relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ आषाढ ३१, मंगलबार

    विपत्तिमा सावधानी अपनाउन मुख्यमन्त्री गुरुङको आग्रह

    गण्डक प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्राकृतिक विपत्तिमा सावधानी अपनाउन आम नेपाली दाजुभाइ तथा दिदीबहिनीमा आग्रह गर्नुभएको छ । सोमबार साँझ एक प्रेस वक्तव्य प्रकाशित गर्दै उहाँले वर्षायाममा जुनसुकै समयमा पनि प्राकृतिक विपत्ति आउनसक्ने सम्भावनालाई ध्यान दिँदै आवश्यक पूर्व तयारीमा जुट्न र सावधानी अपनाउन सर्वसाधारणमा आग्रह गर्नुभएको हो । देशका विभिन्न भागमा परेको अविरल वर्षाका कारण सिर्जित...

  • २०७६ आषाढ ३१, मंगलबार

    वन समूह पुरस्कृत

    डिभिजिन वन कार्यालय तनहुँले जिल्लाका छ वटा वन समूहलाई मङ्गलबार पुरस्कृत गरेको छ । वन क्षेत्रको विकासमा सफल भएका सामुदायिकका तीन र कबुलियतीका तीन वन समूहलाई नगदसहित पुरस्कृत गरिएको हो । जिल्लामा सामुदायिकतर्फ ६१३ र कबुलियतीतर्फ ४८५ वटा वन समूहमा आबद्ध रहेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । पुरस्कृत हुनेमा सामुदायिक वनतर्फ म्याग्दे गाउँपालिका–२ स्थित उमाचोक प्रथम, व्यासनगरपालिका –११ स्थित...

  • २०७६ आषाढ ३१, मंगलबार

    प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्षद्वारा राजीनामा

    प्रदेश नं ३ का नति तथा योजना आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले व्यक्तिगत कारण देखाई पदबाट राजीनामा दिनुभएको छ । आज रासससँग कुरा गर्दै डा देवकोटाले आफूले कुनै पनि असन्तुष्टिका कारण वा आयोजनामा मत बाझिएर राजीनामा नदिएको बताउनुभयो । मुख्यमन्त्री पौडेलले आफूलाई विश्वास गरेर सुम्पनुभएको जिम्मेवारी इमान्दारीपूर्वक पालना गरेको, आफू नियुक्त भएर आएको ४५ दिनमा नै प्रदेश प्रोफाइल तयार पारेको, समयमै...

  • २०७६ आषाढ ३१, मंगलबार

    दलित समुदायका लागि १९२ आवास घर बन्दै

    दाङमा जनता आवासका १९२ घर निर्माण हुने भएका छन् । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका अधिकृत शेरबहादुर केसीका अनुसार जनता आवास कार्यक्रमअन्र्तगत जिल्लाका दश स्थानीय तहमा ती घर बन्ने भएका हुन् । तुलसीपुर उपमहानगरपालिकामा ५० र घोराही उपमहानगरपालिकामा ३२, बबई र राजपुर गाउँपालिकामा १७÷१७, गढवा, राप्ती, बङगलाचुली, दङ्गीशरणमा १५÷१५, शान्तिनगर गाउँपालिकामा १० र लमही नगरपालिकामा छ आवास घर निर्माण...

  • २०७६ आषाढ ३०, सोमबार

    ओढारमा बस्दै आएका वृद्धले पाउने भए घर

    गत एक महीनादेखि ओढारमा बस्दै आएका म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङका हीराबहादुर पुर्जा अब घरमा बस्न पाउने भएका छन् । ओढारको तलपट्टी बर्खे भेलले उर्लेको खोला, बीचमा खेत र खेतको माथिल्लो पट्टी एउटा सानो ओढार । त्यही ओढारमा विगत एक महीनादेखि अत्यन्त टिठ लाग्दो अवस्थामा बस्दै आएका पुर्जालाई रघुगङ्गा गाउँपालिकाले घर बनाइदिन शुरु गरेको छ । यही असार २३ गते राससमा प्रकाशित ‘६५ वर्षीय वृद्धको...

  • २०७६ आषाढ ३०, सोमबार

    बाढी, पहिरो, डुबानको विपद्मा सहयोग गर्न सभामुखको अपिल

    सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाका सदस्यलाई प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा पुगी पीडितको उद्धार, राहत र सहयोगमा समन्वय तथा सहकार्य गर्न आग्रह गर्नुभएको छ । सभामुख महराले आज जारी गर्नुभएको प्रेस वक्तव्यमा भनिएको छ, ‘प्रतिनिधिसभाका सदस्यलाई प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा पुगी पीडितको उद्धार, राहत र सहयोगमा समन्वय तथा सहकार्य गर्न म विशेष आग्रह गर्दछु ।” प्रेस वक्तव्यमा उहाँले आ...

  • २०७६ आषाढ ३०, सोमबार

    ३८ दलित परिवारलाई निःशुल्क सिलाइ मेशिन वितरण

    यहाँका ३८ दलित घर परिवारलाई निःशुल्क सिलाइ मेशिन वितरण गरिएको छ । गरीबसँग विश्वेश्वर कार्यक्रमअन्तर्गत वालिङ नगरपालिका–१४ वडाका पारीथोक दमै गाउँका ३६ र सोही वडाको कोखे र तमादीका एक÷एक जना गरी कूल ३८ जनालाई मेशिन हस्तान्तरण गरिएको हो । महिलालाई स्वरोजगार र पेशाप्रति दक्ष बनाई आत्मनिर्भर बन्न अभिप्रेरित गरी आयआर्जन वृद्धि गर्ने उद्देश्यले तीन महीना तालीम प्रदान गरेपश्चात् निःशुल्क सिलाइ मेशिन...

  • २०७६ आषाढ ३०, सोमबार

    आमालाई पोषण भत्ता, बालबालिकालाई पोशाक र झोला

    कपुरकोट गाउँपालिकामा सुत्केरीलाई पोषण भत्ता र बालबालिकालाई पोसाक तथा झोला वितरण गरिएको छ । आज कपुरकोट गाउँपालिका–५ रिमले वडाभित्रका ९० जना सुत्केरी महिलालाई पोषण भत्ता वितरण गरिएको हो । सुत्केरी आमालाई पोषणको मात्रा पु¥याउनका लागि वडा कार्यालयले सुनौला हजार दिनभित्रका आमालाई जनही एक हजार ३०० का दरले पोषणभत्ता वितरण गरेको हो । पोषक तत्व कमी भएका सुत्केरी महिलालाई पोषण तत्व पूरा गर्नका लागि वडा...

  • २०७६ आषाढ ३०, सोमबार

    फोनिज गण्डकीको अध्यक्षमा मगर

    नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिज गण्डकी प्रदेशको अध्यक्षमा एमबी मानबहादुर आस्था मगर सर्वसम्मत निर्वाचित हुुुनुभएको छ । आइतबार अबेर सम्पन्न प्रथम प्रादेशिक महाधिवेशनबाट आस्था कास्की को अध्यक्षतामा १७ सदस्यीय प्रदेश कार्यसमिति सर्वसम्मत निर्वाचित गरिएको हो । त्यसैगरी उपाध्यक्षमा दिल शिरिष बागलुङ उपाध्यक्ष महीलामा कमला राना नवलपुर महासचिवमा रुद्र श्रीसमगर कास्की, सचिवमा खिमा गुरुङ सङ्गठन...

  • २०७६ आषाढ ३०, सोमबार

    दोहोरो सरकारी सेवा लिन नपाइने

    निवृत्तिभरण पाइरहेका अवकाश प्राप्त राष्ट्रसेवकले अर्को सरकारी नियुक्ति पाएमा दोहोरो निवृत्तिभरणलगायत अन्य सेवा सुविधासमेत लिन नपाइने भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिमा दफावार छलफलमा रहेको प्रस्तावित सङ्घीय निजामती सेवा, गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा बनेको विधेयकमा सो सहमति जुटेको हो । आजको बैठकमा दोहोरो निवृत्तिभरण लिन नपाइने विधेयकको बुँदामा सहमति जुटेको हो । बैठकमा निजामती सेवामा...

  • २०७६ आषाढ ३०, सोमबार

    भरिएको कुलेखानी खोलिँदै, वाग्मती नदी आसपासका नागरिकलाई सचेत रहन आग्रह

    अत्याधिक पानी परेपछि देशकै सबैभन्दा ठूलो मानव निर्मित ताल भनेर चिनिने कुलेखानी ड्याम इन्द्रसरोवर भरिएर खतराको सङ्केत देखिएपछि ड्यामको ढोका खोलिने भएको छ । कुलेखानीको ड्यामको ढोका खोलीने भएकाले मकवानपुरको भिमफेदी, इन्द्रसरोवर, वाग्मती गाउँपालिका, रौतहटको नुनथर, चन्द्रपुर, क्यान्टिन, सर्लाहीको विभिन्न क्षेत्र, सिन्धुलीको हरिहरपुर गढी क्षेत्र आसपासका नागरिकलाई सचेत रहन आग्रह गरिएको छ । कुलेखानीको...

  • २०७६ आषाढ ३०, सोमबार

    चार सय गैरसरकारी संस्था खारेज

     संस्था दर्ता ऐन, २०३४ अन्तर्गत डोटी जिल्लामा दर्ता भएका ३६३ गैरसरकारी संस्था खारेज भएका छन् । जिल्ला प्रशासन कार्यालयमा दर्ता भई लगातार तीन वर्षसम्म नवीकरण नभएका संस्था खारेज गरिएको प्रजिअ टेकनारायण पौडेलले जानकारी दिनुभयो । “संस्था दर्ता ऐनअन्तर्गत दर्ता भई कामकाज गरेका तर लगातार तीन वर्ष नवीकरण नगरेका संस्थाहरु तोकिएको समयमा नवीकरण गर्न नआएपछि खारेज गरिएको हो”, प्रजिअ पौडेलले भन्नुभयो, “...

Pages