राष्ट्रिय
-
२०७६ आषाढ २७, शुक्रबार
संसदीय पत्रकारिता तालीम शुरु
संसदीय पत्रकारितासम्बन्धी क्षमता अभिवृद्धि तालीम रुपन्देहीमा आजदेखि शुरु भएको छ । मिडिया एक्शन नेपालको आयोजना र ‘अष्ट्रेलियन एड’को सहयोगमा आयोजना गरिएको तालीममा रुपन्देही, कपिलवस्तु, नवलपरासी र पाल्पा जिल्लाका ३० पत्रकारको सहभागिता रहेको छ । दुई दिनसम्म चल्ने तालीममा संसदीय पत्रकारिताको सिद्धान्त र अभ्यासबारे प्रशिक्षण दिँदै प्रा रामकृष्ण रेग्मीले संसद्मा छलफल हुने सबै विषयवस्तु मिडियाको मुख्य...
-
२०७६ आषाढ २७, शुक्रबार
विद्यार्थी मृत्यु प्रकरण ः प्रिन्सिपलसहित पाँच जनाविरुद्ध मुद्दा दायर
कञ्चनपुरको भीमदत्तनगरपालिका–१७ मझँगाउँस्थित महाकाली बाल विद्यालयका विद्यार्थी माधव कलौनीको मृत्युका विषयलाई लिएर उहाँका अभिभावकले पाँच जनाविरुद्ध मुद्दा दायर गरेका छन् । विद्यार्थीबीच भएको झगडाका विषयलाई लिएर कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनीलाई गत असार १३ गते शिक्षकले कुटपिट गरी घाइते बनाएको आरोप छ । घाइते विद्यार्थीको तीन दिनअघि असार २४ गते राति उपचारका क्रममा भारतमा मृत्यु भएपछि मृतकका...
-
२०७६ आषाढ २७, शुक्रबार
अविरल वर्षाका कारण जनकपुर जलमग्न
अविरल वर्षाका जनकपुरधाम उपमहानगरपालिकाका अधिकांश क्षेत्र जलमग्न भएका छन् । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण उपमहानगरपालिकाका विभिन्न बस्ती डुबानमा परेका हुन् । जनकपुरका प्रायःजसो सडक र सरकारी कार्यालयमा पानी जमेको छ भने गहिरो स्थानको घरभित्र पानी पसेको छ । जनकपुरको ऐतिहासिक बाह्रबिघा मैदान, जनकपुर विमानस्थल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जनकपुर अञ्चल अस्पताल, जिल्ला प्रहरी...
-
२०७६ आषाढ २७, शुक्रबार
पानी परेसँगै राजधानीको ट्राफिक व्यवस्थापन जटिल
अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन जटिल बनेको छ । उपत्यकामा भएका साँघुरा सडक समयमा कालोपत्र नहुँदा र अविरल वर्षाका कारण सवारीसाधन ओहोरदोहोरमा समस्या उत्पन्न भएको हो । काठमाडौँ उपत्यकाभित्रको सवारी आगमनको सुरक्षित प्रवाह गराउने उद्देश्यका साथ स्थापना भएको महानगरीय ट्राफिक प्रहरी महाशाखामा थोरै जनशक्ति र धेरै सवारीसाधनका कारण उक्त समस्या उत्पन्न भएको छ । चाबहिल–साँखु, कलङ्की–...
-
२०७६ आषाढ २७, शुक्रबार
सतर्कता अपनाउन स्थानीय प्रशासनद्वारा अपिल
निरन्तरको वर्षाका कारण बाँकेको राप्ती नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले अपिल गरेको छ । नदी किनारका बस्तीमा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले सूचना जारी गरेको प्रजिअ मदन भुजेलले बताउनुभयो । बाँकेमा नदीय तटीय क्षेत्रका झण्डै २४ हजार बासिन्दा प्रत्येक वर्ष बाढीको जोखिममा पर्ने गरेका छन् । बाँकेको नेपाल –भारत सीमा क्षेत्र नजीक भारतले अन्तर्राष्ट्रिय नियम विपरीत लक्ष्मणपुर...
-
२०७६ आषाढ २७, शुक्रबार
सडकले नै खनेको खाल्डोमा मान्छे डुब्ने त्रास
झापाको मेचीनगर–१३ स्थित चारआलीमा सडक किनारमा पानी निकासका लागि भन्दै लापरवाहीपूर्वक खनिएका गहिरा खाडल नपुरिँदा ठूलो दुर्घटना हुने सम्भावना बढेको छ । केचना–चारआली मार्गअन्तर्गत चारआलीको दक्षिण सडकको पूर्वी किनारमा मान्छे डुबाउने गहिरा खाडल सडक निर्माणकै क्रममा खनिएका थिए । नालीको नाममा खाडल खनिएको महीनाँै भइसक्दासमेत न त ढल निकास र ढक्कनको व्यवस्था गरिएको छ, न त खाडल नै पुरिएका छन् । बर्खा...
-
२०७६ आषाढ २७, शुक्रबार
नेपालगञ्जमा प्लाष्टिकका झोला उत्पादन बन्द
नेपालगञ्जलाई प्लाष्टिकमुक्त शहर बनाउने अभियान शुरु भएपछि प्लाष्टिक झोला उत्पादक उद्योगले विकल्प खोज्दै झोला उत्पादन बन्द गरेका छन् । प्लाष्टिक झोलाको विकल्पमा बिरुवा उत्पादन गर्न प्रयोग हुने ‘क्यारी ब्याग’ र ढलानमा प्रयोग हुने ‘ढलान सिटी’ उत्पादन शुरु गरिएको छ । नेपालगञ्ज औद्योगिक क्षेत्रभित्र रहेको होली प्लाष्टिक उद्योगका सञ्चालक निसार अहमद अन्सारीले भन्नुभयो, “क्यारी ब्याग’ र ‘ढलान सिटी’ जहाँ...
-
२०७६ आषाढ २७, शुक्रबार
सामूहिक टिमुरखेती
=गल्याङ नगरपालिका– १० भिरालेका किसानले घरबारीको पाखो बारीमा रहेको झाडी फाँडेर सामूहिक टिमुरखेतीको शुरुआत गरेका छन् । बाँदर, मृगलगायतका जङ्गली जनावरले लगाएको खेतीबाली आएर हैरान बनेका किसानले बारीमा खेती नै लगाउन छाडेका थिए । खेती नलगाएसँगै झाडी बनेको बारी भने यतिबेला किसानले फाँडेर चिटिक्क पारेका छन् । वडा कार्यालयले किसानलाई टिमुरखेतीका बारेमा जानकारी दिनुका साथै आवश्यक बिरुवासमेत उपलब्ध गराएपछि...
-
२०७६ आषाढ २७, शुक्रबार
मृत्युपछि आँखा दान गर्नेको सङ्ख्यामा वृद्धि
पछिल्लो समय आँखा दान गर्नुपर्छ भन्ने भावनाको विकास हुँदै गएको पाइएको छ । मृत्युपछि जलेर जाने आँखाको नानीले दुई जनालाई दृष्टि दिन सक्छ भन्ने सन्देश प्रवाह भएसँगै आँखा दान गर्न इच्छा व्यक्त गर्नेको सङ्ख्या बढ्दै गएको छ । यससँगै मृत्युपछि आँखा दान गर्ने क्रम पनि बढेको छ । भरतपुर आँखा अस्पतालका सहायक व्यवस्थापक छाया श्रेष्ठका अनुसार असार १३ गते नारायणगढका ८४ वर्षीय मुक्तिलाल चुके र २५ गते नारायणगढकै...
-
२०७६ आषाढ २७, शुक्रबार
हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरुवा सारिँदै
प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महीनासम्म गरिने विशेष पूजा शुरु गरिँदैछ । एक महीनाअघि जेष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महीना...
-
२०७६ आषाढ २७, शुक्रबार
पूर्वी र मध्य भेगमा उच्च सतर्कता अपनाउन आग्रह
मनसुन न्यून चापीय रेखा नेपालको तराईका भू–भागका साथै मध्य र पूर्वी क्षेत्रमा सक्रिय रहेकाले आगामी तीन दिनसम्म देशैभर वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मौसम विश्लेषणसम्बन्धी आज विषेश बुलेटिन जारी गर्दै मनसुन तीन दिनसम्म अति सक्रिय भइरहने सम्भावना रहेकाले देशका अधिकांश भेगमा बद्ली रही धेरैजसो स्थानमा वर्षा हुने जनाएको हो । आज बिहानैदेखि मुलुकभर...
-
२०७६ आषाढ २७, शुक्रबार
गुल्मीको रुद्रवेणी–वामीटक्सार सडकखण्ड अवरुद्ध
तीन दिनदेखि लगातार परेको वर्षाका कारण गुल्मीको रुद्रवेणी–वामीटक्सार सडकखण्ड अवरुद्ध बनेको छ । गुल्मीको सत्यती गाउँपालिकाअन्तर्गत बादरेपैह्रो, लुम्दीखोला र उल्र्लीखोलास्थित डहरेखोलामा पहिरो खसेपछि गए रातिदेखि उक्त सडक अवरुद्ध बनेको गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिनुभयो । विहीबार डोजर लगाएर पहिरो हटाएपछि सञ्चालन भएको सो सडक गए रातिदेखि पुनः अवरुद्ध बनेको हो । जिल्लामा सबैभन्दा बढी...


