राष्ट्रिय
-
२०७६ आषाढ ३०, सोमबार
पाताले छाँगोः लोभ्याउँदै पर्यटक
पर्यटकीय नगरी पोखरा सबै मौसमका लागि उत्तिकै आकर्षक गन्तव्य मानिन्छ । यहाँका प्राकृतिक सम्पदाले पोखरा आउने जोकोहीलाई अर्को पल्ट फेरि आउने निम्ता दिने गरेको पाइन्छ । प्रकृतिलाई नजीकबाट नियाँलेर आनन्द लिन अवसर पोखरामा रहेका विभिन्न प्राकृतिक दृश्यहरुले प्रदान गरेको छ । विशिष्ट प्राकृतिक गुणले पर्यटकलाई लोभ्याउने पोखराको आकर्षक गन्तव्यमध्येको एक हो पाताले छाँगो । पोखरा महानगरपालिका–१७ स्थित छोरपाटनमा...
-
२०७६ आषाढ ३०, सोमबार
सभापति देउवाद्वारा उद्धार र राहतमा सहभागी हुन आग्रह
नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकभर बाढी र पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पार्टीका सबै सदस्य र शुभचिन्तकहरुलाई उद्धार र राहतमा सहभागी हुन आग्रह गर्नुभएको छ । उहाँले आज एक विज्ञप्तिमार्फत पार्टीका सबै सदस्यलाई उद्धार र राहतमा सहभागी हुन आग्रह गर्दै नेपाल सरकारलाई प्रभावित क्षेत्रमा प्रभावकारी ढङ्गले कार्य गर्न आग्रह गर्नुभएको हो । साथै...
-
२०७६ आषाढ ३०, सोमबार
बागलुङमा टेलिकमको फाइबर सेवा शुरु
नेपाल टेलिकमले देशमै पहिलोपटक बागलुङ बजारबाट आफ्नो सेवालाई पूर्णतः फाइबर तारयुक्त बनाएको छ । टेलिकमले बागलुङ बजारमा पहिलोपटक नमूनाका रुपमा आफ्ना सेवालाई गुणस्तरीय बनाउनका लागि कपर प्रविधि ९तामाका तार० को प्रयोग हटाई पूर्णतः फाइबर तारको प्रयोग गर्नेगरी ‘फाइबर टु दि होम’ सेवा शुभारम्भ गरिएकोे नेपाल टेलिकम बागलुङले जनाएको छ । टेलिकमले एक वर्ष लगाएर प्रमुख लाइनका रुपमा जमीनमुनि र शाखा लाइनका रुपमा...
-
२०७६ आषाढ ३०, सोमबार
जोखिममा भूमिहीन बस्ती
कञ्चनपुरको वनहरा नदी तटीय क्षेत्रमा रहेको भूमिहीन बस्ती जोखिममा परेको छ । बर्सातको पानीले वनहरा नदीमा पानी बढ्नाका साथै पूर्वदेखि दक्षिणी क्षेत्रको जमीन कटान तीव्र हुन थालेकाले भूमिहीन परिवार बस्दै आएको बस्ती जोखिममा परेको हो ।श्रीकृष्ण सामुदायिक वन छेउमा एक दशक बढी समयदेखि बस्दै आएका परिवार भूक्षयका कारण जोखिममा परेकाले सुरक्षित बासस्थानको खोजीमा लागेका छन् । पुस्तौँदेखि भूमिहीन रहेका परिवारले...
-
२०७६ आषाढ ३०, सोमबार
हिंसाबारे सञ्चारमाध्यमको दृष्टिकोण स्पष्ट हुनुपर्छ ः सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आतङ्कवाद र हिंसालाई प्रश्रय दिने कि नदिने भन्नेमा सञ्चारमाध्यमको दृष्टिकोण स्पष्ट हुनुपर्ने बताउनुभएको छ । श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन अवस्थाबारे ‘न्यूनतम पारिश्रमिक निर्धारण समिति’ ले आज सञ्चार उद्यमीसँग आयोजना गरेको अन्तक्र्रियामा मन्त्री बाँस्कोटाले लोकतन्त्र र समाजप्रति प्रेसको उत्तरदायित्व हुने भएकाले यसले मुलुकलाई...
-
२०७६ आषाढ ३०, सोमबार
पुल निर्माणमा ढिलाइ, पाँच वर्षमा ५५ प्रतिशत मात्रै काम
डडेल्धुराको रडुवा खोला र सकायल खोलामा निर्माण भइरहेका पक्की मोटरेबल पुल निर्माण गर्ने सम्झौताअनुसारको मिति सकिएको वर्षौं भइसक्दासम्म पनि पुल निर्माण हुन सकेको छैन । पुल निर्माण नहुँदा स्थानीय बासिन्दालाई बर्सातको समयमा जोखिम मोलेर खोला तर्न बाध्य हुने गरेको नवदुर्गा गाउँपालिका–२ का स्थानीयवासी रामचन्द्र अवस्थीले बताउनुभयो । अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिका जोड्ने रडुवा खोलामा निर्माणाधीन...
-
२०७६ आषाढ ३०, सोमबार
बाढीको त्रासले रातभर जाग्राम
जब वर्षायाम शुरु हुन्छ तब कैलालीका धेरैजसो ठाउँका बासिन्दाको मुटु काँप्छ । उनीहरू वर्सेनी आउने बाढीबाट त्रसित छन् । बाढी आउला कि भनेर नदी किनारमा रातभर पालैपालो जागाराम बस्छन् । वर्षा हुन थाल्यो भने स्थानीयवासी नजिकै रहेको नदीको बहाव हेर्न पुग्छन् । यदी रातिको समयमा वर्षा भइरहेको छ भने उनीहरू पालैपालो रातभरी जाग्राम बसेर नदीको बहाव हेर्ने गर्छन् । विगतका वर्षमा बाढीबाटपीडित बनेका घोडाघोडी...
-
२०७६ आषाढ ३०, सोमबार
प्रभावकारी बन्दै दिवा खाजा कार्यक्रम
शिक्षाका लागि खाद्य कार्यक्रम एकाइ बाजुराद्वारा सञ्चालित खाजा कार्यक्रमले विद्यार्थीहरुको विद्यालयप्रति आकर्षण बढाउन विद्यालयमै दाल र भातको व्यवस्था गरेको छ । दिवा खाजाका रूपमा विद्यालयमै दाल र भातको व्यवस्था गरिएपछि विद्यालयमा विद्यार्थीहरुको आकर्षण बढ्दै गएको खप्तड छेडेदह गाउँपालिकाको फूलबारी आधारभूत विद्यालय काँडाका प्रधानाध्यापक शेरबहादुर बुढाले बताउनुभयो । विसं २०५७ देखि विद्यालयमा...
-
२०७६ आषाढ ३०, सोमबार
सेनाद्वारा बाढीपहिरो पीडित ७२३ को उद्धार
नेपाली सेनाले मुलुकभर हालसम्म बाढी तथा पहिरोपीडित ७२३ जनाको सकुशल उद्धार गरको छ भने १८६ जनालाई सुरक्षित स्थानमा सारिएको र बेपत्ता भएकाको खोजीकार्य जारी राखेको जनाएको छ । यही असार २६ गते साँझबाट परेको अविरल वर्षाका कारण देशका २६ जिल्लाका विभिन्न स्थानमा बाढीपहिरो, डुबान, कटान तथा सडक अवरुद्ध भई जनजीवन प्रभावित भएको छ । जनधनको थप क्षतिको सम्भावनालाई न्यूनीकरण गरी जनजीवनलाई सामान्य अवस्थामा...
-
२०७६ आषाढ ३०, सोमबार
‘स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध’
प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रासामु जलवायु परिवर्तका असर र चुनौतीको सामना गर्न जनतालाई बढी सशक्त बनाउने र त्यस्ता असरलाई सम्बोधन गर्न तयार रहनेबाहेक अरु उपाय नभएको बताउनुभएको छ । वन तथा वातावरण मन्त्रालयको आयोजनामा यहाँ आज आयोजित जलवायुसम्बन्धी अन्तरराष्ट्रिय गोष्ठीको आज उद्घाटन गर्दै उहाँले नेपालको संविधानको धारा ३० ले स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिकको आधारभूत अधिकारलाई सुनिश्चित...
-
२०७६ आषाढ ३०, सोमबार
सरकारको अनुदानलाई सेयरमा परिणत गर्न सकिँदैनः अध्यक्ष लक्ष्मीदास मानन्धर
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड दैनिक उपभोग्य वस्तुको आपूर्तिमा अब्बल संस्थानका रूपमा उभिएको छ । सु?का दिनमा नुनको मात्र कारोबार गर्ने संस्थानले अहिले दैनिक उपभोग्य खाद्यान्न, गेडागुडी, तेल, ग्यास, रासायनिक मल, चिनीलगायतको कारोबारसमेत गर्दै आएको छ । संस्थानमा सरकारको करिब २२ प्रतिशत र बाँकी निजी क्षेत्रका व्यवसायीको सेयर लगानी छ । बजारमा उपभोग्य वस्तुको अभाव वा मूल्य वृद्धि हुँदा सरकारी...
-
२०७६ आषाढ ३०, सोमबार
वर्षासँगै सुनसान बन्दै ‘होमस्टे’
वर्षा शुरु भएसँगै बागलुङका ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ‘होमस्टे’मा आउने पर्यटकको सङ्ख्या कम हुन थालेको छ । प्राकृतिक एवं धार्मिक सम्पदाहरुलाई लक्षित गरेर सञ्चालनमा ल्याइएको ‘होमस्टे’मा पर्यटकको सङ्ख्या घटेको हो । सडकको असुविधा र वर्षाका कारण ‘होमस्टे’मा आउने पर्यटकको सङ्ख्या कम हुँदै गएको गल्कोट नगरपालिका–१० पाण्डवखानीस्थित सिद्धथान सामुदायिक होमस्टे सञ्चालक खिमबहादुर पुनले बताउनुभयो । “...


