राष्ट्रिय
-
२०७६ आषाढ २८, शनिबार
बिहार जलमग्न भएपछि कोशी ब्यारेजका ढोका बन्द गर्न दबाब
लगातार परेको पानीले सप्तकोशीमा पानीको बहाव उच्च भएको छ । एक लाख ५० हजार क्यूसेक पानीको मापनपछि खतरा मानिने आज अपराह्न २ः०० बजेको मापनअनुसार दुई लाख ७४ हजार ६५ क्यूसेक पानीको बहाव रहेको कोशी ब्यारेजमा रहेका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिनुभयो । अहिले ५६ ढोकामध्ये ३६ ढोका खोलिएका छन् । भारतको बिहार जलमग्न भएपछि भारतले ढोका बन्द गर्न दबाब दिइरहेको सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र...
-
२०७६ आषाढ २७, शुक्रबार
बाढीसँगै उद्धारका लागि सुरक्षाकर्मी परिचालित
प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षासँगै आएको बाढीबाट हुनसक्ने क्षति न्यूनीकरण तथा उद्धार गर्न तदारुकताका साथ सुरक्षाकर्मी परिचालन गरिएको बताउनुभएको छ । आज ट्वीट गर्दै उहाँले सम्भावित जोखिमबाट जोगाउनका लागि पूर्वसूचना प्रणालीलाई अझ प्रभावकारी बनाउन सम्बन्धित मन्त्रालय सक्रिय रहेकोसमेत जानकारी गराउनुभएको छ । उहाँले सर्लाहीस्थित भारतसँगको सीमा क्षेत्रमा डुबानको समस्या समाधान गर्न दुई देशबीच...
-
२०७६ आषाढ २७, शुक्रबार
दुग्ध उत्पादक किसान उत्साहित
महोत्तरी जिल्लाको औरही नगरपालिकाका दुुग्ध उत्पादक किसान अब पुरस्कृत हुने भएका छन् । नगरपालिकाको भर्खरै सम्पन्न चौथो नगरसभाले आपूmले पालेको गाई, भैँसीबाट दैनिक कम्तीमा आठ लिटर दूध उत्पादन गर्ने किसानलाई वर्षेनी रु २५ हजार पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । नगरसभाको यो निर्णयले दुग्ध उत्पादक पशुपालक किसान उत्साहित भएका छन् । यो कार्यक्रम आउने नयाँ आर्थिक वर्ष २०७६÷७७ मै शुरु गरिने नगरप्रमुख...
-
२०७६ आषाढ २७, शुक्रबार
केही दिन अझै भारी वर्षा हुने
न्यूनचापीय रेखा ९वर्षा गराउने वायु० नेपाल प्रवेश गरेकाले देशभर वर्षा भइरहेको छ । न्यूनचापीय रेखा र न्यूनचापीय क्षेत्रसँगै रहेकाले देशभर वर्षा भइरहेको जल तथा मौसम अनुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले बताउनुभयो । “आगामी तीन दिन देशभर मनसुन अति सक्रिय हुनेछ, जसले गर्दा बाढी, पहिरोको उच्च जोखिम रहेकाले सतर्कता उपनाउनुपर्ने हुन्छ”, उहाँले भन्नुभयो । विशेषगरी आज र शनिबारलाई देशभर नै जोखिम रहेकाले...
-
२०७६ आषाढ २७, शुक्रबार
चितवनमा ४७ प्रतिशत मात्र रोपाइँ
जिल्लामा ४७ प्रतिशत रोपाइँ भएको छ । मनसुन ढिलो सक्रिय हुँदा र आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यताका कारण जिल्लामा अपेक्षाकृत रोपाइँ नभएको कृषि ज्ञान केन्द्र चितवनले जनाएको छ । केन्द्रका बाली विकास अधिकृत माधव पौडेलले जिल्लामा कूल धान रोपाइँ २८ हजार ६०० हेक्टरमध्ये आजसम्म करीब १३ हजार ३७० हेक्टरमा मात्र रोपाइँ भएको जानकारी दिनुभयो । कार्यालयका प्रमुख सुधीर श्रेष्ठका अनुसार जिल्लामा अघिल्लो...
-
२०७६ आषाढ २७, शुक्रबार
अविरल वर्षाका कारण १७ को मृत्यु, सात बेपत्ता
अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोबाट यो समाचार तयार पार्दासम्म १७ जनाको मृत्यु भएको छ । सात बेपत्ता भएका छन् भने चार जनाको उद्धार गरिएको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिनुभयो । बाढी, पहिरोमा परेर काठमाडौँ र खोटाङमा तीन–तीन जना, ओखलढुङ्गा, पर्सा, रामेछाप, सिन्धुली, मकवानपुर, ललितपुर र धादिङमा एक–एक जना तथा भोजपुरमा र काभ्रेमा दुई–दुई जना गरी...
-
२०७६ आषाढ २७, शुक्रबार
सिस्नेरी सडक अवरुद्ध
हिजो रातिदेखि परेको अविरल वर्षाको कारण हेटौँडा कुलेखानी सिस्नेरी दक्षिणकाली हँुदै काठमाडौँ जाने सडक अवरुद्ध भएको छ । इन्द्रसरोवर गाउँपालिकाको वडा नं २ र ३ को विभिन्न ठाउँमा पहिरो गएको छ भने वडा नं ३ को ज्यामिरेमा २०० मिटरसम्म सडक पहिरोले पुरिएको र सो सडकको पहिरो पन्छाउन केही दिन लाग्ने सिस्नेरी प्रहरी चौकीले जानकारी दिएको छ । यसैगरी फाखेल फर्पिङ भएर काठमाडौँ जाने सडकखण्डमा इन्द्रसरोवर गाउँपालिका–...
-
२०७६ आषाढ २७, शुक्रबार
नेपाललाई चलचित्र छायाङ्कन गन्तव्यका रुपमा विकास गर्नुपर्छ ः राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले सांस्कृतिक विविधतासहित प्राकृतिक सौन्दर्यले सुशोभित नेपाल आफँैमा सुन्दर चलचित्र झै भएकाले मुलुकलाई चलचित्र छायाङ्कन गन्तव्यस्थलको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रपति भण्डारीले यहाँको वैभवतालाई अधिकतम सदुपयोग गर्दै अन्तर्राष्ट्रिय जगत्लाई आकृष्ट गरी चलचित्र छायाङ्कन गन्तव्यको रुपमा विकास गर्नसके पर्यटन प्रवद्र्धनमा मद्दत मिल्ने विश्वास व्यक्त...
-
२०७६ आषाढ २७, शुक्रबार
कृषिमन्त्री खनाल द्धारा कालीमाटी प्रयोगशालाको निरिक्षण
कालीमाटी स्थित तरकारी बजारअन्तर्गत रहेको केन्द्रीय कृषि प्रयागशालाको निरिक्षण को लागि कृषिमन्त्री चक्रमाणि खनालले शुक्रबार निरिक्षण गरेका छन् । केहि समयदेखि भारतबाट आयात हुने तरकारी तथा फलफुलमा विषादी मिसाइएको थाहा पाएपछि विषादी परिक्षण गर्न थालिएको हो । यसबारे सरकाले निर्णय लिन पछि हटेपछि सरकार आलोचित भएको छ । तत्कालै सरकारसंग विषादी परिक्षण गर्ने पूर्वाधार नभएको बताएको छ । प्रयोगशालामा पुगेका...
-
२०७६ आषाढ २७, शुक्रबार
पूर्वप्रधानमन्त्री नेपाल र श्रीलङ्काली नेताहरुबीच भेटघाट
श्रीलङ्का भ्रमणमा रहनुभएका नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले त्यहाँका शीर्ष नेताहरुसँग भेटघाट गर्नुभएको छ । उहाँ श्रीलङ्का कम्युनिष्ट पार्टीद्वारा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथिका रुपमा भाग लिन कोलम्बो पुग्नुभएको थियो । बिहीबार वरिष्ठ नेता नेपाल र श्रीलङ्काका प्रधानमन्त्री रनिलविक्रम सिंगे, सभामुख करु जयासूर्या, पूर्वराष्ट्रपति महिन्द्रा राजापाक्ष, श्रीलङ्का...
-
२०७६ आषाढ २७, शुक्रबार
संसदीय पत्रकारिता तालीम शुरु
संसदीय पत्रकारितासम्बन्धी क्षमता अभिवृद्धि तालीम रुपन्देहीमा आजदेखि शुरु भएको छ । मिडिया एक्शन नेपालको आयोजना र ‘अष्ट्रेलियन एड’को सहयोगमा आयोजना गरिएको तालीममा रुपन्देही, कपिलवस्तु, नवलपरासी र पाल्पा जिल्लाका ३० पत्रकारको सहभागिता रहेको छ । दुई दिनसम्म चल्ने तालीममा संसदीय पत्रकारिताको सिद्धान्त र अभ्यासबारे प्रशिक्षण दिँदै प्रा रामकृष्ण रेग्मीले संसद्मा छलफल हुने सबै विषयवस्तु मिडियाको मुख्य...
-
२०७६ आषाढ २७, शुक्रबार
विद्यार्थी मृत्यु प्रकरण ः प्रिन्सिपलसहित पाँच जनाविरुद्ध मुद्दा दायर
कञ्चनपुरको भीमदत्तनगरपालिका–१७ मझँगाउँस्थित महाकाली बाल विद्यालयका विद्यार्थी माधव कलौनीको मृत्युका विषयलाई लिएर उहाँका अभिभावकले पाँच जनाविरुद्ध मुद्दा दायर गरेका छन् । विद्यार्थीबीच भएको झगडाका विषयलाई लिएर कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनीलाई गत असार १३ गते शिक्षकले कुटपिट गरी घाइते बनाएको आरोप छ । घाइते विद्यार्थीको तीन दिनअघि असार २४ गते राति उपचारका क्रममा भारतमा मृत्यु भएपछि मृतकका...


