दमौलीमा मिनी प्याराफिट निर्माण हुँदै
Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण १२, आइतबार
व्यास नगरपालिका– ३ स्थित बिपी वन बाटिकामा मिनी प्याराफिट निर्माण थालिएको छ । उक्त नगरपालिकाको रु ४० लाख र अखिल नेपाल फूटबल सङ्घ ९एन्फा०को रु १० लाख गरी रू ५० लाखको लागतमा उक्त प्याराफिट निर्माण गर्न लागिएको हो ।
नगरपालिका र एन्फाबीच भएको संझौतामा बमोजिम सो निर्माण कार्य अघि बढाइएको बिपी वनबाटिका खेल मैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
लम्बाइ १३५ मिटर र चौडाइ ७० मिटर दूरी रहेको उक्त प्याराफिटमा करीब दुई हजार मानिस बस्न मिल्ने जानकारी दिँदै उहाँले भन्नुभयो, “प्याराफिट निर्माणपश्चात् ब्याडमिन्टन, भलिबल कोर्टसहितका खेल मैदान निर्माण गरिने भएको छ ।”
अध्यक्ष श्रेष्ठले भन्नुभयो, “ अन्तरराष्ट्रिय मापदण्डअनुरुप मिनी प्याराफिट निर्माणपछि सहजरुपमा दर्शकले खेलकूदको आनन्द लिन सक्ने विश्वास छ ।”उक्त प्याराफिट नजिकै ३०० भन्दाबढी सवारी साधन राख्न सकिने छ ।
सदरमुकाम दमौली नजिकै प्याराफिट निर्माण गरेपछि प्रदेशस्तरीय रनिङ शिल्डलगायत खेलकूद तथा अन्य सार्वजनिक कार्यक्रम गर्न सहज हुने व्यास–३ का वडासदस्य रवीन पौडेलले बताउनुभयो । ९तस्बीर उपलब्ध छ०
Categorized in राष्ट्रिय


