STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चौयाया संरक्षणका लागि जिम्मा लगाइयो

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण १४, मंगलबार

तुलसीपुर बजामा धेरै समयदेखि अवरोध पु¥याउँदै आएका छाडा गाई तथा गोरुलाई आज संरक्षणका लागि तुलसीपुर उपमहानगरपालिका–१३ स्थित तुलसी गौशालाई जिम्मा लगाइएको छ । ‘क्लिन तुलसीपुर ग्रिन तुलसीपुर’ अभियानअन्तर्गत आज १५३ औँ हप्ताको सरसफाइ तथा वृक्षरोपण कार्यक्रमपछि छाडा गाई तथा गोरु संरक्षणका लागि उक्त उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले सो गौशालाका सञ्चालक मोहन भण्डारीलाई जिम्मा लगाउनुभएको हो । गाई संरक्षण गरी समुदायमा उदाहरणीय कार्य गर्दै आएकामा उक्त गौशाका पदाधिकारीलाई सदस्यहरुलाई धन्यवाद दिनाका साथै यसबाट छाडा जन्तुको संरक्षण हुनाका साथै बजारलाई सफा, सुन्दर राख्न मद्दत पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँका युवाहरुले गरेको सामाजिक कामको मूल्याङ्कन गर्ने र गौशाला निर्माण र दानका लागि उपमहानगरपालिकाले रु १५ लाख उपलब्ध गराउनेछु ।” गौशालाका अध्यक्ष मोहन भण्डारीले बजारमा दिन प्रतिदिन छाडा गाईको सङ्ख्या बढिरहेकाले यसलाई नियन्त्रण गर्न, समाजमा गाईवस्तुको संरक्षण गर्नुपर्छ भन्ने मान्यता स्थापित गर्न आफूहरुले सहकारी संस्था दर्ता गरी गौशाला स्थापना गरेको उहाँले बताउनुभयो ।तुलसीपुरका युवाले केही वर्षअघि उपमहानगरपालिका–१३ मा साढे दुई बिघा जमिन खरिद गरी सो गौशाला निर्माण गरेका थिए । हाल सो गौशालामा तीन सयभन्दा बढी गाई तथा गोरु छन् । तुलसीपुर बजारमा रहेका छाडा चौपायाहरु जिम्मा लगाएपछि अब यहाँका सडक किनारामा रोपिएका बोटबिवा संरक्षण हुनाका साथै चौपायाका कारण हुने दुर्घटना न्यूनीकरण हुने अपेक्षा गरिएको छ ।
Categorized in राष्ट्रिय