STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

६२ प्रतिशत मुद्दा फछ्र्योट

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण १, बुधबार

तनहुँ जिल्ला अदालतले आर्थिक वर्ष ०७५र७६ मा ६२ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ । उक्त अवधिमा एक हजार ६१६ मुद्दा रहेकामा एक हजार नौ मुद्दा फछ्र्योट भएको तनहुँ जिल्ला अदालतले जनाएको छ । उक्त आर्थिक वर्षमा नयाँ दर्ता भएको एक हजार २३९ थान र जिम्मेवारी सरी आएको ३७७ थान मुद्दामध्ये एक हजार नौ मुद्दा फछ्र्योट भई ६०७ मुद्दा फछ्र्यौट हुन बाँकी रहेको जिल्ला अदालतका श्रेस्तेदार सुदर्शन खनालले जानकारी दिनुभयो । जिल्ला अदालतमा सम्बन्धविच्छेदका ५२७, अंशवण्डाका १६९, लागुऔषधका ५३, सवारीज्यानका ५०, मानाचामलका १७, घरेलु हिंसाका १४, नाताकायमका १९, जबर्जस्ती करणीका २१ र अन्य ७४६ मुद्दा दर्ता भएका थिए । अदालतले एक हजार ३३४ थान जम्मा लगत मुद्दा हुने अनुमान गरेकोमा वार्षिक लक्ष्यभन्दा २८२ थान बढी मुद्दा दर्ता भएको थियो । वार्षिकरूपमा ९३४ थान मुद्दा फछ्र्यौट गर्ने लक्ष्यबमोजिम आर्थिक वर्ष २०७५÷७६ को असार मसान्तसम्म एक हजार नौ मुद्दा फछ्र्योट भई वार्षिक लक्ष्यभन्दा ४५ थान मुद्दा बढी फछ्र्योट भएको श्रेस्तेदार खनालले जानकारी दिनुभयो । “वार्षिक लक्ष्यको तुलनामा १०८।३ र जम्मा लगतको तुलनामा ६२।६४ प्रतिशत मुद्दा फछ्र्योट भएको छ”, उहाँले भन्नुभयो । अदालतमा बालबालिकासम्बन्धी मुद्दा छ थान रहेकामा तीन थान मुद्दा फछ्र्योट भई तीन थान फछ्र्योट हुन बाँकी रहेको छ । निवेदनतर्फ १४५ मुद्दा दर्ता भएकामा २७ मुद्दा फछ्र्योट भई ६६ मुद्दा फछ्र्योट हुन बाँकी छ । भदौ १ गतेदेखि पुरुषले समेत जिल्ला अदालतमा सम्बन्धविच्छेद गराउन सक्ने कानूनी प्रावधान बनेपछि १२८ पुरुषले सम्बन्धविच्छेदको मुद्दा गराएका छन् । यसअघि पुरुषले सम्बन्धविच्छेद गर्न चाहे सम्बन्धित गाउँपालिका÷नगरपालिकामा निवेदन दिनुपर्ने र एक वर्षभित्र त्यहाँ उक्त घटना मिलाउन प्रयास गर्न नसकिए मात्रै अदालतमा आउने कानूनी व्यवस्था रहेको थियो । “नयाँ नियमअनुसार अब पुरुषले सिधै अदालतमा मुद्दा दर्ता गर्न सक्छन्”, श्रेस्तेदार खनालले भन्नुभयो, “त्यही भएर आर्थिक वर्ष २०७५र७६ मा सम्बन्धविच्छेदको मुद्दा बढेको छ ।” अघिल्लो आव २०७४र७५ सम्म अदालतमा सम्बन्धविच्छेदका ३३७ थान मुद्दा दर्ता भएका थिए ।
Categorized in राष्ट्रिय