राष्ट्रिय
-
२०७६ श्रावण १४, मंगलबार
बुद्धमूर्ति तोड़फोड़ गर्ने लाई कड़ा कार्यवाही गर्ने आस्वाशन
सिद्धार्थ राजमार्गको शंकरनगर खण्डमा हालै मात्र ५ वटा बुद्धमूर्ति तोड़फोड़ गरेको विरोधमा दोषीलाइ तत्काल पक्राउ गरी कड़ा कार्यवाही गर्नका लागि आज श्रावण १४ गते सभाका अध्यक्ष यज्ञमान पति वज्राचार्यको नेतृत्वमा गएको धर्मोदय सभाको प्रतिनिधिमण्डलले गृहमन्त्री माननीय राम बहादुर थापा "बादल" लाइ भेट गरी ज्ञापन पत्र बुझाईयो। सभाका अध्यक्ष यज्ञमान पति वज्राचार्यले ज्ञापनपत्र वाचन गर्नु भएको थियो भने...
-
२०७६ श्रावण १४, मंगलबार
एकीकृत नमूना कृषि फार्म चलाउँदै सहकारी
पछिल्लो समय बजारमा बग्रेल्ती सहकारी संस्था सञ्चालनमा आएका छन् । कृषिमा लगानी गर्ने उद्देश्यसहित सञ्चालनमा आएका सहकारी संस्थाले बचत तथा ऋणको कारोवार गर्ने र चर्को ब्याजदर असुलेर मिटरब्याजी कारोवार गर्दै आएको आरोप पनि लाग्दै आएको छ । तर सबै सहकारीले ऐन, नियमभन्दा बाहिर गएर कारोवार गर्दैनन् भन्ने उदाहरण बनेको छ– कुश्माको वैँशाली कृषि सहरकारी संस्था । यो सहकारीले मोदी गाउँपालिका वडा नं ४ मा नमूना...
-
२०७६ श्रावण १४, मंगलबार
टोलटोलमा घुमाएर मारियो राक्षस
प्रत्येक श्रावण कृष्ण चतुर्दशीका दिन नेवार समुदायले मनाइने घण्टाकर्ण अर्थात् गठामुग पर्व आज भक्तपुरमा पृथक शैलीमा मनाइएको छ । विशेष गरी नेवार समुदायले परापूर्वकालदेखि मनाउँदै आएको यस पर्वमा गठामुग नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप आज साँझ भक्तपुरको टोलटोलबाट हरियो नर्कट, निगालो र गहुँको छ्वालीबाट तीनखुट्टे राक्षसको रुप बनाएर टोलटोल घुमाउँदै दोबाटो र चौबाटोमा पु¥याई जलाएर पर्व मनाइएको...
-
२०७६ श्रावण १४, मंगलबार
आलुको बीउ पाउनै कठिन
बागलुङका किसानलाई हिउँदमा लगाउने स्थानीय जातको आलुको बीउ अभाव देखिएको छ । गत चैत–वैशाखमा परेको असिनापानीका कारण वर्षे आलुको उत्पादन घटेकाले स्थानीय जातको आलुको बीउ अभाव भएको हो । विशेषगरी वर्षाको समयमा उत्पादन गरेर हिउँदे बीउ तयार गर्ने बागलुङको ताराखोला, भकुण्डे, दमेकको कालापाताललगायतका क्षेत्रमा यस वर्ष आलुको उत्पादन ह्वात्तै घटेको छ । उच्च पडाडी क्षेत्रमा लगाइने स्थानीय जातको आलुलाई हिउँदको...
-
२०७६ श्रावण १३, सोमबार
प्रहरी अस्पताललाई मेडिकल उपकरण प्रदान
प्रदेश ५ का आन्तरिक मामिला तथा कानून मन्त्रालयले नेपालगञ्जस्थित मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पताललाई रु एक करोड मूल्य बराबरका मेडिकल उपकरण प्रदान गरेको छ । अस्पतालका लागि आवश्यक डिजिटल एक्सरे मेशिन, अक्सिजन सिलिन्डर, राउन्ड ट्रली, बेड, कुर्सी, टेबलजस्ता अत्यावश्यक सामग्री प्रदान गरेको अस्पतालका प्रमुख प्रहरी उपरीक्षक डा आशीष दत्तले जानकारी दिनुभयो । आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद...
-
२०७६ श्रावण १३, सोमबार
भीओआइपीमा कारबाहीमा परेका मनिन्द्रको डिजाइनमा खनाल दुरसञ्चार प्राधिकरण को अध्यक्ष १
काठमाडौं, १० साउन अवैध कल चोरी भीओआइपी मा प्रहरी कारबाहीमा परेका मनिन्द्र मल्लको डिजाइनमा पुरुषोत्तम खनाललाई दुरसञ्चार प्राधिकरण को अध्यक्ष बनाइएको छ । पुरुषोत्तम खनाल नेपाली कांग्रेसबाट संचारमन्त्री भएका मोहनबहादुर बस्नेतका आफ्नै खास मान्छे हुन् । बस्नेत सञ्चारमन्त्री हुँदा प्राविधिक मान्छे नभए पनि खनाल सल्लाहकारमा नियुक्त भएका थिए । मनिन्द्र तिनै व्यक्ति हुन्, जसलाई भिओआइपी धन्दा चलाएको आरोपमा...
-
२०७६ श्रावण १३, सोमबार
समाजवादी पार्टी जनयुद्धका मुद्दाहरूको वैचारिक उतराधिकारी पनि हो सहअध्यक्ष श्रेष्ठ
काठमाडौँ, १२ श्रावण । समाजवादी पार्टी, नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले समाजवादी पार्टी, नेपाल सङ्घीयताका लागि भएको मधेस जनविद्रोह, आदिवासी जनजाति, खस, थारु, शिल्पी लगायतको आन्दोलनको मात्र नभई दशवर्षे जनयुद्धका मुद्दाहरूको वैचारिक उतराधिकारी पनि भएको बताए । उनले उक्त कुरा यहि आइतवार काठमाडौँको खुसिबुँमा भएको अन्तक्र्रिया कार्यक्रममा बताएको हो । कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले...
-
२०७६ श्रावण १३, सोमबार
छत्तिस हजारमै जापान उड्न पाइने
राष्ट्रिय ध्वजावाक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्स को वाइडबडी जहाजबाट रु ३६ हजारमै जापान यात्रा तय गर्न सकिने भएको छ । आगामी भदौ १२ देखि जापानको ओसाका सिधा उडान गर्ने तयारी गरेको निगमले ओसाका रुटका लागि एकतर्फी काठमाडौँ–ओसाकाको मूल्य अभिवृद्धि करसहित रु ३६ हजार ९९९ नयाँ भाडादर निर्धारण गरेको हो । उक्त गन्तव्यमा दुईतर्फी भाडा ७२ हजार ८१४ कायम गरिएको छ । निगमको यो प्रवद्र्धनात्मक भाडा हो ।...
-
२०७६ श्रावण १३, सोमबार
राष्ट्र बैंकको निर्देशनलाई बेवास्ता
नेपाल राष्ट्र बैंकले कृषिमा अनिवार्य १० प्रतिशत लगानी पु¥याउन गरेको अनुरोधलाई नेपालका प्रायःसबै वाणिज्य बैंकले बेवास्ता गरिदिएका छन् । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको मौद्रिक नीतिमा नेपालका वाणिज्य बैंकहरूले कृषिमा गत आवको जेठ मसान्तसम्ममा जम्मा ८।६ प्रतिशत मात्र कर्जा लगानी गरेको उल्लेख छ । साना किसान राष्ट्रिय महासङ्घका पूर्वअध्यक्ष उद्धव अधिकारीले कृषि क्षेत्रमा युवाको आकर्षण बढ्दै गए...
-
२०७६ श्रावण १३, सोमबार
बाढी प्रभावितलाई राहत वितरण
गोडैता नगरपालिकामा बाढीबाट प्रभावित भएकालाई राहत वितरण गरिएको छ । सेभ द चिल्ड्रेन नेपालको सहयोगमा राष्ट्रिय रोजगार प्रवद्र्धनको सहजीकरण तथा गोडैता नगरपालिकाको समन्वयमा आइतबार बाढीबाट प्रभावित भएका ३३० लाई राहत वितरण गरिएको हो । गोडैता नगरपालिकाका प्रमुख देवेन्द्रकुमार यादवले बाढी प्रभावितलाई राहत हस्तातरण गर्नुभएको थियो । जनही रु सात हजार बराबरको समान वितरण गरिएको राष्ट्रिय रोजगार प्रवद्र्धन...
-
२०७६ श्रावण १३, सोमबार
आलेख ः आहा १ सोदु पोखरी
बजार र बाक्लो बस्तीबाट धेरै टाढा हिमालको काखमा काठले बनेका लहरै घरहरु रहेको एक्लो बस्ती । काठकै छाना हालिएका घरहरु रहेको बस्तीमा प्रायः धूप, सुनपाती, भैरुङपातीको सुगन्ध आइरहेको हुन्छ । प्रत्येक घरमा रहेका ध्वजा ९थाच्यो० मन्द बतासमा फिरफिर गरिरहेका हुन्छन् । नजीकै कञ्चन पानीसहित छङ छङ गर्दै छाँगा झरिरहेको छ । हिमाली चराचुरुङ्गीको चिरबिर उत्तिकै । यो परिवेश अन्त कतैको नभई ताप्लेजुङको हिमाली बस्ती...
-
२०७६ श्रावण १३, सोमबार
छ वर्षमा पनि बनेन कमलविनायक–नगरकोट सडक
ठेक्का भएको छ वर्षसम्म पूरा हुन नसकेको पर्यटकीयस्थल कमलविनायक–नगरकोट सडकको प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले आइतबार स्थलगत अनुगमन गरेको छ । विसं २०७० मा शुरु भई दुई वर्षमा पूरा हुनुपर्ने १७ किमि सडक छ वर्ष बित्दा पनि निर्माण हुन नसक्दा पर्यटकमार्फत विश्वव्यापी रुपमा नकारात्मक सन्देश गएको स्थानीयवासीको गुनासो छ । राजधानी नजिकैबाट विश्वको सर्वोच्च शिखर सगरमाथाका साथै धेरै हिमाल एवं...


