relans
ni new 83
nib 2082 5

३८ दलित परिवारलाई निःशुल्क सिलाइ मेशिन वितरण

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ ३०, सोमबार

यहाँका ३८ दलित घर परिवारलाई निःशुल्क सिलाइ मेशिन वितरण गरिएको छ । गरीबसँग विश्वेश्वर कार्यक्रमअन्तर्गत वालिङ नगरपालिका–१४ वडाका पारीथोक दमै गाउँका ३६ र सोही वडाको कोखे र तमादीका एक÷एक जना गरी कूल ३८ जनालाई मेशिन हस्तान्तरण गरिएको हो । महिलालाई स्वरोजगार र पेशाप्रति दक्ष बनाई आत्मनिर्भर बन्न अभिप्रेरित गरी आयआर्जन वृद्धि गर्ने उद्देश्यले तीन महीना तालीम प्रदान गरेपश्चात् निःशुल्क सिलाइ मेशिन हस्तान्तरण गरिएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । “विशेष गरी दलित तथा विपन्न महिला दिदीबहिनीलाई सीप सिकाइ आत्मनिर्भर बनाउनका लागि यस ठाउँलाई छनोट गरी तालीमपश्चात् मेशिन हस्तान्तरण गरेका हौँ”, नगर प्रमुख खाँणले भन्नुभयो, “सीपसँगै मेशिन हस्तान्तरण गरिएकाले पनि सिलाइकटाइलाई व्यावसायिकतामा ढाल्नका लागि महत्वपूर्ण टेवा पुग्ने विश्वास लिएको छु ।” गरीबसँग विश्वेश्वर कार्यक्रमअन्तर्गत हामीलाई छनोट गरी तालीम तथा निःशुल्क मेशिन हस्तान्तरणले निक्कै खुशी बनाएको तालीममा सहभागी वालिङ १४ तमादीकी माया नेपालीले बताउनुभयो । “महिला दिदीबहिनीले सीप पाएर मात्रै पनि परिवर्तन हुँदैनथ्यो होला”, गरीबसँग विश्वेश्वर कार्यक्रमअन्तर्गत सिलाइकटाइ तालीम संयोजक सरिता विकले भन्नुभयो, “यहाँ महिला दिदीबहिनीले तालीमसँगै सीपमा अझै निखारता ल्याउन सिलाइ मेशिन प्राप्त गर्नुभएको छ ।”
Categorized in राष्ट्रिय
ppp 2