राष्ट्रिय
-
२०७६ आषाढ ३०, सोमबार
प्रभावकारी बन्दै दिवा खाजा कार्यक्रम
शिक्षाका लागि खाद्य कार्यक्रम एकाइ बाजुराद्वारा सञ्चालित खाजा कार्यक्रमले विद्यार्थीहरुको विद्यालयप्रति आकर्षण बढाउन विद्यालयमै दाल र भातको व्यवस्था गरेको छ । दिवा खाजाका रूपमा विद्यालयमै दाल र भातको व्यवस्था गरिएपछि विद्यालयमा विद्यार्थीहरुको आकर्षण बढ्दै गएको खप्तड छेडेदह गाउँपालिकाको फूलबारी आधारभूत विद्यालय काँडाका प्रधानाध्यापक शेरबहादुर बुढाले बताउनुभयो । विसं २०५७ देखि विद्यालयमा...
-
२०७६ आषाढ ३०, सोमबार
बाढीको त्रासले रातभर जाग्राम
जब वर्षायाम शुरु हुन्छ तब कैलालीका धेरैजसो ठाउँका बासिन्दाको मुटु काँप्छ । उनीहरू वर्सेनी आउने बाढीबाट त्रसित छन् । बाढी आउला कि भनेर नदी किनारमा रातभर पालैपालो जागाराम बस्छन् । वर्षा हुन थाल्यो भने स्थानीयवासी नजिकै रहेको नदीको बहाव हेर्न पुग्छन् । यदी रातिको समयमा वर्षा भइरहेको छ भने उनीहरू पालैपालो रातभरी जाग्राम बसेर नदीको बहाव हेर्ने गर्छन् । विगतका वर्षमा बाढीबाटपीडित बनेका घोडाघोडी...
-
२०७६ आषाढ ३०, सोमबार
‘स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध’
प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रासामु जलवायु परिवर्तका असर र चुनौतीको सामना गर्न जनतालाई बढी सशक्त बनाउने र त्यस्ता असरलाई सम्बोधन गर्न तयार रहनेबाहेक अरु उपाय नभएको बताउनुभएको छ । वन तथा वातावरण मन्त्रालयको आयोजनामा यहाँ आज आयोजित जलवायुसम्बन्धी अन्तरराष्ट्रिय गोष्ठीको आज उद्घाटन गर्दै उहाँले नेपालको संविधानको धारा ३० ले स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिकको आधारभूत अधिकारलाई सुनिश्चित...
-
२०७६ आषाढ ३०, सोमबार
सेनाद्वारा बाढीपहिरो पीडित ७२३ को उद्धार
नेपाली सेनाले मुलुकभर हालसम्म बाढी तथा पहिरोपीडित ७२३ जनाको सकुशल उद्धार गरको छ भने १८६ जनालाई सुरक्षित स्थानमा सारिएको र बेपत्ता भएकाको खोजीकार्य जारी राखेको जनाएको छ । यही असार २६ गते साँझबाट परेको अविरल वर्षाका कारण देशका २६ जिल्लाका विभिन्न स्थानमा बाढीपहिरो, डुबान, कटान तथा सडक अवरुद्ध भई जनजीवन प्रभावित भएको छ । जनधनको थप क्षतिको सम्भावनालाई न्यूनीकरण गरी जनजीवनलाई सामान्य अवस्थामा...
-
२०७६ आषाढ ३०, सोमबार
वर्षासँगै सुनसान बन्दै ‘होमस्टे’
वर्षा शुरु भएसँगै बागलुङका ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ‘होमस्टे’मा आउने पर्यटकको सङ्ख्या कम हुन थालेको छ । प्राकृतिक एवं धार्मिक सम्पदाहरुलाई लक्षित गरेर सञ्चालनमा ल्याइएको ‘होमस्टे’मा पर्यटकको सङ्ख्या घटेको हो । सडकको असुविधा र वर्षाका कारण ‘होमस्टे’मा आउने पर्यटकको सङ्ख्या कम हुँदै गएको गल्कोट नगरपालिका–१० पाण्डवखानीस्थित सिद्धथान सामुदायिक होमस्टे सञ्चालक खिमबहादुर पुनले बताउनुभयो । “...
-
२०७६ आषाढ ३०, सोमबार
सरकारको अनुदानलाई सेयरमा परिणत गर्न सकिँदैनः अध्यक्ष लक्ष्मीदास मानन्धर
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड दैनिक उपभोग्य वस्तुको आपूर्तिमा अब्बल संस्थानका रूपमा उभिएको छ । सु?का दिनमा नुनको मात्र कारोबार गर्ने संस्थानले अहिले दैनिक उपभोग्य खाद्यान्न, गेडागुडी, तेल, ग्यास, रासायनिक मल, चिनीलगायतको कारोबारसमेत गर्दै आएको छ । संस्थानमा सरकारको करिब २२ प्रतिशत र बाँकी निजी क्षेत्रका व्यवसायीको सेयर लगानी छ । बजारमा उपभोग्य वस्तुको अभाव वा मूल्य वृद्धि हुँदा सरकारी...
-
२०७६ आषाढ ३०, सोमबार
कुलेखानीको जलाशय भरियो, आयोजना पूर्णक्षमतामा चलाइँदै
पछिल्ला दुई वर्षदेखि भरिन नसकेको मकवानपुरमा रहेको इन्द्रसरोवर असारमा नै भरिएको छ । जलाधार क्षेत्रमा अत्यधिक वर्षा भएपछि नेपाल विद्युत् प्राधिकरणको ‘पावर ब्याङ्क’ का रूपमा रहेको कुलेखानी जलाशय भरिएपछि सरकारले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । नेपाल विद्युत् प्राधिकरणले नियमितरूपमा विद्युत् उत्पादन गरेर वा अन्य जुनसुकै उपाय अवलम्बन गरेर भए पनि जलाशयको पानी घटाउने तयारी गरेको छ । सो...
-
२०७६ आषाढ ३०, सोमबार
ज्येष्ठ नागरिकको पालनपोषण गर्ने छोराबुहारी सम्मानित
दोलखाको तामाकोशी गाउँपालिकाले ज्येष्ठ नागरिकलाई विशेष हेरचाह गरी पालनपोषण गर्ने २१ जोडी असल छोरा बुहारीलाई सम्मान गरेको छ । गाउँपालिकाले ७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई माया ममतापूर्वक पालनपोषनमा ध्यान दिने २१ जोडी छोरा, बुहारी तथा छोरीलाई एक कार्यक्रमको आयोजना गरी आइतबार सम्मान गरेको हो । आथिक वर्ष ७५÷७६ अन्तर्गत विनियोजित लक्षित वर्गतर्फको ज्येष्ठ नागरिक सम्मान तथा असल छोरा, बुहारी र छोरी...
-
२०७६ आषाढ ३०, सोमबार
अपाङ्गतामैत्री संरचना र व्यवहारका लागि प्रतिबद्धता
अपाङ्गतामैत्री संरचना र व्यवहारका लागि सकारात्मक भूमिका खेल्ने पोखरा महानगर र अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधिले सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् । स्वावलम्बन जीवन पद्धति केन्द्र पोखरा र अपाङ्गता महिला सशक्तीकरण केन्द्र कास्कीको आयोजना एवं गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय र टेवा नेपालको सहयोगमा जनप्रतिनिधिसँग अपाङ्गता अधिकार तथा राष्ट्रिय अन्तरराष्ट्रिय नीतिनियम र कानूनसम्बन्धी दुईदिने...
-
२०७६ आषाढ ३०, सोमबार
इलाम दरबारमा अरनिको सङ्ग्रहालय
आदिकवि भानुभक्त चार्यको २०६ आँै जन्मजयन्तीको अवसरमा इलाममा एक कार्यक्रमका बीच प्रदेशसभा सदस्य धीरेन्द्र शर्माले अरनिको सांस्कृतिक सङ्ग्रहालयको आइतबार उद्घाटन गर्नुभयो । यसअघि जिल्ला प्रशासन कार्यालय रहेको इलाम दरबार कार्यालयको नयाँ भवन बनेपछि खाली रहेको थियो । इलाम नगरपालिका साहित्य, कला तथा सङ्गीत प्रतिष्ठानको पहलमा सङ्ग्रहालय पुनः स्थापित गरिएको हो । यसअघि इलामको माईस्थान मन्दिर हातामा उक्त...
-
२०७६ आषाढ ३०, सोमबार
लोपोन्मुख बोटे जातिका लागि एकीकृत बस्ती निर्माण हुँदै
लोपोन्मुख एवं सिमान्तकृत जातिका रुपमा रहेको बोटे समुदायका लागि मकवानपुरको मनहरी गाउँपालिकाका– ७ मा एकीकृत बस्ती निर्माण कार्य शुरु भएको छ । रमौली प्रतापपुरबाट बस्ती हस्तान्तरण गरी ल्याइएका बोटे समुदायका लागि मनहरी गाउँपालिकाबाट एकीकृत बस्ती निर्माण शुरु भएको हो । सरकारले उपलब्ध गराएको १० कट्ठा जमीनमा बस्दै आएका १४ घर बोटेका लागि व्यवस्थित बसोबास निर्माण भइरहेको छ । त्यसका लागि मनहरी गाउँपालिकाको...
-
२०७६ आषाढ २९, आइतबार
त्रिविले रामपुरमा इञ्जिनीयरिङ क्याम्पस सञ्चालन गर्ने
त्रिभुवन विश्वविद्यालयले रामपुरमा इञ्जिनीयरिङ क्याम्पस सञ्चालन गर्ने भएको छ । हाल कृषि तथा वन विज्ञान विश्वविद्यालय रहेको उक्त क्याम्पस सञ्चालन गर्न लागिएको हो । उक्त विश्वविद्यालयको इञ्जिनीयरिङ सङ्कायको यो पाँचौँ आङ्गिक क्याम्पस हो । विश्वविद्यालयका इञ्जिनीयरिङ सङ्कायका डिन प्रा रामचन्द्र सापकोटाले अन्य क्याम्पससँगै प्रस्तावित क्याम्पसका रुपमा रहेको चितवन इञ्जिनीयरिङ क्याम्पसको नाम राखेर प्रवेश...


