STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ श्रावण १०, शुक्रबार

    प्रदेश ३ को मुख्य न्यायाधिवक्तामा ओमप्रसाद थपलिया

    प्रदेश नं ३ को मुख्य न्यायाधिवक्तामा ओमप्रसाद थपलियालाई सिफारिश गरिएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले काठमाडौँ महानगरपालिका १४ कलङ्की निवासी उहाँलाई बुधबार सो पदमा नियुक्तिका लागि सिफारिस गर्नुभएको हो । यसअघिका मुख्यन्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले आफ्नो पदबाट राजीनामा दिनुभको थियो । मुख्य न्यायाधिवक्ताको नियुक्ति प्रदेशका मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले गर्ने संवैधानिक व्यावस्था छ...

  • २०७६ श्रावण १०, शुक्रबार

    ललिपुर जावलाखेलस्थित तरकारी बजारमा डोजर चलाइयो

    ललितपुर जावलाखेलस्थित तरकारी बजारमा आज डोजर चलाइएको छ । स्टाफ कजेज नजिकै रहेको सडक किनारमा बनाइएको ५२ टहरा भत्काइएको छ । त्याहाँका पसलेहरुलाई तीन दिनको समयभित्र पसल खाली गर्न भनिएको थियो । प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले सार्वजानिक जग्गा ओगेटेर अव्यवस्थित तरिकाले बनाइ खोलिएको ले हटाइएको हो भनि जानकारी दिए । हामीले छ सात वर्ष अगाडिनै हटाउने प्रयास गरेका हौ । पसलेहरुलाई पसल छोड्न चेतावनी पनि...

  • २०७६ श्रावण १०, शुक्रबार

    विपन्न १०० परिवारको घर बनाउँदै कालिका नगरपालिका

    पहाड देखि समथर भू–भागसम्म फैलिएको कालिका नगरपालिकाले विपन्न परिवारका लागि १०० घर निर्माण गरिदिने भएको छ । चालू आर्थिक वर्षमा घर निर्माणका लागि नगरपालिकाले रु एक करोड ५० लाख विनियोजन गरेको छ । नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठका अनुसार राम्रोसँग बस्ने घर नभएका विपन्न परिवार छनोट गरी घर निर्माण गरिँदैछ । वर्षात् सकिएसँगै असोजबाट घर निर्माणको प्रक्रिया अघि बढाइने उहाँले जानकारी दिनुभयो ।...

  • २०७६ श्रावण १०, शुक्रबार

    राष्ट्रिय चिन्हको अवमूल्यन हुनेगरी विज्ञापन गर्न नपाइने

    राष्ट्रिय झण्डा, राष्ट्रिय गान, चिन्ह, निशाना छाप र विभूतिको अवमूल्यन हुनेगरी विज्ञापन बनाइ प्रकाशन एवं प्रसारण गर्न नपाइने भएको छ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको बैठकमा जारी विज्ञापन (नियमन गर्ने) विधेयक, २०७५ माथिको दफावार छलफलका क्रममा सांसदहरुले यसअघि व्यवस्था गरिएको राष्ट्रिय गान, चिन्ह, निशाना छाप र विभूतिको प्रयोग गरेर विज्ञापन बनाउने विषयलाई भने हटाउनुपर्नेमा जोड दिनुभयो...

  • २०७६ श्रावण १०, शुक्रबार

    नमोबुद्धद्वारा इँटा उद्योग हटाउन निर्देशन

    नमोबुद्ध नगरपालिकाले आफ्नो क्षेत्रमा सञ्चालन हुँदै आएका इँटा उद्योग तत्काल हटाउन निर्देशन दिएको छ । नपाले गत बुधबार भकुण्डे क्षेत्रमा अवस्थित आठ इँटा उद्योग सञ्चालकलाई नपा र उद्योगीबीच विगतमा भएको सहमति कार्यान्वयन गर्न पत्रमार्फत निर्देशन दिएको हो । गत माघ महीनामा जिल्ला समन्वय समितिका पदाधिकारी, नपा पदाधिकारी र इँटा उद्योगीबीच असार मसान्तभित्र काभे्रपलाञ्चोकको नमोबुद्ध नपा क्षेत्रमा सञ्चालित आठ...

  • २०७६ श्रावण १०, शुक्रबार

    पुष्पलाललाई राष्ट्रिय विभूति घोषणा गर्न माग’

     नेकपा (माओवादी केन्द्र)ले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठलाई राष्ट्रिय विभूति घोषणा गर्न आग्रह गर्दै सरकारलाई मागपत्र बुझाएको छ । सो पार्टीका स्थायी समिति सदस्य आलोक रायमाझीले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढामार्फत प्रधानमन्त्रीसमक्ष सो मागपत्र बुझाउनुभएको हो । संस्थापक महासचिव श्रेष्ठको वैज्ञानिक योगदानको उच्च मूल्याङ्कन गरी...

  • २०७६ श्रावण १०, शुक्रबार

    सतुवाको व्यावसायिक खेतीतर्फ आकर्षण

    जडीबुटीको संरक्षण र उपयोगलाई आर्थिक समृद्धिसँग जोड्ने लक्ष्य राखेको अन्नपूर्ण गाउँपालिकामा स्थानीयवासीको सक्रियतामा औषधीय वनस्पति सतुवाको व्यावसायिक खेती थालिएको छ । नेपालका संरक्षित वनस्पतिको सूचीका रुपमा रहेको सतुवाको संरक्षणका लागि स्थानीयवासीमा सचेतना अभिवृद्धि गर्दै आयआर्जनमा समेत टेवा पु¥याउने उद्देश्यले अन्नपूर्ण गाउँपालिका–११ स्थित छोम्रोङमा सामूहिक सतुवा खेती शुरु गरिएको हो । हिमालयन...

  • २०७६ श्रावण १०, शुक्रबार

    प्रधानमन्त्रीसमक्ष सम्पत्ति फिर्ता पाउन उद्योगीको माग

    नेपाल तयारी पोशाक सङ्घका पूर्वअध्यक्ष वृजगोपाल इनानीले आफ्नो स्वामित्वमा रहेको महालक्ष्मी गार्मेन्ट इन्डस्ट्रिजलाई कालोसूचीबाट हटाइ आफ्नो सम्पत्ति फिर्ता गर्न सरकारसमक्ष माग गर्नुभएको छ । प्रधानमन्त्री एवम् मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार एक ज्ञापनपत्र बुझाउँदै एशियन टेक्स्टाइल एण्ड गार्मेन्टस् काउन्सिलकासमेत पूर्वअध्यक्ष रहनुभएका इनानीले राष्ट्रिय वाणिज्य बैंकले आफ्नो उद्योगको सम्पूर्ण...

  • २०७६ श्रावण १०, शुक्रबार

    चार दिनदेखि नेपाल टेलिकमका सबै सेवा बन्द

    जाजरकोट सदरमुकामलगायत जिल्लाको विभिन्न स्थानमा चार दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । पटकपटक अवरुद्ध हुने टेलिफोनले गर्दा यहाँका स्थानीय हैरान छन् । नेपाल टेलिकमको चरम लापरवाहीका कारण यहाँका स्थानीय हैरान भएका छन् । मर्मतका लागि पटक पटक कुरा गरे पनि काम नभएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताउनुभयो ।   टावरको कभरेज कम हुँदा सधँै मारमा टावर आए पनि नेपाल टेलिकमको सदरमुकामस्थित...

  • २०७६ श्रावण ९, बिहिबार

    दुई वडाध्यक्षसहित रिहा

    हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुखविरुद्ध आन्दोलन घोषणा गरेर चक्कजाम गर्ने दुई वडाध्यक्षसहित छ जनालाई प्रहरीले दश घण्टापछि छाडेको छ । नगरप्रमुख इवन राईको विरोधमा उत्रिएका उनीहरुलाई प्रहरीले बुधबार बिहान चक्काजाम गराउने क्रममा दुर्छिमबाट पक्राउ गरेर नियन्त्रणमा लिएको थियो । पक्राउ परेका दुई वडाध्यक्षसहित सबैलाई अपराह्न ४ बजे नेपाल कम्युनिष्ट पार्टी नेकपा का नगर समिति अध्यक्ष सुरेन्द्रकुमार राईको...

  • २०७६ श्रावण ९, बिहिबार

    बाढीका कारण १३ दिनदेखि रेल्वे लिकमा बास

    बाढीका कारण महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–५ का करिब तीन सय बासिन्दा विगत १३ दिनदेखि जनकपुर–बर्दिबास रेल चलाउनका लागि लागि निर्माण हुँदै आएको लिकमा बास बस्दै आएका छन् । असार २८ गते जिल्लाको रातु नदीमा आएको भीषण बाढीले लोहारपट्टी–५ ९डठौरा० सिङ्गो गाउँ नै डुबानमा पारेपछि त्यहाँका २९६ परिवार विगत १२ दिनदेखि रेल्वे लिकमै बास बस्न बाध्य भएका हुन् । उक्त नदी निकारमै रहेको डठौरा गाउँमा बाढी...

  • २०७६ श्रावण ९, बिहिबार

    मृतक परिवारलाई प्रशासनको राहत

    बागलुङ जिल्लाको गलकोट नगरपालिका–८ काँडेबासस्थित ज्यामिरेमा मङ्गलबार बिहान पहिरोले गोठ पुर्दा ज्यान गुमाएकी सीता गौतमको परिवारलाई जिल्ला प्रशासन कार्यालय बागलुङले रु एक लाख राहत रकम बुधबार घरमै पुगेर हस्तान्तरण गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालय बागलुङका नासु कृष्णप्रसाद शर्मा ढकालले मृतक गौतमका...

Pages