राष्ट्रिय
-
२०७६ श्रावण ५, आइतबार
नेपालकै पहिलो ‘नेटवर्क आर्क पुल’को निर्माण अन्तिम चरणमा
बिजुलीबजारस्थित धोबीखोलामा निर्माणाधीन ‘नेटवर्क आर्क ब्रिज’ पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नेपालमा पहिलोपटक ‘नेटवर्क आर्क ब्रिज’ प्रविधिबाट निर्माण भएको पुल आगामी तीन चार महीनामा सम्पन्न हुने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । पछिल्लो समय विश्वभर रुचाउन थालिएको यो प्रविधिको पुल बलियो मात्रै नभएर सौन्दर्य प्रवद्र्धनको पक्षले पनि उत्कृष्ट मानिएको आयोजनाले जनाएको छ ।...
-
२०७६ श्रावण ५, आइतबार
पहिराको जोखिममा तनहुँका ३६ वडा
केही दिनअघि परेको वर्षापछि आएको बाढी र पहिरामा परी देशका विभिन्न जिल्लामा ६९ जनाको ज्यान गयो । अरु ३८ जना घाइते भए र ३१ जना बेपत्ता छन् । सो¥ह हजारभन्दा बढी घरपरिवार विस्थापित भए । प्रत्येक वर्ष बाढी र पहिराबाट धेरै नेपालीले ज्यान गुमाइरहेका छन् । तनहुँ जिल्लामा यस वर्ष बाढी र पहिराबाट क्षति भएको छैन । गत असार २९ गते राति परेको वर्षाले म्याग्दे गाउँपालिका–१ गुणादीमा एक घर भने पहिराले भत्काएको छ...
-
२०७६ श्रावण ५, आइतबार
मकैको खोस्टाको मुढा देशदेखि
पछिल्लो समय सीपमा आधारित हस्तकलाको माग बढ्दै गएपछि सीप सिक्न गृहिणी महिलाको रुचि र जाँगर बढ्न थालेको छ । पोखरामा मकैको खोस्टाबाट बनाइएका मुढाको माग बढ्न थालेपछि तालीम सिक्ने र घरमै मुढा बनाएर आयआर्जन गर्ने महिला बढ्न थालेको कास्की पोखरा हस्तकला सङ्घका अध्यक्ष एवं पद्मावती हस्तकला उद्योगका सञ्चालक हिरा भट्टराई बताउनुहुन्छ । “हामीले यस उद्योगबाट विभिन्न तालीम प्रदान गर्छौँ । तर पछिल्लो समय मकैको...
-
२०७६ श्रावण ५, आइतबार
आप्रवासी कामदारको अन्र्तराष्ट्रिय सम्मेलन हुने
राष्ट्रिय मानव अधिकार आयोले आगामी कात्तिकमा काठमाडौँमा ‘आप्रवासी कामदारको मानव अधिकार संरक्षण विषयक अन्तर्राष्ट्रिय सम्मेलन’ आयोजना गर्ने भएको छ । आयोगले आज पत्रकार सम्मेलन गरी आप्रवासी कामदार स्वच्छ र जवाफदेही भर्ना प्रक्रिया, कामदारको सुरक्षा, परिवारको अधिकार तथा न्यायमा पहुँचजस्ता विषयमा सम्बोधन गर्न कात्तिक २६ देखि २८ गतेसम्म काठमाडौँमा सो सम्मेलन गर्न लागेको जानकारी दिएको छ । आयोगका...
-
२०७६ श्रावण ५, आइतबार
साझा पार्टीद्वारा मनोनित
साझा पार्टीले केन्द्रीय कार्यसमितिमा सात नयाँ सदस्य थपेको छ । पार्टीको केन्द्रीय कार्यालय, बखुण्डोलमा आज बसेको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको हो । नयाँ सदस्यहरुमा कीर्ति तुलाधर, सुमित्रासिंह लामा, नारायण कोइराला, विकल शेरचन, रोहित थापा, भीमप्रसाद अधिकारी र विकु लामा रहनुभएको पार्टी प्रवक्ता डा सूर्यराज आचार्यद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । नयाँ सदस्य थपिएसँगै साझा पार्टीको...
-
२०७६ श्रावण ५, आइतबार
कानून बनाउँदा उपभोक्ताको हितलाई ध्यान दिनुपर्छ
उपभोक्ताको संरक्षणसम्बन्धी कानून बनाउँदा उपभोक्ताको हितलाई मध्यनजर गरेर कानून निर्माण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । उपभोक्ताको अधिकारभित्र मानवका आधारभूत अधिकार जोडिने भएकाले कानून बनाउँदा संवेदनशील हुनुपर्ने उनीहरुको भनाइ थियो । युएनडिपीको सहयोगमा कर्णाली फाउण्डेशनले शनिबार वीरेन्द्रनगरमा आयोजना गरेको कर्णाली प्रदेश उपभोक्ता संरक्षण गर्न बनेको विधेयक २०७५ माथि आयोजित छलफल कार्यक्रमका...
-
२०७६ श्रावण ५, आइतबार
पशुपति क्षेत्रमा वृक्षरोपण
पशुपति क्षेत्र विकास कोष र सशस्त्र प्रहरी बल नेपालले पशुपति क्षेत्रको विश्वरुप मन्दिर परिसर र श्लेषमान्तक वन क्षेत्रमा तीन हजार विरुवा रोपिएको छ । विश्वरुप मन्दिर परिसरमा पहिरो जान थालेकाले सम्पदा क्षेत्रको संरक्षण एवं वातावरणीय सन्तुलनका लागि वृक्षरोपण गरिएको हो । कार्यक्रमको शुभारम्भ गर्नु हुँदै कोषका सदस्य–सचिव डा प्रदीप ढकालले पशुपति क्षेत्रमा यस वर्ष कम्तीमा १० हजार बिरुवा रोप्ने कार्यक्रम...
-
२०७६ श्रावण ५, आइतबार
ट्रस पुल उद्घाटन
प्रतिनिधिसभाका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न विकासमा ऐक्यबद्धता, राजनीतिमा प्रतिपर्धा भन्ने नारालाई आत्मसात गरी अघि बढ्नु पर्ने बताउनुभएको छ । जस्तिक तज टोल विकास समितिको आयोजनामा हनुमन्ते नदीमा निर्माण गरिएको ट्रस पुलको शनिबार उद्घाटन गर्दे उहाँले रातलाई अँध्यारो भयो भनी सराप्नुभन्दा एउटा बत्ती बाली उज्यालो वातावरण सिर्जना...
-
२०७६ श्रावण ५, आइतबार
बक्यौताका लागि छानविन समिति गठन
प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले विभिन्न उद्योगले विद्युत्को डेडिकेटेड र ट्रङ्कलाइन प्रयोग गरेबापत नेपाल विद्युत् प्राधिकरणले उठाउनुपर्ने बक्यौताका सम्बन्धमा सुझावसहितको प्रतिवेदन पेश गर्न छानविन उपसमिति गठन गरेको छ । डा मीनेन्द्र रिजाल संयोजक रहनुभएको उक्त उपसमितिका सदस्यमा सूर्य पाठक, तेजुलाल चौधरी, पार्वती विशङ्खे र प्रदीप यादव हुनुहुन्छ । प्राधिकरणले उक्त सेवा लिने उद्योगबाट उठाउन बाँकी...
-
२०७६ श्रावण ५, आइतबार
पर्यटन प्रवद्र्धनका लागि जुट्दै युवा
जिल्लाको जोरायल गाउँपालिका–२ का युवाहरु पछिल्लो समय पर्यटन क्षेत्रको प्रवद्र्धनमा जुट्न थालेका छन् । स्थानीयस्तरमा धार्मिक, ऐतिहासिक, पर्यटकीय दृष्टिले महत्व राख्ने दर्जनौँ स्थलहरु भए पनि प्रचारप्रसारकोे अभावमा ओझेलमा परेको भन्दै युवाले उक्त अभियान थालेका हुन् । पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न युवाहरुले छतिवन पर्यटन प्रवद्र्धन समिति नामक संस्था पनि गठन गरेको छतिवन पर्यटन प्रवद्र्धन समितिका...
-
२०७६ श्रावण ५, आइतबार
विदेशिएका युवा पशुपालनमा आकर्षितः दूधको मूल्यवृद्धि नहुँदा निरुत्साहित
वैदेशिक रोजगारबाट फर्केपछि माथागढी गाउँपालिका–२ रुप्सेका कृष्णप्रसाद भट्टराईले गाउँमै बसेर पशुपालन व्यवसाय शुरु गर्ने योजना बनाउनुभयो । छिमेकीले दूध बिक्री गरी मनग्य आम्दानी गरेको देखेपछि उहाँले पनि वैदेशिक रोजगारी छाडेर २०७० सालमा उन्नत जातको एउटा गाईबाट व्यवसाय शुरु गर्नुभयो । पछि विस्तारै क्रमिक रुपमा गाईको सङ्ख्या बढाउँदै जानुभयो । गाईपालन व्यवसाय उहाँका लागि आम्दानीको भरपर्दो आधार बन्यो ।...
-
२०७६ श्रावण ५, आइतबार
बाढीपीडितलाई राहत वितरण
उदयपुर जिल्लाको सबैभन्दा बढी बाढीपीडित क्षेत्र बन्न पुगेको बेलका नगरपालिका वडा नं १ र २ का पीडित परिवारका लागि बेलका नगरपालिका र जिल्लाका विभिन्न गैरसकारी सङ्घसंस्थाले राहत वितरण शुरु गरेका छन् । शनिबार उदयपुर प्रदेश नं १ का प्रदेशसभा सदस्य, नेपाल रेडक्रस र बेलका नगरपालिकाका प्रतिनिधिको उपस्थितिमा तपेस्वरी तथा आम्वासी क्षेत्रका दुई दर्जन बाढीपीडित घरपरिवारका लागि राहत वितरणकार्य सम्पन्न भएको छ ।...


