STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ श्रावण १२, आइतबार

    इमाडोल–लामाटार सडक विस्तार सुस्त

    इमाडोलबाट सिद्धिपुर हुँदै लामाटारसम्मको सडक विस्तार र निर्माणको काम सुस्त छ । यस सडकमा निर्माणको काम शुरु भएको चार वर्षपछि अहिले झण्डै ६० प्रतिशतको हाराहारीमा मात्रै भौतिक प्रगति रहेको पाइन्छ । काठमाडौँ उपत्यकाका विस्तारका क्रममा रहेका अरु सडकमा जस्तै यो सडकमा जग्गा र घरको मुआब्जा विवादका कारण भौतिक प्रगति कम रहेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । काम गर्ने साइट खुला हुनुभन्दा...

  • २०७६ श्रावण १२, आइतबार

    पूर्वमन्त्री डा सिंहको सम्झना

    पूर्वमन्त्री डा नागेश्वरप्रसाद सिंहको मार्गलाई सबैले आत्मसात गरे मुलुक समृद्धि तर्फ लाग्ने शनिबार राजविराजमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताउनुभएको छ । नेपाल विश्व शान्ति समितिद्वारा स्व सिंहको ९३औँ जन्मजयन्तीका अवसरमा आयोजित स्मृतिसभाका वक्ताहरुले सो कुरा बताउनुभएको हो । शिक्षा, स्वास्थ्य र विकासलाई सबैको पहुँचसम्म पु¥याउन जीवनपर्यन्त प्रयत्नरत रहनुभएका विकासप्रेमी, शान्तिप्रेमी र...

  • २०७६ श्रावण १२, आइतबार

    गन्तव्य विस्तार गर्दै यती एयरलाइन्स

    नजिकिएको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै धमाधम विमान भित्र्याइरहेको निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले आफ्नो व्यावसायिक गन्तव्य पनि विस्तार गर्ने भएको छ । व्यावसायिकतासँगै सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई सहयोग पु¥याउने उद्देश्यका साथ थपिएका एटीआर विमानलाई पुराना गन्तव्यका साथै थप नयाँ गन्तव्यमा पनि उडान भर्ने कम्पनीले जनाएको हो । यतीले आफ्नो सेवा...

  • २०७६ श्रावण १२, आइतबार

    निःशुल्क कपडा वितरण

    यहाँका केही युवाहरुको सक्रियतामा पुनः प्रयोग गर्न मिल्ने लुुगा कपडा सङ्कलन गरी विपन्न तथा असहाय व्यक्तिलाई निःशुल्क वितरण गर्न थालिएको छ । सामाजिक संस्था रोयल कोलाब्रेटिज प्रालि धनगढीमा आबद्ध युवाहरुको पहलमा निःशुल्क लुगा कपडा सङ्कलन र वितरण थालिएको हो । ‘‘मान्छेका घरमा रहेका प्रयोग भएका र नभएका लत्ताकपडा सङ्कलन गरेर गरीब असहायलाई वितरण गर्न यो योजना बनाएका हौँ, प्रालिमा आबद्ध युवा देवेन्द्र...

  • २०७६ श्रावण १२, आइतबार

    युवा बौद्ध समूहको अध्यक्षमा तुलाधर

    युवा बौद्ध समूह, काठमाडौंको शनिबार सम्पन्न वार्षिक साधारण सभाले मदन बहादुर तुलाधरको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ । कार्यसमितिको उपाध्यक्ष द्वयमा र्निमला कंसाकार र राजु शाक्य रहनुभएको छ भने सचिवमा रजनी ताम्राकार, कोषाध्यक्षमा कल्पना देवी तुलाधर र सहसचिवमा नानीशोभा मानन्धर रहनुभएको छ । त्यसैगरी, सात सदस्यमा युरिकाजी कंसाकार, ठूलो राजा शाक्य, अकिलशोभा ताम्राकार, विजयरत्न...

  • २०७६ श्रावण १२, आइतबार

    आयोजना प्रभावितलाई छ करोड क्षतिपूर्ति

    हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाबाट प्रभावित स्थानीय घरधनी र जग्गाधनीहरुलाई करीब रु छ करोड क्षतिपूर्ति प्रदान गरिने भएको छ । प्रसारण लाइन आयोजनाको चितवन–बर्दघाटअन्तर्गत नवलपरासीपूर्व नवलपुर क्षेत्रभित्र पर्ने घर, टहरा तथा रुख बिरुवाको क्षतिपूर्तिवापत रकम प्रदान गर्न लागिएको हो । नवलपुर क्षेत्रका विभिन्न पाँच स्थानीय तहअन्तर्गत आयोजना प्रभावितहरुलाई रु पाँच करोड ८२ लाख ६४ हजार...

  • २०७६ श्रावण १२, आइतबार

    रु ३८ अर्ब राजश्व सङ्कलन

    विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०७५÷७६ मा कूल रु ३८ अर्ब २८ करोड ९४ लाख ८८ हजार राजश्व सङकलन गरेको छ । रु ४२ अर्ब ५३ करोड १९ लाख १८ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको सो भन्सार कार्यालयले उक्त अवधिमा लक्ष्यको तुलनामा रु चार अर्ब २४ करोड २४ लाख ३० हजार राजश्व सङकलन कम भएको भन्सार अधिकृत मणिराम पौडेलले जानकारी दिनुभयो । उहाँले गएको फागुन महिनादेखि आयात घट्नु, जोगवनी र बथनहाबीचमा अवस्थित...

  • २०७६ श्रावण १२, आइतबार

    जुम्लाका गर्भवती र सुत्केरीलाई निःशुल्क हवाईसेवा

    जुम्लाका गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क हवाईसेवा दिइने भएको छ । जुम्लामा गर्भवती र सुत्केरीलाई लक्षित गरी यस्तो व्यवस्था गरिएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि, २०७५ मा व्यवस्था भएअनुरूप जुम्लामा गत वर्षदेखि नै पूर्णरूपमा निःशुल्क हवाई उद्धार सेवा कार्यक्रम सञ्चालन भएको...

  • २०७६ श्रावण १२, आइतबार

    प्रधानमन्त्रीद्वारा संसारभरका लगानीकर्तालाई लगानी गर्न आग्रह

    प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वरभरका लगानीकर्तालाई नेपालमा लगानी गर्न पुनः आग्रह गर्नुभएको छ । आजदेखि यहाँ शुरु भएको ‘इन्डिया नेपाल लजिस्टिक समिट’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कानूनी, संस्थागत एवं प्रक्रियागत रुपमा रहेका झण्झट हटाई वर्तमान सरकारले लगानीमैत्री वातावरण तयार पारेकाले ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको हो । प्रधानमन्त्रीले लगानीकर्ताको सहजीकरणका लागि ‘सार्वजनिक–निजी...

  • २०७६ श्रावण १२, आइतबार

    स्याउको ‘ग्रेडिङ’ गर्न ल्याइएको मेशिन अलपत्र

    जुम्लाका स्याउको बजार व्यवस्थापन गर्नका लागि ल्याइएको श्रेणीकरण ग्रेडिङ मेशिन अलपत्र छन् । स्याउ ग्रेडिङ गरी बजार प्रवद्र्धन गर्ने उद्देश्यका साथ स्थापना गरिएको उक्त मेशिन अलपत्र परेको हो । पछिल्लो समयमा यो मेशिनमा कृषकहरुले पनि स्याउ ग्रेडिङ नगर्दा मशिनको सबै पार्टपुर्जाहरु निकालेर अलपत्र अवस्थामा छ । मेशिन सञ्चालन गर्नैका लागि आएको जेनेरेटर र स्याउ ग्रेडिङ मेशिन राख्नलाई निर्माण गरिएको भवनसहित...

  • २०७६ श्रावण १२, आइतबार

    दमौलीमा मिनी प्याराफिट निर्माण हुँदै

    व्यास नगरपालिका– ३ स्थित बिपी वन बाटिकामा मिनी प्याराफिट निर्माण थालिएको छ । उक्त नगरपालिकाको रु ४० लाख र अखिल नेपाल फूटबल सङ्घ ९एन्फा०को रु १० लाख गरी रू ५० लाखको लागतमा उक्त प्याराफिट निर्माण गर्न लागिएको हो । नगरपालिका र एन्फाबीच भएको संझौतामा बमोजिम सो निर्माण कार्य अघि बढाइएको बिपी वनबाटिका खेल मैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष कुमार श्रेष्ठले जानकारी दिनुभयो । लम्बाइ १३५ मिटर र चौडाइ...

  • २०७६ श्रावण १२, आइतबार

    उहिले हुँदा खानेको कोदो अहिले हुने खानेको रोजाइमा

    वर्षौंसम्म्म नबिग्रने विशेषगरी पहाडी क्षेत्रमा उत्पादन हुने अन्न हो, कोदो । मानिसको शरीरमा आवश्यक पर्ने प्रोटिनको मात्रा अत्यधिक हुने कोदोको उत्पादन भने कृषिप्रतिको बढ्दो अनिच्छा र बसाइँसराइसँगै बर्सेनी घट्दै गएको छ । विशेषगरी पहाडी क्षेत्रमा साउनको पहिलो सातातिर मकै भाँचेपछि सर्वसाधारणले कोदो रोप्ने गर्दछन् । विगतमा कोदो रोपाइँका कारण चापाचाप हुने गाउँबस्तीका अधिकांश बारी यतिखेर बाँझै छन् ।...

Pages