STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ आषाढ २९, आइतबार

    मनसुनी गतिविधि कमजोर बन्दै

    शुक्रबारदेखि सक्रिय रहेको मनसुन आजबाट कमजोर बन्दै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनचापीय रेखा वर्षा गराउने वायु नेपालको तराई भू–भागमा अवस्थित रहेका कारणले मनसुनि गतिविधि सामान्य देखिए पनि विस्तारै कमजोर हुँदै जाने महाशाखाका मौसमविद् समीर श्रेष्ठले बताउनुभयो । आज देशका पूर्व र पश्चिमी तराईका धेरैजसो स्थानमा मनसुनी वर्षा हुने छ । भोलिबाट यो प्रणाली दक्षिर्ण तर्फ सर्ने र क्रमश...

  • २०७६ आषाढ २९, आइतबार

    उधारोमा मागेर औषधि वितरण

    कञ्चनपुर भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालले विगत केही महीनायता लक्षित वर्गलाई वितरण गर्नुपर्ने औषधि उधारोमा मागेर वितरण गरिरहेको छ । लक्षित वर्गले प्रदान गरिने निःशुल्क औषधिको अभाव भएपछि अस्पतालले उधारोमा ल्याएर विगत तीन महीनादेखि प्रदान गर्दै आएको हो । अस्पतालभित्र रहेको सामाजिक सेवा केन्द्र इकाइमार्फत गरीब, असहाय, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, महिला स्वास्थ्य स्वयंमसेविका, शहीद...

  • २०७६ आषाढ २९, आइतबार

    सुरक्षित स्थानमा बसिरहन आग्रह

    बाँकेको राप्ती नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बसिरहन स्थानीय प्रशासनले आग्रह गरेको छ । नदीमा जलस्तर अहिले धेरै घटे पनि भारी वर्षाको सम्भावना अभै रहेकाले सुरक्षितस्थानमै रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताउनुभयो । उहाँका अनुसार, सम्भावित बाढी र डुबानको अवस्थामा नागरिकको उद्धार, आवश्यक उपकरणको व्यवस्था, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीलाई पनि तयारी अवस्थामा...

  • २०७६ आषाढ २९, आइतबार

    ‘अरु वर्षको असार २९ जस्तो प्रसन्न मन छैन’ ः प्रम

    प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरोका कारण ४० भन्दा बढीले जीवन गुमाएका कारण अरु वर्ष असार २९ गतेको जस्तो प्रसन्न मन यस पटक हुन नसकेको बताउनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले आज यहाँ आयोजना गरेको विसं २०७५ राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, महाकवि देवकोटा पुरस्कार, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार र गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार समर्पण समारोहलाई...

  • २०७६ आषाढ २९, आइतबार

    महोत्तरीमा पाँच दिनपछि घाम

    पाँच दिन लामो अविरल वर्षा आज मध्यान्हपछि महोत्तरीमा थामिएको छ । गत बुधबारयता आज मध्यान्हपछि मात्र घाम देखिएको हो । आकास उघ्रेर घाम देखिए पनि महोत्तरीवासी डुवानबाट भने अझंै आक्रान्त छन् । जिल्लाका गाउँ÷नगर बस्ती वर्षा र बाढीको पानीले अझै डुबेका छन् । पछिल्लोपटक पाँच दिनको अविरल वर्षासँगैको बाढीले जिल्लाका १५ वटै स्थानीयतहका गाउँ÷नगर बस्तीका गरी ४० हजार व्यक्ति प्रभावित भएको जिल्ला दैवीप्रकोप...

  • २०७६ आषाढ २९, आइतबार

    निजी मेडिकल कलेजलाई बन्देज लगाउनुहुँदैन ः उपप्रम यादव

    चिकित्सा शिक्षा ‘उपचार शिक्षा’ भएकाले यसलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत ल्याउन माग गरिएको छ । चिकित्सा शिक्षा शिक्षा मन्त्रालय र चिकित्सा सेवा स्वास्थ्य मन्त्रालयअन्तर्गत हुँदा प्रभावकारी समन्वयको अभाव रहेको भन्दै स्वास्थ्य मन्त्रालयले एक अंश एक मन्त्रालयमा अर्को अंश अर्को मन्त्रालयमा रहँदा उपलब्धि कम देखिएको जनाएको छ । उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले चिकित्सा शिक्षा...

  • २०७६ आषाढ २९, आइतबार

    बालुवा उत्खननले कोल्पुखोलाको पुल जोखिममा

    नदी दोहन बढेपछि नुवाकोट र धादिङको सिमानामा रहेको कोल्पुखोलाको पुल जोखिममा परेको छ । स्थानीय प्रशासन र प्रहरीले पुल वरपर बालुवा झिक्न रोक लगाए पनि बालुवा तस्करहरुले रातको समयमा खोलाबाट बालुवा निकाल्ने हुँदा पुल जोखिममा परेको हो । पुल वरपर बालुवा झिकेसँगै जोखिम बढेको भन्दै जिल्ला समन्वय समिति नुवाकोट, बेलकोटगढी नगरपालिका र बालुवा तस्करहरुविरुद्ध उजुरीसमेत परेको छ । स्थानीयवासीले पुलै जोखिममा पारेर...

  • २०७६ आषाढ २९, आइतबार

    औद्योगिक क्षेत्र डुबानमा

    पानीको बहाब नै थुनिने गरी शहीद स्तम्भको भौतिक संरचना तयार गरिएकाले सप्तरीको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र डुबानमा परेको छ । औद्योगिक क्षेत्र स्थापना भएदेखि नै पानीको बहावका लागि बनाइएको नाला र पोखरी थुन्दै स्थायी संरचना निर्माण गरेपछि रुपनी गाउँपालिकास्थित उक्त औद्योगिक क्षेत्र डुबानमा परेको हो । औद्योगिक क्षेत्रको पूर्व–दक्षिण छेउबाट चल्ने पानीको बहावलाई थुन्ने गरी प्रदेश नं २ सरकारको...

  • २०७६ आषाढ २९, आइतबार

    कोशी ब्यारेजका सबै ढोका खोलिए

    सप्तकोशी नदीको ब्यारेजमा अहिले सबै ५६ वटै ढोका खोलिएको छ । लगातारको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएकाले सबै ढोका खोलिएको ब्यारेज प्रहरी चौकी कार्यालयका प्रमुख ईश्वर दाहालले जानकारी दिनुभयो । नदीमा पानी बढ्न थालेपछि एकपछि अर्को ढोका खोल्न ब्यारेजमा २४ सै घण्टा प्राविधिकसहितका कर्मचारी तैनाथ रहेको सहायक प्रहरी निरीक्षक दाहालले बताउनुभयो । नौ लाख क्यूसेक पानी बहने क्षमता रहेको ब्यारेजमा...

  • २०७६ आषाढ २९, आइतबार

    ‘अतिवरिष्ठ ज्येष्ठ नागरिक’ हटाउनुपर्ने

    ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि सङ्घीय संसद्, प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिमा आजदेखि दफावार छलफल शुरु भएको छ । सिंहदरबारस्थित समितिको कक्षमा आज भएको छलफलका क्रममा सांसदहरुले ८० वर्ष र सोभन्दा माथिको ज्येष्ठ नागरिकलाई ‘अति वरिष्ठ ज्येष्ठ नागरिक’ सम्झिनु पर्दछ भन्ने प्रावधान राख्न नहुनेमा जोड दिनुभयो । सो विधेयकमाथि दिव्यमणि राजभण्डारी, देवेन्द्रराज कँडेल...

  • २०७६ आषाढ २९, आइतबार

    एक महीनादेखि विनियोजन विधेयकमाथि छलफल जारी

    कर्णाली प्रदेश सरकारले असार १ गते ल्याएको ‘विनियोजन विधेयक २०७६’ माथिको छलफल एक महीनादेखि जारी छ । प्रदेश सरकारको आव २०७६÷७७ को रु ३४ अर्ब ३५ करोड विधेयकमाथि घनिभूतरूपमा छलफल भइरहेको हो । छलफलमा प्रदेश सरकारअन्तर्गत सबै विषयगत मन्त्रालयले आ–आफ्नो बजेट सभासमक्ष पेश गरिसकेका छन् । शनिबार बसेको प्रदेशसभाको चौथो अधिवेशनको एक्काइसौँ बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, मुख्य न्यायाधिवक्ताको...

  • २०७६ आषाढ २९, आइतबार

    रगत पाउनै मुश्किल

    बढ्दो गर्मी, खेतीपाती र विद्यार्थीको परीक्षाका कारण रक्तदान कार्यक्रमको आयोजना नहुँदा बिरामीका आफन्तले रगत पाउन मुस्किल भएको छ । अस्पतालमा बिरामी राखेर रक्तसञ्चार केन्द्रमा रगतको प्रतीक्षामा बस्नेको सङ्ख्या बढ्दै गएको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार आवश्यकमात्रामा रगत सङ्कलन नहुँदा समस्या उत्पन्न भएको हो । चिनजान भएका बिरामीका आफन्तले आफैँले दाता खोजेर...

Pages