राष्ट्रिय
-
२०७६ श्रावण ६, सोमबार
फागुनमा पर्यटन लगानी सम्मेलन
नेपालको पर्यटन क्षेत्रमा लगानी प्रवद्र्धन गर्ने उद्देश्यले आगामी फागुनमा पर्यटन लगानी सम्मेलन काठमाडौँमा आयोजना गरिने भएको छ । नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर भ्रमण वर्ष सचिवालयले पर्यटन लगानी सम्मेलन गर्ने तयारी गरेको हो । पर्यटनमा लगानीको दुई पक्षीय सम्झौता गर्ने गरी लगानी सम्मेलन आयोजना गर्न लागिएको भ्रमण वर्ष अभियानका राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले जानकारी दिनुभयो । एशियाली विकास...
-
२०७६ श्रावण ६, सोमबार
१४ घुम्ती शौचालय
विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रवरपर सफा र स्वच्छ बनाउने अभियान अन्र्तगत १४ वटा घुम्ती शौचालय राख्नेक्रम शुरु भएको छ । विश्वमा छरिएर रहेका वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रका विभिन्न स्थानमा शौचालय नहुँदा तीर्थयात्रीलाई समस्या पर्दै आएको थियो । पशुपति क्षेत्रका खाली ठाउँ खुला शौचालय बन्ने गरेकामा घुम्ती शौचालय राखेपछि पवित्रस्थलका रुपमा विकास गर्न सकिने विश्वास...
-
२०७६ श्रावण ६, सोमबार
जापानद्वारा रु ६३ अर्ब ९९ करोड अनुदान
जापान सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम तथा मानव संशोधन विकास परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई रु ६३ करोड ९९ लाख अनुदान प्रदान गर्ने भएको छ । अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रमममा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र अर्थ सचिव राजन खनालले हस्ताक्षर गर्नुभयो । आजै ती सम्झौता कार्यान्वयन गर्नेसम्बन्धी अर्को सम्झौतापत्रमा जापानी सहयोग...
-
२०७६ श्रावण ६, सोमबार
अन्न भण्डारमै चामल आयात हराउँदै खाद्य उद्योग
कुनै समय बाँके र बर्दिया जिल्ला धान उत्पादनमा अग्रणी जिल्लाका रूपमा परिचित थिए । यी दुई जिल्ला पश्चिम नेपालमा अन्न भण्डारकै रूपमा दरिन्थे । सिँचाइ सुविधा नपुगे पनि मनसुनकै भरमा प्रशस्तै धान उत्पादन हुन्थ्यो । यहाँ उत्पादित धान भारतको कोचिनसम्म पुग्थ्यो । महाकाली राइस मिल, पूजा दाल मिल, टण्डन राइस मिलजस्ता ठूला मिल पनि बाँकेमा सञ्चालित थिए । बजार विस्तार भयो, जनसङ्ख्या बढ्दै गयो । मौसम परिवर्तन...
-
२०७६ श्रावण ६, सोमबार
सूचना प्रविधिका डिजिटल उपकरण वितरण
रुपन्देहीको सैनामैना नगरपालिकाले सामुदायिक विद्यालयलाई सूचना प्रविधिका डिजिटल उपकरण वितरण गरेको छ । नगरपालिकाकाले १८ सामुदायिक विद्यालयलाई सूचना प्रविधिका डिजिटल उपकरण वितरण गरेको सैनामैना नगरपालिकाले जनाएको छ । रु एक करोड ७४ लाख ८९ हजार लगानीमा नगरपालिकाले सामुदायिक विद्यालयका लागि १८ ल्यापटप, १७१ डेस्कटप कम्प्युटर, १३ स्मार्ट प्रोजेक्टर र सात प्रिन्टर आइसिटी सामग्री नगरप्रमुख चित्रबहादुर...
-
२०७६ श्रावण ६, सोमबार
मुुलुकको आन्तरिक सुरक्षा व्यवस्थापनको जिम्मेवारी चुनौतीपूर्ण गृहमन्त्री थापा
गृहमन्त्री रामबहादुर थापाले मुलुकको आन्तरिक सुरक्षा व्यवस्थापनको जिम्मेवारी चुनौतीपूर्ण रहेको बताउनुभएको छ । प्रहरी प्रधान कार्यालय, राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जले आज यहाँ आयोजना गरेको ‘तालीम समापन समारोह’मा उहाँले नेपाल प्रहरीको सङ्घीय संरचनामा साङ्गठानिक स्वरूप बन्न गइरहेकाले सङ्घ र प्रदेशको सम्बन्धलाई सुदृढ बनाएर मुलुकको सुरक्षा थप बलियो बनाउन जरुरी रहेको बताउनुभयो । “सुढृढ र...
-
२०७६ श्रावण ६, सोमबार
पाँच स्वास्थ्य प्रयोगशालामा शिलबन्दी
कर्णाली प्रदेशको राजधनी वीरेन्द्रनगर सुर्खेतमा अवैधरुपमा सञ्चालन हुँदै आएका पाँच प्रयोगशालामा शिलबन्दी गरिएको छ । जिल्ला प्रशासन कार्यालयको सहकार्यमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको नेतृत्वमा गएको संयुक्त टोलीले आइतबार पाँच प्रयोगशालामा शिलबन्दी गरेको थियो । गत असार १९ र २० गते केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा रुणा झा नेतृत्वको टोलीले सुर्खेतमा सञ्चालित प्रयोगशालाको अनुगमन गरी अवैध...
-
२०७६ श्रावण ६, सोमबार
तिलगङ्गा आँखा प्रतिष्ठानलाई डब्लुएचओ समन्वय केन्द्र मान्यता
नेपालको आँखा स्वास्थ्य सेवा, शिक्षा, तालीम, जनशक्ति उत्पादन तथा अनुसन्धानका क्षेत्रले अन्तरराष्ट्रियस्तरमा ऐतिहासिक फड्को मारेको छ । छोटो अवधिमा तिलगङ्गा आँखा प्रतिष्ठानले विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० बाट ‘डब्लुएचओ समन्वय केन्द्र’को मान्यता प्राप्त गरेसँगै नेपालले आँखाका ती क्षेत्रमा ऐतिहासिक उपलब्धि हात पारेको छ । आँखाका क्षेत्रमा यसरी मान्यता पाउने प्रतिष्ठान पहिलो संस्था भएको छ ।...
-
२०७६ श्रावण ६, सोमबार
पशुपतिलगायत देशभरका शिवालयमा भक्तजनको भीड
साउन महीनाको पहिलो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । साउने सोमबारका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो । भक्तजन भने बिहान ३ः३० बजेदेखि पूजा एवं दर्शनका लागि लाममा बसेका थिए । अन्य विशेष पर्वमा जस्तै आज पनि पशुपतिनाथमा भक्तजनको...
-
२०७६ श्रावण ६, सोमबार
कैदीबन्दी महिलाले गरे कारागारभित्रै सोमवारी व्रत
कारागारभित्रको कठोर जीवन, गन्तव्यतर्फ नियाल्दै, थाकेको आखाँ, मुहारभरी चिन्ताको रेखा कोरिएको र जीवन जिउने आस मारिसकेकी चमेली विकको हातभरी हरियो चुरा र मेहन्दी सजिएको छ । मानव बेचबिखन मुद्दामा १४ वर्षको सजाय पाएकी विक अहिले अटल सौभाग्य र सन्तानको दीर्घायुका लागि साउने व्रत बसेकी छिन् । सिन्धुली घर भएकी विक अहिले कारागारभित्र रहेको मन्दिरमा कैदीबन्दीकै रुपमा साउने व्रत बसेकी छिन् । विभिन्न मुद्दामा...
-
२०७६ श्रावण ६, सोमबार
पुरानो अभिनेता पवन मैनालीलाई पुत्री लाभ
नेपालको चलचित्र जगतमा एक समय सशक्त अभिनयका लागि नाम कहलिएका अभिनेता पवन मैनाली लाई हालै पुत्री लाभ भएको छ । मोटरसाइकल दुर्घटनामा परी लामो समयदेखि अस्वस्थ रहॅदै आएका अभिनेता मैनाली की श्रीमती लक्ष्मी मैनालीले एक पुत्री जन्म दिएकी हुन् भने नवजात शिशुको भोलि मंगलबार विधिवत न्वारन गर्न लागेको कुरा अभिनेता मैनाली ले जानकारी दिएका छन्। व्यावसायिक रुपमा सफल चलचित्र ु पिंजडा ु को निर्माण गरेका मैनाली ले...
-
२०७६ श्रावण ६, सोमबार
द्वन्दपीडितको पीडाः ‘हामीलाई न्याय चाहिन्छ’
कृष्णपुर नगरपालिका– ८ रैकवार बिचवाका ७२ वर्षीय राजबहादुर चौधरीका आँखमा अझै आँशु थामिएका छैनन् । सशस्त्र द्वन्दका बेला हराएका छोरा नफर्किँदा चौधरी निकै दःुखी छन् । अठार वर्षकै उमेरमा विद्रोहीको आरोपमा उहाँका छोरालाई खाना खाईरहेका बेला तत्कालीन सुरक्षा फौजले नियन्त्रणा लिएर लगेपछि अहिलेसम्म अत्तोपत्तो छैन । “गाउँ नजिकैको वडा कार्यालयको परिसरमा युवा बसेको देख्दा छोरा आएको छ कि भनेर हेर्न जान्छु तर...


