राष्ट्रिय
-
२०७६ आषाढ २६, बिहिबार
सिमेन्ट लेमिनेशन गरेको बोरामा प्याकिङ गरेर बजार पठाउनुपर्ने
स्वदेश तथा विदेशमा उत्पादित सिमेन्ट लेमिनेशन गरेको बोरामा प्याकिङ गरेर मात्र बजारमा पठाउनुपर्ने भएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले बिहीबार विज्ञप्ति जारी गरी सिमेन्टलाई लेमिनेशन गरेको बोरामा प्याकिङ गरेर मात्र बजारमा पठाउन सिमेन्ट उत्पादक सङ्घलाई आग्रह गरेको छ । विभागले सर्वोच्च अदालत, संयुक्त इजलासको आदेश ०६९ डब्लुओ ०२१४ समेतको मुद्दामा २०६९ भदौ १९ मा जारी अन्तरिम आदेश निष्कृय हुनेगरी...
-
२०७६ आषाढ २६, बिहिबार
सङ्कटापन्न जातका माछा संरक्षणको अभियानमा नगरपालिका
डडेल्धुराको रङ्गुन नदीमा माछा संरक्षण अभियान शुरु हुने भएको छ । डडेल्धुराको भित्री मधेशमा पर्ने रङ्गुन नदीमा माछा संरक्षण तथा सम्बद्र्धनको व्यवस्था गरेर व्यवस्थित माछापालन अभियान अगाडि बढाइने भएको हो । परशुराम नगरपालिका क्षेत्रभित्र पर्ने रङ्गुन खोला तथा जलाधार क्षेत्रमा सङ्काटापन्न जातको माछापालनलाई समुदायको जीविकोपार्जनसँगै जोड्दै संरक्षणको अभियान चलाइन लागेको नगरपालिका जनाएको छ । जथाभावी माछा...
-
२०७६ आषाढ २६, बिहिबार
साँफे–मार्तडी राजमार्ग अवरुद्ध
लगातार दुई दिनको अविरल वर्षासँगै साँफे–मार्तडी राजमार्ग सडक अवरुद्ध बनेको छ । लगातारको वर्षाले बार्जुगाड खोला हुँदै मार्तडीसम्म पुग्ने सडकको ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध बनेको हो । सडक अवरुद्ध भएसँगै यातायातका साधनसमेत आवतजावत गर्न समस्या भएको जय मालिका यातायात बस व्यवसायी पृथ्वी रावलले बताउनुभयो । उहाँले बार्जुगाड हुँदै गुईगाड खोलाको पुल नजिकै, बल्दे, अम्कोट, तिपाडालगायतका ठाउँमा माथिबाट...
-
२०७६ आषाढ २६, बिहिबार
पर्यटकीय क्षेत्र दोमुखाको आकर्षणको केन्द्र बन्दै बाल उद्यान
पूर्वको प्रसिद्ध पर्यटकीयस्थल झापाको शिवसताक्षीस्थित दोमुखामा थप आकर्षणका रूपमा रहेको बाल उद्यानको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । प्राकृतिक दृश्यको अवलोकन गर्नका लागि मानिसको भीड लाग्ने गरेको यस पर्यटकीयस्थलमा बाल उद्यानले पर्यटन प्रवद्र्धनमा समेत थप टेवा पुग्ने विश्वास गरिएको छ । पवित्र कनकाई नदीको किनार साथै चुरे पहाडको काखैमा रहेको यो पर्यटकीय क्षेत्र झापाको शिवसताक्षी नगरपालिकास्थित वडा...
-
२०७६ आषाढ २६, बिहिबार
ललितपुरमा मानवअधिकार उल्लङ्घनका घटना बढ्दो
ललितपुरमा मानवअधिकार उल्लङ्घनका घटना दिनानुदिन बढ्दै गएको छ । ललितपुरमा सुगमभन्दा बढी विकट क्षेत्र रहँदा सचेतना अभावका कारण यस्ता घटना बढ्दै गएका हुन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० ललितपुरले बिहीबार आयोजना गरेको ‘ललितपुरमा मानवअधिकारको अवस्था’ विषयक कार्यक्रमा सहभागीले यस कुराको जानकारी गराएका हुन् । इन्सेक प्रदेश नं ३ का प्रलेख अधिकृत ज्योति शर्माका अनुसार सन् २०१७ भित्र मानवअधिकार...
-
२०७६ आषाढ २६, बिहिबार
सुनकोशीको खानेपानी, ५५ हजारको जिन्दगानी
तेमाल क्षेत्रका बासिन्दामा खानेपानीबाट सुखका दिन आउन केही महीना मात्रै बाँकी छ । वर्षौंदेखि रातदिन समस्या झेल्दै आएका तेमाल गाउँपालिकाका बासिन्दाले आउँदो माघ महीनाभित्र घरघरमै खानेपानी पाउने भएका हुन् । चार वर्षअघि भूकम्पलगत्तै तेमालमा सुनकोशी नदीबाट पानी लिफ्टिङ गरी खानोपानी उपलब्ध गराइने भएपछि विस्थापनबाट जोगिएका स्थानीय बासिन्दा यतिबेला औधी खुशी पनि देखिएका छन् । “आउँदो माघ महीनाभित्र खानेपानी...
-
२०७६ आषाढ २६, बिहिबार
नेपालकी चेलीले जितिन् ‘मिस टीन भारत’को उपाधि
भारतीय सौन्दर्य प्रतियोगितामा नेपाली चेली निकिता थापामगरले ‘मिस टीन भारत’ को उपाधि जितेकी छिन् । झापा मेचीनगर नगरपालिका–५ नकलबन्दाकी १७ वर्षीया थापाले प्रतियोगितामा भारतका ३० प्रान्तबाट सहभागी बनेका सबैलाई उछिनेर विजेता बनेकी हुन् । यही असार २० गते शुक्रबार भारतको राजधानी दिल्लीमा आयोजना भएको ‘मिस टीन भारत’ विजेता थापा निशा थापा र पदम थापामगरको दुई छोरीमध्ये जेठी सन्तान हुन् । उनले काँकरभिट्टा...
-
२०७६ आषाढ २६, बिहिबार
नेपालीको भान्सा शुद्ध र खानेकुरा विषादिरहित हुनुपर्छः प्रम
प्रधानमन्त्री केपी शर्मा ओलीले उहाँले आयातीत तरकारी र फलफूलका विषादि जाँचका सम्बन्धमा भारतीय दूतावासबाट आएको पत्रबारे आफूलाई जानकारी नदिइएका विषयमा खोजी गरिने बताउनुभएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘संविधान कार्यान्वयन र प्रशासनिक पुनः संरचना’ विषयको राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै उहाँले नेपालीको भान्सा शुद्ध र खानेकुरा विषादिरहित हुनुपर्ने...
-
२०७६ आषाढ २६, बिहिबार
एचआइभी सङ्क्रमितलाई बाख्रा वितरण
जिल्लाको पूर्वीचौकी गाउँपालिकामा रहेका एचआइभी सङ्क्रमितलाई उन्नत जातका बाख्रा वितरण गरिएको छ । एचआइभी सङ्क्रमितहरुको आयआर्जन वृद्धि तथा जीवनस्तरमा सुधार गर्नका लागि स्थानीय रानीढुङ्गा लालीगुराँस एकता समाजको आयोजना तथा पूर्वीचौकी गाउँपालिकाको आर्थिक सहयोगमा एचआइभी सङ्क्रमितलाई बाख्रा वितरण गरिएको गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिनुभयो । पूर्वीचौकी गाउँपालिकामा रहेको २०० भन्दा बढी...
-
२०७६ आषाढ २६, बिहिबार
बर्खासँगै गाउँपालिकाकोे सडक अवरुद्ध
काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकाको सडक बर्खायाम शुरु भएसँगै अवरुद्ध भएको छ । जिल्ला सदरमुकाममा आवतजावत गर्नका लागि छिमेकी जिल्ला सिन्धुलीको घ्याङ्लेक गाउँपालिकाको रामपुरखोला हुँदै जानुपर्नेमा बर्खा लागेसँगै रामपुर खोला बढेर तर्न नसकिने, कच्ची सडकको ठाउँठाउँमा पहिरो जाने, भत्कने र हिलोका साथै खाल्डाखुल्डीका कारण आवतजावतमा समस्या भएपछि त्यहाँका बासिन्दाले कठिनाइ व्यहोर्नु परेको हो...
-
२०७६ आषाढ २६, बिहिबार
एशियाली कृषि सम्मेलन साउन २६ मा
नेपालमा एशियाली कृषकहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा युवा जमातलाई आकर्षित गर्ने उद्देश्यले सो सम्मेलन हुनलागेको आयोजकले बताएका छन् । साउन २६ देखि २८ सम्म लालितपुरमा आयोजना हुने उक्त सम्मेलनमा १२५ भन्दा बढी कृषक, उद्यमी तथा कृषि व्यवसायीको उपस्थिति रहने आयोजक संस्था फोर एच नेपालका संयोजक लोकराज अवस्थीले जानकारी दिनुभयो । सम्मेलनमा नेपालका १०...
-
२०७६ आषाढ २६, बिहिबार
सबैभन्दा बढी पर्यटक बोक्ने नेपाल एयरलाइन्स
सन् २०१८ मा राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्स सबैभन्दा बढी विदेशी पर्यटक बोक्ने एयरलाइन्समध्ये पहिलो स्थानमा पुग्न सफल भएको छ । संस्कृति, पर्यटन तथा नागरक उड्डयन मन्त्रालयले हालै सार्वजनिक गरेको ‘नेपाल टुरिज्म स्टाटिक्स–२०१८’ अनुसार बढी पर्यटक बोक्ने मुख्य पाँच एयरलाइन्समध्ये नेपाल एयरलाइन्स पहिलो भएको छ । उसले अघिल्लो वर्ष एक नम्बरमा रहेको भारतको जेट एयरलाइन्सलाई उछिन्दै...


