STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ श्रावण २, बिहिबार

    नलगाड जलविद्युत्को मुआब्जा वितरण यसै वर्ष सकिने

    लामो समयदेखि अर्थाभावका कारण किस्ता–किस्तामा वितरण हुँदै आएको नलगाड जलविद्युत् निर्माणस्थलको मुआब्जा स्थानीयवासीले यसै आर्थिक वर्षमा सबै रकम पाउने भएका छन् । सरकारले सबै मुआब्जा दिने गरी रु दुई अर्ब ७२ करोड रकम विनियोजन गरेपछि छ हजार रोपनीको मुआब्जा यसै वर्षमा वितरण हुने वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताउनुभयो । चार वर्षअघिदेखि मुआब्जा वितरणकार्य शुरु गरिए पनि रकम अभावमा अहिलेसम्म...

  • २०७६ श्रावण २, बिहिबार

    नयाँ व्यवस्थापनसँगै डिडिसी नाफामा, पाँच करोड मुनाफा

    सरकारी स्वामित्वका संस्थान सेतो हात्ती भइरहेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला दुग्ध विकास संस्थान ९डिडिसी०ले भने त्यो आरोपको खण्डन गर्दै आफूलाई अब्बल सावित गरेको छ । राजनीतिक नेतृत्वको सही निर्णय, प्रभावकारी व्यवस्थापन, कार्यशैलीमा सुधार र गुणस्तरीय सेवा प्रवाहमा जोड दिने हो भने निरन्तर घाटामा रहेका सार्वजनिक संस्थान पनि नाफामा जान सक्छन् भन्ने यथार्थ संस्थानले प्रमाणित गरेको छ । अघिल्लो दुई...

  • २०७६ श्रावण २, बिहिबार

    हजयात्रीलाई गृहमन्त्री थापाद्वारा बिदाइ

    गृहमन्त्री रामबहादुर थापाले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जाने हजयात्रीलाई बिदाइ गर्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री थापाले १५६ हजयात्रीलाई बिदाइ गर्नुभएको हो । आज पहिलो चरणमा उनीहरु हज गर्नका लागि त्यसतर्फ जान लागेका हुन् । सो अवसरमा मन्त्री थापाले धर्मनिरपेक्ष मुलुक नेपालले सबै धर्मलाई सम्मान गर्ने भएकाले मुस्लिम समुदायलाई पनि हज गर्नका लागि मक्कामदिना पठाइएको...

  • २०७६ श्रावण २, बिहिबार

    बाढी पीडितको उद्धार र राहतमा जुट्न सभापति देउवाको आग्रह

    नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बाढी र डुबान प्रभावितको उद्धार तथा राहतमा लाग्न सबैसँग आग्रह गर्नुभएको छ । महोत्तरीका बाढी तथा डुबान प्रभावित क्षेत्रको स्थलगत अनुगमन एवं पीडितको अवस्था बुझ्न बर्दिवास आइपुग्नुभएका सभापति देउवाले आज बिहान आफ्नै पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै यस्तो आग्रह गर्नुभएको हो । “अहिले बिपत्तिको समय छ, सबै आग्रह पूर्वाग्रह त्यागेर राहत तथा उद्धारमा...

  • २०७६ श्रावण २, बिहिबार

    विज्ञापन खारेजी माग गर्दे लोकसेवा अगाडि प्रदर्शन

    लोकसेवा आयोगले स्थानीय तहका लागि खोलेको विज्ञापन खारेजीको माग गर्दै आदिवासी जनजाति महासंघ लगायतका संघसंस्थाले आयोग कार्यालय अगाडि प्रदर्शन गरेका छन्। विज्ञापन समावेशी र समानुपातिक नभएको भन्दै लोकसेवा आयोगको अनामनगरस्थित केन्द्रीय कार्यालय अगाडि बिहीबार बिहान प्रदर्शन गरेका हुन् । आयोगले गत असारमा गरेको विज्ञापनको परीक्षा सुरु हुन एक दिनअगाडि त्यसको खारेजी माग गर्दै प्रदर्शन गरेका हुन् । आयोगले ५...

  • २०७६ श्रावण २, बिहिबार

    राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

    प्रतिपक्षी दलका सांसदहरुले बाढी, पहिरो र डुबानबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतको कामकारवाही सम्बन्धमा जानकारी लिई आवश्यक निर्देश गर्नुपर्ने भन्दै राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउनुभएको छ । केही दिनअघिको अविरल वर्षाका कारण मुलुकभर ठूलो जनधनको क्षति भएको र अत्यावश्यक सेवा अवरुद्ध भएको अवस्थामा तीनै तहका सरकारलगायत विभिन्न राजनीतिक दल एवं सङ्घसंस्थाबाट भएका र हुने...

  • २०७६ श्रावण २, बिहिबार

    जिल्लामै पहिलो स्तनपान कक्ष स्थापना

    पश्चिम नवलपरासीस्थित सरकारी कार्यालयमा महिला सेवाग्राहीलाई लक्षित गरी पहिलो पटक स्तनपान कक्ष स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्लामै पहिलो पटक गोप्य स्तनपान कक्ष स्थापना गरी प्रयोगमा ल्याएको हो । कार्यालयमा सेवा लिन आउने महिला सेवाग्राहीहरुको समस्यालाई मध्यनजर गर्दै उक्त कक्ष स्थापना गरिएको हो । महिला सेवाग्राहीलाई सार्वजनिक रुपमै आफ्ना बालबच्चालाई स्तनपान गराउन असहजता हुने भएकाले...

  • २०७६ श्रावण २, बिहिबार

    मूर्ति तोडफोड

    राजमार्गमा स्थापना भएका बुद्धका मूर्ति अज्ञात समूहले तोडफोड गरी क्षति पु¥याएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गको बीच भागमा स्थापना गरिएका मूर्तिमध्ये नयाँमिलदेखि शङ्करनगर क्षेत्रका पाँच वटा मूर्ति गए राति अज्ञात समूहले तोडफोड गरेको नगरपालिकाले जनाएको छ । मूर्ति तोडफोड घटनाबारे नगरपालिकाका तर्फबाट जिल्ला सुरक्षा निकायलाई जानकारी गराइसकिएको नगरपालिकाका प्रवक्ता सुरेन्द्र...

  • २०७६ श्रावण २, बिहिबार

    दूध उत्पादक कृषकलाई प्रोत्साहन रकम

    डुम्रे दुग्ध उत्पादक सहकारी संस्था पाल्पाले दूध उत्पादन गर्ने कृषकलाई प्रोत्साहन रकम वितरण गरेको छ । उत्पादनमा आधारित कृषक प्रोत्साहन कार्यक्रमअन्तर्गत सहकारीमा दूध बिक्री गर्ने पाँच सय कृषकलाई प्रोत्साहन रकम वितरण गरेको हो । आर्थिक वर्ष २०७५÷०७६ मा सहकारीमा दूध बिक्री गर्ने कृषकलाई प्रतिलिटर एक रुपैयाँ ९२ पैसाका दरले रकम प्रदान गरिएको छ । दूध उत्पादनमा प्रोत्साहन गर्ने उद्देश्यले प्रदेश सरकारबाट...

  • २०७६ श्रावण २, बिहिबार

    डिजिटल प्राविधिबाट काम शुरु

    कुशे गाउँपालिकाले दर्ता, चलानी र अन्य अभिलेखका कामहरु सबै कम्प्यूटर प्रणालीबाट शुरु गरेको छ । कम्प्यूटर प्रणालीबाट कार्यालयका सबै कामहरु गरिने यो गाउँपालिकाका सम्भवतः जिल्लामै पहिलो हो । चालू आर्थिक वर्षको साउन १ गतेदेखि लागू भएको अनलाइन तथा डिजिटल प्रविधिको माध्यमबाट दर्ता चलानी तथा योजना व्यवस्थापनका सबै काम सफ्टवेयरमार्फत शुरु गरेको दर्ता चलानी शाखा तथा कृषि प्राविधिक धिरेन्द्र बस्नेतले...

  • २०७६ श्रावण २, बिहिबार

    भन्सारले लक्ष्यअनुसार राजश्व सङ्कलन गर्न सकेन

    कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले गत आर्थिक वर्षमा लक्ष्यअनुसार राजश्व सङ्कलन गर्न सकेन । आव ०७५÷७६ मा रु ४० करोड १२ लाख ६२ हजार राजश्व सङ्कलनको वार्षिक लक्ष्य लिएको भन्सारले रु ३६ करोड ६७ लाख राजश्व सङ्कलन गरेको छ । आर्थिक मसान्तको अन्तिमतिर भारतबाट तरकारी, चिनीलगायतका वस्तु कम भित्रिएकाले राजश्व सङ्कलनमा कमी आएको कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत भीमप्रसाद अधिकारीले बताउनुभयो...

  • २०७६ श्रावण २, बिहिबार

    समयमा कार्यालयमा आउन मन्त्रीको निर्देशन

    प्रदेश नं। ३ का सामजिक विकासमन्त्री युवराज दुलालले प्रदेश शिक्षा निर्देशनालयको आज अनुगमन तथा निरीक्षण गर्नुभएको छ । बिहान १०ः४० बजे प्रदेश शिक्षा निर्देशनालयमा पुग्नुहुँदा दुई जना कार्यालय सहयोगी मात्र भेटिएको उहाँले जानकारी दिनुभयो । मन्त्री दुलालका अनुसार १०ः४० बजेसम्म कार्यालय सहयोगीबाहेक प्रमुख, उपप्रमुखलगायत कोही पनि कर्मचारी कार्यालयमा आइपुगेका थिएनन् । अनुगमनका क्रममा अनुपस्थित रहेका नौ...

Pages