राष्ट्रिय
-
२०७६ आषाढ ३१, मंगलबार
पर्यटन विभागद्वारा क्यासिनो अनुगमन
पर्यटन विभागले नेपालमा सञ्चालित क्यासिनोको अवस्थाबारे अनुगमन शुुरु गरेको छ । नेपालका सबै तारे होटलमा सञ्चालित क्यासिनोको अवस्था अध्ययन गरी सोही आधारमा नवीकरण गरिने भएकाले अनुगमन गरिएको विभागले जनाएको छ । पहिलो चरणमा काठमाडौँका चार क्यासिनो अन्ना, महाजोङ, क्यासिनो हयात र मल्ल होटलको बेलिज क्यासिनो अनुगमन गरिएको विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिनुभयो । बाँकी क्यासिनो पनि क्रमशः...
-
२०७६ आषाढ ३१, मंगलबार
ललितपुर विद्यालय बन्द, सम्पर्कविच्छेद, यातायात अवरुद्ध
निरन्तर वर्षाका कारण ललितपुरको जनजीवन प्रभावित भएको छ । ठाउँठाउँमा गएको पहिरो हटाउन नसक्दा दक्षिण ललितपुरमा पर्ने तीन गाउँपालिकामा सडक अवरुद्ध भएर यातायात ठप्प भएको छ । पहिराका कारण यहाँका सबै विद्यालय हाल बिदा गरिएका छन् । कैयौँको घरमा पालिएका चौपायाको अवस्था एकदमै दयनीय बनेको छ । ललितपुर महानगरपालिका–२८ मा कर्मनाशा खोलाको पानीले प्रभाव पार्दा यहाँका सयौँ घर डुबानमा परेका छन् । यसैगरी ग्वार्को...
-
२०७६ आषाढ ३१, मंगलबार
मुख्यमन्त्री उत्कृष्ट कृषि पुरस्कारबाट दुई उद्यमी पुरस्कृत
जुम्लाको चन्दननाथ नगरपालिकाले दुई जना उद्यमीलाई मुख्यमन्त्री उत्कृष्ट कृषि पुस्कारबाट सम्मान गरेको छ । सम्मानित हुनेमा चन्दननाथ–४ मालाभिडका लोकमणि पक्षीपालक उद्योगका सञ्चालक रिता चौलागाईं बुढ्थापा र चन्दननाथ–३ शान्ति नगरका चेरेमालिका बाख्रापालन समूहका उद्योगी लोकबहादुर रोकाया हुनुहुन्छ । नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले उहाँहरुलाई रु १५ हजारसहित प्रमाणपत्रद्वारा सम्मान गर्दै राम्रो गर्ने...
-
२०७६ आषाढ ३१, मंगलबार
छोटो पदयात्रा मार्ग र घरवासलाई प्रवद्र्धन गर्दै हाइकर्स क्लब
हाइकर्स क्लब नेपालले पोखरा र आसपासका छोटो दूरीको पदयात्रा हाइकिङ एवं सञ्चालन भएका घरवास कार्यक्रमको प्रवद्र्धन शुरु गरेको छ । पोखरामा क्रियाशील ६० युवा विद्यार्थी तथा व्यवसायीसमेतलाई समेट्दै गठित क्लबले प्रत्येक महीनाको अन्तिम शनिबार एकदिने हाइकिङसहित वरपर सञ्चालित घरवास कार्यक्रमको प्रवद्र्धन गर्न थालेको हो । क्लबले हालसम्म पोखराबाट शान्ति स्तुपा, निर्मलपोखरी, अष्टे«लियन क्याम्प र काहुँकोट...
-
२०७६ आषाढ ३१, मंगलबार
खर्कदेखि गोठसम्मको सहयोगी भोटे कुकुर संरक्षण गरिँदै
सामान्यतः कुकुर घरको सुरक्षाका लागि पालिने जनावर हो । कतिपय मानिसमा घरको सुरक्षाबाहेक कुकुर पाल्ने अनौठो सौख पनि हुन्छ । कुकुरका विभिन्न प्रजातिमध्ये विशेषतः हिमाली भेगमा पाइने भोटे कुकुरले घरको सुरक्षामात्र नभई सयौँको बथान भेडाबाख्रालाई नियन्त्रण गर्छभन्दा जो कोहीलाई अनौठो लाग्न सक्छ । सयौँको सङ्ख्याका भेडाबाख्रालाई चराउन लैजानका लागि हिमाली क्षेत्रमा यो कुकुर वरदान नै सावित भएको छ । विश्वमा नै...
-
२०७६ आषाढ ३१, मंगलबार
मापदण्डविपरीतका तीन पानी उद्योगविरुद्ध मुद्दा, १५ को उत्पादन रोक्का
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले प्रशोधित पिउने पानी उत्पादन मापदण्ड उल्लङ्घन गर्ने बाँकेका तीन पानी उद्योगविरुद्ध मुद्दा दायर गरेको छ । प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका–२०७४ उल्लङ्घन गरेकाले जेएमसी वाटर इण्डष्ट्रिज, पशुपति ड्रिङ्किङवाटर र पञ्चकन्या ड्रिङ्किङवाटर उद्योगविरुद्ध मुद्दा दायर गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका प्रमुख...
-
२०७६ आषाढ ३१, मंगलबार
श्रावण २ र १० गतेको नेपाल बन्द फिर्ता !
लोकसेवाको विज्ञापन असमावेशी भएको भन्दै संघषरत् आदिवासी जनजाति महासंघ एवं बिभिन्न संघसंस्थाहरुले संयुक्त रुपमा गैर्दै आइरहेको आन्दोलनको क्रममा आज मंगलबार काठमाडौंको विभिन्न क्षेत्रमा विरोध जुलुलका साथै माइती मण्डलामा सभाको आयोजना गरेको छ । उक्त सभामा सरकारले संविधानको भावना तथा मर्म विपरीत लोकसेवाको विज्ञापन सार्वजनिक गरेकोमा आपत्ति जनाउँदै विरोध गरेको छ । सभामा बिभिन्न आदिवासी जनजाति नेताहरुले...
-
२०७६ आषाढ ३१, मंगलबार
विद्यालय दिउँसो चलाउन अटेर
बागलुङ नगरपालिकाले नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयलाई शिशुदेखि कक्षा १२ सम्मको कक्षा दिउँसो चलाउन निर्देशन दिएको छ । शिक्षा ऐन आठौँ संशोधनले विद्यालय शिक्षाका अन्य कक्षाजस्तै कक्षा ११ र १२ लाई पनि दिउँसो चलाउनुपर्ने नीतिगत व्यवस्था गरेको छ । यसअघि पटक–पटक दिउँसो कक्षा सञ्चालन तथा व्यवस्थापन गर्न निर्देशन दिइए पनि केही विद्यालयले अटेर गरेपछि सोमबार पुनः परिपत्र गरिएको शिक्षा शाखाका उपसचिव...
-
२०७६ आषाढ ३१, मंगलबार
रोकिँदै, शुरु हुँदै विषादी जाँच
सरकारले असार पहिलो सातादेखि भारतबाट भित्रिने तरकारी र फलफूलमा विषादी जाँच ग¥यो । त्यसको दुई साता नबित्दै जाँच रोकियो । कर्मचारी अभावका कारण जाँच रोक्नुपरेको सङ्घीय सरकारले जनाएको छ । सङ्घीय सरकारले भनेको छ, “आवश्यक पूर्वाधार र जनशक्ति तयार गरेर एक वर्षभित्रै जाँच पूर्ण कार्यान्वयनमा आउनेछ ।” यसरी सङ्घीय सरकारले जाँच रोके पनि प्रदेश सरकारले भारतबाट भित्रिने तरकारी र फलफूलमा विषादी जाँच गर्ने...
-
२०७६ आषाढ ३१, मंगलबार
सर्पदंश उपचार केन्द्रमा साधन जुट्दै
झमझम पानी परिरहेबीच सर्पको बिगबिगी बढिरहेकै बेला महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा उपचार उपकरण जुटेका छन् । केन्द्रको उपचारकार्यमा आवश्यक पर्ने थप उपकरण सहयोगी संस्थाले जुटाएका हुन् । केन्द्रलाई भर्खरै बर्दिवासस्थित लक्ष्मी बैंक शाखाले एक थान इलेक्ट्रिक अक्सिजन, आइसीयू साइडबेड मनिटर र आइसीयू बेडसहित रु तीन लाख मूल्य बराबरको उपकरण प्रदान गरेको छ ।...
-
२०७६ आषाढ ३०, सोमबार
हिमपात पीडित कृषकलाई प्रदेश सरकारको रु ४९ लाख राहत
गत वर्षको हिउँदयाममा हिमपात र चिसोका कारण पशु चौपायाको क्षति भएर पीडित बनेका मुस्ताङका पशुपालक कृषकलाई गण्डकी प्रदेश सरकारले राहत प्रदान गरेको छ । प्रदेश सरकारकोे भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले यही असार २७ देखि २९ सम्म मुस्ताङका पाँचवटै गाउँपालिकाका पीडित ३७७ किसानलाई रु ४९ लाख २२ हजार ५० राहतस्वरुप वितरण गरेको मन्त्रालयका सचिव दुर्गाप्रसाद दवाडीले बताउनुभयो । हिमपातले कृषकले पालेका...
-
२०७६ आषाढ ३०, सोमबार
सातौँ धाम शैल्यशिखर पूजन जात्रा लाग्दै
देशकै सातौँ धामका रूपमा रहेको शैल्यशिखर धाम तथा मालिकार्जुन मन्दिरमा लाग्ने पूजन जात्राको यात्रा आरम्भ भएको छ । हरेक वर्ष असार शुक्ल चतुर्दशीका दिन लाग्ने शैल्यशिखर मालिकार्जुनको पूजन जात्राको यात्रा आज बिहानदेखि आरम्भ भएको हो । दार्चुलाको मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाको सीमा क्षेत्रमा पर्ने शैल्यशिखर धाममा हरेक वर्ष असार शुक्ल चतुर्दशीका दिन र कार्तिक शुक्ल त्रयोदशीका दिन शिखर...


