relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ श्रावण ११, शनिबार

    फेरि थुप्रन थाल्यो राजधानीमा फोहर

    वाग्मती लगायत उपत्यकाका नदी र चक्रपथ सफाइ अभियान जारी रहे पनि विभिन्न स्थानमा अझै फोहर उठ्न सकेको छैन । वाग्मती सफाइ महाअभियानको ३२४ औँ हप्तामा बुद्धनगर पुल क्षेत्र मुनिको नदी किनारमा सफाइ गरी नौ मेट्रिक टन फोहर उठाए पनि तीन मेट्रिक टन फोहर मात्र व्यवस्थापन हुन सकेको अभियानकर्मी माला खरेलले बताउनुभयो । फोहर उठ्न नसकेपछि फेरि उपत्यकाका चोक चोकमा फोहर थुप्री प्रदुषण फैलन थालेको छ । सफाइमा २०...

  • २०७६ श्रावण ११, शनिबार

    मनसुनी गतिविधि कमजोर बन्दै

    मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भागबाट दक्षिण तिर सरेकाले अबका केही दिन नेपालमा मनसुनी गतिविधि कम सक्रिय रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखा कहिले तल कहिले माथि भइरहने भएकाले अहिले उक्त रेखा नेपालबाट दक्षिण तिर सरेकाले अबको तीन–चार दिन मनसुन कम सक्रिय हुने मौसमविद् मीनकुमार अर्यालले बताउनुभयो । “मनसुन सेप्टेम्बरको तेस्रो हप्तासम्म रहने भएकाले कहिले...

  • २०७६ श्रावण १०, शुक्रबार

    इलाका प्रशासन, मालपोत र नापी कार्यालय माग्न मन्त्रालयमा

    जिल्लाको गलकोटमा इलाका प्रशासन, मालपोत र नापी कार्यालय स्थापनाको माग गर्दै जनप्रतिनिधिसहितको सर्वदलीय टोली काठमाडौँ पुगेको छ । बिहीबार गृहमन्त्री रामबहादुर थाप र भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममा अर्याललाई भेट गरी मागपत्र बुझाइएको टोलीमा सहभागी ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो । “गृहमन्त्री सकारात्मक हुनुहुन्छ, आफ्नो ठाउँबाट पहल लिन्छु भन्नुभएको छ”,...

  • २०७६ श्रावण १०, शुक्रबार

    एकतीस प्रतिशत वायु प्रदूषण मापदण्ड विपरीतका साधनबाट

    काठमाडौँ उपत्यकामा ३१ प्रतिशत प्रदूषण मापदण्ड विपरीत सवारीसाधनबाट हुने गरेको पाइएको छ । राष्ट्रिय मानवअधिकार आयोगले आज ललितपुरमा आयोजना गरेको ‘वातावरण प्रदूषण र मानवअधिकार एक अध्ययन प्रतिवदेन सार्वजनिक तथा वातावरण विधेयक–२०७५’ विषयक अन्तरक्रिया कार्यक्रममा उपत्यकामा सवारीसाधनले अत्यधिक चाप हुनाका साथै मापदण्ड विपरीतका सवारीसाधनले ३१ प्रतिशत प्रदूषण हुने गरेको पाइएको हो । प्रतिवेदनको आयोगका...

  • २०७६ श्रावण १०, शुक्रबार

    राष्ट्रिय परिचयपत्रका लागि ८६ हजारको आवदेन

    पाँचथरमा हालसम्म ८६ हजार जिल्लावासीले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा ८६ हजार दुई जनाले उक्त परिचयपत्रका लागि आवेदन दिएका हुन् । सरकारले गत आर्थिक वर्षमा एक लाख १० हजार पाँचथरवासीको विवरण सङ्कलन गर्ने लक्ष्यका साथ पाँचथरबाट उक्त परिचयपत्रका लागि विवरण सङ्कलन गरेकामा अधिकांश युवा वैदेशिक रोजगारीको सिलसिलामा जिल्ला बाहिर...

  • २०७६ श्रावण १०, शुक्रबार

    सिटी सफारीका कारण ट्राफिक व्यवस्थापनमा समस्या

    विराटनगरमा सिटी सफारीको सङ्ख्या अत्यधिक वृद्धिले ट्राफिक व्यवस्थापनमा समस्या उत्पन्न भएको छ । सिटी सफारीका कारण विराटनगर नगर क्षेत्रमा दैनिक ट्राफिक समस्या उत्पन्न भई दुर्घटना हुने गरेको छ । सवारी चालक अनुमति बिना सञ्चालन गर्ने सफारीले नगर क्षेत्रको ट्राफिक जामको समस्या सबै क्षेत्रमा उत्पन्न गरेको स्थानीयवासीको आरोप छ । विराटनगर महानगरपालिकामा दर्ता भएको सफारीको सङ्ख्या एक हजार ७०० रहेको भए पनि...

  • २०७६ श्रावण १०, शुक्रबार

    पूर्वमन्त्री सिंहको निधन

    पूर्वमन्त्री चतुर्भुजप्रसाद सिंहको आज बिहान निधन भएको छ । सप्तरीको राजविराज नगरपालिका निवासी उहाँको आज बिहान ६ बजे आफ्नै निवासमा निधन भएको हो । विसं १९८९ असोजमा जन्मिनुभएका उच्च रक्तचापबाट पीडित सिंह ८७ वर्षीय सिंह विसं २०१९ देखि २०४६ सम्म पटक–पटक सूचना तथा सञ्चार, भौतिक योजना तथा यातायात र उद्योग तथा वाणिज्यमन्त्रीको कार्यभार सम्भाल्नुभएको उहाँका छोरा सुमनप्रसाद सिंहले जानकारी दिनुभयो । मुलुकमा...

  • २०७६ श्रावण १०, शुक्रबार

    जनकपुरधाम विमानस्थलमा हवाई इन्धन भर्ने सेवा प्रारम्भ

    नेपाल आयल निगम लिमिटेडद्वारा आजदेखि जनकपुरधाम विमानस्थलमा हवाई इन्धन भर्ने केन्द्रको स्थापना गरिएको छ । हवाई इन्धन भर्ने सेवा उपलब्ध नभएका विमानस्थलमा इन्धन भर्ने सेवा विस्तार गर्दै जाने योजनाअनुरूप निगमद्वारा जनकपुरधाम विमानस्थलमा सो केन्द्रको स्थापना गरिएको हो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले एक समारोहबीच हवाई इन्धन भर्ने सेवाको प्रारम्भ गर्दै प्रदेश नं २ को हवाई यातायात...

  • २०७६ श्रावण १०, शुक्रबार

    धार्मिक तथा पर्यटकीयस्थल हलेसीको जीर्णोद्वार तीव्रगतिमा

    धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा जीर्णोद्वारको काम तीव्रगतिमा अगाडि बढाइएको छ । हिन्दू, बौद्ध र किरात धर्मालम्बीको सङ्गमस्थल हलेसीमा सङ्घीय सरकार र हलेसी तुवाचुङ नगरपालिकाको संयुक्त रु ८२ लाखको लगानीमा जीर्णोद्वार थालिएको हो । धार्मिक मान्यताका साथै प्राकृतिक सौन्दर्यले पनि प्रसिद्ध हलेसीमा पुरानो संरचनामा असर नपुग्ने गरी जीर्णोद्वार शुरु गरिएको हलेसी विकास समितिका कार्यकारी निर्देशक समर...

  • २०७६ श्रावण १०, शुक्रबार

    तातोपानी नाकाबाट रु ५३ लाख राजश्व सङ्कलन

    चीनसँग सीमा जोडिने तातोपानी नाकाबाट एक महिनामा ५३ लाख राजश्व सङ्कलन भएको छ । चार वर्षपछि जेठ १५ बाट सञ्चालनमा आएको तातोपानी नाकाबाट रु ५३ लाख मात्र राजश्व सङ्कलन भएको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिनुभयो । औपचारिक रुपमा खुलेको नाकाबाट पहिलो हप्तामा तीन–चार वटा मात्रै कन्टेनर भित्रने गरेका थिए । नेपालबाट सामान लिनका लागि गएको भ्यान खासा पुगेर सामान लिएर फर्किने क्रम बढदै...

  • २०७६ श्रावण १०, शुक्रबार

    प्रदेश ३ को मुख्य न्यायाधिवक्तामा ओमप्रसाद थपलिया

    प्रदेश नं ३ को मुख्य न्यायाधिवक्तामा ओमप्रसाद थपलियालाई सिफारिश गरिएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले काठमाडौँ महानगरपालिका १४ कलङ्की निवासी उहाँलाई बुधबार सो पदमा नियुक्तिका लागि सिफारिस गर्नुभएको हो । यसअघिका मुख्यन्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले आफ्नो पदबाट राजीनामा दिनुभको थियो । मुख्य न्यायाधिवक्ताको नियुक्ति प्रदेशका मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले गर्ने संवैधानिक व्यावस्था छ...

  • २०७६ श्रावण १०, शुक्रबार

    ललिपुर जावलाखेलस्थित तरकारी बजारमा डोजर चलाइयो

    ललितपुर जावलाखेलस्थित तरकारी बजारमा आज डोजर चलाइएको छ । स्टाफ कजेज नजिकै रहेको सडक किनारमा बनाइएको ५२ टहरा भत्काइएको छ । त्याहाँका पसलेहरुलाई तीन दिनको समयभित्र पसल खाली गर्न भनिएको थियो । प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले सार्वजानिक जग्गा ओगेटेर अव्यवस्थित तरिकाले बनाइ खोलिएको ले हटाइएको हो भनि जानकारी दिए । हामीले छ सात वर्ष अगाडिनै हटाउने प्रयास गरेका हौ । पसलेहरुलाई पसल छोड्न चेतावनी पनि...

Pages