एक प्राविधिक शिक्षालयको विकास गर्ने लक्ष्य रहेको सरकारले घोषणा गरेको थियो । देशका ७० प्रतिशत युवाले...

Pages