बुद्धमूर्ति तोड़फोड़ गर्ने लाई कड़ा कार्यवाही गर्ने आस्वाशन
Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण १४, मंगलबार
सिद्धार्थ राजमार्गको शंकरनगर खण्डमा हालै मात्र ५ वटा बुद्धमूर्ति तोड़फोड़ गरेको विरोधमा दोषीलाइ तत्काल पक्राउ गरी कड़ा कार्यवाही गर्नका लागि आज श्रावण १४ गते सभाका अध्यक्ष यज्ञमान पति वज्राचार्यको नेतृत्वमा गएको धर्मोदय सभाको प्रतिनिधिमण्डलले गृहमन्त्री माननीय राम बहादुर थापा "बादल" लाइ भेट गरी ज्ञापन पत्र बुझाईयो। सभाका अध्यक्ष यज्ञमान पति वज्राचार्यले ज्ञापनपत्र वाचन गर्नु भएको थियो भने महासचिव सागर मान वज्राचार्यले घटनाको बिस्तृत जानकारी प्रस्तुत गर्दै बौद्धहरूको भावनालाई ध्यान दिनुहुन माननीय गृहमन्त्रीलाइ अनुरोध गर्नुभयो। प्रत्युत्तरमा गृहमन्त्री माननीय राम बहादुर थापा "बादल" ले घटना प्रति दुःख प्रकट गर्दै दोषी छिटो पत्ता लगाई कड़ा कार्यवाही गर्ने आस्वाशन दिनुभयो।
Categorized in राष्ट्रिय