राष्ट्रिय
-
२०७६ आषाढ २९, आइतबार
एक महीनादेखि विनियोजन विधेयकमाथि छलफल जारी
कर्णाली प्रदेश सरकारले असार १ गते ल्याएको ‘विनियोजन विधेयक २०७६’ माथिको छलफल एक महीनादेखि जारी छ । प्रदेश सरकारको आव २०७६÷७७ को रु ३४ अर्ब ३५ करोड विधेयकमाथि घनिभूतरूपमा छलफल भइरहेको हो । छलफलमा प्रदेश सरकारअन्तर्गत सबै विषयगत मन्त्रालयले आ–आफ्नो बजेट सभासमक्ष पेश गरिसकेका छन् । शनिबार बसेको प्रदेशसभाको चौथो अधिवेशनको एक्काइसौँ बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, मुख्य न्यायाधिवक्ताको...
-
२०७६ आषाढ २९, आइतबार
रगत पाउनै मुश्किल
बढ्दो गर्मी, खेतीपाती र विद्यार्थीको परीक्षाका कारण रक्तदान कार्यक्रमको आयोजना नहुँदा बिरामीका आफन्तले रगत पाउन मुस्किल भएको छ । अस्पतालमा बिरामी राखेर रक्तसञ्चार केन्द्रमा रगतको प्रतीक्षामा बस्नेको सङ्ख्या बढ्दै गएको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार आवश्यकमात्रामा रगत सङ्कलन नहुँदा समस्या उत्पन्न भएको हो । चिनजान भएका बिरामीका आफन्तले आफैँले दाता खोजेर...
-
२०७६ आषाढ २९, आइतबार
एक हजार शुल्क तिरेर खोला वारपार
पाल्पाको पूर्वखोला र निस्दी गाउँपालिकाको सिमाना रहेको निस्दीखोलामा खोला तारेबापत एक हजारसम्म शुल्क लिने गरिन्छ । वर्षायाम शुरु भएदेखि खोलामा पानीको बहाव बढेसँगै एक हजारसम्म शुल्क लिएर खोला वारपार गराउने गरिन्छ । यो समस्या वर्षौँदेखिको हो । यहाँका स्थानीयवासीले वर्षायाम शुरु भएदेखि खोला वारपार गर्न निकै सास्ती खेप्दै आइरहेका छन् । हरेक निर्वाचनमा यो खोलामा पक्की पुल निर्माण गर्ने सबै दलका...
-
२०७६ आषाढ २९, आइतबार
कर्णालीमा अन्तर्राष्ट्रिय व्यावसायिक सम्मेलन शुरु
विश्वको जल्दोबल्दो मुद्दा मानिने व्यवस्थापन र रुपान्तरणमा देखिएका समस्याका सवालहरुको पहिचान गरी तिनको समाधान दिने उद्देश्यले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ‘अन्तर्राष्ट्रिय व्यावसायिक सम्मेलन’ शुरु भएको छ । मध्यपश्चिम विश्वविद्यालयको स्कूल अफ म्यानेजमेन्ट मसोम द्वारा आज यहाँ आयोजित ‘व्यवस्थापन तथा रुपान्तरणका लागि प्रश्नहरुको उठान’ विषयक सम्मेलनको उद्घाटन गर्दै कर्णाली प्रदेशका...
-
२०७६ आषाढ २९, आइतबार
नौडाँडा–कार्कीनेटा सडकखण्डको जुग्लेखोलामा पक्की पुल
स्याङ्जा जिल्लाको आधीखोला गाउँपालिका नौडाँडा–कार्कीनेटा सडकखण्डको जुग्लेखोलामा पक्की पुल निर्माण भएको छ । कात्तिक महीनामा निर्माण शुरु गरिएको २२ मिटर लम्बाइ र छ मिटर चौडाइको सो पुल नेपाल सरकार र विश्व बैंकको संयुक्त रु दुई करोड ३१ लाख १६ हजारको लगानीमा तोकिएकै समयमा निर्माण सम्पन्न गरिएको हो । शनिबार निर्माण सम्पन्न पुलको उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले...
-
२०७६ आषाढ २९, आइतबार
साहित्य, कला क्षेत्रका ४२ स्रष्टा सम्मानित
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाली भाषा, साहित्य, कला, संस्कृति, सङ्गीत, नाट्यलगायत क्षेत्रमा योगदान दिने देशभरका ४२ जना स्रष्टालाई सम्मान गरेको छ । मन्त्रालयले आज यहाँ आयोजना गरेको पुरस्कार समर्पण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति विधातर्फको राष्ट्रिय प्रतिभा पुरस्कार गितु गिरीलाई प्रदान गर्नुभयो । प्यूठानमा जन्मनुभएका गिरीका सांस्कृतिकलगायत विविध विषयमा लेखिएका...
-
२०७६ आषाढ २९, आइतबार
राप्ती नदीको बहाव बढेपछि दुई दिनदेखि आवागमन ठप्प
राप्ती नदीको बहाव बढेपछि बाँकेको भम्का र अमुवागाउँका बासिन्दाको आवागमन दुई दिनदेखि ठप्प भएको छ । नदीमा आएको बाढीका कारण डुङ्गा सञ्चालन हुन नसकेपछि भम्का र अमुवागाउँका सयौँ बासिन्दाको आवागमन ठप्प भएको हो । राप्तीसोनारी गाउँपालिका वडा नं १ स्थित भम्का र अमुवागाउँ पुग्नका लागि पुल नबनेका कारण राप्ती नदीमा बाढी आउनासाथ वर्षेनी आवागमन बन्द हुने गरेको स्थानीय शिक्षक भुवन खुनाले बताउनुभयो । उहाँका...
-
२०७६ आषाढ २९, आइतबार
बाढी–पहिरो अपडेट ६० को मृत्यु, ४८ को सनाखत
विगत चार दिनदेखिको वर्षाका कारण आएको बढी, पहिरो र डुबानबाट मुलुकका विभिन्न जिल्लामा ६० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २४ महिला र ३६ पुरुष रहेका छन् । विपद्मा परेर अपराह्नसम्म ३८ घाइते भएको र २६ जना बेपत्ता भएको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले राससलाई जानकारी दिनुभयो । अहिलेसम्म दुई हजारभन्दा बढीको उद्धार गरिएको छ । गृह मन्त्रालयका अनुसार ३३ हजारभन्दा बढी मानिस विपद्बाट...
-
२०७६ आषाढ २९, आइतबार
बाढी पहिरो अपडेट ः मृत्यु हुने ४८ पुगे, ३५ बेपत्ता, २५ घाइते
अबिरल वर्षापछि आएको बाढी पहिरो र डुवानका कारण अहिलेसम्म ४८ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले दिएको जानकारी अनुसार बाढी पहिरोमा परी २१ महिला र २७ पुरुषको ज्यान गएको छ । आज बिहानसम्मको विवरण अनुसार २५ जना घाइते भएकाले उनीहरुको सम्बन्धित स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने ३५ जना बेपत्ता भएका छन् । अहिलेसम्म एक हजार १०४ जनाको उद्धार गरिएको छ । प्रहरीले...
-
२०७६ आषाढ २९, आइतबार
भाषिक एकीकरणलाई स्थायित्व दिनुपर्छ ः उपप्रम पोखरेल
उपप्रधानमन्त्री ईश्वर पोखरेलले पृथ्वीनारायण शाहले भौगोलिक रुपमा र आदिकवि भानुभक्त आचार्यले भाषिक रुपमा गरेको एकीकरणलाई सामाजिक सद्भावका साथ स्थायित्व दिनुपर्नेमा जोड दिनुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानलगायत संस्थाको सहयोगमा भानु प्रतिष्ठानले आज यहाँ आयोजना गरेको २०६ औँ भानुजयन्ती एवं राष्ट्रकवि माधवप्रसाद घिमिरेको समभिनन्दन समारोहलाई सम्बोधन गर्दै उहाँले सामाजिक सद्भावमा टिकेको राष्ट्रिय...
-
२०७६ आषाढ २९, आइतबार
होटल तथा रेष्टुराँमै प्राथमिक उपचार
बागलुङका होटल तथा रेष्टुँरामा आउने पाहुनाले अब होटलबाटै प्राथमिक उपचार पाउने भएका छन् । सदरमुकाम बागलुङ बजारका होटल तथा रेष्टुराँले आफ्नो पाहुना र काम गर्ने मजदुरलाई लक्षित गरी प्राथमिक उपचारका लागि ‘फस्ट एड बक्स’ राखेका छन् । होटलमा आउने पाहुनाका लागि सहज होस् भन्ने उद्देश्यले प्राथमिक उपचारमा प्रयोग हुने औषधि र औजार राखेका हुन् । होटलमा आउने पाहुना र पर्यटकको सहजताका लागि र स्वास्थ्यसम्बन्धी...
-
२०७६ आषाढ २८, शनिबार
आइतबारसम्म देशभर मनसुन सक्रिय रहने
मनसुन न्यूनचापीय रेखा मध्य र पूर्वी नेपालको तराई भू–भागमा र पश्चिमी नेपालको पहाडी भू–भाग नजिक अवस्थित रहेकाले आइतबारसम्म देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले आज एक विशेष बुलेटिन जारी गर्दै न्यूनचापीय रेखासँगै न्यूनचापीय क्षेत्र पनि मध्य र पूर्वी नेपाल नजिक रहेकाले आइतबारसम्म मनसुन अति सक्रिय रहने जनाएको छ । महाशाखाले आगामी...


