राष्ट्रिय
-
२०७६ श्रावण १३, सोमबार
आलेख ः आहा १ सोदु पोखरी
बजार र बाक्लो बस्तीबाट धेरै टाढा हिमालको काखमा काठले बनेका लहरै घरहरु रहेको एक्लो बस्ती । काठकै छाना हालिएका घरहरु रहेको बस्तीमा प्रायः धूप, सुनपाती, भैरुङपातीको सुगन्ध आइरहेको हुन्छ । प्रत्येक घरमा रहेका ध्वजा ९थाच्यो० मन्द बतासमा फिरफिर गरिरहेका हुन्छन् । नजीकै कञ्चन पानीसहित छङ छङ गर्दै छाँगा झरिरहेको छ । हिमाली चराचुरुङ्गीको चिरबिर उत्तिकै । यो परिवेश अन्त कतैको नभई ताप्लेजुङको हिमाली बस्ती...
-
२०७६ श्रावण १३, सोमबार
छ वर्षमा पनि बनेन कमलविनायक–नगरकोट सडक
ठेक्का भएको छ वर्षसम्म पूरा हुन नसकेको पर्यटकीयस्थल कमलविनायक–नगरकोट सडकको प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले आइतबार स्थलगत अनुगमन गरेको छ । विसं २०७० मा शुरु भई दुई वर्षमा पूरा हुनुपर्ने १७ किमि सडक छ वर्ष बित्दा पनि निर्माण हुन नसक्दा पर्यटकमार्फत विश्वव्यापी रुपमा नकारात्मक सन्देश गएको स्थानीयवासीको गुनासो छ । राजधानी नजिकैबाट विश्वको सर्वोच्च शिखर सगरमाथाका साथै धेरै हिमाल एवं...
-
२०७६ श्रावण १३, सोमबार
चर्को भाडाका कारण व्यवसायी पलायन हुँदै
जनकपुरधाम उपमहानगरपालिकाका सौन्दर्य सामग्री व्यवसायी चन्दन भगतलाई गत एक वर्षदेखि पसलको भाडा तिर्न धौधौ पर्दै आएको छ । एक वर्षअघिसम्म उहाँको व्यवसाय पनि राम्रो थियो तर नयाँ ठाउँमा पसल सार्नुपर्दा मन्द व्यापार र चर्को भाडाले गर्दा पसल नै बन्द गर्नुपर्ने अवस्था आएको छ । नयाँ पसल लिएदेखि व्यापार छैन पसलको भाडा कसरी तिर्ने पिरले चन्दन जनकपुरधाममा व्यापार गर्ने कि नगर्ने दोसाँधमा हुनुहुन्छ । उहाँ...
-
२०७६ श्रावण १३, सोमबार
घाइते शिशुको तरुण दलद्वारा उद्धार
घर आगनको आगोमा परेर गम्भीर घाइते बनेका केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित लङ्खाका पाँच महीने शिशु प्रवीण राईको उद्धार गरिएको छ । गत असार २७ गते आफनै घरको अगेनामा परेर दुवै हातको नाडीमाथिको भाग र निधार डढेर गम्भीर घाइते भएका शिशुलाई नेपाल तरुण दल खोटाङले चन्दा उठाएर थप उपचारका लागि आइतबार उद्धार गरेको हो । खर्च अभावमा सुविधा सम्पन्न अस्पताल जान नसकेका घाइते शिशुका आमा निर्मला राईलाई तरुण दलका...
-
२०७६ श्रावण १३, सोमबार
आयात प्रतिस्थापन गर्दै निर्यात प्रवद्र्धनमा उपराष्ट्रपतिको जोड
उपराष्ट्रपति नन्दबहादुर पुनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को दीर्घकालीन लक्ष हासिल गर्न निरन्तरको आयातलाई प्रतिस्थापन गर्दै निर्यात वृद्धि गरिनुपर्नेमा जोड दिनुभएको छ । पच्चीसौँ कार्गो दिवसका अवसरमा नेपाल फ्रेट फरवार्डरस् एशोसियसन नेफा द्वारा आज आयोजित कार्यक्रममा उहाँले सबै नेपालीलाई समृद्ध, खुशी र सुखी बनाउन आयात प्रतिस्थापन गर्नुको विकल्प नभएको बताउनुभयो । “आजको विश्वबजारमा हामीले कुनै न कुनै...
-
२०७६ श्रावण १३, सोमबार
असी नाघेका वृद्धवृद्धालाई लौरी र कम्बल उपहार
र्वतको कुस्मा नगरपालिका–१४ वडा कार्यालयले ८० वर्षको आसपास उमेर पुगेका वृद्धलाई सम्मान गर्दै लौरी र कम्बल उपहार दिएको छ । वडा कार्यालयले विसं १९९५ देखि १९९९ सम्म जन्मेका वडाका ५५ जना वृद्धवृद्धालाई सम्मान गरेको हो । वडा कार्यालयमा आइतबार आयोजित कार्यक्रममा वृद्धवृद्धालाई पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी छविलाल सुवेदीले लौरी र कम्बल उपहारको रुपमा वितरण गर्नुभयो । सहायक प्रमुख जिल्ला अधिकारी...
-
२०७६ श्रावण १३, सोमबार
रोग लुकाउँछन् महिला
समाजमा हुने लाजका कारण आङ अर्थात् पाठेघर खसेका महिला खुलेर अस्पतालमा उपचार गराउन आउन सकिरहेका छैनन् । समाजको लाजसँगै गरीबी र स्वास्थ्यसँग पहुँच नभएका कारण डोटीका अधिकांश पाठेघर खसेका महिला अझै रोग लुकाएर बस्न बाध्य भएका छन् । जिल्लामा पटकपटक पाठेघर खसेका महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भए पनि उनीहरु गाउँ समाजमा हुने लाजका कारण उपचार नगराई घरैमा बस्न थालेको जिल्ला अस्पताल डोटीका...
-
२०७६ श्रावण १३, सोमबार
आज विश्व बाघ दिवस ः दोब्बर सङ्ख्या पु¥याउने लक्ष्य नजिक
वन तथा वातावरण मन्त्रालयले यस वर्षको विश्व बाघ दिवसको केन्द्रीय कार्यक्रम आज बाघ पाइने स्थानमा नै मनाउने योजनाअनुसार बाँके राष्ट्रिय निकुञ्जअन्तर्गतको कोहलपुरमा विभिन्न कार्यक्रम गरी मनाउँदै छ । सरोकारवाला सबैको सहभागितामा विभिन्न कार्यक्रम गर्न लागिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । यसबाहेक विभागले फिल्डस्तरको कार्यक्रम बाघ...
-
२०७६ श्रावण १३, सोमबार
शक्ति अस्थायी र सत्य स्थायी हुन्छ ः प्रम ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले शक्ति अस्थायी हुने तर सत्य स्थायी र अपराजेय हुने बताउनुभएको छ । ग्लोबल हिन्दू फेडरेसनका अध्यक्ष प्रदीपकुमार कुक्रेजाको नेतृत्वमा आएको ३० सदस्यीय प्रतिनिधि मण्डलसँग प्रधानमन्त्री निवास बालुवाटारमा कुरा गर्दै आज उहाँले वैदिक सभ्यता र परम्पराका बारेमा चर्चा गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । प्राच्य सभ्यता र मौलिक संस्कृतिको सकारात्मक पक्ष एवं गौरवमय विगतका बारेमा...
-
२०७६ श्रावण १३, सोमबार
रूचाइएन ‘प्रबलीकरण’ प्रविधि
नमोबुद्ध नगरपालिका–७ रातमाटेका राजु खनालले चार वर्षअघि भूकम्पले भत्किएको आफ्नो कच्ची घरको रेट्रोफिटिङ प्रबलीकरण गराउनु भएन् । किन भने उहाँको घर भूकम्पले पूर्णरुपमा भत्काइदिएको थियो । यद्यपि, खनालको पूर्णरुपमा क्षति भएको घरलाई पुनःनिर्माणका प्राविधिकले प्रबलीकरणमा सूचीकृत गरिदिए । खनाल भन्नुहुन्छ, “कहाँ गर्ने रेट्रोफिटिङ ठडिएको घर छैन, यस्तो घर रेट्रोफिटिङमा सूचीकृत गरिदिँदा म आफैँ अचम्ममा परेको...
-
२०७६ श्रावण १३, सोमबार
कक्षा १२ को नतिजा सार्वजनिक
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले गत वैशाखमा लिएको परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो । बोर्डले गत वर्षबाटै ग्रेडिङमा नतिजा सार्वजनिक गर्न थालेको हो । यस वर्ष पनि ग्रेडिङमा नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार नियमिततर्फ परीक्षामा सहभागी दुई लाख ९२ हजार १५३ मध्ये ३.६१ देखि ४.०० जिपिएसम्म अङ्क ल्याउने विद्यार्थी जम्मा तीन हजार ६७ रहेको बोर्डका...
-
२०७६ श्रावण १३, सोमबार
उपभोक्ताको श्रमदानमा खानेपानी आयोजना निर्माण
पूर्वखोला गाउँपालिका– १ सिलुवा तामाखानीका स्थानीयले श्रमदानमा खानेपानी आयोजना निर्माण गरेका छन् । वर्षौंदेखिको खानेपानी समस्या भोग्दै आएका यहाँका स्थानीयले श्रमदान गरेर आयोजना निर्माण भएपछि अहिले गाउँमा खानेपानी सुविधा पुगेको छ । एक गाग्री पानीको लागि आधा घण्टाको समय बिताएर खानेपानी उपभोग गर्नुपर्ने बाध्यता थियो । बस्तीदेखि करीब डेढ किलोमिटर पर रहेको तामाखानीबाट गाउँमा पानी ल्याइएपछि सजिलोसँग...


