राष्ट्रिय
-
२०७६ श्रावण १, बुधबार
विमानस्थल ः चुनावमा प्राथमिकता, अहिले बेवास्ता
दुई दशकअघि असुरक्षाको कारण देखाउँदै कञ्चनपुरको भीमदत्तनगरपालिका–१६ स्थित मझँगाँउ विमानस्थल बन्द गरियो । २०५६ सालमा बन्द भएको विमानस्थलको भौतिक संरचना जीर्ण भइसकेका छन् भने धावनमार्ग गौचरण बनेको छ । ०५६ यताका सबैखाले निर्वाचनमा विमानस्थल सञ्चालन गर्ने विषय प्राथमिकताका साथ उठ्यो तर निर्वाचन सकिएलगत्तै उक्त विषय ओझेलमा पर्न थालेको पनि दशक नाघिसक्यो । केही दिनअघि भीमदत्तनगरका स्थानीय नागरिक समाज र...
-
२०७६ श्रावण १, बुधबार
केयूमा प्राविधिक शिक्षामा स्नातकोत्तर तह शुरु
काठमाडौँ विश्वविद्यालय केयु को स्कूल अफ एजुकेसनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम टीइभीटी लक्षित स्नातकोत्तर तह कार्यक्रम ल्याएको छ । यो कार्यक्रम दक्षिण एशियामै पहिलो पटक काठमाडौँ विश्वविद्यालयले शुरु गरेको हो । देशमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमको विकास गर्न प्रत्येक स्थानीय तहमा एक प्राविधिक शिक्षालयको विकास गर्ने लक्ष्य रहेको सरकारले घोषणा गरेको थियो । देशका ७० प्रतिशत युवाले...
-
२०७६ श्रावण १, बुधबार
पूर्व–पश्चिम विद्युतीय रेल मार्ग ः बर्दिवास–बुटवल खण्डको डिपिआर शुरु हुँदै
सरकारले पूर्व–पश्चिम विद्युतीय रेलमार्गमा बर्दिवास–बुटवल खण्डको छिट्टै नै विस्तृत परियोजना प्रतिवेदन डिपिआर को काम अघि बढाउने भएको छ । यस रेलमार्गमा पर्ने बर्दिवासदेखि बुटवल खण्डमा चितवन राष्ट्रिय निकुञ्जभित्रबाट रेलमार्ग निर्माण गर्दा उपयुक्त नहुने भन्दै नयाँ डिपिआर निर्माण गर्न लागिएको हो । यस रेलमार्गमा चार वटा प्याकेजमा अध्ययन भइरहेको विभागले जनाएको छ । चारै खण्डमा अध्ययनको काम झण्डै अन्तिम...
-
२०७६ श्रावण १, बुधबार
अञ्चल अस्पतालमा स्तनपानकक्ष स्थापना
धवलागिरि अञ्चल अस्पताल बागलुङले स्तनपानकक्ष स्थापना गरेको छ । आमा र शिशुको स्वास्थ्यलाई मध्यनजर गर्दै अस्पताल परिसरमै स्तनपानकक्ष सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ । सार्वजनिकस्थलमा आफ्ना शिशुलाई स्तनपान गराउन महिलाले असजिलो महसुस गर्ने र त्यसले आमा तथा बच्चाको स्वास्थ्यमा असर गर्ने भएकाले अस्पताल परिसरमै स्तनपानकक्ष तयार गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र बी पोखरेलले...
-
२०७६ श्रावण १, बुधबार
पशुपतिमा भक्तजनको व्यवस्थापनका लागि तयारी
यस वर्ष साउन महीनामा पशुपति आउने भक्तजनको भीड व्यवस्थापन गर्न पशुपति क्षेत्र विकास कोषले तयारी गरेको छ । साउन महीना शुरु भएसँगै पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड बढ्न थालेकाले लाम व्यवस्थापन, सुरक्षा, जुत्ता तथा चप्पल कक्ष थप गर्नेलगायत तयारी शुरु गरिएको कोषका उपनिर्देशक प्रेमहरि ढुङ्गानाले राससलाई जानकारी दिनुभयो । साउनमा भगवान् शिवको महिमाबारे वर्णन र श्रवण गरिने भएकाले पशुपतिनाथलगायत देशभरका...
-
२०७६ श्रावण १, बुधबार
६२ प्रतिशत मुद्दा फछ्र्योट
तनहुँ जिल्ला अदालतले आर्थिक वर्ष ०७५र७६ मा ६२ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ । उक्त अवधिमा एक हजार ६१६ मुद्दा रहेकामा एक हजार नौ मुद्दा फछ्र्योट भएको तनहुँ जिल्ला अदालतले जनाएको छ । उक्त आर्थिक वर्षमा नयाँ दर्ता भएको एक हजार २३९ थान र जिम्मेवारी सरी आएको ३७७ थान मुद्दामध्ये एक हजार नौ मुद्दा फछ्र्योट भई ६०७ मुद्दा फछ्र्यौट हुन बाँकी रहेको जिल्ला अदालतका श्रेस्तेदार सुदर्शन खनालले जानकारी दिनुभयो...
-
२०७६ श्रावण १, बुधबार
सम्भावित महामारी नियन्त्रण गर्न ध्यानाकर्षण
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले बाढी, पहिरो र डुबान क्षेत्रमा विभिन्न रोग महामारीको रुपमा फैलने सम्भावनालाई नियन्त्रण गर्न सरकारसँग आग्रह गरेको छ । काङ्ग्रेस संसदीय दलको कार्यालयले आज जारी एक विज्ञप्तिमार्फत बाढी, पहिरो र डुबान क्षेत्रमा थप मानवीय क्षति हुन नदिन सरकार र सम्बन्धित निकायलाई सशक्त एवं गतिशील रुपमा कार्य गर्न आग्रह गरेको हो । केही दिनअघि परेको भारी वर्षाका कारण मुलुकका...
-
२०७६ श्रावण १, बुधबार
एक लाखको राष्ट्रिय पुरस्कार
मोरङको हरियाली सामुदायिक वन उपभोक्ता समूहले देशकै उत्कृष्ट गणेशमान सिंह राष्ट्रिय प्रथम पुरस्कार प्राप्त गरेको छ । पथरी शनिश्चरे नगरपालिका–३ स्थित सो समूह देशभरिकै दुई हजार २०० सामुदायिक वन समूहबाट छनोट भई उत्कृष्ट हुन पुगेको डिभिज वन कार्यालय विराटनगरका प्रमुख विशाल घिमिरेले जानकारी दिनुभयो । पुरस्कारको राशि रु एक लाख र प्रमाणपत्र रहेको छ । यस्तै, उत्कृष्ट निजी वन धनीतर्फ सुनवर्सी नगरपालिका–६...
-
२०७६ श्रावण १, बुधबार
नेपाल संवतका प्रणेता शंखधर र नेवाः अगुवा पद्मरत्नको शालिक राखिने
काठमाडौं महानगरपालिकाले शंघधर पार्क पहिले रत्नपार्क मा नेपाल संवतका प्रणेता शंखधर साख्वाः तथा नेवाः अगुवा मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको शालिक राख्नको लागि बजेटका व्यवस्था गरेको छ । हिजो मंगलबार सम्पन्न भएको आर्थिक बर्ष २०७६÷०७७ को बजेटमा शालिक राख्नको लागि बजेटको व्यवस्था गरिएको हो । काठमाडौं महानगरपालिकाले शंखधर पार्कमा नेपाल संवतका प्रवर्तक शंखधर साख्वाःको शालिक राख्नको निम्ति यस वर्षको...
-
२०७६ श्रावण १, बुधबार
वडाध्यक्षले फिर्ता गरे रु। ६५ हजार बेरुजु भत्ता
झापाको मेचीनगर नगरपालिका–६ का अध्यक्ष ललित तामाङले प्रदेश कानून बन्नुभन्दा अघि मासिक भत्तावापत लिएको रु ६५ हजार फिर्ता गर्नुभएको छ । नेपाली काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष तामाङले मङ्गलबार नगरपालिकामा आएर सो रकम फिर्ता गर्नुभएको नगरपालिकाका सूचना अधिकारी पदमबहादुर कार्कीले जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचनपछि विसं २०७४ पुस २७ गते मेचीनगर नगरपालिकाको पहिलो नगरसभाले जनप्रतिनिधिको सेवासुविधा...
-
२०७६ श्रावण १, बुधबार
रानी–जमरा मूल नहरको परीक्षण
कैलाली जिल्लाको पूर्वी क्षेत्रमा निर्माणाधीन राष्ट्रिय गौरवको रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाको मूल नहरमा परीक्षणको रुपमा पानी पठाउन शुरु गरिएको छ । जिल्लाको पूर्वी सीमा कर्णाली नदी छेउको चिसापानीमा निर्माण भएको आयोजनाको मुहान ९इन्टेक०का आठ वटा पानी नियन्त्रण गर्ने ढोकामध्ये तीन वटा ढोकाबाट परीक्षणका रुपमा मङ्गलबार पानी सञ्चालन गरिएको छ । आठ वटा ढोकामध्ये पाँच वटामा भने ‘वैस्टिङ’ ९गेट उचाल्ने र...
-
२०७६ श्रावण १, बुधबार
बाढीको कारण त्रियुगा नदीको पुल भत्कन थाल्यो
पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कदमाहा हुँदै उदयपुर जिल्लाको सदरमुकाम गाईघाट जोड्ने गाईघाट– कदमाहा सडकखण्डअन्तर्गत गाईघाटको त्रियुगा नदीको पक्की पुलको पूर्वी भाग केही दिनअघि आएको निरन्तर वर्षा र बाढीका कारण अहिले भत्कन थालेको छ । चार दिन लगातारको वर्षा तथा बाढीका कारण त्रियुगा पुलको पूर्वीभागको छेउको पिलर र पिलरसँगै निर्माण भएका पर्खाल भत्कन थालेपछि पुल उच्च जोखिममा पर्न थालेको ट्राफिक...


